• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

१९९४ विश्वकपका हिरो बाजियो, जो बौद्धमार्गी भएकाले आलोचित भए

64x64
नेपाल लाइभ बुधबार, जेठ २३, २०७५  ०९:१६
1140x725

सन् १९८६ को जनवरीमा इटालीका स्टार स्ट्राइकर रोबर्टो बाजियो पहिलो पल्ट आफ्नो देशको युवा टोलीमा समावेश भए । त्यही वर्ष उनी इटालीको घरेलु ‘ए’ डिभिजन लिगका लागि फ्लोरेन्टिना क्लबबाट खेल्दै थिए। साम्पडोरिया विरुद्ध मैत्रीपूर्ण खेलमा उनको घुँडामा नराम्ररी चोट लाग्यो। यो घटनामा उनको देब्रे घुँडा नै खुस्किन पुग्यो। 

३–४ महिनाको विश्रामपछि उनी पुनः खेलमा फर्किने तयारी गरिरहेका थिए। त्यतिबेला उनको उमेर १९ वर्ष मात्र थियो । तर पनि उनी राम्रोसँग तंग्रिन सकिरहेका थिएनन्। एकपल्ट उनले अभ्यास सत्रमा सहभागी हुँदै ठूलै हिम्मत जुटाए। तर, १० मिनेटपछि नै उनलाई महसुस भयो, अब फुटबल खेल्न सकिन्न। 

त्यही वर्ष उनी फ्लोरेन्टिनाका एक मित्र मोरिचियोसँग बढी नै घुलमिल भएका थिए। मोरिचियो बौद्धमार्गी थिए। उनले नै सधैं खेलको तनावमा रहने बाजियोलाई १९८७ मा बौद्ध धर्मसम्बन्धी किताब पढ्न र ध्यानमा बस्न प्रोत्साहन गरे।

सानोमा आफ्ना क्रिश्चियन परिवारसँग चर्चमा प्रार्थना गर्दै हुर्केका बाजियोका लागि बौद्ध धर्म वास्तवमै अनौठो अनुभव थियो। उनी छिटै आफ्नो साथीको भनाइबाट यति प्रभावित भए, एक दिन बाजियोको व्यवहारबाट मोरिचियो स्वयम दंग परे। 

सन् १९८८ को जनवरी १ मा नयाँ वर्षको समय थियो। बाजियो बिहान साढे ७ बजे मोरिचियोको घर पुगेका रहेछन् । त्यो दिन मोरिचियो नयाँ वर्ष मनाउने क्रममा बिहान साढे ४ बजे मात्र घर फर्किएका थिए । बाजियोले फ्लोरेन्टिनास्थित मोरिचियोको घरको ढोका ढकढकाउँदा उनी मस्त निद्रामा थिए । आवाज सुनेपछि अर्धनिद्रामै ढोका खोलेका मोरिचियो त्यतिबेला छक्क परे, जब बाजियोले ढोका अगाडि उभिएर भने- ‘म बौद्ध धर्म अपनाउन चाहन्छु।’ 

यतिबेला मारिचियोले आँखा उघार्दै सोधेछन्, ‘तिमी पागल त भएनौ ? यति बिहानै यही कुरा गर्न आएको?’

कोठामा यी साथीहरुबीच चलेको छोटो वार्तालापपछि बाजियोले आफ्नो कुरा राखे। जुन कुराबाट मारिचियो यति प्रभावित भए, उनले त्यो दिन नै बाजियोलाई आफ्नो पूजाकोठामा बौद्ध धर्मको ज्ञान दिए। 

वास्तवमा त्यो दिन बाजियोका लागि नयाँ वर्षको पहिलो दिन मात्र थिएन, उनको जीवनकै महत्वपूर्ण दिन पनि थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यो दिनदेखि बाजियो बुद्धत्व प्राप्त गर्न रातदिन खटिरहेका छन् । आजभोलि बाजियो दिनको २ पल्ट, त्यो पनि १–१ घन्टा ध्यानक्रिया र पूजामा व्यस्त हुन्छन् । अझ फुर्सदको समय उनको पूजा र ध्यानको समय कति लामो हुन्छ, त्यो अनुमान लगाउन गाह्रो पर्छ । उनी लामो समय ध्यानमा लीन हुन्छन् । आजभोलि उनी कर्ममा विश्वास राख्छन् र सबैजना आफ्नो कर्मका कारण सुखी र दुःखी हुने मान्यतालाई उचित ठान्छन्। 

बौद्ध धर्म अँगाल्नुअघि, जब उनको घुँडामा चोट लागेको थियो । उनी आफैंलाई प्रश्न गर्ने गर्थे, ‘मलाई मात्र किन?’

