• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

हाम्रो भविष्य उज्ज्वल छ, विद्युत् प्राधिकरणलाई नमूना संस्था बनाउनेछौं

कुलमान घिसिङ बुधबार, साउन २७, २०७८  १६:३३
1140x725

जुन हिसाबले मैले विद्युत प्राधिकरणमा पहिलो कार्यकाल बिताएँ, टिमवर्कलाई महत्व दिएर काम गर्दा केही उपलब्धि हासिल गरेका थियौं। प्राधिकरणका १५ हजार कर्मचारीले सहयोग गर्दा हामी सफल भएका थियौं। सबै कर्मचारीको उल्लेख्य सहयोग थियो। यही सहयोगका कारण प्राधिकरणलाई उचाईमा पुर्‍याउन सम्भव भएको थियो। नेपाल सरकारले फेरि एक पटक चार वर्षका लागि कार्यभार तोकेर मलाई जिम्मेवारी दिएको छ। 

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा चार वर्षकै लागि नियुक्ति दिइएको छ। त्यो उहाँको लागि पनि सम्मान हो जस्तो लाग्छ। उहाँको कार्यकालमा भएका राम्रा कामहरूलाई निरन्तरता दिने र कमीकमजोरीहरू सुधार गर्ने हो। आगामी दिनमा अझै राम्रो गर्ने प्रयास गर्ने हो।

व्यवस्थापकीय रूपमा राम्रो गर्ने प्रयास सबैले गर्छन् नै। कसैको प्रयास सफल हुनसक्छ, कसैको नहुन पनि सक्छ। टिमलाई कसरी चलाउने भन्ने कुरा सबैको फरक हुन्छ, त्यहीअनुसार नतिजा आउने हो। सबैले आफ्नो क्षमताअनुसार काम गर्नुभएको छ। आजसम्म जे-जे उपलब्धि हुनेगरी काम गर्नुभएको छ, सबैलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा लागौँ। कसैको टिकाटिप्पणी गर्नेतिर नलागौं।

मैले मेरो दोस्रो इनिङमा ठूलो चुनौती स्वीकार गरेर आएको छु। यो मेरो व्यक्तिगत जीवनमा सबैभन्दा ठूलो चुनौती हो। मलाई यहाँ फेरि आउनैपर्छ भन्ने थिएन तर, प्राधिकरणको आवश्यकता, सरकारको विश्वास र आमजनताले देखाएको विश्वासले फेरि आएको हुँ। मेरो व्यक्तिगत जीवनको यो भन्दा ठूलो चुनौती अरू नहोला। यो चुनौती म एक्लैले पार गर्नसक्ने हैन। हिजोका टिमका केही साथीहरू अवकाश हुनुभएको छ, केही नयाँ हुनुहुन्छ। सबैले नयाँ ऊर्जाका साथ टिमवर्क गर्नुपर्नेछ। कसैले टिकाटिप्पणी भन्दा पनि प्राधिकरणलाई कसरी माथि लैजाने भन्नेमा सोच्न जरुरी छ।

आज प्राधिकरण राम्रो काम गरेका कारण चर्चामा छ। यहाँ आएर म फेरि बोल्दै गर्दा मैले मात्र जस लिने होइन, सबैले पाउने हो। यसको शीर उच्च राख्न सबै मिलेर काम गरौँ। सरकारले जुन जिम्मेवारी दिएको छ, जनअपेक्षा धेरै रहेको छ। एउटा संयोग पनि हो तत्कालीन समयमा कार्यकारी निर्देशक हुँदा जनार्दन शर्मा ऊर्जामन्त्री हुनुहुन्थ्यो भने पुष्पकलम दाहाल प्रधानमन्त्री हुनुहुन्थ्यो। संयोग नै, अहिले ऊर्जामन्त्री माओवादीकै हुनुहुन्छ, माओवादी गठबन्धन सरकारमा रहेको छ। सबैलाई मेरो कार्यकालको दोस्रो इनिङ सुरू गर्दा पाएको जिम्मेवारीअनुसार नेपालको ऊर्जा क्षेत्रलाई अझै हाइटमा लैजाने प्रतिबद्धता जनाउँछु। हामी यहाँ टिमबाट अघि बढ्नेछौँ।

