काठमाडौं– बेलायतबाट अनलाइन न्युज पोर्टल डायस्पोरानेपाल डटकमको सञ्चालन भएको छ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का अध्यक्ष कुमार पन्तले आइतबार वेबसाइट लग इन गरेर संयुक्त रुपमा अनलाइन न्युज पोर्टलको उद्घाटन गरेका हुन्।
सो अवसरमा राजदूत रेग्मीले डायस्पोरानेपालले सकारात्मक पत्रकारितामार्फत प्रेरणा हुने खालको समाचार दिनुपर्ने बताए। डायस्पोरानेपालले आफ्ना समाचारहरुमा सबै क्षेत्रलाई समेट्नुपर्ने सहभागीको भनाइ थियो ।
डायस्पोरानेपाल डटकमका अध्यक्ष राजेन्द्र पुडासैनीले सञ्चालन गरेको उद्घाटन समारोहमा सम्पादकीय टिमका तर्फबाट सम्पादक श्याम लुइँटेलले सकारात्मक र व्यावसायिक पत्रकारितालाई मूलमन्त्र मानेर डायस्पोरामा पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।