• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अफगानिस्तानका पूर्वराष्ट्रपतिकी छोरीको ब्लग : अमेरिकाले बुवालाई ‘कम्युनिष्टको कठपुतली’ भन्यो, तालिबानले क्रुरतापूर्वक झुन्ड्याए

मुस्का नाजिबुल्लाह बुधबार, असोज १३, २०७८  ०९:३७
1140x725
सन् १९८९ मा पूर्वराष्ट्रपति नाजिबुल्लाह उनकी छोरी मुस्कासँग काबुलमा।

म अफगानिस्तानका पूर्वराष्ट्रपति मोहम्मद नाजिबुल्लाहकी छोरी हुँ। मेरो कथा पहिलो पटक सार्वजनिक गर्दैछु, किनभने म इतिहास दोहोरिरहेको देख्दैछु।

सन् १९९६ सेप्टेम्बर २७ को रात सधैँ लामो हुने गर्छ। म ‘मिड टर्म’ परीक्षाको लागि जागै भएर पढिरहेको थिएँ। त्यही बेला मेरो बुवालाई काबुलस्थित संयुक्त राष्ट्रसंघको परिसरबाट बाहिर लगेको सुनेपछि मेरो आमा शान्त तर, असहज हुनुहुन्थ्यो।

पहिला त म आशावादी थिएँ। मेरो बुवा आफ्नो परिवारसँग मिल्न फर्किनुहुन्छ भन्ने विश्वास थियो। उहाँ नेतृत्वको सरकारको शक्तिमा फेरबदल भएपछि काकाका साथ १९९२ अप्रिल १६ देखि नै संयुक्त राष्ट्रसंघको परिसरमा बस्दै आउनुभएको थियो। उहाँको राजीनामा र बहिर्गमन संयुक्त राष्ट्रसंघको योजनाको एउटा हिस्सा थियो। गृहयुद्धको अन्त्य र गठबन्धन सरकारका लागि शान्तिपूर्ण ढंगले बाटो खोल्न त्यसो गरिएको थियो। तर, शक्तिशून्य अवस्थाका कारण अफगानिस्तान चाँडै नै अराजकताको भुमरीमा फस्यो।

त्यसको चार वर्षपछि ममी, म र मेरा दिदीहरुहरु बुवालाई पर्खँदा छटपटी महसुस गरिरहेका थियौँ। जब तालिबान भनेर चिनिने समूह अफगान राजधानी वरिपरि घुमिरहेको थियो, म विश्वस्त थिएँ कि मेरो परिवारको पुन:मिलनको दिन टाढा छ। मेरो आमाको नजिक बाबुलाई पर्खिरहेको निर्दोष बच्चाको अनुहार थियो, उहाँ भने कतै क्षितिजमा गम्भीर वास्तविकताको महसुस गरिरहनुभएको थियो। ममीले रातभरि समाचार हेरिरहनुभयो। ‘मेरो छैटौँ इन्द्रिय मलाई भनिरहेको छ कि उहाँ फर्किएर आउनुहुने छैन,’ ममीको आँखामा देखिएको डरले हामीलाई त्यही बताइरहेको थियो।

मुस्का नाजिबुल्लाह। तस्बिर : डीएनए इन्डिया

सन् १९९० को दशकमा, संसारलाई इन्टरनेटले जोड्नुअघि, मान्छेहरुलाई तालिबानबारे थोरै मात्र जानकारी थियो। रेडियो रिपोर्टहरुमा देशको दक्षिण–पश्चिम क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताइएको थियो, जहाँ तालिबान मिलिसियाहरु उनीहरुले थालेको युद्धलाई ‘शान्ति, सुरक्षा र स्थायित्वका लागि भएको’ बताइरहेका थिए। त्यस्तो समाचार युद्धबाट थकित अफगानीहरुका लागि लोकप्रिय बन्यो।

तालिबानहरु काबुल प्रवेश गर्नु केही घन्टाअघि मात्र हामीले बुवालाई भेटेका थियौँ। उहाँको आवाजमा कुनै अस्वाभाविकपन थिएन। मलाई अस्पष्ट याद छ कि, उहाँका शब्दहरु सामान्य थिए।

त्यो रातको सुरुवाती केही घन्टामा तालिबानहरु राजधानी शहर काबुल प्रवेश गरेपछि संयुक्त राष्ट्रसंघ परिसरको गेट ढक्ढक्याउन पुगे। अनि ‘ब्रेकिङ न्युज फ्ल्यास’ आयो : अफगानिस्तानका पूर्वनेता, राष्ट्रपति नाजिबुल्लाहलाई फाँसी दिइएको छ।’ मलाई त्यो ‘फाँसी’ शब्दको अर्थ थाहा थिएन। म मेरो दिदीतिर फर्किएँ, तर उहाँको भावशून्य अनुहारले मलाई पीडा दियो। म हतारमा शब्दकोष समाउन पुगेँछु। 

म मेरो व्यक्तिगत कथा २५ वर्षपछि यसकारण भन्दैछु कि, अफगानिस्तानमा अहिले जे हुँदैछ, त्यो चिन्ताजनक रुपमा समान छ। फेरि तालिबानहरुले सत्ता हत्याएका छन्। २५ वर्षपछि मेरो र मेरो पुस्ताको अरु धेरै जनाको जीवन सधैँको लागि परिवर्तन हुँदैछ– र त्यो राम्रोका लागि भएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