आगामी लक्ष्य
आगामी दिनमा मैले केही काम गर्नुपर्नेछ। ती काम दीर्घकालीन र तत्कालीन रहेका छन्। पहिलो नम्बरमा विद्युत् प्राधिकरणको जनतालाई सेवा दिने कार्यलाई अझै राम्रो बनाउनका लागि काम गर्नुपर्नेछ। प्राधिकरणमा आउने गुनासोहरूको व्यवस्थापन अब छिट्टै हुनेछ। अनियमितता र सुशासनको विषयलाई महत्त्वपूर्ण रूपमा अघि बढाउनेछौं। सुशासन र गुणस्तरीय सेवा दिने कार्य अब केन्द्रित हुनेछ। स्मार्ट मिटर पाइलटको रूपमा राम्रो नतिजा आएको छ, अब देशभर सञ्चालन हुनेछ। यसमा धेरै काम गर्नुपर्नेछ।

अन्डरग्राउन्ड केबलिङ सुरू गरियो तर, यसको काम प्रभावकारी हुन सकेको छैन। म आजै यस विषयमा कुरा गर्नेछु। सहरलाई सुन्दर बनाउने हिसाबले काम गर्नुपर्नेछ। सहरलाई ताररहित बनाउन हामीले जुन काम गरेका छौं, त्यसलाई राम्रोसँग गर्नुपर्नेछ। ट्रान्समिसनमा धेरै काम गर्नुपर्नेछ। हाम्रो ऊर्जा खेर जाने अवस्था आएको छ। यसलाई तत्काल सम्बोधन गर्नुपर्नेछ। यसका धेरै समस्या तत्काल सम्बोधन गर्नुपर्नेछ। बुटवलको ट्रान्समिसन लाइन म जाँदा प्रस्ताव पठाइएको थियो, अझै नभएकाले यसका लागि पहल गर्नेछु। 

1140x725

Ncell 2
Ncell 2
nimb
nimb

ठूलो परियोजना आएन भन्ने आरोप म माथि छ। म यसलाई केही स्वीकार गर्छु। अप्पर अरुण सुरू गरेका थियौं। अध्ययन सकिएको छ। डिजाइन अघि बढेको छ। ‘नेपालको पानी, जनताको लगानी’ भनी सुरू भएको अभियान अब अघि बढ्नेछ। अप्पर अरुण, तामाकोशी ५  अघि बढ्नेछ। नेपालको लगानी अब जलविद्युतमा बढाउनुपर्छ। तामाकोशी लामो समयपछि आएको छ। २० अर्बको आम्दानी अब हुनेछ। सञ्चयकोष लगायतसँग सहकार्य गरेर ठूला परियोजना सुरू हुनेछ। राम्रा परियोजनालाई अब अघि बढाउनुपर्ने छ। अब सुरू भएमा कम्तीमा सात वर्ष लाग्नेछ। दूधकोशी अघि बढेको छ। हामी अरू पनि लाइसेन्स लिने प्रक्रियामा छौं।

मलाई काम गर्न सहजता छ भन्ने महसुस गरेको छु। जुनसुकै निकायसँग समन्वय गर्न मलाई समस्या छैन। हाम्रा साथीहरूले आफूसँग भएको जिम्मेवारी राम्रो वहन गरौं, संस्थाले अवश्य पनि पुनरावलोकन गर्छ।

रिजर्भेयर आयोजना अघि बढाउन जरुरी छ। यसमा प्राधिकरणले हात हाल्न जरुरी छ। निजी लगानीमा पीपीए गर्ने कुरामा अब छनोट हुनुपर्छ। हाम्रो प्राथमिकता के हो भन्ने निर्धारण हुनुपर्छ। ग्रामीण विद्युतीकरण गर्ने कार्य अब अघि बढाउन जरुरी छ। म बाहिर बसेर पनि प्राधिकरणको अवस्थाबारे अध्ययन गरिरहेको थिएँ। अब डिमान्ड कसरी बढाउने भन्ने कुरामा पनि केन्द्रित हुनुपर्नेछ।

