• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कर उठाउन २०१२ सालको ऐनको शरणमा पुग्यो गणतान्त्रिक सरकार

64x64
दुर्गा दुलाल बिहीबार, भदौ ३१, २०७८  २१:००
1140x725

काठमाडौँ- विभिन्न आन्दोलन र संघर्षको प्रतिफलस्वरुप २०७२ असोज ३ मा संविधानसभाबाट नयाँ संविधान जारी भयो। त्यसपछि भएको आम निर्वाचनबाट चुनिएको दोस्रो सरकारसम्म आइपुग्दा देश चलाउन २०१२ सालमा निर्माण भएको कानुनको सहयोग लिनुपर्ने भएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्दै अध्यादेशबाट बजेट पेश गरेपछि सुरु भएको विवाद अहिले ‘बजेट होलिडे’ अर्थात् सरकारले खर्च गर्न नपाउने अवस्थामा पुगेको छ। देउवा सरकारले अघिल्लो सरकारले ल्याएको बजेट संसोधनका लागि प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरे पनि टुंगोमा पुगेको छैन। त्यहीकारण सरकार सामयिक कर असुली ऐन–२०१२ को भर पर्नु परेको हो।

यो अवस्था आउने अर्थ मन्त्रालयले पहिल्यै अनुमान गरेर तयारी पनि थालेको देखिन्छ। मन्त्रालयले भदौ २५ मा सामयिक कर असुली ऐनको सूचित आदेश जारी गरेको थियो। अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश जस्ताको तस्तै पारित गर्नेभन्दा संशोधन गर्नेतिर लागेको मन्त्रालयले प्रतिस्थापन विधेयक पारित नभएसम्म कर उठाउनलाई आइपर्ने बाधा फुकाउने पूर्वतयारी स्वरुप राजपत्रमा सूचना प्रकाशित गरेको हो।

राजपत्रमा सूचना प्रकाशित गरेकै दिन अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा एमालेको अवरोधबीच प्रतिस्थापन विधेयक पेश गरेका थिए। त्यति बेलासम्म अर्थ मन्त्रालयले तीन वटा तयारी गरेको थियो– राजपत्रमा सूचना जारी गर्ने, प्रतिस्थापन विधेयक पेश गर्ने र आवश्यक परे पेश्की खर्च विधेयक ल्याउने। पेश्की खर्च विधेयक समेत संसदको दुवै सदनमा पेश गरेर पारित गराउनुपर्ने भएपछि सरकारले यसलाई अन्तिम समयमा स्थगित गर्‍यो। 

आफ्नै कमजोरीले सरकार बेखर्ची
सरकार बेखर्ची हुनुमा प्रतिनिधि सभा विघटन र पुनःस्थापनाको श्रृङ्खला जोडिएको छ। तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दल र सांसद सर्वोच्च पुगेका थिए।

उक्त मुद्दामा सुनुवाइ गर्दै संवैधानिक इजलासले असार २८ मा संविधानको धारा ७६को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दाबी वैधानिक देखिएको भन्दै नियुक्तिका लागि परमादेश जारी गरेको थियो। देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले साउन ३ को प्रतिनिधि सभा बैठकमा अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश पेश गर्‍यो।

त्यही अधिवेशनमा विश्वासको मत लिएपछि हठात् संसद अन्त्य गरेर सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्यायो। उक्त अध्यादेश एमाले विभाजन गरेर माधवकुमार नेपाल समूहलाई नयाँ दल गठनका लागि सहज बनाउन ल्याइएको थियो। त्यसपछि नेपालले नेकपा एकीकृत समाजवादी बनाए भने जसपा विभाजन गरेर महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी दल बनाए। 

सरकारले त्यसपछि भदौ २३ मा फेरि संसद अधिवेशन बोलायो। पहिलो बैठकमा सरकारले बजेटसहितका केही अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने कार्यतालिका थियो। तर, एमालेले आफूले कारबाही सिफारिस गरेका सांसदलाई कारबाही नगरी सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै निरन्तर संसद अवरोध गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पाँचौ पटकसम्म बसेको बैठकमा सरकारले अवरोधबीच बजेटको प्रतिस्थापन विधेयक त पेश गरेको छ, तर पारित गराउन प्रमुख प्रतिपक्षसँग समन्वय गर्न सकेन। सरकार र संसदबीच पनि समन्वय भएन। यी दुई निकायबीच मात्र समन्वय भएको भए पनि केही नियम निलम्बन गरेर प्रतिस्थापन विधेयक पारित हुन सक्ने थियो। पाँचौ बैठकसम्म उक्त अध्योदश पारित गरि प्रमाणिकरण हुन सकेको भए सरकारलाई २०१२ सालमा जारी भएको ऐनमा टेकेर कर असुल गर्नुपर्ने थिएन।

कसरी जारी भएको थियो समसामयिक कर ऐन?
२०१२ सालमा कर उठाउन र अन्य काम गर्न समस्या भएपछि सरकारले यो ऐन जारी गरेको थियो। तत्कालीन समयमा २००७ सालको अन्तरिम संविधान लागू थियो। सरकारको नेतृत्व टंकप्रसाद आचार्यले गरेका थिए। 

