काठमाडौं- कुवेतमा निर्माणधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा बालुवाको ढिस्कोले पुरिएर दुई नेपाली कामदारले ज्यान गुमाएका छन्।
कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार विमानस्थलको टर्मिनल-२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा झापाको गोलधाप-१ का यमबहादुर कटुवाल र झापाकै रचकचकी-६ का सुकलाल राजवंशी रहेका छन्।
सोही घटनामा रोल्पाको धनमुढास्थित मिझिंग-८ का सर्वजीत महरा घाइते भएका छन्। उनको हाल उपचार भइरहेको दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।