काठमाडाैं- यूएईले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध अनिश्चितकालको लागि लम्ब्याइएको छ।
यूएईको नागरिक उड्डयन प्राधिकरण (जीसीएए)ले आइतबार नयाँ नीति जारी गर्दै अर्काे सूचना जारी नभएसम्म प्रतिबन्ध लम्ब्याइएको जानकारी दिएकाे हाे।
यसअघि उसले २१ जुलाइसम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो। यूएई सरकारले नेपाललाई अझै कोरोना संक्रमणको ‘उच्च जोखिम’ भएकाे देशको सूचीमा यथावत राखेकाे छ।
प्राधिकरणद्वारा जारी सूचनामा नेपालसहित अन्य १६ देशका नागरिकलाई अनिश्चितकालीन प्रतिबन्ध लगाइएको बताइएको छ।
जसमा भारत, बंगालादेश, पाकिस्तान, श्रीलंका,लाइबेरिया, नामिबिया, अफगानस्तान, सिएरा लिओन, गणतान्त्रिक कंगो, इण्डोनिसया, युगान्डा, जाम्बिया, भियतनाम, नाइजेरिया र दक्षिण अफ्रिका रहेका छन्।
कुटनीतिक नियोग प्रतिनिधि, आपतकालिन स्वास्थ्यकर्मी, गोल्डेन भिसावाहकको सन्दर्भमा भने यो नियम लागू हुने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।