• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के ओली अब माधव नेपाललाई धेरै नपर्खिने ‘मूड’मा पुगेका हुन्?

64x64
वीरेन्द्र ओली शुक्रबार, साउन १५, २०७८  १८:३६
1140x725

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एकताबद्ध पार्नका लागि सहमति कायम गर्ने प्रयत्न धेरै गरिसकेको भन्दै अब सहमतिकै लागि भनेर लामो समय नकुर्ने बताएका छन्। आफूनिकट नेताहरुसँग उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई धेरै पर्खिन नसक्ने स्पष्ट पारेका छन्। त्यसकै लागि ओलीले आफ्नो समूहमा शनिबारसम्मको ‘डेडलाइन’ तोकेका छन् र त्यो समयसम्म सहमति नजुटे एमालेको स्थायी कमिटी बैठक राखेर अघि बढ्ने तयारी गरेका छन्।

शुक्रबार एमाले मुख्यालय थापाथलीमा साउन १५ का अवसरमा आयोजना गरिएको 'खिर खाने कार्यक्रम'मा उपस्थित ओली पक्षीय धेरै नेताहरुले ओलीको यही आसय सुनाए। त्यो खिर कार्यक्रममा नेपाल पक्षका नेता र कार्यकर्ता उपस्थित थिएनन्। नेपाल पक्षले भने आफूहरुलाई कार्यक्रमबारे जानकारी नै नरहेको बताएको छ।

फुटको संघारमा पुगिसकेको एमालेलाई एकताबद्ध पार्ने भन्दै ओली र नेपाल पक्ष दुवैले पाँच–पाँच जनाको कार्यदल बनाएका थिए। त्यो कार्यदलले १० बुँदे सहमतिको प्रस्ताव ओली र नेपाललाई बुझाएको थियो। ओली अब त्यही सहमतिअनुसार स्थायी कमिटीबाट निर्णय गरेर अघि बढ्ने ‘मूड’मा पुगेको उनीनिकट एक नेताले नेपाल लाइभलाई बताए। 

एमालेले साउन १५ गतेको खिर खुवाउने कार्यक्रम गर्नुअघि एमाले स्थायी कमिटी सदस्य विष्णु पौडेल वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। नेपाललाई मनाउन कोटेश्वर पुगेका पौडेलले ‘उत्साहजनक’ खबर नल्याएको ती नेताले बताए।

यसअघि बिहीबार स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। नेपालसँगको भेटमा उनले पार्टी विवादका विषयमा अध्यक्ष ओलीसँग भेटेर छलफल गर्न आग्रह गरेका थिए। नेम्वाङले नेपाललाई ओलीसँग भेटेर छलफल गर्न आग्रह गरे पनि केही प्रगति हुन नसकेपछि शुक्रबार पौडेल फेरि कोटेश्वर पुगेका थिए।

यो प्रयासबाट सहमतिमा पुग्ने सम्भावना ओली पक्षले नदेखेको संकेत शुक्रबार एमाले मुख्यालयमा महासचिव ईश्वर पोखरेलले गरे। उनले ओली पक्ष अब कसरी अघि बढ्छ भन्ने संकेत पनि गरे। ओलीनिवास, बालकोटबाट सिधै थापाथली आएका पोखरेलले पत्रकारहरुसँग कुरा गर्दै पार्टीको विवाद मिलाउन गठित कार्यदलले तयार पारेको सहमतिको १० बुँदे प्रस्तावअनुसार नै अघि बढ्नुपर्ने बताए। तर, दैनिक आउने नयाँ प्रस्तावले पार्टी एकतामा अप्ठ्यारो पारेको उल्लेख गर्दै उनले भने, ‘कार्यदलले अघि सारेको १० बुँदे प्रस्तावलाई कार्यन्वयन गर्ने हिसाबले अगाडि बढ्नु पर्छ। अध्यक्ष (केपी ओली)ले आजसम्म नमिलेको विषय ल्याउन भन्नुभएको छ। बेलुकासम्म केही सहमति होला। त्यसपछि धेरै प्रतिक्षा गर्नु उचित हुँदैन भन्ने छ।’ 

कुनै विधि वा पद्दतिभन्दा बाहिर गएर सहमति नहुने भन्दै उनले दोस्रो अध्यक्षको प्रस्तावमा पनि जान नसकिने बताए। ओलीले केही दिनअघि एमाले विवाद मिलाउन वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव गरेको बताएका थिए। नेपाल पक्षबाट कार्यदलमा भएको सहमतिभन्दा बाहिर गएर आउने प्रस्ताव कुनै हालतमा मान्य नहुने पोखरेलले जिकिर गरे। 

