• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बेपत्ता पारिएका व्यक्तिहरुको परिवारको प्रश्न- हाम्रो आफन्तबारे कहिले थाहा पाउने सरकार?

64x64
दुर्गा दुलाल सोमबार, भदौ १४, २०७८  २२:२५
1140x725
तस्बिरहरु: निमेषजंग राई

काठमाडौं- आइतबार साँझ पर्न लाग्दा माइतीघर मण्डलामा केही मानिसहरू जम्मा भए। केही मैनबत्ती र पाला उनीहरूले साथमा ल्याएका थिए। त्यसलाई ‘१३०० प्लस’ अक्षरको संकेत बन्नेगरी उनीहरूले सडकमा सजाए।

वर्षौंदेखि बेपत्ता पारिएका आफन्तहरू सम्झे, अनि दीप बाले। यसरी दीप बाल्न आइपुगेका मध्येकी एक हुन् स्वस्तिका माली। उनी जम्मा २ वर्षकी थिइन्। उनका बुबालाई बेपत्ता पारिएको थियो। बुबाको धमिलो तस्बिर सम्झना हुँदैदेखि उनले बुबाको न्यानो माया गुमाइन्।

आज ३० अगस्ट, बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस। यही दिवस मनाउन उनी माइतीघर मण्डला आउँदा बुबाको धमिलो तस्बिरलाई कविताको रूपमा माइतीघर मण्डलामा प्रस्तुत गरिन्।

आज पनि म मेरो जन्म दिन मनाउन बस्छु 
मेरो बुबा तपाईंले थप्पडी बजाएको सम्झन्छु 
अनि मलाई माया गरेर जन्म दिनको लाख-लाख शुभकामना भनेको झझल्को आउँछ 
म दुई वर्षको थिएँ, अहिले जवान भएकी छु। 
तर खै तपाईंलाई देखिनँ
बुबा थप्पडी बजाएर जन्मदिनको शुभकामना भनेको सुन्दिनँ 

उनले यसरी प्रस्तुत गरेको यो अंश वाचन गर्न लागेको ठ्याक्कै कति वर्ष भयो उनलाई नै थाहा छैन। उनी हरेक वर्ष ३० अगस्टका दिन यसैगरी माइतीघर मण्डला आउन लागेको भने १० वर्ष पुगेको छ। नेपाल लाइभसँग कुरा गर्दै उनले बुबा हराएको समय आफू २ वर्षको मात्र भएकाले धेरै ज्ञान नभएपछि मेरो बुबा खै, किन हराउनुभयो, कसले लग्यो भन्ने जस्ता प्रश्न सधैँ खेल्ने गरेको बताइन्।

सरकारले विस्तृत शान्ति सम्झौता गर्दा यस्ता बेपत्ता व्यक्तिहरूको अवस्था ६ महिनाभित्र सार्वजनिक गर्ने भने पनि हालसम्म नगर्दा आफूहरू पीडामा रहेको उनले बताइन्। सुरक्षाकर्मीले बेपत्ता पारेका आफ्ना बुबाको के कसूर थियो भन्ने आजसम्म आफूले थाहा नपाएको उनको भनाइ थियो। 

‘यही प्रश्नको उत्तर खोज्न म हरेक वर्ष माइतीघर मण्डलामा आउँछु,’ उनले भनिन्, ‘बुबालाई सम्झेर बत्ती बाल्छु, अनि जवाफ नपाउँदै फर्कन्छु।’ सरकारसँग धेरै सोध्न मन नभएको एउटै मात्र प्रश्नको उत्तर पाए हुने उनले बताइन्। ‘मेरो बुबा किन र कसले बेपत्ता पारेको हो कहाँ हुनुहुन्छ जान्न पाए हुने,’ उनले भनिन्, ‘खै, जो सरकारमा आए पनि छिट्टै हुन्छ मात्र भन्छन् रे!’

Ncell 2
Ncell 2
nimb
nimb

श्रीमानलाई घरैबाट बेपत्ता पारिदिएपछि चितवन माडीकी मोहनकला आचार्य पनि २० वर्षदेखि बेचैनपूर्ण जिन्दगी बाँचिरहेकी छन्। त्यतिबेलाको त्यो कहालीलाग्दो क्षण सम्झिँदा उनका आँखामा आँसु छचल्किन्छन्।

यसरी माइतीघरमा साझा पीडा पोख्न आउने मध्येकी एक हुन् मोहनकला। उनका पति कृष्णप्रसाद आचार्य नेपाली सेनामा थिए। सशस्त्र द्वन्द्व बढ्दै गएपछि उनी सेनाको जागिर छाडेर घरमै बस्न थालेका थिए। पाँच-छ वर्ष सेनामा काम गरेका उनले जागिर छाडेको तीन वर्ष भएको थियो। अपरिचित मान्छे आएर जागिर लगाइदिने भन्दै कृष्णप्रसादलाई लगेर गएका थिए। ‘पहिले सेनामा काम गरेको मान्छे, राम्रो जागिर पाइन्छ भन्दै लिएर गए,’ मोहनकला सम्झन्छिन्, ‘माओवादीले लिएर गएको भन्ने हल्ला चल्यो तर कसले लगेर गयो भन्ने ठ्याक्कै थाहा छैन।’

भूपू सेना भएकाले कृष्णप्रसादलाई माओवादीले आफ्नो सेनामा लगेर गएको गाउँलेको आसंका छ। मोहनकलालाई पनि त्यस्तै लाग्छ। तर, मान्छे किटान गर्न नसक्दा उनलाई अप्ठ्यारो भएको छ। ‘माओवादीलाई सोध्दा प्रमाण के छ भन्छन्?’ उनी सुनाउँछिन्, ‘मैले के प्रमाण ल्याएर दिने? मेरो श्रीमान् मसँग नहुनु प्रमाण होइन र?’

