• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २९, २०८२ Sat, Nov 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

पहिलो खेल नेपालसँग खेलेको ११ वर्षपछि अफगानिस्तान महिला फुटबल टोलीले भन्यो– ‘अलविदा’

64x64
नेपाल लाइभ मंगलबार, भदौ ८, २०७८  ०६:५३
1140x725

आगामी २३ सेटेम्बरदेखि हुने महिला एसियन कप–२०२२ छनौटको समूह ‘बी’मा अफगानिस्तान, भियतनाम, माल्दिभ्स र आयोजक राष्ट्र ताजिकिस्तान छन्। तर, अफगानिस्तानको टोलीलाई ताजिकिस्तानको राजधानी दुशान्बे जाने अनुमति दिइन्छ कि दिइँदैन भन्ने अहिले नै अनुमान लगाउन गाह्रो छ। वास्तवमा, अब अफगानिस्तानको महिला फुटबल टिम अस्तित्वमा छ कि छैन भन्ने नै प्रष्ट छैन।

अफगानिस्तान महिला राष्ट्रिय फुटबल टिमकी पूर्वकप्तान शमिला कोहेस्तानीका अनुसार महिला राष्ट्रिय टिमका खेलाडीले टिम छाडिसकेका छन्। तालिबानले शरिया कानुन अनुसार ‘अधिकार’ दिने भनेपछि महिलाहरु सशंकित भएको उनको भनाइ छ। ‘उनीहरु भनिरहेका छन् महिलाहरुलाई शरिया कानुनअन्तर्गत काम गर्न अनुमति दिनेछन्। तर, मलाई थाहा भएअनुसार शरिया कानुनले महिलालाई खेल्न अनुमति दिँदैन,’ उनले भनिन्, ‘फुटबल खेलेरै पेट पाल्ने सपना बुनेका मजस्ता खेलाडीहरुले तालिबानले काबुल कब्जा गर्नुभन्दा दुई दिनअघि नै राष्ट्रिय टिमसँग बिदाइ लिइसकेका थिए।’

As a young girl living under the Taliban regime, I know that Taliban “Sharia Law” do not include women athletes. The day Taliban entered Kabul was the day I said goodbye to women playing sports. The future of women athletes has just gotten dark and scary once again. ??

— Shamila Kohestani (@Sham_Kohestani) August 18, 2021

तालिबानले पहिलोपटक सत्ता कब्जा गर्दा कोहेस्तानी बाल्यावस्थामा थिइन्। अहिले उनी ३३ वर्षकी भइन्। उनी फुटबलमै लागिरहन चाहन्छिन्। तर, अब उनको रहर पूरा नहुनेमा उनी लगभग ढुक्क छिन्। अब महिलाले अफगानिस्तानमा फुटबल खेल्न नपाउने उनको भनाइ छ। किनकि, शरिया कानुनमा महिलाका अधिकार खुम्च्याइएको छ।

पहिलो खेल नेपालविरुद्ध
अफगानिस्तानको महिला टोलीले सन् २०१० मा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो। दक्षिण एसियाली च्याम्पियनसिप (साफ) अन्तर्गत बंगलादेशको कक्स बजार स्टेडियममा उनीहरुले फुटबललाई ‘नमस्ते’ भन्दै खेल्न सुरु गरेका थिए। त्यो खेल नेपालविरुद्ध थियो। उक्त खेलमा अफगानिस्तान नेपालसँग १३–० ले पराजित भएको थियो।

कोहेस्तानी भन्छिन्, ‘हामी विश्वकप या कुनै ठूलो प्रतियोगिता खेल्न गएका थिएनौं र त्यो महत्वपूर्ण थिएन। यो स्वतन्त्रताको लागि दिइएको एक अवसर थियो। अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने र अफगान महिलाहरुलाई दुनियाँ चिनाउने अर्को पुस्ताको लागि त्यो पहिलो कदम थियो।’

