• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

एडीस अर्थात् 'स्मार्ट लामखुट्टे' देखिँदै! 'त्रियो' भाइरसको जोखिम?

डा. शेरबहादुर पुन शुक्रबार, साउन १, २०७८  ०८:००
1140x725

आजभोलि जोकोहीलाई पनि कहीँ/कतै बस्दा लामखुट्टेले टोक्ने गरेको पाइन्छ। लामखुट्टे कालो-सेतो, छिरबिरे रङको देखिन्छ। यसलाई एडीस जातको लामखुट्टे पनि भनिन्छ।

एजीपटाई तथा एल्बोपिकट्स गरी मुख्य दुई एडीस जातका लामखुट्टेहरु नेपालमा प्रशस्त पाइन्छन्। यी जातका लामखुट्टेहरुले डेंगु, चिकुनगुनिया तथा जिका जस्ता भाइरसहरु फैलाउने गर्दछन्। लामखुट्टेको सक्रिय (टोक्ने) समय मानिसको दैनिक तालिकाजस्तै कार्यालय खोल्ने र बन्दको समयसँग मिल्ने हुँदा मैले यसलाई 'स्मार्ट लामखुट्टे'को उपनाम दिएको हुँ। यी समयमा मानिसहरु आफ्नो कार्यव्यस्तताले गर्दा टोकेको थाहा नहुने, लखेट्न सम्भव नहुने तथा रातमा (सुनसान) जस्तो लामखुट्टेको आवाज थाहा नपाउने हुन्छ।

'स्मार्ट लामखुट्टे' एडीस देखिँदै जाँदा डेंगु र चिकुनगुनिया भाइरसको जोखिम पनि बढ्दै गएको छ। नेपालमा सन् २००४ र सन् २०१३ मा पहिलोपटक डेंगु र चिकुनगुनिया भाइरसहरु क्रमश: पत्ता लागेका हुन्। चिकुनगुनिया भाइरस मैले नेपालमा पहिलोपटक पत्ता लगाएको थिएँ। मनसुन सिजन सुरु भएसँगै डेंगु पनि फाट्टफुट्ट देखापरिसकेको छ। सामान्यतया डेंगु नेपालमा हरेक वर्ष पोस्ट मनसुनको समयमा (दसैं-तिहारतिर) बढी देखिने गरेको पाइन्छ। तर, सन् २०१९ मा भने मनसुन सुरु हुनुअगावै सुनसरीको धरानबाट सुरु भई नेपालका अधिकांश जिल्लाहरुमा फैलिएको थियो। नेपालको इतिहासमा नै त्यो सबैभन्दा ठूलो र लामो समयसम्म फैलिएको डेंगु थियो। र, त्यो अप्रत्यासित पनि थियो।

मैले काठमाडौंमा डेंगु देखिन सुरु भएदेखि अन्त्यसम्ममा हजारौँ संक्रमितलाई उपचार अथवा परामर्श दिएको थिएँ। चाखलाग्दो कुरा के थियो भने, डेंगु नेपालमा सन् २००४ देखि नै थाहा हुँदै आइरहेको भएता पनि अधिकांश काठमाडौंवासीलाई भने डेंगुको बारेमा राम्रो जानकारी नै थिएन। परिणामस्वरुप, डेंगुको बारेमा मिथ्या वा अफवाहले मानिसहरुबीच व्यापकता पाएको थियो।

'स्मार्ट लामखुट्टे' एडीसले जिका भाइरस पनि फैलाउने गर्दछ। सन् २०१५ मा (ब्राजिलमा) जिका संक्रमित गर्भवती महिलाहरुबाट जन्मिएका धेरै शिशुहहरुमा टाउकाको आकार सानो हुने 'माइक्रोकेफाली' भनिने एक प्रकारको स्वास्थ्य समस्या देखिएपछि विश्वको ध्यान आकृष्ट भएको थियो। 

