• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कुन ‘मिसन’मा आए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले? 

64x64
दुर्गा दुलाल सोमबार, भदौ ७, २०७८  २२:२४
1140x725

काठमाडौं- जब काठमाडौंमा अप्रत्यासित राजनीतिक घटनाक्रम तीव्र बन्छन्, त्यसबेला धेरैले खेलाडीका रुपमा देशबाहिरका शक्तिलाई देख्न थाल्छन्। भूराजनीतिको चेपमा पर्दै आएको नेपालमा त्यस्तो आशंका गर्नु अस्वाभाविक होइन। किनभने घटनाक्रम पनि त्यहीअनुसार देखापर्छन्।

अहिले सरकारले पूर्णता पाउन नसकेको, दल विभाजन भइरहेको बेला फेरि काठमाडौंमा भारतको सत्तारुढ दल, भारतीय जनता पार्टी (भाजपा)का एक सिनियर नेता एवं विदेश विभाग प्रमुख विजय चौथाइवालेको भेटवार्ता जारी छ।

आइतबार नेपालको चार दिने अनौपचारिक भ्रमणमा आएका चौथाइवालेले सोमबारसम्म प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपाबाट फुटेर निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निवेदन दिएका महन्थ ठाकुरलाई भेटे।

बुधबारसम्म काठमाडौंमा रहने उनले अन्य नेताहरु भेट्ने तयारी गरेका छन्। उनले एमालेबाट विभाजनमा गएका माधवकुमार नेपाललाई भेट्ने वा नभेट्ने कुरा भने प्रष्ट कार्यसुचिमा सार्वजनिक भएको छैन। 

आइतबार प्रधानमन्त्री देउवासँग बालुबाटारमा भेटेका उनी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। ओलीसँगको भेटपछि उनी सत्ताधारी दलका नेतालाई महत्व दिँदै पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न उनकै निवास खुमलटार पुगे। त्यसअघि उनले जनता समाजवादीबाट विभाजन भएर नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका महन्थ ठाकुरलाई भेटेका थिए।  

निर्वाचन आयोगमा भदौ ९ गते सनाखत भएर दर्ता हुने पार्टीका अध्यक्ष ठाकुरलाई उनले सामाजिक सञ्जाल ट्वीटरमा मधेशको वरिष्ठ नेता भनेर उल्लेख गरेका थिए। चौथाइवाले दोस्रो पटक काठमाडौ आएका हुन्। प्रधानमन्त्रीदेखि विपक्षी दल र सत्ताबाहिर रहेका दलहरुसँगको भेटमा सक्रिय रहेका उनले नेपाल नीतिमा भारतको सोच परिर्वतन गर्न सक्छन् भन्ने प्रश्न उनी काठमाडौंमा भेटका लागि सक्रिय भइरहँदा उठिरहेको छ। उनी काठमाडौं चाहिँ सत्तारुढ दल नेपाली कांग्रेसको निम्तोमा आएका हुन्। 

भाजपा र नेपालका प्रमुख दलहरूबीच सम्बन्ध विस्तारका सिलसिलामा कांग्रेसको निमन्त्रणामा चौथाइवाले आइतबार काठमाडौं आएको पुर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले बताए। देउवासँग कांग्रेस सभापतिका हैसियतमा भेटवार्ता भएको पनि उनले दाबी गरे। प्रधानमन्त्री देउवासँगको भेटमा सहभागी भएका उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्षको सन्देश दिनसक्ने र लैजान सक्ने भएपनि यो भेट पार्टीको सम्बन्ध विस्तारमै केन्द्रित रहेको उनले बताए। 

उनी नौ महिनाअघि पनि एमालेको निमन्त्रणामा काठमाडौं आएका थिए। एमालेका तर्फबाट उपमहासचिव विष्णु पौडेलले उनलाई निम्त्याएका थिए। यसपटक कांग्रेसका तर्फबाट सहमहामन्त्री डा. महतले उनलाई निमन्त्रणा गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

चौथाइवालेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। काठमाडौं पुगेलगत्तै उनले सुरुमा पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सहमहामन्त्री महतसँग पहिलो भेट र छलफल गरेका थिए। त्यसपछि प्रधानमन्त्रीनिवास बालुबाटार पुगेर उनले देउवासँग भेट गरेका थिए। 

भेटवार्तामा दुई देशका विषयहरूमा भन्दा दुई पार्टीबीच सम्बन्ध विस्तारबारे धेरै कुराकानी भएको डा महतले दावी गरे।चौथाइवालेले देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जगतप्रकाश नड्डा र आफ्नो बधाई सुनाएको उनले बताए। ‘दुई पार्टीबीचमा सम्बन्ध विकास गरौं भनेर बोलाएको हो। एकअर्कालाई वुझ्न मद्दत गर्ने कुरा दुवैतर्फबाट भएको छ’,  उनले भने, ‘दुई पार्टीका बीचमा यो भेटघाटले सम्बन्ध विस्तार गर्नेछ।’ 

तर, दुवै सत्तारुढ पार्टी भएकाले एकापसमा सहयोग लिने र दिने कुरा पनि भेटमा भएको उनले बताए। ‘अहिले पार्टीगत कुरामात्र भयो’, उनले भने, ‘प्रधानमन्त्रीसँगको भेटमा मेन्सन गर्ने कुरा अलग हो, नत्र समग्रमा पार्टीगत कुरै भए।’ 

ओली सरकारको नेतृत्वमा रहँदा एमालेका उपमहासचिव विष्णु पौडलको निम्तामा उनी काठमाडौं आएका थिए। त्यो समय अर्थात् कात्तिकदेखि मंसिरसम्मको अवधिमा काठमाडौंमा भारतीय भ्रमण तीव्र बनेको थियो। कात्तिक ५ र ६ गते भारतीय गुप्तचर संस्था, रअका प्रमुख सामन्तकुमार गोयल आएका थिए। एकैपटक बालुबाटार तत्कालीन प्रधानमन्त्री ओलीसँग भेटेपछि उनी आएको सार्वजनिक भएको थियो। उनी फर्केपछि मात्र तत्कालीन सरकारले उनको भेटबारे सार्वजनिक गरेको थियो। 

गोयल फर्केलगत्तै कात्तिक १९ र २० मा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपाल भ्रमण गरेका थिए। उनीपछि भारतीय विदेशसचिवले नेपालको भ्रमण गरे। नेपालीमुलका सिक्किममा जन्मेका भारतीय विदेशसचिव हर्षवद्र्धन शृंगला मंसिर ११ र १२ गते नेपालको भ्रमणमा आएका थिए। उनीपछि मंसिर २४ गत चौथाइवाले काठमाडौं आएका थिए।

चौथाइवाले फर्केपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली गएका थिए। उनै चौथाइवाले नौ महिनापछि सत्ता परिर्वतन भएका बेला कांग्रेसको निमन्त्रणामा काठमाडौं आएका हुन्। 

चौथाइवालेको भेटको अर्थ 
पूर्वपरराष्ट्रमन्त्री डा महतले यो भ्रमण र भेट पार्टीगत सम्बन्ध विस्तारका लागि भएकाले देशलाई दुरगामी महत्व नपार्ने, सरकारस्तरको भेटभन्दा फरक रहेको दावी गरे। ‘उनी सरकारसँग उच्चस्तरीय वार्ताका लागि आएका हैनन्। सरकारमा पनि जिम्मेवारी लिएका व्यक्ति होइनन्’, महतले भने, ‘तर, प्रधानमन्त्रीसँग भएको कुरा पक्कै पनि उताका प्रधानमन्त्रीसम्म सन्देश दिन सक्नेछन्।’ 

सरकारीस्तरको भ्रमण आफ्नै हिसावले हुने भएकाले यसमा जोड्न उपयुक्त नहुने उनको तर्क छ। ‘सरकारीस्तरमा धेरै कुराहरु छन्, त्यसमा सरकारले त्यही हिसावले अरु भेट र भ्रमण तय गर्ला’, उनले भने, ‘दुई देशका सत्ताधारी पार्टीका बीचमा सम्बन्ध विस्तार गर्न मात्र यो भेट केन्द्रित हुन्छ।’ 

