• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

पदक पाउँदा मलाई थाहै थिएन

दीपेन्द्र अधिकारी सोमबार, असोज ४, २०७८  २१:०६
1140x725

सरकारले आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई वर्षेनी विभिन्न पदकबाट विभूषित गर्ने अभ्यासमा हदैसम्म विकृति चुलिएको चर्चा भइरहेका बेला कार्यसम्पादनमा अब्बल रहेका एक पूर्वप्रहरी अधिकृतले आफूले पदक पाउँदाको अनुभव सुनाएका छन्। अहिले भनसुन र पहुँचको आधारमा पदक लिनेको जमात बढिरहँदा आठ वर्ष पहिले कसरी पदक पाएका थिए भन्ने उनको अनुभव नितान्त फरक छ। नेपाल प्रहरीमा अपराध अनुसन्धानका लागि अब्बल अधिकृतका रुपमा चिनिएका पूर्वप्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपेन्द्र अधिकारीको अनुभव उनकै शब्दमा :

पदक पाउनेको सूचीमा मेरो नाम सार्वजनिक भएछ। तर, पदक कसरी प्राप्त भयो भन्ने मलाई नै थाहा थिएन। त्यसबेला म केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिएँ। २०७० सालको गणतन्त्र दिवसमा विभूषण प्रदान गर्दा मेरो पनि नाम ‘नेपाल प्रताप भूषण’मा परेको रहेछ। मसँगै स्व. प्रहरी नायब निरीक्षक बलाराम यादव (तत्कालीन प्रहरी सहायक निरीक्षक) को समेत नाम रहेछ। पदक पाउने सूची सार्वजनिक भएसँगै एक जना पत्रकार मित्रको फोन आयो।

साँच्चै भन्दा मलाई केही थाहै थिएन। म त्यतिबेला सप्तरीमा भएको सद्रुल मियाँको हत्या मुद्दाको अनुसन्धानका क्रममा गाइघाटमा थिएँ। ती मित्रले सुनाएको खबरले खुशी पनि तुल्यायो, साथै आश्चर्य पनि लाग्यो। किनभने मलाई पदकका लागि मेरो संगठनले सिफारिस गरेको मैले थापा पााएको थिइनँ। म आफैंले पनि कसैलाई सिफारिस गर्न लगाएको थिइनँ। सिफारिस नभई पदक पाइन्छ भन्नेमा मलाई विश्वास पनि थिएन। यो खबर सुन्दा संगठनले मलाई थाहै नदिई सिफारिस गरेछ, मेरो कामको साँँच्चै मूल्यांकन गरेछ भन्ने लाग्यो। 

अरु कारणले नभइ मेराे काम गर्ने प्रकृतिको हिसाबले सम्बन्ध राम्राे भएकोले महानगरीय ट्राफिक प्रहरी महाशाखाका तत्कालीन डीआईजी, उपेन्द्रकान्त अर्याल सरलाई फोन गरेँ। मलाई बधाई दिनुस् सर भनेँ- पदक पाएकोमा। उहाँले ‘पख म बुझ्छु, पदक कसरी पायौ’ भन्नुभयो। केही समयपछि उहाँले नै फोन गरेर ‘तिमी अरुको अनुसन्धान गर्छौ, म तिम्रो गर्छु’ भन्दै हाँस्नुभयो। मैले सबै थाहा पाएँ, तिमीहरुको दर्जाले पदक प्राप्त गर्नु सानो कुरा होइन, ठूलाले त त्यसै पाउँछन्, तिमीलाई बधाई छ भन्नुभयो। 

उहाँको यो भनाइले साँच्चै नै गर्वानुभूति भयो। पछि मैले पनि बुझेँ, कसरी मेरो नाम परेछ भनेर। बुझ्दै जाँदा मेरो नाम सीआईबीले पनि सिफारिस गरेको रहेनछ। प्रहरी प्रधान कार्यालयले गर्ने सिफारिसमा पनि मेरो नाम रहेनछ। 

Ncell 2
Ncell 2
nimb
nimb

अझ रोचक कुरा चाहिँ गृह मन्त्रालयबाटै यो काम भएको रहेछ। त्यो कसरी भने, तत्कालीन गृहसचिवले मेरो कामको बारेमा जानकारी पाउनु भएको रहेछ। डा भक्तमान श्रेष्ठ अपहरण घटना लगायतको सफल अनुसन्धान गरेको भन्ने बुझेपछि उहाँले मसँग भेट गर्न खोज्नु भएको थियो। पदक पाउनु भन्दा केही महिना अगाडि उहाँसँग एक छोटो भेट (करिब १०/१५ मिनेट कुराकानी) भएको थियो। 

सो भेटमा मैले राम्रो काम गर्नेको नेपालमा पहिचान र सम्मान कम हुने गर्छ भनेर सुनाएको थिएँ। काम गर्नेहरुको उचित मूल्यांकन हुने भयो भने अन्यलाई समेत काम गर्न प्रोत्साहन हुने हुँदा यस्तो प्रणालीको विकास गर्नुभयो भने भविष्यमा हाम्रो तहका कर्मचारीहरु पनि अझ दिलोज्यान लगाएर काम गर्छन् भनेको थिएँ। 

संगठनले पदक पाउनेको अन्तिम नामावली गृह मन्त्रालयमा लिएर जाँदा गृहसचिव नवीन घिमिरेले नै कुरा उठाउनु भएछ। मेरो नाम लिएर तत्कालीन आईजीपी कुवेरसिंह रानालाई उहाँले सोध्नु भएछ– ‘होइन, त्यो सब इन्स्पेक्टर दीपेन्द्र अधिकारीलाई पदक दिन मल्दैन?’ आईजीपी रानाले भन्नुभएछ, ‘किन नमिल्नु, मिल्छ।’

त्यसपछि मेरो नाम उक्त सूचीमा परेको रहेछ। त्यो पदक करिब ४ बर्ष पछि मात्र प्रहरी प्रधान कार्यालयबाट प्राप्त भएको थियो। गणतन्त्र स्थापनापश्चात पहिलो पटक वितरण भएको पदक थियो त्यो। त्यसबेला पदक बनेकै थिएन। पछि म मिसनमा गएँ। आउँदा पदक बनेर प्रहरी प्रधान कार्यालयमा आइसकेको रहेछ। यसरी पदक पाउने निर्णय भएको ४ वर्षपछि मैले पदक पाएँ।

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्