हामीले गर्ने भनेको अब पूर्वाधार विकासमा केन्द्रित हुनुपर्नेछ। भारत र बंगलादेशको मार्केटमा हामी जानैपर्छ। अब छिट्टै हाम्रो विद्युत् बिक्री गर्नैपर्छ।प्राधिकरण पुनर्संरचनाको कुरा पनि रहेको छ। अब नयाँ ऐन आउँदै छ। प्राधिकरणलाई अझै माथि राखेर काम गर्ने सोच राख्न जरुरी छ, नत्र प्राधिकरण नै नरहन सक्छ।

Xtrem

Xtrem

सुशासन, अनियमितता, ठेकेदारबाट काम नहुनेसहित अन्य गलत काममा कसैले छुट पाउँदैन। म ठूलो रिस्क लिएर आएको छु। यसमा कसैले केही नगर्ने छुट छैन। कर्मचारीका समस्या छन्, ती समस्या समाधान गरौँला। तपाईंहरूले गलत गरेको भए धेरै ठाउँमा वयान दिन जानुपर्ने हुनसक्ने थियो तर, यो भएको छैन। हाम्रा सिस्टर परियोजनामा काम गर्नेलाई थप सुविधा दिनसक्छौं तर त्यसका लागि सिस्टम बनाउन जरुरी छ। आजको सिस्टमबाट सम्भव छैन, नयाँ रूपमा जानैपर्छ। हाम्रो सबैको टिम हुनेछ, हामी अझै माथि जानेछौं भन्ने मैले सोचेको छु।

मलाई काम गर्न सहजता छ भन्ने महसुस गरेको छु। जुनसुकै निकायसँग समन्वय गर्न मलाई समस्या छैन। हाम्रा साथीहरूले आफूसँग भएको जिम्मेवारी राम्रो वहन गरौं, संस्थाले अवश्य पनि पुनरावलोकन गर्छ। सबैको उज्ज्वल भविष्य छ भन्ने मैले देखेको छु। हामी आर्थिक रूपमा पनि सवल अवस्थामा पुग्नेछौं भन्ने मैले देखेको छु।

ऊर्जामन्त्रीज्यूले अहिले भनिरहनुभएको आमजनतालाई राहत दिने, निःशुल्क बिजुली दिने कुरा हाम्रा लागि ठूलो कुरा हुँदैन। यदि राम्रो व्यवस्थापन गर्‍यौं भने यो सम्भव छ। यसलाई हामीले सही रूपमा व्यवस्थापन गर्न जरुरी छ। हिजो हामीले जसरी राम्रो व्यवस्थापन गर्‍यौं, त्यसबाट जनतालाई राहत दिन सहज भएको थियो। राम्रो र चुस्त व्यवस्थापन गर्नसके यो अझ राम्रो हुनेछ। तपाईंहरू सबै कर्मचारीले काम राम्रो गर्नुस्, तपाईंहरूलाई प्रोटेक्सन गर्ने जिम्मा मेरो हुनेछ। विगतमा पनि मैले राम्रो काम गर्ने कर्मचारीको प्रोटेक्सन गरेको थिएँ र आगामी दिनमा पनि गर्नेछु।

(बुधबार दोस्रोपटक नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबहाली गरेपछि प्राधिकरणमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घिसिङले व्यक्त गरेको विचार।)

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक मंगलबार, असोज १३, २०८३
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता मंगलबार, असोज १३, २०८३
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान मंगलबार, असोज १३, २०८३
फर्जी मतपत्र भेटिएपछि सिन्धुपाल्चोक–२ कांग्रेस अधिवेशन रोकियो मंगलबार, असोज १३, २०८३
दुई सहसचिव सचिवमा बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जामा मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्