• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अकर्मण्य नबन, मन्त्रिपरिषद्लाई पूर्णता देऊ

64x64
नेपाल लाइभ सोमबार, साउन २५, २०७८  २१:२८
1140x725

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको सोमबार २८ दिन पुगेको छ। संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बनेको गठबन्धन सरकारको प्रधानमन्त्रीका रुपमा उनले विश्वासको मत लिएको पनि २२ दिन बितिसकेको छ। तर, २८ दिन पहिले आफूले शपथ लिएकै दिन नियुक्त भएका चारजना मन्त्री र दोस्रो हप्ता स्वास्थ्य राज्यमन्त्रीमा भएको विवादास्पद व्यक्तिको नियुक्तिबाहेक उनले आफ्नो मन्त्रिपरिषद् विस्तारका लागि थप मन्त्री नियुक्त गर्न सकेका छैनन्। ठ्याक्कै एक महिना पुग्न लाग्दा पनि प्रधानमन्त्रीमा मन्त्रिपरिषद्लाई पूर्णता दिने हुटहुटी देखिएको छैन। र, यहीकारण जनमानसमा टिप्पणी हुनथालेको छ- मन्त्रिपरिषद्लाई नै पूर्णता दिन नसक्ने प्रधानमन्त्रीले अरु के गर्लान् भन्ने आशा गर्नू!

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा (राजमो)को समर्थनमा प्रधानमन्त्री बनेका देउवाको क्याबिनेटमा एमालेको नेपाल पक्ष र राजमोले सहभागी नहुने बताउँदै आएका छन्। बाँकी तीन दलबीच पनि सरकारमा सहभागितालाई लिएर कुनै पनि विवाद भएको जानकारी छैन। आइतबार मात्रै उनीहरुले गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन्। यसले पनि देउवा नेतृत्वको गठबन्धनमा कुनै समस्या छैन र उनीहरुबीच एकता छ भन्ने छर्लंग पार्छ। 

र, पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार किन गर्न सकिरहेका छैनन्? कोरोना महामारीको योविघ्न संकटका बेला पनि उनले स्वास्थ्य मन्त्रालय जस्तो अति संवेदनशील र महत्त्वपूर्ण मन्त्रालयमा किन नेतृत्व चयन गर्न सकिरहेका छैनन्? किन थुप्रै मन्त्रालयको जिम्मेवारी आफैसँग ‘जाम’ गरेर राखिरहेका छन्?

एक महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन नसक्नुमा सत्ता गठबन्धनका दलहरुबीच विवाद वा कुनै समस्या नदेखिनुले अब यसलाई प्रधानमन्त्रीको कार्यकुशलता र प्राथमिकतासँग जोडेर हेर्नुपर्ने भएको छ। प्रधानमन्त्री देउवा यतिबेला पार्टीका कुन-कुन नेतालाई कुन मन्त्रालय दिने भन्ने विवादमा परिसकेका छैनन्। किनकि, गठबन्धनका दलहरुबीच मन्त्रालय बाडफाँटबारे छलफल नै भएको छैन। कुरा कसले कति मन्त्रालय पाउने भन्ने विषयमा प्रवेश नै गरेको छैन। हाम्रो बुझाईमा मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्री देउवाको प्राथमिकतामा नपर्नु यसको प्रमुख कारण हो। भन्नुको तात्पर्य कोरोना महामारीसँग जुध्नेलगायत महत्त्वपूर्ण कार्यभारसमेत देउवा सरकारको प्राथमिकतामा नपरेको रुपमा यसलाई लिन सकिन्छ। किनभने, यो विषयले महत्त्व पाएको भए कम्तीमा पनि माओवादी र जसपासँग सोहीअनुसार छलफल हुने थियो। मन्त्रिपरिषद्लाई यथाशक्य विस्तार गरिने थियो। तर, देउवाले मन्त्रालयहरुमा मन्त्री हुनु वा नहुनुको फरक महसुस गर्न नसकेको वा गर्नै नचाहेको देखिन्छ।

सत्ता गठबन्धनभित्रको परिदृष्य हेर्दा सरकारलाई पूर्णता दिने विषयले सत्ता-सहयात्री माओवादी केन्द्र र जसपाभित्र पनि प्राथमिकता पाएको देखिँदैन। माओवादी केन्द्र यसबारे आफैंभित्रको विवादमा रुमल्लिएको छ। पार्टीबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने विवाद माओवादीमा चलिरहेको छ। मन्त्रीका आकांक्षी धेरै भएकाले आफूलाई तनाब सिर्जना भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमै बताइसकेका छन्। त्यस्तै, जसपा पनि केही हप्ताअघिसम्म आधिकारिकताको लडाइँमा थियो। अहिले त्यसको परकम्प ब्यहोरिरहेको जसपाका अध्यक्ष उपेन्द्र यादवलाई आफूतिर बढीभन्दा बढी नेताहरु राख्नुपर्ने बाध्यताका कारण मन्त्रीमा सिफारिस गर्दा रणनीतिक चातुर्य देखाउनुपर्ने बाध्यता छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री देउवाले हेक्का राख्नुपर्ने के हो भने संविधानको पनि वैकल्पिक व्यवस्थामा टेकेर बनेको यो सरकारबाट हिजोका बेथितिको पनि विकल्प अपेक्षा गरिएको न कि त्यसकै निरन्तरता। 

सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्र प्रधानमन्त्री देउवाले विभिन्न पक्षलाई चित्त बुझाउनुपर्ने बाध्यता छ। थोरै मात्र गडबड हुनेबित्तिकै आसन्न महाधिवेशनलाई प्रभाव पार्ने भएकाले मन्त्री नियुक्त गर्ने विषयमा देउवा हच्किइरहेका छन्। यसका लागि उनलाई बहाना बनेको छ- एमालेको माधव नेपाल पक्षलाई अगाडि सार्ने उपाय। नेपाल पक्षका कतिपय नेताले सरकारमा सहभागी हुनुपर्ने आवाज उठाइरहेका बेला देउवाका निम्ति ‘नेपाल पक्षलाई कुर्नुपर्ने भएकै कारण मन्त्रिपरिषद् विस्तारमा हतार गर्न नहुने’ तर्क आफ्नो दल र गठबन्धनभित्र तेर्स्याउने सहज भएको छ। यथार्थ यति मात्रै नभए पनि देउवाका लागि यो सहज अस्त्र बनेको छ।

जेसुकै तर्क गरिए पनि यी सबै दलभित्रका कुरा हुन्। ‘राजनीति’ गर्ने कुरा हुन्। दलभित्र कुरा मिलाउनु वा गठबन्धनलाई एकताबद्ध राख्न गरिने प्रयास आफ्नो ठाउँमा छन्। जसप्रति प्रधानमन्त्रीको लेनादेना हुनसक्छ। तर, सबैभन्दा महत्त्वपूर्ण कुरा मुलुकले हप्तौंदेखि मन्त्री पाएको छैन। मन्त्री हुँदैमा सबैतिर ‘चमत्कार’ भइहाल्छ भन्ने होइन। तर, मन्त्री नहुँदा महत्त्वपूर्ण मन्त्रालयहरु नेतृत्वविहीन भएका छन्। मन्त्री हुनसाथ भइहाल्ने कैयौं कामहरु कर्मचारीतन्त्रले निर्णय लिन हच्किँदा रोकिएका छन्। कतिपय मन्त्रीस्तरमा हुने काम रोकिने भइहाले। उदाहरणका लागि, कोरोनाविरुद्धको खोप आयातलगायतमा प्रभावकारी संवाद अघि बढाउनुपर्ने परराष्ट्र मन्त्रालय नेतृत्वविहीन छ। कोभिड महामारीका बेला खोजी भइरहेको स्वास्थ्य मन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्म नियुक्त गर्ने विषय प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु, त्यसमा उनको कार्यकुशलता नदेखिनु बिडम्बना हो।

तर्क त हिजो पनि मन्त्रिपरिषद् विस्तारमा समय लाग्थ्यो नि भन्ने गर्न सकिएला। पूर्ववर्ती ओली सरकारका पालामा पनि कैयौं मन्त्रालय खाली नै थिए नि भन्न पनि सकिएला। प्रधानमन्त्री देउवाले हेक्का राख्नुपर्ने के हो भने संविधानको पनि वैकल्पिक व्यवस्थामा टेकेर बनेको यो सरकारबाट हिजोका बेथितिको पनि विकल्प अपेक्षा गरिएको न कि त्यसकै निरन्तरता। 

स्थिर भनेर बहुप्रचारित पूर्ववर्ती सरकार स्वयंले प्रतिनिधि सभाको यो कार्यकालमा अस्थिरताको बीउ रोपेको थियो। २०७६ मंसिरदेखि नै अस्थिरताको बीउ रोपिए पनि २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरिएपछि मन्त्रालयहरुको नेतृत्वमा झनै भद्रगोल स्थिति पैदा भयो। एकैपटक २० जनासम्म मन्त्री अदालतबाट पदमुक्त हुने अवस्था आयो। त्यतिबेला बिग्रिएको र बिगारिएको थिति सुधार गर्ने अपेक्षा देउवा सरकारसँग थियो। त्यसकारण पनि देउवाले आफू प्रधानमन्त्री नियुक्त भएपछिको समयरेखा मात्र हेरेर पुग्दैन, हिजोदेखिका बेथिति सुधारको संकेत दिनेगरी प्रभावकारिता देखाउन सक्नुपर्छ। त्यसतर्फको आफ्नो पहिलो जिम्मेवारी, मन्त्रिपरिषद् विस्तारमै चुकेका प्रधानमन्त्री देउवाले बुझ्नुपर्छ- ओली सरकारको अकर्मण्यताबाट प्राप्त शंकाको लाभ सँधै मिलिरहने छैन। 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  २१:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्