उनका अनुसार नेपालविरुद्धको पहिलो खेलमा हिजाब लगाएर फुटबल खेल्न धेरै मुस्किल थियो। बारम्बार उनीहरु मैदानमा लडिरहन्थे। तर, यसलाई उनीहरुले सामान्य ठाने र फुटबललाई स्वतन्त्रताका लागि लड्ने हतियार बनाउने सोचे। ‘हामी पुरुष प्रधान खेल खेलिरहेका थियौँ, तर त्यो जित्नका लागि थिएन, अधिकारको लागि लडेका थियौं। यसले मेरो जिन्दगी पूरै परिवर्तन गरिदियो र तालिबानले बच्चाको रूपमा राखेको खोरबाट बाहिर आउन मलाई आत्मविश्वास दियो,’ उनले भनिन्, ‘हामी सबैको लागि त्यो उस्तै अनुभव थियो। त्यो खेल अफगानिस्तानका महिलाहरुको लागि थियो, जसबारे मैले कहिल्यै सपनामा देखेको थिइनँ,’ उनले भनिन्।

Ncell 2
Ncell 2

फुटबलका लागि संघर्ष
सन् १९७९–८९ सम्म सोभियत संघको कब्जा, सन् १९९२–९६ को गृहयुद्ध र त्यसपछि तालिबानको शासनको कारण अफगानिस्तानमा खेलकुदको विकास हुन सकेन। सन् १९९६ मा तालिबानले सत्ता हत्याएपछि शरिया कानुन लागू भयो। काबुलको गाजी स्टेडियम फुटबल खेल्ने नभइ, ‘अपराधी’लाई फाँसी दिने थलो बन्यो। महिलाहरुमाथि कडा प्रतिबन्ध लागे। १० वर्षभन्दा माथिका महिलाले विद्यालय जान, जागिर खान त के एक्लै वा घरका सदस्यबाहेक अरु पुरुषसँग समेत बाहिर जान नपाउने भए। फुटबल त पर कै कुरा थियो।

पुरुष राष्ट्रिय फुटबल टिम पनि जनवरी २००३ मा मात्र अन्तर्राष्ट्रिय खेलमा फर्कियो। त्यसको एक दशकपछि सन् २०१३ मा नेपालमै आयोजना भएको साफमा दक्षिण एसियाकै पावर हाउस मानिने भारतलाई २–० ले पराजित गर्दै पहिलोपटक उपाधि जित्यो।

त्यतिखेर काबुलमा बन्दुक पड्काएर उत्सव मनाइएको थियो। सन् २००१ देखि २०१४ सम्म राष्ट्रपति पद सम्हालेका हमिद कारजाईले पनि टेलिभिजनमा उक्त समारोहको प्रत्यक्ष प्रसारण हेरेका थिए। उनले फुटबल टोलीलाई राष्ट्रपति निवासमै बोलाएर फोटोसमेत खिचाए।

त्यसपछि कारजाईले फुटबललाई अगाडि बढाउने अठोट गरे। त्यसपछि अफगानिस्तानमा स्थानीय फुटबल प्रतियोगिताहरु सञ्चालन हुँदै गयो। घरमै सीमित महिलाहरु पनि पुरुषहरुले फुटबल खेलेको हेर्न बुर्का लगाएर मैदान पुग्न थाले।

ह्युमन राइट्स वाचकी हेदर बार भन्छिन्, ‘त्यसपछिको अफगानिस्तान मैले सोचेभन्दा बाहिरको थियो। महिलाहरु फुटबल हेर्न मैदानसम्म आउन थाले। गोल गर्दा चिच्याउने र तस्बिर खिचेर खुशी साटासाट गर्न थाले। पुरुष फुटबलमा दर्शकका रुपमा महिलाहरुको सहभागिता महत्वपूर्ण थियो। तर, महिला फुटबल भने सीमिति थियो।’

पहिलो उपाधि जितेपछि अफगानिस्तानको पुरुष फुटबललाई सरकारले जर्मनी जस्तो देशमा अभ्यास गर्ने वातावरण मिलाइदियो। तर, महिला टिममाथि सरकारको दृष्टिकोणमा भने परिवर्तन हुन सकेन। उनीहरुलाई लामो समय घरेलु मैदानमै सीमित गराइयो।

२०१८ मा अफगानिस्तान फुटबल महासंघका अध्यक्ष केरामुद्दीन करीमसहित केही अधिकारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो। राष्ट्रिय महिला टिमकै एक सदस्यलाई दुव्र्यवहार गरेको उनीहरुमाथि आरोप थियो। त्यसको एक वर्षपछि करीममाथि फुटबल गतिविधिमा आजिवन प्रतिबन्ध लाग्यो र १.१ मिलियन डलर जरिवानासमेत सुनाइयो।

