काठमाडौं- नोरा फतेही बलिउडमा नाचेर तहल्का मच्चाएकी नायिका हुन्। आफ्नै बलबुतामा उनले बलिउडमा नाम मात्रै हैन धन पनि कमाएकी छन्।
बिग बोसका कारण चर्चामा आएकी उनले अहिलेसम्म पछाडि फर्केर हेर्न परेको छैन। उनै नोराले तीन हजार मूल्यको जुत्ता लगाएपछि उनका फ्यानले प्रशंशा गरेका छन्।
मुम्बइको अन्धेरी भन्ने ठाउँमा उनी सुटिङका लागि पुगेकी थिइन्। प्रायः छोटा कपडामा देखिने उनलाई त्यहाँ अनारकली सुटमा देखियो। सुटको रंगसँग मिल्ने जुत्ता लगाएकी उनले फिज्जी गोब्लेट ब्राण्डको जुत्ता लगाएकी थिइन्।
उनले लगाएको जुत्ताको मूल्य मात्र तीन हजार पर्छ। नामसहित धन कमाएपनि सामान्य पहिरन र जुत्ता लगाएको भन्दै उनको चर्चा भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।