• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

गर्भवती नर्सको कोरोना अनुभव : मेरो आत्मबल र चिकित्सकको हिम्मतले जितियो

शर्मिला न्यौपाने बुधबार, साउन २०, २०७८  ०७:०३
1140x725

अस्पतालको नियमित ड्युटी सकेर घर आइपुगेको थिएँ। मेरो पेटमा हुर्कँदै गरेको साढे आठ महिने शिशु अलि बढ्ता नै चलमलाएको महसुस भइरहेको थियो। त्यति नै बेला ज्वरो आउन थाल्यो। टाउको दुखिरहेको थियो। भोलिपल्ट कोभिड परीक्षण गराएँ। नतिजा 'पोजिटिभ' आयो। 

मेरो दुई वर्षको ठूलो बच्चा पनि केही दिनपछि नै संक्रमित भयो। परिवारका सदस्य एकपछि अर्को गर्दै संक्रमित हुन थाले। त्यति बेला देशमा कोरोनाको पहिलो लहर चल्दै थियो। हामी स्वास्थ्यकर्मी नै रनभुल्लमा थियौँ। अनि त, मलाई आफ्नै जीवन अनिश्चिततातर्फ धकेलिएको महसुस भयो।

आफैंले काम गर्ने अस्पतालको कोभिड आइसोलेसन वार्डमा थिएँ, म। परिवारका अन्य सदस्य नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा थिए। त्यतिबेला परिवार, काखको बच्चा र पेटको बच्चाको लागि पनि रोग जित्नुपर्छ भन्ने सोचले मनोबल उच्च बनाएको थिएँ। म जीवन जिउनुको अर्थ अझ बढी अनुभव गर्दै थिएँ। 

कोभिड संक्रमितहरु त्यतिबेला समाजबाट पनि पीडित थिए। संक्रमितलाई हेर्ने दृष्टिकोण विभेदकारी र नराम्रो थियो। कोही संक्रमित भएको थाहा पाए छिःछि गर्ने र ‘पूरै समाजलाई हानी पुर्‍याउला’ झैँ व्यवहार थियो।

यसकारण संक्रमितहरुलाई दोहोरो तनाव थियो, रोगको र समाजको। म अस्पतालको आइसोलेसनमा पेटको बच्चाको मुटुको गति अनुभव गर्दै मनमनै उसलाई भनिरहेको हुन्थेँ, ‘केही दिन अझै धैर्यताका साथ रमाउँदै खेल्दै बस, म ठीक नहुन्जेलसम्म।’ दस दिनको आइसोलेसन बसाइसँगै आत्मबल, पोषण र स्याहारका कारण मलाई निकै हलुका भएको महसुस भयो। त्यसपछि पेटको शिशुलाई संसार देखाउन आतुर हुन थालेँ।

तर, राजधानीका अस्पतालहरुमा कोभिडका लागि छुट्याइएका बेड भरिएका थिए। कोभिड वार्डहरुमा भर्ना पाउनु भनेको युद्ध जित्नु जस्तै थियो। अन्ततः बेड मिल्यो, अब भने सबै ठीक हुन्छ भन्ने लाग्यो। तर, हामी स्वास्थ्यकर्मीलाई नै कोरोना भाइरसबारे गलत बुझाइ रहेछ। त्यही कारण मैले प्रसव पीडाको समयमा थप पीडा खप्नुपर्‍यो। ती पीडा अहिले शब्दमा व्यक्त गर्न सक्दिनँ। 

२०औँ दिन आइपुग्दा पनि मेरो कोभिड परीक्षण नतिजा पोजिटिभ नै थियो। पेटको शिशु बाहिर निस्कने प्रयत्न गरिरहेको थियो। मेरो शारीरिक तथा पाठेघरको अवस्थाले साथ दिइरहेको थिएन। संक्रमणकै अवस्थामा शल्यक्रिया गर्न चिकित्सकहरु डराइरहेका थिए। तर, हिम्मत गरे। गर्भवतीको स्वास्थ्य जटिल बन्न थालेपछि विशेषज्ञ चिकित्सकले आफ्नो संभावित संक्रमणलाई गौण ठाने। त्यो दिन, १८ अगष्ट २०२० बिहान १० बजे मैले छोरीलाई जन्म दिएँ।