कोहेस्तानी यो घटना महिलाहरुको लागि घृणित, तर महत्वपूर्ण भएको सम्झिन्छन्। ‘पितृसत्तात्मक देशमा एक महिलाको रूपमा बाँचिरहनुभएको छ भने त्यहाँ तपाईंलाई सबै कुराको लागि दोषी देखाइन्छ र बाहिर आउन या आफ्नो समस्या भन्न निकै गाह्रो हुन्छ,’ कोहेस्तानी भन्छिन्, ‘यस्तो घटना अफगानिस्तानमा पहिले कहिल्यै भएको थिएन र कसैले यसबारेमा यसअघि बोल्ने हिम्मतसमेत गरेका थिएनन्।’

अब के गर्लान् त तालिबानले?
एसियाली फुटबल महासंघका एक पदाधिकारीका अनुसार अफगानिस्तान फुटबल महासंघले एसिया कप छनोट खेल्नेबारे अहिलेसम्म कुनै छलफल गरेको छैन। यदि ताजिकिस्तानमा अफगानिस्तानको महिला टिम उपस्थित भए एक शक्तिशाली सन्देश दिनेछ– ‘नयाँ’ तालिबानहरु महिलाबारे विगतको भन्दा फरक दृष्टिकोण राख्छन्।

तालिबानहरु आफू बदलिएको देखाउने प्रयास भने गरिरहेका छन्। भलै ती पर्याप्त छैनन्। गएको हप्ताको मंगलबार, एक तालिबान प्रतिनिधि अफगानिस्तानको न्यूज च्यानल टोलोमा महिला प्रस्तोतासँग प्रत्यक्ष प्रसारणमा जोडिएका थिए। टोलोन्यूजका मालिक सालोद मोहसेनीले ट्विट गरे, ‘टोलोन्यूज र तालिबानले फेरि इतिहास रच्दैः वरिष्ठ तालिबान प्रतिनिधि अब्दुल हक हम्माद आज बिहान हाम्रो महिला प्रस्तोता बेहेष्टासँग कुरा गर्दै। दुई दशक पहिले उहाँ तालिबान इन्चार्ज हुनुहुन्थ्यो, अकल्पनीय।’

मोहसेनीले एक अन्तर्वार्तामा तालिबानको उदेश्यबारे अर्को केही हप्तामा पूरा जानकारी भइसक्ने बताए। यसबीचमा तालिबानका नेताहरुले अधिकारवादी स्थानीय महिलालगायत अन्यसँग निरन्तर छलफल गरिरहेका छन्। यसले तालिबानहरु परिवर्तन भएको संकेत भने गरेको छ।

‘पछिल्लो समयको तुलनामा केही भिन्नता हुनेछ भन्ने कुरामा हामी पक्कै आशावादी छौं। जस्तै केही किशोरीलाई कम से कम प्राथमिक विद्यालय जान अनुमति दिइन्छ। तर, महिलाहरुलाई फुटबल खेल्न अनुमति दिनु एक ठूलो कदम हुनेछ। जसले वर्षैदेखि महिलालाई दबाएर राखेका थिए, ती तालिबान समर्थकहरुको नजरमा खतरनाक पनि हो,’ पूर्वकप्तान कोहेस्तानीले भनिन्।

कोहेस्तानीका अनुसार तालिबानविरुद्ध आवाज उठाउने यो सही समय हो। अझै पनि काबुलमा अमेरिकी र यूरोपियन सैनिकहरु छन् र विश्वको ध्यान यहाँ केन्द्रित छ। उनी भन्छिन्, ‘जो कोही विश्वास गर्छन् उनीहरु परिवर्तन भएका छन्।  तर, यस्तो सोच्नु गल्ती हुनेछ।’

-दीप सुवेदी/एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट'
सम्बन्धित सामग्री
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसद्वारा राजीनामा अखिल नेपाल फुटबल संघ(एन्फा) लाई उनले राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। यस विषयमा एन्फाबाट हालसम्म कुनै आधिकारिक जानकारी आएको छ... बिहीबार, कात्तिक १३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि प्रतियोगिता जितेको हो। आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन दुवै गोल यासि... सोमबार, कात्तिक ३, २०८२
विधि र पद्धतिविपरीत काम गरेको आरोपमा एन्फा महासचिव किरण निलम्बित साधारणसभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित काम गरेको भन्दै कार्यवाहक अध्यक्ष खड्काल... आइतबार, कात्तिक २, २०८२
ताजा समाचारसबै
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने शुक्रबार, कात्तिक २८, २०८२
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट' शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्