भू-राजनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टले सत्ताधारी पार्टीको विदेश विभागको प्रमुख सरकार परिर्वतन हुनवित्तिकै आउनुले नेपाल प्राथकितामा छ र नेपालसँग सम्बन्ध सुधार गर्न भारत चाहन्छ भनेर बुझ्नुपर्ने टिप्पणी गरे। चौथाइवालेले भारत र नेपालको सम्बन्ध राम्रोसँग अगाडि नबढेको अवस्थामा दुई पटक भ्रमण गरिसकेकाले भारतले महत्व दिएको भनेर बुझ्नुपर्ने उनले बताए। 

‘पछिल्ला दिनमा नेपाल र भारतको सम्बन्ध राम्रो छैन, भारत त्यही सम्बन्ध सुधार गर्न चाहन्छ भन्ने अवश्य पनि देखिन्छ’, उनले भने, ‘जोसुकै सरकारमा आएपनि सम्बन्ध राख्नपर्छ भन्ने मान्यता भारतले बनाएको छ। त्यहीकारणले उसले नेपालको भ्रमण बढाएको देखिन्छ।’ अहिले दक्षिण एशियामा देखापरेको भू-राजनीतिक तनावका कारणले पनि नेपालमा भारतले थप चासो राखेको हुनसक्ने उनको बुझाइ छ। 

अफगानिस्तानमा भएको तालिबानको उदयदेखि दक्षिण एशियाका देशहरुका चीनको बढ्दो प्रभावका कारण र नेपालसँग खुला सीमा जोडिएकाले पनि भारतले प्राथमिकतामा राखेको उनी बताउँछन्। ‘नेपाल भारतको जहिल्यै प्राथमिकतामा छ, प्रधानमन्त्री नरेन्द्र मोदीको सुरुको नीति त्यही थियो तर, बीचमा सम्बन्ध बिग्रेको हो’, उनले भने, ‘अहिले भारतको सत्ताको प्रमुख प्राथमिकता नै सम्बन्ध सुधार भएको देखिन्छ।’ 

भट्टको बुझाइमा विगतको ओली सरकार पनि पार्टीको आन्तरिक किचलोमा अल्झिएको र अहिलेको सरकारले पनि पूर्णता पाउन नसकेकाले नेपाल र भारतबीचको सम्बन्धले प्राथमिकता पाउन नसकेको, त्यहीकारण समस्याहरु थाती रहेको देखिन्छ। ‘यो एकल सरकार नभएर गठबन्धनको सरकार हो, यसका आफ्नै किसिमका लिमिटेशन छन्’, उनले भने, ‘तर, पनि कोभिड महामारीदेखि अन्य समस्याकै बीच भ्रमण भएको छ, अहिले परिस्थिति केही पक्कै बदलिएको  छ होला।’

गठबन्धन सरकार भए पनि कांग्रेसकै नेतृत्वमा सरकार भएकाले भारतले कांग्रेस मार्फत् नै पार्टीगत र सरकारको सम्बन्ध विस्तार गर्न सक्ने उनको बुझाइ छ। यसरी हुने भेटले छिटै उच्चस्तरीय राजनीतिक भ्रमण हुनसक्ने उनले बताए। 

लिपुलेकदेखि ईपिजीसम्मका कुरा अलपत्र 
भारतले नेपाली क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्र समावेश गरेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि सुरु भएको विवादमा नेपालले पनि नक्सा नै जारी गर्दै जवाफ दिएको थियो। त्यो घटनापछि नेपाल र भारतका उच्चस्तरीय प्रतिनिधि सम्मिलित नेपाल–भारत प्रबुद्ध समूह (ईपिजी)ले तयार पारेको प्रतिवेदन अलपत्र छ। नेपाल–भारतबीच शान्ति तथा मैत्री सन्धिलगायत अन्य सन्धि र सम्झौता पुनरवलोकन गरी सुझाव दिन दुवै देशका सरकार तहबाट ईपिजी गठन भएको थियो। 

