काठमाडाैं- कतारले पुनः पारिवारिक र टुरिस्ट भिसा जारी गर्ने भएको छ। नयाँ यात्रा तथा फिर्ती नीतिको आधार र स्वास्थ्य मन्त्रालयकाे सिफारिसको आधारमा जुलाई १२ देखि लागु हुने गरी भिसा जारी गर्न लागिएकाे हो।
आन्तरिक मन्त्रालयका अनुसार यात्रीले कतारमा भूमि, समुन्द्री वा हवाइमार्गबाट प्रवेश गर्दा स्वास्थ्य मन्त्रालयले तोकेको आवश्यक मापदण्ड पालना गर्नु पर्नेछ।
कोरोना संक्रमणलाई रोक्न स्वीकृत खोप, पीसीआर परीक्षण र क्वारेन्टिनको प्रक्रियासमेत पालना गर्नु पर्नेछ।
पारिवारिक भ्रमण र व्यापारीसहित कतारी आईडी नम्बर नभएका पर्यटकहरूको प्रवेश खोपको आधारमा निर्धारण गरिनेछ।
‘विदेश यात्रा गर्न चाहने सबैले ट्राभल परमिट लिनुपर्नेछ र ग्रिन जोनमा नरहेका राष्ट्रबाट आएका यात्रीहरूले कतार प्रस्थान गर्नुअघि क्वारेन्टिन बुक गर्नुपर्नेछ,’ स्वास्थ्य मन्त्रालयले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।