मेरो बुवा राष्ट्रपति बन्नुअघि हाम्रो जीवन काबुलमा आनन्दसँग चलिरहेको थियो। हामी सानो अपार्टमेन्टमा बस्थ्यौँ। बुवा कामबाट फर्किएपछि साँझ हामी सबै एक साथ खाना खान्थ्यौँ। त्यो दिनका गतिविधि सुनाउथ्यौँ। तर, बुवा राष्ट्रपति भएपछि यो सबै परिवर्तन भयो।

हामी हाम्रो आरामदायी अपार्टमेन्टबाट भव्य राष्ट्रपति भवनमा सर्‍यौँ। हाम्रो नयाँ बसोबासस्थलमा सुरक्षागार्ड अति धेरै थिए र त्यो सुरक्षित थियो। पर्याप्त खेलमैदान थियो। तर, हाम्रा साथीहरु थिएनन्। त्यो आनन्ददायी वातावरणबाट टाढिएका थियौँ। बुवा सधैँ व्यस्त हुनुहुन्थ्यो। सँगै बसेर खाना खानु पनि दुर्लभ थियो।

बुवा अग्लो र बलियो हुनुहुन्थ्यो। उहाँको प्रभावशाली व्यक्तित्वका कारण ‘नाजिब द बुल’ उपनाम दिइएको थियो। तर, अरु साना छोरीहरुलाई जस्तै मेरो लागि बाबा ‘हिरो’ हुनुहुन्थ्यो।

सन् १९८६ को एक रात, मुजाहिदीनले काबुल नजिक कर्घालेकस्थित गोलाबारुदको डिपोमा आगो लगाए। विष्फोटको अवाजले शहर नै थर्कियो। म अत्तालिएर रोएको थिएँ। त्यति बेला बुवाले मलाई ब्लाङ्केटले छोपेर अङ्गालोमा बलियोसँग बेर्नुभएको थियो। ‘तिमी मसँग सुरक्षित छौ, कसैले हानी गर्न सक्दैन,’ भन्नुभएको थियो। मैले विश्वास गरेको थिएँ। तर, सन् १९९६ मा तालिबानले काबुलमा मार्च गरेपछि उहाँलाई सुरक्षित राख्ने कोही भएन।

मैले उहाँलाई अन्तिम पटक ट्राफिक पोलमा झुन्डिरहेको देखेकी हुँ। उहाँलाई काकासँगै झुन्डाइएको थियो। तालिबानले उहाँहरुलाई तमासा बनाएर प्रदर्शन गरेको देखेपछि मैले अपमानित र सहयोगविहीन महसुस गरेँ। त्यति बेला म १३ वर्षको थिएँ।

मैले उहाँलाई अन्तिम पटक ट्राफिक पोलमा झुन्डिरहेको देखेकी हुँ। उहाँलाई काकासँगै झुन्डाइएको थियो। तालिबानले उहाँहरुलाई तमासा बनाएर प्रदर्शन गरेको देखेपछि मैले अपमानित र सहयोगविहीन महसुस गरेँ। त्यति बेला म १३ वर्षको थिएँ। हामी अफगानिस्तान छाड्न बाध्य भयौँ। मैले मेरो बुवा, मेरो घर र अफगानिस्तान फर्किने आशा जम्मै गुमाएँ।

मान्छेहरु यो अवस्थामा देशबाट निकालिएर बाँच्नुको अनुभूति कल्पना गर्ने प्रयास गर्नसक्छन्। यो शब्दमा व्याख्या गर्न निकै गाह्रो छ। हामी सुरक्षित छौँ, तर हाम्रो भूमि छैन।

सन् १९९२ मा मेरो बुवाले अफगानिस्तान इस्लामी चरमपन्थीको पकडमा जानुअघि नै सुरक्षा कवच बनिदिन अमेरिकासँग आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो, ‘यदि अफगानिस्तामा कट्टरपन्थी आए भने अरु कयौँ वर्षसम्म युद्ध जारी रहनेछ। लागुऔषध तस्करीका लागि अफगानिस्तान केन्द्र बन्नेछ र आतंकवाद मौलाउने छ।’

उहाँको चेतावनीलाई बेवास्ता गरियो। सोभियत सेना अफगानिस्ताबाट फर्किएपछि फेब्रुअरी १९८९ मा लगभग सबै पश्चिमा देशले दूतावास बन्द गरेर मेरो बुवाको शासनलाई बहिस्कार गरे। उहाँलाई ‘कम्युनिष्टको कठपुतली’ भएको बताए। हत्यारा र देशद्रोही भएको आरोप लगाए। उहाँ एक्लैले युद्ध लड्नुभयो।

एक दशकपछि उहाँको भविष्यवाणी सत्य सावित भयो। २००१ सेप्टेम्बर ११ को हमलापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्‍यो र इश्लामिक आतंकवादीविरुद्ध सबैभन्दा लामो युद्ध सुरु भयो। म आश्चर्यमा छु, के दुनियाँले उहाँको कुरा सुनेको भए सबै कुरा अलग भएर जान्थ्यो?

तालिबानले व्यक्तिगत र अभिव्यक्ति स्वतन्त्र फेरि एक पटक खोसेका छन्। धेरै अफगानीहरु देश छाडेर भागिरहेका छन्। मेरो परिवारजस्तै धेरैले सम्झनाका 'सुट्केस' र घर फर्किने आशा लिएर बाँचेका छन्। के तिनीहरु अब न्युयोर्क शहरमा अर्को उबर ड्राइभर हुनेछन्? वा कुनै कुनाको पसलमा हँसमुख कबाब बिक्रेता हुनेछन्? अनि तिनीहरुको घर फर्किने कुरा के हुन्छ?

-द गार्जियनबाट

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ०९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्