ओलीले शुक्रबार बेलुकासम्म वा शनिबार बिहान नेपाल पक्षसँग केही सहमति हुन सक्ने आफूनिकट नेताहरुलाई बताएका छन्। तर, सहमति नभएमा शनिबार नै स्थायी कमिटी बैठक राखेर अघि बढ्ने ओली पक्षको तयारी छ। यद्यपि, बैठक अहिलेसम्म बोलाइएको भने छैन।  

Ncell 2
Ncell 2

‘पार्टीमा सहमति गर्न अधिकतम लचकता अपनाएका छौं। माधव कमरेडहरु पनि यही पार्टीमा आउँनहुुन्छ भन्ने विश्वास छ, त्यसका लागि दुवैपक्षबीच छलफल र भेटघाट जारी छन्’, एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भने, ‘यदी माधव कमरेडहरु सहमतिमा नआए बैठक बसेर अघि बढ्नेछौं।’ 

ओलीनिकट एमाले केन्द्रय सदस्य कर्णबहादुर थापाले आफ्नो पार्टी नेतृत्वको सरकारलाई हटाएर विपक्षीलाई समर्थन गर्नेहरु एमाले हुनै नसक्ने जिकिर गरे। ‘एमाले भन्दा विपक्षीसँगै कुरा र सल्लाह मिल्नेहरु एमाले हुनै सक्दैनन्’, थापाले भने, ‘अब उहाँहरु पार्टीमा आउन चाहेमा कार्यदलमा भएको सहमतिलाई कार्यान्वयन गर्नेगरी आउन सक्नु हुन्छ। त्यो नभए कतिपय साथीहरु अब पछाडि छुट्नुहुनेछ।’ 

नेपाल पक्षले पार्टी एक बनाउने नाममा कार्यदलमा भएको १० बुँदे सहमति पर्याप्त नभएको बताएको छ। वरिष्ठ नेता नेपालले पार्टीलाई साँच्चै एकताबद्ध गर्न तीन प्रस्ताव अघि सारेका छन्। नेपालले केही दिनअघि आफूपक्षीय सांसदहरुको भेलामा यस्तो प्रस्ताव गरेका थिए। उनले आफू दोस्रो अध्यक्ष बन्ने स्पष्ट गर्दै भनेका थिए– ‘पहिलो, केपी ओलीसहित झलनाथ खनाललाई अध्यक्ष बनाउने, दोस्रो, ओलीसहित झलनाथ खनाल र वामदेव गौतम रहेको अध्यक्ष मण्डल बनाउने, तेस्रो, ओलीसहित नेपाल, खनाल र गौतमसहित पहिलो पुस्ताका नेताहरुले विदा दिएर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने।’

नेपाल पक्षका नेता रघुजी पन्तले यो संगठित प्रस्ताव नभएर नेपालले अघि सारेको प्रस्ताव भएको बताए। पन्तले नेपाल लाइभसँग भने, ‘उहाँहरु (ओली पक्ष) सहमतिका लागि तयार नभएकाले अब यसको पनि औचित्य सकिन लागिसक्यो।’ 

ओली पक्ष भने नेपाल पक्षले नयाँ नयाँ सर्त तेस्र्याउन थालेको भन्दै अब अलमल नगरी एउटा निर्णय गरेर अघि बढ्नुपर्ने बताउन थालेको छ। शनिबार स्थायी कमिटी बैठक राखेर एउटा ठोस निर्णय हुनसक्ने उल्लेख गर्दै ओलीनिकट एक नेताले भने, ‘शनिवार विहानसम्म नेताहरुले भेटघाट जारी राख्नुहुन्छ, त्यहाँबाट सहमतिको बिन्दु फेला पार्न सक्ने सम्भावना भने कायमै छ।’

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
शंकर पोखरेलले भने : ‘नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास’ उनले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताए । राष्ट्रिय राजनीतिमा देखा पर्ने चुन... बुधबार, पुस २, २०८२
श्रम संस्कृति पार्टीले उपाध्यक्ष देवराज लामालाई गर्‍यो निलम्बन बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धत... बुधबार, पुस २, २०८२
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा गौतमले मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने बताएका छन् । बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
कारोबारसँगै बढ्यो सेयर बजार बुधबार, पुस २, २०८२
शंकर पोखरेलले भने : ‘नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास’ बुधबार, पुस २, २०८२
एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने बुधबार, पुस २, २०८२
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश बुधबार, पुस २, २०८२
श्रम संस्कृति पार्टीले उपाध्यक्ष देवराज लामालाई गर्‍यो निलम्बन बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षका उम्मेदवार मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि मंगलबार, पुस १, २०८२
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ, बबरमहल विस्फोटको घटनामा बसिसकेका थिए जेल मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्