• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

महामारीमा मस्त सरकार

64x64
नेपाल लाइभ सोमबार, साउन १८, २०७८  २१:१७
1140x725

काठमाडौं महानगरपालिकासहित उपत्यकाका कैयौं स्थानमा सोमबार कोरोनाविरुद्धको खोपका लागि पुगेका सर्वसाधारण लाइन लागेर पनि खोप लगाउन नपाएपछि निराश हुँदै फर्किए। यसअघि पालो नआएर निराश बन्दै आएका सर्वसाधारण सोमबार खोप सकिएको र थप खोप उपलब्ध नगराइएको भन्दै खोप अभियान स्थगित गरिएपछि खालि हात फर्कन बाध्य भए। जतिखेर खोप केन्द्रहरुमा यस्तो दृष्य देखिइरहेको थियो, ठिक त्यहीबेला स्वास्थ्य मन्त्रालयमा भने राज्यमन्त्री उमेश श्रेष्ठ राज्यमन्त्रीका रुपमा पाउने सेवा–सुविधा आफूले नलिने घोषणा गर्दै थिए। मन्त्रीको जिम्मेवारीसँग साइनो न सम्बन्धको ‘निजी व्यवसायबाट अलग्गिएको’ घोषणा गर्दै थिए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारमा पदबहाली गरेको तीन हप्ता बितेको छ र उनले कोरोना महामारीसँग जुध्ने सरकारको ‘फ्रन्टलाइन एजेन्सी’ स्वास्थ्य मन्त्रालय हाँक्ने आफ्नो मुख्य सारथीका रुपमा श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको पनि आठ दिन पुगिसकेको छ। बोलीपिच्छे, भाषणपिच्छे र भेटघाटपिच्छे कोरोनाविरुद्धको खोप आफ्नो प्राथमिकता भएको बताइरहेका प्रधानमन्त्री देउवाले व्यवहारमा भने आफ्नो त्यही घोषणासँग विरोधाभाष देखिने शैली अपनाएका छन्। यो संवेदनशील समयमा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा स्वार्थ बाझिने व्यवसायीलाई राज्यमन्त्री नियुक्त गरेर त्यसको छनक दिइसकेका प्रधानमन्त्रीले सत्ता सम्हालेको तीन साता बित्दासम्म महामारीमा केन्द्रित नभएर जनस्वास्थ्यप्रति असंवेदनशील रवैया प्रस्तुत गरेका छन्। जनस्वास्थ्यप्रति बेपरवाह बनेको भनेर हदैसम्म आलोचित पूर्ववर्ती केपी शर्मा ओली सरकारलाई विस्थापन गरेर आएको देउवा सरकारको सुरुआती नै किन नहोस्, यो शैली खेदजनक छ। 

मुलुक कोरोना महामारीको पहिलो वेभ (चरण)को धक्काबाट तंग्रिन नपाउँदै सुरु भएको दोस्रो वेभले जनजीवन सामान्य बन्न दिएको छैन। त्यसले खल्बल्याएको अर्थतन्त्र लगायतका आर्थिक तथा सामाजिक अवयवहरुको झन् कुरै भएन। विज्ञहरुले महामारीको सबभन्दा खतरनाक चरणका रुपमा तेस्रो वेभ आउने प्रक्षेपण गर्दै त्यसका लागि झन् सघन तयारीमा जुट्न निरन्तर घच्घच्याइरहेका छन्। पहिलो र दोस्रो वेभमा नराम्ररी उदांगिएको हाम्रो क्षमता र स्वास्थ्य पूर्वाधार संक्रमणको तेस्रो वेभमा सबभन्दा ठूलो चुनौती बन्नेछ, जसलाई चुस्त राख्न देउवा सरकार बेपरवाह झैं देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सबभन्दा पहिलो त सरकार गठनको तीन हप्ता बित्दासम्म स्वास्थ्य मन्त्री नै नियुक्त गरिएको छैन। प्रधानमन्त्री देउवाले यो संकटको घडीमा स्वास्थ्य मन्त्रालय हाँक्ने सक्षम नेतृत्व नभेट्टाएर होइन, बरु विभिन्न स्वार्थ समूहको घेरामा परेर अनि महामारीको संवेदनशीलतालाई नजरअन्दाज गरेर मन्त्री नियुक्त गर्न नसकेको प्रष्टै देखिन्छ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखेर देउवाले नियुक्त गरेका राज्यमन्त्रीको पदीय हैसियतसँग स्वार्थ बाझिने पृष्ठभूमि स्वयंमा शंकास्पद छ। त्यहीकारण उनी यो महामारीका बेला स्वास्थ्य मन्त्रालयले नगरी नहुने कामभन्दा आफूमाथि उठेका प्रश्न पन्छाउने लोकरिझ्याइँका गतिविधिमा केन्द्रित हुनपुगेको प्रमाण सोमबारको पत्रकार सम्मेलन हो। जहाँ उनले ‘सेवा–सुविधा नलिने’ र ‘निजी व्यवसायबाट अलग्गिने’ औचित्यहीन घोषणा गरे। 

