• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

गर्भवती नर्सको कोरोना अनुभव : मेरो आत्मबल र चिकित्सकको हिम्मतले जितियो

शर्मिला न्यौपाने बुधबार, साउन २०, २०७८  ०७:०३
1140x725

अस्पतालको नियमित ड्युटी सकेर घर आइपुगेको थिएँ। मेरो पेटमा हुर्कँदै गरेको साढे आठ महिने शिशु अलि बढ्ता नै चलमलाएको महसुस भइरहेको थियो। त्यति नै बेला ज्वरो आउन थाल्यो। टाउको दुखिरहेको थियो। भोलिपल्ट कोभिड परीक्षण गराएँ। नतिजा 'पोजिटिभ' आयो। 

मेरो दुई वर्षको ठूलो बच्चा पनि केही दिनपछि नै संक्रमित भयो। परिवारका सदस्य एकपछि अर्को गर्दै संक्रमित हुन थाले। त्यति बेला देशमा कोरोनाको पहिलो लहर चल्दै थियो। हामी स्वास्थ्यकर्मी नै रनभुल्लमा थियौँ। अनि त, मलाई आफ्नै जीवन अनिश्चिततातर्फ धकेलिएको महसुस भयो।

आफैंले काम गर्ने अस्पतालको कोभिड आइसोलेसन वार्डमा थिएँ, म। परिवारका अन्य सदस्य नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा थिए। त्यतिबेला परिवार, काखको बच्चा र पेटको बच्चाको लागि पनि रोग जित्नुपर्छ भन्ने सोचले मनोबल उच्च बनाएको थिएँ। म जीवन जिउनुको अर्थ अझ बढी अनुभव गर्दै थिएँ। 

कोभिड संक्रमितहरु त्यतिबेला समाजबाट पनि पीडित थिए। संक्रमितलाई हेर्ने दृष्टिकोण विभेदकारी र नराम्रो थियो। कोही संक्रमित भएको थाहा पाए छिःछि गर्ने र ‘पूरै समाजलाई हानी पुर्‍याउला’ झैँ व्यवहार थियो।

यसकारण संक्रमितहरुलाई दोहोरो तनाव थियो, रोगको र समाजको। म अस्पतालको आइसोलेसनमा पेटको बच्चाको मुटुको गति अनुभव गर्दै मनमनै उसलाई भनिरहेको हुन्थेँ, ‘केही दिन अझै धैर्यताका साथ रमाउँदै खेल्दै बस, म ठीक नहुन्जेलसम्म।’ दस दिनको आइसोलेसन बसाइसँगै आत्मबल, पोषण र स्याहारका कारण मलाई निकै हलुका भएको महसुस भयो। त्यसपछि पेटको शिशुलाई संसार देखाउन आतुर हुन थालेँ।

तर, राजधानीका अस्पतालहरुमा कोभिडका लागि छुट्याइएका बेड भरिएका थिए। कोभिड वार्डहरुमा भर्ना पाउनु भनेको युद्ध जित्नु जस्तै थियो। अन्ततः बेड मिल्यो, अब भने सबै ठीक हुन्छ भन्ने लाग्यो। तर, हामी स्वास्थ्यकर्मीलाई नै कोरोना भाइरसबारे गलत बुझाइ रहेछ। त्यही कारण मैले प्रसव पीडाको समयमा थप पीडा खप्नुपर्‍यो। ती पीडा अहिले शब्दमा व्यक्त गर्न सक्दिनँ। 

२०औँ दिन आइपुग्दा पनि मेरो कोभिड परीक्षण नतिजा पोजिटिभ नै थियो। पेटको शिशु बाहिर निस्कने प्रयत्न गरिरहेको थियो। मेरो शारीरिक तथा पाठेघरको अवस्थाले साथ दिइरहेको थिएन। संक्रमणकै अवस्थामा शल्यक्रिया गर्न चिकित्सकहरु डराइरहेका थिए। तर, हिम्मत गरे। गर्भवतीको स्वास्थ्य जटिल बन्न थालेपछि विशेषज्ञ चिकित्सकले आफ्नो संभावित संक्रमणलाई गौण ठाने। त्यो दिन, १८ अगष्ट २०२० बिहान १० बजे मैले छोरीलाई जन्म दिएँ।

