अमेरिका– अमेरिकामा एक कार्यक्रममा १० नेपालीले विभिन्न १५ विधामा अवार्ड हासिल गरेका छन्। अमेरिकाको लसभेगसमा आयोजित एक कार्यक्रममा करिब ५ हजार बीमा अभिकर्ताहरुकाबीच बिभिन्न फरक बिधामा १० नेपालीले अवार्ड पाएका हुन् ।
बीमा क्षेत्रमा कार्यरत संस्था प्रिमियर फिनान्स एलायन्सको वार्षिक भेलामा उक्त अवार्ड प्रदान गरिएको थियो। बीमाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाले अवार्ड प्रदान गरेको हो।
नेपाली समुदायबाट अवार्ड पाउनेमा गगन केसी, गुञ्जन भण्डारी, ओम आचार्य, अनुभव गिरी, मनोज तुलाधर, सुरेश प्रधान, डोवा ढकाल, टिका आङ्दाम्बे, कर्ण बोगटी र प्रकाश निरौला रहेका छन्। करिब २० विधामा १५० बढीले अवार्ड पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।