Xtrem

Xtrem

१६ पुस २०५७ को घटना थियो त्यो। कृष्णप्रसाद बेपत्ता भएपछि मोहनकलाको परिवारै छिन्नभिन्न भयो। छोरा बेपत्ता भएको वेदनाले कृष्णकी आमा बितिन्। उनका बुबाले अर्की श्रीमती ल्याए। कान्छी श्रीमतीलाई सम्पत्ति दिनुपर्ने दबाब परेपछि कृष्णका बुबा घर छाडेर प्यूठान, स्वर्गद्वारीको आश्रममा लामो समय बसे। 

परिवारमा सुख, शान्ति नभएपछि मोहनकला पनि पाँच-छ वर्ष माइतीमा गएर बसिन्।

आफ्ना प्रिय श्रीमानलाई न उनले बिर्सन सकेकी छन्, न पाउन नै। सबैभन्दा धेरै याद उनलाई चाडपर्वमा आउँछ। दसैं र तिहारजस्ता चाडमा त आउँदै पो छन् कि भनेझैं हुन्छ। अरूको परिवारमा बाबुसँग छोरा छोरी रमाएको देख्दा टुप्लुक आइपुगे हुन्थ्यो जस्तो लाग्छ। तर, यसरी उनले हरेक चाडमा आँखा बाटोमा चिहाएको धेरै भयो। न त लास भेटिन्छ न त आस नै मरेको छ। उनको पनि सरकारसँगै एउटै प्रश्न छ- बेपत्ता पतिको कहिले अवस्था जानकारी पाइन्छ? देशमा चलिरहको सशस्त्र द्वन्द्व उत्कर्षतिर पुग्नै लाग्दा श्रीमान् कृष्णप्रसाद आचार्यलाई घरबाटै बेपत्ता पारियो। उनलाई बेपत्ता पार्नेबारे अहिलेसम्म मोहनकलाले केही भेउ पाउन सकेकी छैनन्।

बेपत्ता श्रीमान् पाउने आसैआसमा चितवनदेखि काठमाडौंसम्म पटक-पटक बेचैनपूर्ण यात्रा नापिसकेकी छन्, मोहनकलाले। नारा जुलुस, धर्ना, विरोध प्रदर्शन उनको बलबुताले भ्याउनेजति सबै गरिसकिन् तर बिडम्बना, सरकारले केही गरेन। केही महिनाभित्र बेपत्ता भएकाहरूको अवस्था सार्वजनिक गर्ने शान्ति सम्झौता भएको पनि डेढ दशक बिते, तर मोहनकलाजस्ताले जानकारी पाएका छैनन्।

मोहनकलाजस्तै वेदना र दुःखको पहाड भोगेकी चितवन पदमपुरकी लीलादेवी भण्डारी (लोप्चन) पनि हुन्। उनले पनि राज्य संयन्त्र परिवर्तन गर्न र जनताको सत्ता ल्याउने भनी चलाइएको सशस्त्र द्वन्द्वमा श्रीमान् बेपत्ता भएको घटना भोग्नुपर्‍यो। हरेक चाडपर्वमा श्रीमान् आउँछन् कि भन्ने आस अझै लाग्छ उनलाई। ‘अघि-पछि नभए पनि दसैंको टीका लगाउन र तिहारमा सयपत्री लगाउन आउँछन् कि भन्ने आस बाँकी नै रहन्छ,’ उनले भनिन्, ‘न लास, न त श्वास नै भएको दुई दशक भइसक्यो आस मार्दा पनि चाडपर्वमा धेरै याद आउँछ।’

यसरी नै यस्तै यादमा आजसम्म उनी परिवार धानेर बसेकी छन्। उनले श्रीमानको अवस्था पत्ता पाउन गरेको दुःख झन् पहाडझैँ छन्। हरेक पटक काठमाडौं आउनेदेखि सदरमुकाम नेतापिच्छे श्रीमान् बेपत्ता भन्दा-भन्दा उनी आफैं थाकिसकेकी छन्।

‘संघीय सरकार बसेको काठमाडौं खाल्डोले न्याय देला या नदेला?,’ उनले भनिन्, ‘हामीसँग बाँकी भनेको आसा मात्रै छ। तर भरोसा छैन।’ उनले आफ्ना आफन्त कहाँ छन् भन्नेमात्र सरकारले जानकारी दिए पुग्ने बताइन्। 

द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जालकी अध्यक्ष सिर्जना श्रेष्ठले पनि यसरी सधैँ पीडामा कति बस्ने भनेर प्रश्न सोधिरहेको बताइन्। ‘हरेक वर्ष नयाँ सरकार बन्छ। सरकारपिच्छे नै प्रतिबद्धता आउँछ,’ उनले भनिन्, ‘तर, बेपत्ताहरू कहाँ छन् कहिल्यै कुनै सरकारले भनेनन्।’

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग बने पनि त्यसले प्रभावकारी काम गर्न नसकेको उनीहरूको गुनासो छ।

 

 

 

तस्बिरहरु: निमेषजंग राई

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्