बौद्ध धर्म अँगालेपछि उनी ‘जीवन कटु यथार्थ हो’ भन्ने दर्शनबाट प्रभावित भए । त्यस क्रममा जीवनलाई नयाँ ढंगले हेर्ने, बुझ्ने र परिभाषित गर्ने मौका पाए । चोटका कारण उनले सुरुमा आफ्नो फुटबल जीवन नै समाप्त भएको ठहर गरिसकेका थिए । तर, बौद्ध धर्म अपनाएपछि उनमा अथाह आत्मविश्वास जाग्यो। 

उनले आफ्नो अन्तर्वार्तामा जहिल्यै भन्दै आएका छन्, ‘बौद्ध धर्म अँगालेपछि मैले महसुस गरेँ, जीवन भनेकै संघर्ष हो । यसैले मलाई चुनौतीको सामना गर्न साहस प्रदान गर्योह।’

बाजियो फुटबलमा आफ्नो पुनरागमनको श्रेय बौद्ध धर्मप्रति आफ्नो अथाह विश्वासलाई दिने गर्छन् । केही वर्षअघि इटालीको स्थानीय समाचारपत्रमा छापिएको एउटा समाचारले उनलाई निकै भावुक र उदास बनायो । पत्रिकामा बाजियोको केटाकेटी बेलाका साथी तथा पूर्वखेलाडी लागूऔषध दुर्व्यसनका कारण निधन भएको समाचार छापिएको थियो । उनी त्यतिबेला आफ्नो साथीलाई सहयोग गर्न नपाएको र उनले बौद्ध धर्म अवलम्बन गरेको भए त्यो घटना नहुने भन्दै उदास बनेका थिए । उनले त्यतिबेला आफूले बेलैमा बौद्ध धर्म नअपनाएको भए दुर्व्यसनका कारण साथीको जस्तै हालत आफ्नो पनि हुन सक्ने बताएका थिए। 

चोटका कारण एक वर्ष लामो निस्क्रिय जीवनबाट उन्मुक्ति पाएका बाजियो सन् १९८७ मा युभेन्ट्स क्लबमा आवद्ध भए। त्यतिबेला उनलाई अनुबन्ध गर्न युभेन्ट्सले फ्लोरेन्टिनालाई २ करोड ५० लाख लिरा तिरेको थियो। उनी त्यो वर्ष विश्व फुटबलमै सर्वाधिक महँगो रकम तिरेर क्लब स्थानान्तरण हुने खेलाडी बन्न पुगेका थिए।

बाजियो सन् १९९३ मा युरो वर्ष खेलाडी मात्र होइन, फिफा वर्ष खेलाडीबाट पनि सम्मानित भए। तर, सन् १९९४ को विश्वकपको उपाधि जित्न इटाली असफल हुँदा त्यसको अपजस उनलाई दिइयो। 

विश्वकपको फाइनलमा इटाली पेनाल्टी सुटआउटमा ब्राजिलसँग पराजित हुन पुगेको थियो। फाइनल भिडन्तमा बाजियोले अन्तिम पेनाल्टी प्रहार गरेका थिए, जुन पोलमाथिबाट बाहिरिएपछि इटाली उपाधि विमुख भयो। 


त्यतिबेला धेरैको भनाइ थियो, ‘यदि बाजियोले बौद्धभन्दा ब्राजिलियन खेलाडी जस्तै जिजस (क्रिश्चियनका भगवान्) को प्रार्थना गरेको भए, सायद उनी गोल गर्न सफल हुने थिए र इटाली विजयी हुने थियो।’

