काठमाडौं- अबुधाबीस्थित नेपाली दूतावासले यूएई जाने तयारीमा बसेका नेपालीलाई क्यूआर कोडसहित कोरोनाविरुद्ध खोप लगाएको प्रमाणपत्र बोकेर मात्र यात्रा गर्ने अनुरोध गरेको छ।
दूतावासले आइतबार विज्ञप्ती जारी गर्दै नेपालीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्यूआर कोडसहित खोप लगाएको प्रमाणपत्र बोक्न अनुरोध गरेको हो।
यस्तै, दूतावासले हाल नेपालमा नयाँ राहदानी बनाउन फर्किएका र नवीकरण गर्ने योजनामा रहेका नेपालीलाई खोप नलगाएको खण्डमा अनिवार्य खोप लिन आग्रह गरेको छ।
यस्तै, यूएईमा खोप लगाएका नेपालीलाई पनि खोप प्रमाणपत्र बनाउनुपर्ने दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।