Ncell 2
Ncell 2

चिकुनगुनिया भाइरस सन् २०१३ मा पत्ता लागे पनि परीक्षणले भने नियमितता पाएको छैन। नेपालमा यो भाइरस कति र कसरी फैलिइरहेको छ भन्ने यकीन तथ्यांक छैन। तर, मेरो अस्पतालमा सन् २०१६ मा झन्डै आधा दर्जनको हाराहारीमा चिकुनगुनिया भाइरस पुष्टि भएको थियो। यसबाट मृत्यु दुर्लभ मानिए पनि भारतको अहमदाबाद सहरमा भने सन् २०१६ मा गरेको अनुसन्धानले १२ प्रतिशत संक्रमितको निधन भएको देखाएको छ। यस्तो परिवर्तनले भारतीय चिकुनगुनिया भाइरसमा म्युटेसन (अनुवांशिक उत्परिवर्तन) भइरहेको हुनसक्ने अनुमान गर्न सकिन्छ। यद्यपि, यसको पुष्टि भने अनुसन्धानबाट गर्नुपर्ने हुन्छ। सन् २०१७ मा नेपालमा पनि पहिलोपटक तीन जना चिकुनगुनिया भाइरस सक्रमितको मृत्यु भएको ईपीडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको थियो।

'स्मार्ट लामखुट्टे' एडीसले जिका भाइरस पनि फैलाउने गर्दछ। सन् २०१५ मा (ब्राजिलमा) जिका संक्रमित गर्भवती महिलाहरुबाट जन्मिएका धेरै शिशुहहरुमा टाउकाको आकार सानो हुने 'माइक्रोकेफाली' भनिने एक प्रकारको स्वास्थ्य समस्या देखिएपछि विश्वको ध्यान आकृष्ट भएको थियो। यसले मस्तिष्क/स्नायुसँग सम्बन्धित अरु स्वास्थ्य समस्याहरु पनि ल्याउने गर्दछ। छिमेकी देश भारतमा सन् २०१६ देखि जिका संक्रमित देखिन सुरु भएको थियो। यद्यपि, त्यो समयभन्दा अगाडि नै जिका भाइरसको चक्र रहेको अनुमान गरिएको छ। यो भाइरसको नियमित परीक्षण नहुँदा नेपालमा यसको उपस्थिति छ/छैन यकीन गर्न सकिएको छैन। तर, 'स्मार्ट लामखुट्टे' एडीसले नै भाइरस सार्ने हुनाले जिका फैलिरहेको ठाउँबाट संक्रमित नेपाल आए नफैलिएला भन्न सकिँदैन। हाल भारतको केरला राज्यमा जिका फैलँदै गएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्।

यी तीनै वा 'त्रियो' भाइरसहरुमा सुरुआती समयमा ज्वरो आउने, शरीरमा बिबिरा आउने, जोर्नी दुख्ने, टाउको तथा जिउ दुख्ने जस्ता समान लक्षणहरु देखिने हुँदा प्रयोगशाला परीक्षण अनिवार्य हुन्छ। यी भाइरसहरुको परीक्षण पीसीआरबाट गर्न सकिन्छ। हाल कोरोना भाइरस महामारीको कारणले संक्रमण पत्ता लगाउन हरेक प्रदेशमा पीसीआर प्रविधि स्थापना भइसकेको छ। हाल यी तीन भाइरसहरु एकै पटकमा पीसीआर गरी पत्ता लगाउनसक्ने विधिको विकास भइसकेको छ। वास्तवमा, केही वर्ष अगाडि यो विधिको प्रयोग नेपालमा पनि भएको थियो। तर, हाल यो सेवा स्थगित छ। यो सेवाले भाइरसको द्रूत पहिचान र उपचारमा सहजता ल्याउनेछ।

हाल 'स्मार्ट लामखुट्टे' एडीस यत्रतत्र देखिन्छन्। यी तीन भाइरसका खोप विकास भइसकेको छैन भने विशेष औषधि पनि छैन। तसर्थ, लामखुट्टेलाई संक्रमण फैलिसकेपछि 'खोज र नष्ट' अभियान गर्नुभन्दा अहिले नै यसको वृद्धि विकास हुने वातावरण सिर्जना हुन नदिनु नै बुद्धिमानी हुनेछ।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजकका रुपमा कार्यरत छन्।)

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्