काठमाडौं- कतारले कोरोना संक्रमण नियन्त्रणकाे लागि लगाइएको प्रतिबन्धलाई यथावत् राख्ने भएको छ।
पछिल्ला दिनहरुमा संक्रमितको संख्या बढ्दै गएपछि प्रतिबन्धलाई यथावत् राख्ने कतारको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको हो।
कोरोना महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न कतार सरकारले पहिलेदेखि नै स्वास्थ्य मापदण्डका साथै प्रतिबन्धित व्यवस्था लागू गरेको थियो।
विस्तारै संक्रमण नियन्त्रणतर्फ आउन थालेपछि ४ चरणमा प्रतिबन्ध खुकुलो बनाउन लागिएकाे छ।
जसअन्तर्गत पहिलो चरणमा २८ मेदेखि प्रतिबन्ध केही खुकुलो बनाइएको थियो । त्यस्तै ९ जुलाइदेखि सुरु भएको तेस्रो चरणको फुकुवामा थुप्रै क्षेत्रहरुमा सञ्चालन गर्न पाउने क्षमतामा वृद्धि गरिएको थियो।
यसैगरी रंगमञ्च र प्रशिद्ध बजार जस्ता ठाउँहरुमा बालबालिकाहरुलाई पनि घुम्न अनुमति दिइएको छ। यस्तै, पूर्णरुपमा खोप प्राप्त गरेका यात्रीहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।