• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

पहिलो खेल नेपालसँग खेलेको ११ वर्षपछि अफगानिस्तान महिला फुटबल टोलीले भन्यो– ‘अलविदा’

64x64
नेपाल लाइभ मंगलबार, भदौ ८, २०७८  ०६:५३
1140x725

आगामी २३ सेटेम्बरदेखि हुने महिला एसियन कप–२०२२ छनौटको समूह ‘बी’मा अफगानिस्तान, भियतनाम, माल्दिभ्स र आयोजक राष्ट्र ताजिकिस्तान छन्। तर, अफगानिस्तानको टोलीलाई ताजिकिस्तानको राजधानी दुशान्बे जाने अनुमति दिइन्छ कि दिइँदैन भन्ने अहिले नै अनुमान लगाउन गाह्रो छ। वास्तवमा, अब अफगानिस्तानको महिला फुटबल टिम अस्तित्वमा छ कि छैन भन्ने नै प्रष्ट छैन।

अफगानिस्तान महिला राष्ट्रिय फुटबल टिमकी पूर्वकप्तान शमिला कोहेस्तानीका अनुसार महिला राष्ट्रिय टिमका खेलाडीले टिम छाडिसकेका छन्। तालिबानले शरिया कानुन अनुसार ‘अधिकार’ दिने भनेपछि महिलाहरु सशंकित भएको उनको भनाइ छ। ‘उनीहरु भनिरहेका छन् महिलाहरुलाई शरिया कानुनअन्तर्गत काम गर्न अनुमति दिनेछन्। तर, मलाई थाहा भएअनुसार शरिया कानुनले महिलालाई खेल्न अनुमति दिँदैन,’ उनले भनिन्, ‘फुटबल खेलेरै पेट पाल्ने सपना बुनेका मजस्ता खेलाडीहरुले तालिबानले काबुल कब्जा गर्नुभन्दा दुई दिनअघि नै राष्ट्रिय टिमसँग बिदाइ लिइसकेका थिए।’

As a young girl living under the Taliban regime, I know that Taliban “Sharia Law” do not include women athletes. The day Taliban entered Kabul was the day I said goodbye to women playing sports. The future of women athletes has just gotten dark and scary once again. ??

— Shamila Kohestani (@Sham_Kohestani) August 18, 2021

तालिबानले पहिलोपटक सत्ता कब्जा गर्दा कोहेस्तानी बाल्यावस्थामा थिइन्। अहिले उनी ३३ वर्षकी भइन्। उनी फुटबलमै लागिरहन चाहन्छिन्। तर, अब उनको रहर पूरा नहुनेमा उनी लगभग ढुक्क छिन्। अब महिलाले अफगानिस्तानमा फुटबल खेल्न नपाउने उनको भनाइ छ। किनकि, शरिया कानुनमा महिलाका अधिकार खुम्च्याइएको छ।

पहिलो खेल नेपालविरुद्ध
अफगानिस्तानको महिला टोलीले सन् २०१० मा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो। दक्षिण एसियाली च्याम्पियनसिप (साफ) अन्तर्गत बंगलादेशको कक्स बजार स्टेडियममा उनीहरुले फुटबललाई ‘नमस्ते’ भन्दै खेल्न सुरु गरेका थिए। त्यो खेल नेपालविरुद्ध थियो। उक्त खेलमा अफगानिस्तान नेपालसँग १३–० ले पराजित भएको थियो।

कोहेस्तानी भन्छिन्, ‘हामी विश्वकप या कुनै ठूलो प्रतियोगिता खेल्न गएका थिएनौं र त्यो महत्वपूर्ण थिएन। यो स्वतन्त्रताको लागि दिइएको एक अवसर थियो। अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने र अफगान महिलाहरुलाई दुनियाँ चिनाउने अर्को पुस्ताको लागि त्यो पहिलो कदम थियो।’

उनका अनुसार नेपालविरुद्धको पहिलो खेलमा हिजाब लगाएर फुटबल खेल्न धेरै मुस्किल थियो। बारम्बार उनीहरु मैदानमा लडिरहन्थे। तर, यसलाई उनीहरुले सामान्य ठाने र फुटबललाई स्वतन्त्रताका लागि लड्ने हतियार बनाउने सोचे। ‘हामी पुरुष प्रधान खेल खेलिरहेका थियौँ, तर त्यो जित्नका लागि थिएन, अधिकारको लागि लडेका थियौं। यसले मेरो जिन्दगी पूरै परिवर्तन गरिदियो र तालिबानले बच्चाको रूपमा राखेको खोरबाट बाहिर आउन मलाई आत्मविश्वास दियो,’ उनले भनिन्, ‘हामी सबैको लागि त्यो उस्तै अनुभव थियो। त्यो खेल अफगानिस्तानका महिलाहरुको लागि थियो, जसबारे मैले कहिल्यै सपनामा देखेको थिइनँ,’ उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