पछि जापानमा अन्तर्वार्ता दिने क्रममा बाजियोले भनेका थिए, ‘क्रिश्चियन बाहिरी देउतामा विश्वास गर्छन् । तर, उनी अन्तरआत्माभित्रको शान्ति खोज्ने कुरामा विश्वास राख्छन् र त्यही उनको धर्म हो । धर्म मान्छेको नितान्त व्यक्तिगत कुरा हुन्।’

उनले त्यो अन्तर्वार्तामा अर्काको धर्मको सम्मान गर्न नसक्ने मान्छे देखेर आफूलाई उदेक लाग्ने बताएका थिए । सन् १९९४ को विश्वकप इटालीले हार्नुमा आफूले अँगालेको धर्मलाई कारण देखाउने व्यक्तितर्फ इंगित गर्दै भनेका थिए, ‘मैले पेनाल्टी हान्नुअघि हाम्रा दुई खेलाडी फ्रान्को बारेसी र डानियल मासारोले पनि पेनाल्टी मिस गरेका थिए । तर, उनीहरुमाथि प्रश्न तेर्सिएन।’

त्यतिबेला बाजियोकै उत्कृष्ट खेलका कारण इटाली विश्वकपको फाइनल प्रवेश गरेको थियो । उत्कृष्ट खेल्दाखेल्दै एउटा पेनाल्टी मिस गर्नाले हिरोबाट भिलेनका रुपमा व्याख्या गरिएका बाजियोलाई अहिलेसम्म त्यो घटनाप्रति कुनै पछुतो छैन। उनले त्यसको ४ वर्षपछि फ्रान्समा भएको अर्को विश्वकप पनि खेले। 

१५ वर्षको उमेर, जुनबेला उनले स्थानीय काइडोग्नो क्लबको जुनियर टोलीबाट खेल्न सुरु गरिसकेका थिए, उनी आफ्नो घरनजिकै बस्ने बच्चादेखिको छिमेकी साथी आन्ड्रेइनाको प्रेममा डुबिसकेका थिए । पछि उनले आन्ड्रेइनासँगै विवाह गरे । भन्छन्, ‘उनी एक्लो थिइन्, जुन बेला म चोटको पीडामा हुँदा मलाई हौसला दिइन्।’ 

सन् १९८२ जुलाई २४ मा अभ्यासका लागि तीन साता भिसेन्जाबाट बाहिर जाँदा बाजियोले आन्ड्रेइनालाई एउटा रिङ उपहार दिएका थिए । अभ्यास सत्रमा उनी आन्ड्रेइनालाई खुब याद गर्थे । काइडोग्नो फर्केपछि यो जोडीले १९८२ अगस्ट २२ मा स्वयंवर रचायो । करिब ७ वर्षपछि १९८९ जुलाई २ मा बाजियो वैवाहिक बन्धनमा बाँधिएका थिए, आन्ड्रेइनासँग। उनी पुरानो दिन सम्झँदा अहिले पनि रोमाञ्चित हुने गर्छन्। 

‘युएफा कपअन्तर्गत रोमासँगको खेल सकेर म हानिँदै काइडोग्नो पुगेको थिएँ । त्यो रात, साथीसँग गितार बजाउँदै सुत्ने कोठाको झ्यालबाट बिहानको ७ बजेसम्म गीत गुनगुनाइरहेका थियौं । आन्ड्रेइना पनि आफ्नो सुत्ने कोठाको झ्यालबाट हाम्रो गीत सुनिरहेकी थिइन् ।’ तीन घन्टनापछि यो जोडीले क्याथोलिक चर्च पुगेर विवाह गरेका थिए। 

त्यतिबेला बौद्धमार्गी भएर गिर्जाघरमा विवाह गर्ने बाजियोको निर्णयप्रति धेरैले आलोचना गरेका थिए । ‘केहीको बुझाइ रहेछ, म क्याथोलिक नभएका कारण चर्चामा विवाह गर्नु उपयुक्त थिएन।’