संक्रमित अवस्थामा नै छोरीलाई जन्म दिन सकेको कारण पीडाकै बीच पनि म खुसी थिएँ। तर, मलाई छोरीसँग छुट्याइयो। मैले १५ दिनसम्म नवजात छोरीलाई स्तनपान गराउन पाइनँ। स्वास्थ्यकर्मीकै गलत बुझाइले यस्तो भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

संक्रमण हुनु एउटा पीडा। पेटमा बच्चा अर्को पीडा। अस्पतालमा बेड नपाउनु पिडामाथिको पीडा। र आफूले जन्माएको सन्तानलाई स्तनपान गर्न नपाउनु झनै ठूलो पीडा। यस्तो बेला मैले भने आत्मबल बलियो बनाएको थिएँ।

संक्रमण हुनु एउटा पीडा। पेटमा बच्चा अर्को पीडा। अस्पतालमा बेड नपाउनु पिडामाथिको पीडा। र आफूले जन्माएको सन्तानलाई स्तनपान गर्न नपाउनु झनै ठूलो पीडा। यस्तो बेला मैले भने आत्मबल बलियो बनाएको थिएँ।

झन्डै एक महिनापछि मेरो कोभिड परीक्षण नतिजा नेगेटिभ आयो। अनि खुशीहरु फर्किन थाले। त्यतिबेलासम्म परिवारका सदस्य पनि संक्रमणमुक्त हुँदै थिए। बल्ल हाम्रो जीवन सहज हुन थाल्यो।

तर, कोरोना महामारी साम्य भएको थिएन। नेपालमा अप्रिल २०२१ बाट दोस्रो लहर फैलिन थाल्यो। आफैंले भोगेको पीडाबाट पाठ सिक्दै स्वास्थ्यकर्मी हुनुको नाताले घरपरिवार, छिमेक, समाजसँग आफ्नो अनुभव साटेर भ्रमहरु हटाउने प्रयासमा लागेँ। आफैँ कार्यरत अस्पतालमा भर्ना भई आउने कोभिडका बिरामीलाई पनि आफ्ना अनुभव सुनाउथेँ। 

अस्पतालका बेडमा पुगेका संक्रमितहरु कतिपय गलत बुझाइका कारण पनि आत्मबल गुमाइरहेका छन्। मानसिक पीडा खेप्न बाध्य छन्। अहिले त्यस्ता बिरामीको स्याहार गर्न र आत्मबल बढाइदिन पाउँदा गर्व महसुस गर्छु। जुन रोगको पूर्ण उपचारका लागि औषधी बनेको छैन, त्यसैका बिरामीलाई हामी बचाउने अभियानमा छौँ। उचित मेडिकल हेरचाह र आत्मबल दिएर बिरामीलाई घर फर्काउन सकिन्छ। त्यसबाहेक बिरामीका लागि उचित खानपान, पोषणयुक्त आहार र सहृदयी व्यवहार आवश्यक छ भनेर उनीहरुका आफन्तले पनि बुझ्नुपर्छ।

अहिले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेको छ। गर्भवतीसँगै  सबै उमेर समूहका मानिस जोखिममा पर्ने आकलन भइरहेको छ। त्यसैले सामाजिक दूरी, उचित पोषण, स्याहार तथा उच्च मनोबल नै रोगसँग लड्ने हतियार हुन्। खोप लगाएपछि पूर्ण सुरक्षित हुने होइन। यसर्थ सुरक्षाका सबै उपाय अपनाउनुपर्छ।

(न्यौपाने शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा स्टाफ नर्सका रुपमा कार्यरत छिन्।)

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्