सन् १९५० मा नेपालका प्रधानमन्त्री मोहनशमशेर तथा नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहले उक्त सन्धिमा हस्ताक्षर गरेका थिए। यो सन्धि पुनरावलोकन हुनुपर्ने माग पछिल्लो समय नेपालबाटै लगातार उठिरहेको छ। त्यसैलाई सम्बोधन गर्ने गरी ईपिजी गठन भएको थियो।

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई ३ कात्तिक २०६८ मा भारत भ्रमणमा जाँदा सन् १९५० को सन्धि लगायतका विषयमा हेरफेर वा पुनरावलोकनका सम्बन्धमा ईपिजी गठन गरेर तय गर्ने सहमति भएको थियो।

१९ साउन २०७१ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला दुवैतिर चार/चार सदस्य रहनेगरी ईपिजी गठन गर्ने सहमति भएको थियो। त्यसअनुसार २०७२ को पुस अन्तिम साता नेपालले र ८ फागुनमा भारतले समूहमा आफ्ना सदस्य घोषणा गरेका थिए।

नेपाली समूहमा संयोजक डा भेषबहादुर थापा, सदस्यहरु डा राजन भट्टराई, पूर्वमन्त्री एवं हाल भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय थिए। त्यस्तै भारतीय समूहमा संयोजक एवं भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, सदस्यहरु पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती थिए। 

दुई वर्षको कार्यकाल पाएको ईपिजीले २०७५ असार १५ र १६ मा काठमाडौंमा नवौं बैठक बसेर साझा प्रतिवेदन तयार गरेको थियो।

२०७५ असार १६ र १७ गते काठमाडौंमा बसेको ईपिजी बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर दुवै देशका प्रधानमन्त्रीलाई संयुक्त रुपमा बुझाउने सहमति गरेको थियो। भारतका प्रधानमन्त्रीलाई पहिले, त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि मात्र प्रतिवेदन सार्वजनिक गर्ने योजना थियो। तर, यो योजना तीन वर्षदेखि अलपत्र छ।  

नेपालले पटक पटक छिटै प्रतिवेदन बुझाउने अनि सार्वजनिक गर्ने भन्दै आएपछि भारतका तर्फबाट २०७६ असार २० गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले सरकारलाई प्रतिवेदन नै नवुझाएको भन्दै तत्काल नवुझ्ने संकेत गरेका थिए। दोस्रो कार्यकालका लागि मोदी प्रधानमन्त्री चयन भएको समयमा उनको यो कुरा आएको थियो। 

शान्ति तथा मैत्री सन्धिका कुल १० धारामध्ये धारा २, ५, ६, र ७ मा नेपाली पक्षले असहमति जनाउँदै आएको छ। 

सन्धिको पहिलो धाराले नेपाल र भारत दुवै देशले एक अर्काको स्वतन्त्रता र सार्वभौमसत्ताको सम्मान गर्ने कुरा उल्लेख गरेपनि धारा २ मा दुबै देशले कुनै अर्को देशसँग असमझदारी उत्पन्न भए एक अर्कालाई असमझदारीको विषयमा जानकारी गराउनुपर्ने उल्लेख छ। 

सन्धिको धारा ५ मा नेपाललाई आवश्यक पर्ने हातहतियार भारतबाट आयात गर्ने र तेस्रो देशबाट आयात गर्दा भारतलाई पूर्वजानकारी दिनुपर्ने उल्लेख छ। यस्तै धारा ६ र ७ मा दुवै देशका सरकारले आर्थिक, व्यापार र आवासका विषयमा दुवै देशका नागरिकलाई आफ्नै देशका नागरिक सरह व्यवहार गर्नुपर्ने व्यवस्था छ।

उल्लिखित धारामध्ये २ र ५ नेपाललाई मात्रै बाध्यकारी रहेको र धारा ६ र ७ ले भारतीय जनसंख्याका हिसाबले नेपाललाई अप्ठ्यारो पार्ने नेपालले बताउँदै आएको थियो। 
 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  २२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–... मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा गठित समितिमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक शर्मा सदस्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्