काठमाडौं– नेपाल सेन्टर फर सेक्युरीटी गभर्नेन्स (एनसीएसजी)को आयोजनामा तीनदिने संसदीय सुपरीवेक्षण तथा छलफल र अनुभव आदान–प्रदान सम्बन्धी कार्यशाला गरिएको छ।
सुरक्षा र सुशासन सम्बन्धी काम गर्दै आइरहेको एनसीएसजीले प्रतिनिधि सभा एवं प्रदेश सभाका सदस्यहरूका लागि काभ्रेको धुलिखेलमा तीनदिने कार्याशाला गरेको हो।
कार्याशालामा अन्तर्राष्ट्रिय संसदीय सुपरीवेक्षण अभ्यास र सुरक्षा क्षेत्रको अवस्था र अनुभवका बारेमा छलफल भएको छ।
कार्यशालामा सहभागी संघीय तथा प्रदेश सभाका सांसदहरूले संसदीय अभ्यास र त्यसको सुपरीवेक्षण अवस्थाका बारेमा आफ्नो अनुभव प्रस्तुत गरेका संस्थाका अध्यक्ष अभयराज जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।