फुटबलका लागि संघर्ष
सन् १९७९–८९ सम्म सोभियत संघको कब्जा, सन् १९९२–९६ को गृहयुद्ध र त्यसपछि तालिबानको शासनको कारण अफगानिस्तानमा खेलकुदको विकास हुन सकेन। सन् १९९६ मा तालिबानले सत्ता हत्याएपछि शरिया कानुन लागू भयो। काबुलको गाजी स्टेडियम फुटबल खेल्ने नभइ, ‘अपराधी’लाई फाँसी दिने थलो बन्यो। महिलाहरुमाथि कडा प्रतिबन्ध लागे। १० वर्षभन्दा माथिका महिलाले विद्यालय जान, जागिर खान त के एक्लै वा घरका सदस्यबाहेक अरु पुरुषसँग समेत बाहिर जान नपाउने भए। फुटबल त पर कै कुरा थियो।

पुरुष राष्ट्रिय फुटबल टिम पनि जनवरी २००३ मा मात्र अन्तर्राष्ट्रिय खेलमा फर्कियो। त्यसको एक दशकपछि सन् २०१३ मा नेपालमै आयोजना भएको साफमा दक्षिण एसियाकै पावर हाउस मानिने भारतलाई २–० ले पराजित गर्दै पहिलोपटक उपाधि जित्यो।

त्यतिखेर काबुलमा बन्दुक पड्काएर उत्सव मनाइएको थियो। सन् २००१ देखि २०१४ सम्म राष्ट्रपति पद सम्हालेका हमिद कारजाईले पनि टेलिभिजनमा उक्त समारोहको प्रत्यक्ष प्रसारण हेरेका थिए। उनले फुटबल टोलीलाई राष्ट्रपति निवासमै बोलाएर फोटोसमेत खिचाए।

Xtrem

Xtrem

त्यसपछि कारजाईले फुटबललाई अगाडि बढाउने अठोट गरे। त्यसपछि अफगानिस्तानमा स्थानीय फुटबल प्रतियोगिताहरु सञ्चालन हुँदै गयो। घरमै सीमित महिलाहरु पनि पुरुषहरुले फुटबल खेलेको हेर्न बुर्का लगाएर मैदान पुग्न थाले।

ह्युमन राइट्स वाचकी हेदर बार भन्छिन्, ‘त्यसपछिको अफगानिस्तान मैले सोचेभन्दा बाहिरको थियो। महिलाहरु फुटबल हेर्न मैदानसम्म आउन थाले। गोल गर्दा चिच्याउने र तस्बिर खिचेर खुशी साटासाट गर्न थाले। पुरुष फुटबलमा दर्शकका रुपमा महिलाहरुको सहभागिता महत्वपूर्ण थियो। तर, महिला फुटबल भने सीमिति थियो।’

पहिलो उपाधि जितेपछि अफगानिस्तानको पुरुष फुटबललाई सरकारले जर्मनी जस्तो देशमा अभ्यास गर्ने वातावरण मिलाइदियो। तर, महिला टिममाथि सरकारको दृष्टिकोणमा भने परिवर्तन हुन सकेन। उनीहरुलाई लामो समय घरेलु मैदानमै सीमित गराइयो।

२०१८ मा अफगानिस्तान फुटबल महासंघका अध्यक्ष केरामुद्दीन करीमसहित केही अधिकारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो। राष्ट्रिय महिला टिमकै एक सदस्यलाई दुव्र्यवहार गरेको उनीहरुमाथि आरोप थियो। त्यसको एक वर्षपछि करीममाथि फुटबल गतिविधिमा आजिवन प्रतिबन्ध लाग्यो र १.१ मिलियन डलर जरिवानासमेत सुनाइयो।