तर, बाजियोले क्याथोलिक र बौद्ध धर्मबीचको भिन्नता मज्जाले बुझेका छन् । उनी आफू बौद्धमार्गी हुँदाहुँदै गिर्जाघरमा विवाह गर्नुको कारण प्रष्ट्याउँदै भन्छन्, ‘म आफ्नो परिवार र ससुरालीलाई सम्मान गर्न चाहन्थेँ र उनीहरुको सम्मानमाथि ठेस पुर्याउन चाहन्नथेँ ।’ उनले त्यतिबेला डेढ वर्षअघि मात्र बौद्ध धर्म अँगालेका थिए। 

क्रिश्चियन धर्म परिवर्तन गर्दे बौद्धमार्गी बन्ने बाजियोको निर्णयलाई सुरुमा उनका परिवारले ठाडै अस्वीकार गरे । उनकी श्रीमती आन्ड्रेइना पनि यसको विपक्षमा थिइन् । जतिबेला उनकी आमाले आफ्नो छोरा धर्म परिवर्तन गर्दै बौद्धमार्गी बन्न लागेको थाहा पाइन, उनी निकै अतालिएकी थिइन् । उनले आफ्नो छोरोलाई भुतपिचास लागेको भन्दै क्याथोलिक पादरीलाई घर झिकाएर झारफुकसम्म गर्न लगाएकी थिइन् । पछि बाजियोको संगतले आन्ड्रेइना पनि बौद्धमार्गी बनिन् । उनले सुरुमा आफ्नी श्रीमतीलाई बौद्ध धर्म सम्बन्धी किताब पढ्न प्रेरित गरेका थिए । पछि आन्ड्रेइनालाई महसुस भएछ, आफ्ना श्रीमानलाई तनावबाट उकास्न बौद्ध धर्मले कति सहयोग गरेको रहेछ। त्यसयता आन्ड्रेइना पनि बाजियोसँगै दैनिक ध्यानक्रिया पूजामा लाग्न थालेका छन्। 

बाजियो भन्ने गर्छन्, ‘बौद्ध धर्मबिना मेरो जीवन अधुरो छ ।’ उनी हालसम्म आन्ड्रेइना र आफूबीच विश्वासको वातावरण बनिरहनु र अहिलेसम्म आफ्नाबारे नकारात्मक हल्ला नचल्नुमा आफूले अँगाल्दै आएको बौद्ध धर्मलाई जस दिन्छन् । उनी अहिले आफ्नो नियमित काम सकिनेबित्तिकै आफ्ना तीन केटाकेटीसँग समय बिताउन घर फर्किहाल्छन्। 

उनलाई संयुक्त राष्ट्र संघले सन् २००२ अक्टोबरमा खाद्य तथा कृषि संगठन (एफएओ)को सद्भावना दूत नै घोषणा गरेको थियो । बाजियोले सन् २००४ मा व्यावसायिक फुटबलबाट सधैंका लागि सन्यास लिए । इटालीबाट खेल्दा १० नम्बरको चर्चित जर्सी, बौद्धमागी छवि र लामो कपाल राख्ने कारण उनी ‘दि डिभाइन पोनिटेल’ उपनामले चर्चित भए । उनी तीन भिन्न विश्व कप (१९९०, १९९४ र १९९८) मा गोल गर्ने एक मात्र इटालियन स्ट्राइकर हुन् । उनले ५६ अन्तर्राष्ट्रिय खेलमा २७ गोल गरेका छन् । बाजियो पेनाल्टी विशेषज्ञ थिए । तर, १९९४ को विश्व कपमा आफ्नो एकल प्रदर्शनले इटालीलाई फाइनलसम्मको यात्रा गराएका उनी फाइनलमा पेनाल्टी मिस गर्न पुगे । जे होस्, यो विश्वकपमा इटाली उपाधि जित्नबाट वञ्चित भयो।

तर, बाजियो १९९४ को निर्विवाद हिरो थिए। त्यसैले उनलाई अहिले पनि विश्व फुटबलले इटालीको उत्कृष्ट स्ट्राइकरको रुपमा चिन्छ। 

(एजेन्सीहरुको सहयोगमा) 

भिडियो :

प्रकाशित मिति: बुधबार, जेठ २३, २०७५  ०९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्