संक्रमित अवस्थामा नै छोरीलाई जन्म दिन सकेको कारण पीडाकै बीच पनि म खुसी थिएँ। तर, मलाई छोरीसँग छुट्याइयो। मैले १५ दिनसम्म नवजात छोरीलाई स्तनपान गराउन पाइनँ। स्वास्थ्यकर्मीकै गलत बुझाइले यस्तो भएको थियो।

Ncell 2
Ncell 2

संक्रमण हुनु एउटा पीडा। पेटमा बच्चा अर्को पीडा। अस्पतालमा बेड नपाउनु पिडामाथिको पीडा। र आफूले जन्माएको सन्तानलाई स्तनपान गर्न नपाउनु झनै ठूलो पीडा। यस्तो बेला मैले भने आत्मबल बलियो बनाएको थिएँ।

संक्रमण हुनु एउटा पीडा। पेटमा बच्चा अर्को पीडा। अस्पतालमा बेड नपाउनु पिडामाथिको पीडा। र आफूले जन्माएको सन्तानलाई स्तनपान गर्न नपाउनु झनै ठूलो पीडा। यस्तो बेला मैले भने आत्मबल बलियो बनाएको थिएँ।

झन्डै एक महिनापछि मेरो कोभिड परीक्षण नतिजा नेगेटिभ आयो। अनि खुशीहरु फर्किन थाले। त्यतिबेलासम्म परिवारका सदस्य पनि संक्रमणमुक्त हुँदै थिए। बल्ल हाम्रो जीवन सहज हुन थाल्यो।

तर, कोरोना महामारी साम्य भएको थिएन। नेपालमा अप्रिल २०२१ बाट दोस्रो लहर फैलिन थाल्यो। आफैंले भोगेको पीडाबाट पाठ सिक्दै स्वास्थ्यकर्मी हुनुको नाताले घरपरिवार, छिमेक, समाजसँग आफ्नो अनुभव साटेर भ्रमहरु हटाउने प्रयासमा लागेँ। आफैँ कार्यरत अस्पतालमा भर्ना भई आउने कोभिडका बिरामीलाई पनि आफ्ना अनुभव सुनाउथेँ। 

अस्पतालका बेडमा पुगेका संक्रमितहरु कतिपय गलत बुझाइका कारण पनि आत्मबल गुमाइरहेका छन्। मानसिक पीडा खेप्न बाध्य छन्। अहिले त्यस्ता बिरामीको स्याहार गर्न र आत्मबल बढाइदिन पाउँदा गर्व महसुस गर्छु। जुन रोगको पूर्ण उपचारका लागि औषधी बनेको छैन, त्यसैका बिरामीलाई हामी बचाउने अभियानमा छौँ। उचित मेडिकल हेरचाह र आत्मबल दिएर बिरामीलाई घर फर्काउन सकिन्छ। त्यसबाहेक बिरामीका लागि उचित खानपान, पोषणयुक्त आहार र सहृदयी व्यवहार आवश्यक छ भनेर उनीहरुका आफन्तले पनि बुझ्नुपर्छ।

अहिले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेको छ। गर्भवतीसँगै  सबै उमेर समूहका मानिस जोखिममा पर्ने आकलन भइरहेको छ। त्यसैले सामाजिक दूरी, उचित पोषण, स्याहार तथा उच्च मनोबल नै रोगसँग लड्ने हतियार हुन्। खोप लगाएपछि पूर्ण सुरक्षित हुने होइन। यसर्थ सुरक्षाका सबै उपाय अपनाउनुपर्छ।

(न्यौपाने शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा स्टाफ नर्सका रुपमा कार्यरत छिन्।)

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्