यस्ता सारथी लिएर हिँडिरहेका प्रधानमन्त्री भाषणमा खोप आयातलाई प्राथमिकता दिने र सबै नागरिकलाई सकेसम्म चाँडै खोप उपलब्ध गराउने भनिरहेका छन्, तर खोप केन्द्रमा देखिएको बिजोगप्रति किञ्चित संवेदनशील देखिँदैनन्। खोप लगाउन लाइन लागेका सर्वसाधारण खोप नपाएर फर्किइरहँदा, कतिपय खोपकेन्द्रमा स्वास्थ्यकर्मी नै कुटिइरहँदा पनि सरकार केही बोल्दैन, केही गर्दैन। प्रधानमन्त्री देउवा र उनी मातहतको राज्यसंयन्त्र चैतसम्म यति खोप आउँछ भन्ने डाटा प्रस्तुत गर्नमै सीमित छ। सोमबार स्वास्थ्य राज्यमन्त्रीले नै माघसम्म ५ करोड २२ लाख डोज खोप आउने घोषणा गरे। तर, समस्या नआइसकेको खोप भन्दा आइसकेको खोप व्यवस्थापनमा ज्यादा देखिएको छ। अहिलेसम्म आएको खोप कति हो, त्यसलाई व्यवस्थित तवरबाट कसरी लगाउने र आवश्यक खोप कहाँबाट कहिलेसम्म कसरी ल्याउने भन्ने (म्यापिङसहितको) योजना बनाएर चुस्त कार्यान्वयन गर्नेमा सरकारको चासो नदेखिनु बिडम्बना हो। स्रोतदेखि जनशक्ति व्यवस्थापनसम्ममा देखिएको सरकारको यस्तो रवैया जनस्वास्थ्यमाथिको हदैसम्मको खेलाँची हो।

संक्रमण फेरि बढिरहेको छ। अस्पतालका बेड भरिन थालेका छन्। केही समयअघि देखिएको अक्सिजनको हाहाकार फेरि देखिनेछ। यही रफ्तारमा संक्रमण बढ्दै गए अस्पताल पुग्ने संक्रमितले पनि उपचार नपाएर ज्यान गुमाउने जोखिम सन्निकट बनेको छ। तर, यसअघि नै दोस्रो लहरको संक्रमण थेग्न नसकेर उदांगो भइसकेको हाम्रो स्वास्थ्य पूर्वाधार बढेको छैन। अस्पतालमा बेड थपिएका छैनन्। सरकार अस्पतालहरुमा स्वास्थ्य उपकरण, आइसीयू बेड र भेन्टिलेटर थप्छौं भनिरहेछ, तर त्यसका लागि नभइ नहुने जनशक्तिबारे भने केही गरिरहेको छैन। स्वास्थ्य उपकरण भएर पनि त्यसलाई चलाउने जनशक्ति अभावमा कोरोना अस्पतालमा कैयौं संक्रमितले ज्यान गुमाएको तथ्य बाहिर आइरहँदा सरकारले जनशक्ति व्यवस्थापनलाई ध्यान नै नदिएको देखिन्छ। अवस्था कस्तोसम्म भने स्वास्थ्य क्षेत्र करारका जनशक्तिका भरमा चलिरहेको छ, स्वास्थ्यमा लोकसेवा आयोगले दरबन्दी नखोलेको चार वर्ष बितिसकेको छ।

महामारीबाट पाठ सिकेका कैयौं मुलुकले विज्ञहरुको टिम बनाएर जोखिम आकलन गर्ने र उनीहरुकै सल्लाहअनुसार महामारीविरुद्ध लड्ने रणनीति तय गरेर लागू गरेका छन्। तर, हामीकहाँ विज्ञहरुले बारम्बार झक्झक्याइरहँदा, विश्व स्वास्थ्य संगठनले चेतावनी दिइरहँदा पनि सरकार सुनेको नसुन्यै गरिरहेछ। बालुवाटारदेखि सिंहदरबार र सत्तारुढ गठबन्धनका नेताका घर–घरमा भइरहेका बैठक–छलफल महामारीको यो संकट होइन, पदीय भागवण्डामा केन्द्रित छन्। ओली सरकारले महामारीलाई कम आँक्ने र जनस्वास्थ्यलाई बेवास्ता गर्ने जुन गल्ती गरेको थियो, देउवा सरकारले त्यही पदचाप पछ्याउनु घातक छ। 

अवस्था कस्तोसम्म छ भने महामारीविरुद्ध ‘फ्रन्टलाइन’मा लडिरहेका स्वास्थ्यकर्मीले सरकारले घोषणा गरेको जोखिमभत्ता नपाएर आन्दोलन गर्नुपरेको छ, प्रहरीको कुटाइ खानुपरेको छ। स्वास्थ्य क्षेत्रको भ्रष्टाचार र अनियमितताविरुद्ध वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको एक महिना नाघिसक्दा सरकारको कुनै ‘रेस्पोन्स’ देखिएको छैन। यो अवस्थाले महामारीविरुद्ध लड्ने ‘फ्रन्टलाइनर’मात्र होइन, आम नागरिककै आत्मविश्वास कमजोर बनाइरहेको छ। नागरिकको आत्मविश्वास कमजोर हुनु सरकारको अधोगतिको सुरुआत हुनेछ। प्रधानमन्त्री देउवाले तत्काल सक्षम व्यक्तिलाई स्वास्थ्य मन्त्री नियुक्त गरेर आफ्नो मुख्य ध्यान महामारीमा केन्द्रित भएको र आफू स्वार्थ समूहको घेराबाट बाहिर निस्केको सन्देश दिन ढिला भइसकेको छ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  २१:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्