काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय सचिवका लागि डा देवी बस्नेतले उम्मेदवारी दिने भएका छन्। आसन्न महाधिवेशनमा बस्नेतले सचिव पदको दाबी गर्ने भएका हुन्।
क्यान्सर निको पार्ने केमिकल (ट्याक्सोल छुट्याउने र त्यसको विशेषताको पहिचान गर्ने) मा उनले अनुसन्धान गरेका छन्। एन्टिवायोटिक बनाउने जिनहरुको पहिचान गर्ने तथा जिन इन्जिनियरिङ गरी अझ प्रभावकारी एन्टिवायोटिक उत्पादन गर्ने विषयमा उनले अनुसन्धान गरेका छन्।
लामो समयदेखि दक्षिण कोरियामा रहेका बस्नेतले सनमुन विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका थिए। दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था सोनसिक र एनआरएन कोरियाको बस्नेत संस्थापक उपसभापति हुन्।
विश्वव्यापी फैलिँदै गरेको एनआरएनएलाई अझ सांगठनिक तथा सुदृढ बनाउने कार्यमा आफू लाग्ने उनले बताएका छन्। संसारभर फैलिएका बौद्धिक तथा अनुभवी एनआरएनहरुलाई नेपालको विकासमा सहभागी गराउने उनले आफ्नो उम्मेदवारीमार्फत् प्रतिबद्धता जाहेर गरेका छन्।
एनआरएनएको विश्व सम्मेलन (केन्द्रीय महाधिवेशन) आगामी अक्टोबरको अन्तिम साता हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।