संविधान निर्माण गर्ने प्रक्रियाबारे तत्कालीन राजा महेन्द्र र राजनीतिक दलबीच तीव्र विवाद थियो। दलहरु विधान सभाबाट संविधान जारी गर्ने पक्षमा थिए। राजा विज्ञ समूहबाट संविधान बनाउन चाहन्थे। राजा र प्रधान न्यायालयबीच पनि विवाद थियो। २००८ सालमा स्थापना भएको प्रधान न्यायालयले राजाले जारी गरेका आदेशहरु उल्ट्याउन थालेपछि महेन्द्र रिसाएका थिए।

यही खिचातानीबीच कर असुल गर्न समस्या भएपछि सामयिक कर असुली ऐन २०१२ जारी गरिएको थियो। २०१२ कात्तिक १८ मा जारी भएको ऐन पुुस ११ मा मात्र राजपत्रमा प्रकाशन भएको थियो। यो ऐन हालसम्म तीन पटक संशोधन भएको छ। २०३७ सालमा पहिलो पटक संशोधन भएको ऐन २०४७ सालमा र २०६६ सालमा संशोधन भएको हो। 

यसलाई शुरुमा प्रकाशन गर्दा ‘सामयिक कर असुल गर्ने व्यवस्था गर्न श्री ५ महाराजाधिराजबाट यो ऐन बनाई जारी गरिबक्सेको’ उल्लेख थियो। यो आदेश तोकिएको मितिदेखि कानुन सरह हुने ऐनमा उल्लेख छ। ऐनले सरकारलाई ६ महिनासम्म कर असुल गर्न सक्ने अधिकार दिएको छ। सरकारले चाहेमा त्यसअघि नै यसलाई खारेज पनि गर्न सक्ने व्यवस्था छ। 

सूचित आदेशमा तोकिएभन्दा कानूनमा पर्न आएको दर घटी हुन गएमा बढी असुल हुन गएको जति रकम फिर्ता हुने ऐनमा उल्लेख छ। केही गरी सूचित आदेशमा तोकिएभन्दा कानुनमा पर्न आएको दर बढी हुन गएमा सो कानून लागू हुने मितिदेखि मात्र नयाँ दर बमोजिम असुल उपर गरिने पनि उल्लेख छ। ऐनमै कर कसरी फिर्ता हुन्छ भन्नका लागि एक उदाहरण समेत राखिएको छ। 

‘सूचित आदेश निकाल्नु अगाडि १२ रुपैंयाँ कर लागेको कलम सूचित आदेशले २० रुपैंयाँको दरले उठाएकोमा पछि कानुनबाट १५ रुपैंयाँ मात्र लिने लेखिएकोमा ५ रुपैंयाँ फिर्ता दिनु पर्छ,’ ऐनमा भनिएको छ, ‘सूचित आदेश निकाल्नुअगाडि १२ रुपैंयाँ कर लागेको कलम सूचित आदेशले २० रुपैंयाँको दरले उठाएकोमा पछि कानूनबाट १० रुपैंयाँ मात्र लिने लेखिएकोमा ८ रुपैंयाँ फिर्ता दिनु पर्छ।’ 

पुरानो कानुनको भर पहिलो पटक होइन
पुराना कानुन काम लागेको यो पहिलो पटक भने होइन। यसअघि कोरोना महामारीको समयमा ‘संक्रामक रोग सम्बन्धी ऐन–२०१७’ को भरमा सरकारले काम गरेको थियो।

यसरी पुराना कानुन अहिले गणतन्त्र र संघीय राज्यप्रणाली भएको समयमा पनि देश चलाउन प्रयोग गर्नुपर्नाको कारण हाम्रो शासकीय शैली झन् खस्केको बुझ्नुपर्ने सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी बताउँछन्। ‘कोरोना आयो, २०१७ सालको कानुन प्रयोग गर्न परेको छ। बजेट होलिडे भयो, २०१२ सालको कानुनको साहारा लिन परेको छ,’ उनी भन्छन्, ‘विगतमै फर्कने र पुरानै कानुन प्रयोग गर्ने हो भने नयाँ शासन सञ्चालनको अनुभव जनताले गर्न पाउँदैनन्।’ 

कानुन बनाउँदा दुरगामी सोच नभएको कारण अहिले पुराना कानुनमा टेक्नु परेको विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको टिप्पणी छ। कानुन बनाउँदा त्यसको दुरगामी असर ख्याल नभएको विषय संविधान निर्माणमै देखिएको उनले बताए। ‘संविधान सभाबाट बनाएको संविधानको एउटै धारा र एउटै उपदफामा समेत यत्रो विवाद भयो,’ उनले भने, ‘संविधानमा यसरी छिद्रहरु देखिनुले हामी कानुन निर्माणमा परिपक्वभन्दा राजनीतिक लहडमा रहेछौँ भन्ने देखियो।’ बजेट होलिडे नै हुने अवस्था आउन दिन नहुनेतर्फ प्रतिपक्षले पनि सोच्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–... मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा गठित समितिमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक शर्मा सदस्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्