कोहेस्तानी यो घटना महिलाहरुको लागि घृणित, तर महत्वपूर्ण भएको सम्झिन्छन्। ‘पितृसत्तात्मक देशमा एक महिलाको रूपमा बाँचिरहनुभएको छ भने त्यहाँ तपाईंलाई सबै कुराको लागि दोषी देखाइन्छ र बाहिर आउन या आफ्नो समस्या भन्न निकै गाह्रो हुन्छ,’ कोहेस्तानी भन्छिन्, ‘यस्तो घटना अफगानिस्तानमा पहिले कहिल्यै भएको थिएन र कसैले यसबारेमा यसअघि बोल्ने हिम्मतसमेत गरेका थिएनन्।’

अब के गर्लान् त तालिबानले?
एसियाली फुटबल महासंघका एक पदाधिकारीका अनुसार अफगानिस्तान फुटबल महासंघले एसिया कप छनोट खेल्नेबारे अहिलेसम्म कुनै छलफल गरेको छैन। यदि ताजिकिस्तानमा अफगानिस्तानको महिला टिम उपस्थित भए एक शक्तिशाली सन्देश दिनेछ– ‘नयाँ’ तालिबानहरु महिलाबारे विगतको भन्दा फरक दृष्टिकोण राख्छन्।

तालिबानहरु आफू बदलिएको देखाउने प्रयास भने गरिरहेका छन्। भलै ती पर्याप्त छैनन्। गएको हप्ताको मंगलबार, एक तालिबान प्रतिनिधि अफगानिस्तानको न्यूज च्यानल टोलोमा महिला प्रस्तोतासँग प्रत्यक्ष प्रसारणमा जोडिएका थिए। टोलोन्यूजका मालिक सालोद मोहसेनीले ट्विट गरे, ‘टोलोन्यूज र तालिबानले फेरि इतिहास रच्दैः वरिष्ठ तालिबान प्रतिनिधि अब्दुल हक हम्माद आज बिहान हाम्रो महिला प्रस्तोता बेहेष्टासँग कुरा गर्दै। दुई दशक पहिले उहाँ तालिबान इन्चार्ज हुनुहुन्थ्यो, अकल्पनीय।’

मोहसेनीले एक अन्तर्वार्तामा तालिबानको उदेश्यबारे अर्को केही हप्तामा पूरा जानकारी भइसक्ने बताए। यसबीचमा तालिबानका नेताहरुले अधिकारवादी स्थानीय महिलालगायत अन्यसँग निरन्तर छलफल गरिरहेका छन्। यसले तालिबानहरु परिवर्तन भएको संकेत भने गरेको छ।

‘पछिल्लो समयको तुलनामा केही भिन्नता हुनेछ भन्ने कुरामा हामी पक्कै आशावादी छौं। जस्तै केही किशोरीलाई कम से कम प्राथमिक विद्यालय जान अनुमति दिइन्छ। तर, महिलाहरुलाई फुटबल खेल्न अनुमति दिनु एक ठूलो कदम हुनेछ। जसले वर्षैदेखि महिलालाई दबाएर राखेका थिए, ती तालिबान समर्थकहरुको नजरमा खतरनाक पनि हो,’ पूर्वकप्तान कोहेस्तानीले भनिन्।

कोहेस्तानीका अनुसार तालिबानविरुद्ध आवाज उठाउने यो सही समय हो। अझै पनि काबुलमा अमेरिकी र यूरोपियन सैनिकहरु छन् र विश्वको ध्यान यहाँ केन्द्रित छ। उनी भन्छिन्, ‘जो कोही विश्वास गर्छन् उनीहरु परिवर्तन भएका छन्।  तर, यस्तो सोच्नु गल्ती हुनेछ।’

-दीप सुवेदी/एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका व्यवस्था जगाउने विधेयकको सरकारले दियो यस्तो जवाफ
सम्बन्धित सामग्री
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
पोर्चुगलमा रोनाल्डो बेन्चमा यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा पोर्चुगलले नर्वेलाई २–१ ले पराजित गरेको छ। क्रिस्टियानो रोनाल्डो बेन्चमा रहेका बेला जोआओ... सोमबार, असोज १२, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित विश्वकप विजेता स्पेनले शनिबार इंग्ल्यान्डलाई ३–२ ले पराजित गर्दै नेसन्स लिगमा विजयी सुरुआत गरेको छ। आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते, खुलामञ्चमा उद्घाटन मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, असोज १३, २०८३
अध्यादेशले निष्क्रिय पारेका ८५ ऐनका व्यवस्था जगाउने विधेयकको सरकारले दियो यस्तो जवाफ मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौं प्रस्थान मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्