• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

प्रधानमन्त्रीको मर्यादा राख्न विज्ञानमाथिको मानमर्दन रोक

64x64
नेपाल लाइभ शुक्रबार, असार २५, २०७८  २२:२६
1140x725

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एउटा कार्यक्रममा ‘पानीसरा’ भनिने एक स्वास्थ्य समस्यालाई निको बनाउने ‘टिप्स’ प्रस्तुत गरे। ‘साधारण औषधि कालो तिल आफैंले चपाएर थपक-थपक लगाइदियो भने, बिमारीले चपाउन पनि आनन्द मान्छ र चपाउँदै मसिनो पार्दै त्यो लेप लगाइदियो भने लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा, त्यो फोका–फोका, त्यो जिलजिल गर्ने फोकाहरू समाप्त हुन्छ’, उनको भनाइ थियो।

यसअघि पनि प्रधानमन्त्री ओलीबाट कोरोनालक्षित, विज्ञानका हिसाबले अप्रमाणित ‘टिप्स’हरु सार्वजनिक भएका छन्। उनले अघिल्लो वर्ष राष्ट्रिय सभामा सम्बोधन गर्दै भनेका थिए- ‘कोरोना भनेको एउटा रुघाखोकीजस्तो हो। लागिहाल्यो भने हाच्छिउँसाच्छिउँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ।‘ त्यस्तै, सात प्रदेशका मुख्यमन्त्रीसँग गरिएको एउटा भिडियो छलफलमा उनले भनेका थिए- ‘तातो पानीले हात धुनेबित्तिकै त्यो भाइरसको, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, समाप्त हुन्छ त्यहीँ। मर्ने होइन, त्यसको जुन जीवतत्त्वको रूपमा त्यो बाहिरी लेयरको बोसीय तत्त्वले जे उपद्रो मच्चाउन सक्थ्यो, त्यो समाप्त हुन्छ।‘ नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दा उनको ‘टिप्स’ थियो- ‘नुन, पानीले गार्गल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमालिदिउँ, बेसरी गार्गल गरिदिउँ, घाँटीमा बसेको (कोरोना भाइरस) चट्, स्टिम लिइदिउँ फोक्सोबाट चट्, त्यत्ति गर्दाखेरी धेरै सुरक्षित भइन्छ।'

बेसार, कालो तिल वा अम्बामात्रै होइन, हाम्रा घरेलु प्रयोगका कैयौं यस्ता वस्तुहरुमा औषधीय गुण हुने कुरालाई नकार्न सकिँदैन। तर, त्यही नै औषधि होइन, जसले गम्भीर रोगहरु निदान गर्न सकोस्। प्रधानमन्त्रीले जसरी निश्चित स्वास्थ्य समस्याको नाम लिएर त्यसको प्रयोग विधिलाई उल्लेख गरेका छन्, ती पूर्ण प्रमाणित विषय होइनन्। त्यसकारण पनि प्रधानमन्त्री ओलीबाट यस खालका धारणा सार्वजनिक हुने बित्तिकै विज्ञहरुबाट चर्को आलोचना हुने गरेको छ। त्यसको प्रमाणिकतालाई लिएर प्रश्न उठ्ने गरेको छ। त्यसले मुलुकका प्रधानमन्त्रीको छविमा प्रश्न उठेको छ भने त्यो पदको गरिमा हलुका बनेको छ। तर, प्रधानमन्त्री ओलीले भने त्यसको पर्वाह गरेकै देखिन्न, बरु उनले वैज्ञानिक आधारमा टेकेर भइरहेको आफ्नो आलोचनालाई सुनेको नसुन्यै गर्ने, अझ बेवास्ता नै गर्ने र पुनः त्यही शैलीलाई निरन्तरता दिइरहने गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

केपी शर्मा ओली कोही साधारण व्यक्ति हुन्थे, अथवा कुनै पार्टीको नेता मात्र हुन्थे र आफूसँग सल्लाह लिन आउनेलाई यस्ता सल्लाह दिएका हुन्थे भने त्यसलाई बेवास्ता गर्न सकिन्थ्यो। उनी त यो देशका प्रधानमन्त्री हुन्। प्रधानमन्त्रीका भाषणहरुलाई ध्यानपूर्वक सुन्ने र त्यसलाई अपनाउने, अनुसरण गर्नेहरुको संख्या ठूलो हुन्छ। किनभने मुलुकको सरकार प्रमुख नागरिकको अभिभावकीय भूमिकामा रहेको हुन्छ। स्वभावतः आफूले अभिभावक मानेका व्यक्तिका सल्लाहमात्र होइन, जीवनशैली नै अनुसरण गर्ने आम स्वभाव हुन्छ। त्यसकारण पनि उनले बोल्ने विषयहरु वैज्ञानिक रुपमा प्रमाणित हुनुपर्छ। भन्नुको अर्थ प्रधानमन्त्रीले प्रमाणित विषयमा मात्र बोल्नुपर्छ। उनको बोलीको तथ्य जाँच, विश्लेषण र प्रभावको आकलन हुँदा त्यसको नतिजा सकारात्मक देखिनुपर्छ। जब प्रधानमन्त्री नै सार्वजनिक रुपमा विज्ञानले प्रमाणित नगरेका उपचार पद्दति र औषधीय ‘टिप्स’ बाँड्दै हिँड्छन् भने त्यसबाट जनमानसमा कस्तो खालको सन्देश प्रवाह होला? अनि त्यसले जनस्वास्थ्यमा कति ठूलो समस्या निम्त्याउन सक्ला भन्नेबारे प्रधानमन्त्रीले कत्ति पनि हेक्का राखेको देखिएन।

हो, बहुदलीय अभ्यासमा प्रधानमन्त्री कुनै निश्चित दलसँग आबद्ध हुन्छन् र उनका राजनीतिक सीमितताहरु पनि हुन्छन्। त्यहीकारण उनका राजनीतिक अभिव्यक्तिहरु विवादित नै बने पनि समाजले त्यसलाई त्यति असहज ठान्दैन। राजनीतिक विषयमा दाबी गर्ने, अरुको खण्डन गर्ने र आफ्नो महानता स्थापित गर्ने जस्ता विषय सामान्यतया अस्वाभाविक मानिँदैनन् पनि। तर, राजनीतिक सन्दर्भबाहेक प्रधानमन्त्रीबाट सार्वजनिक हुने अन्य अभिव्यक्ति विवादस्पद हुने अपेक्षा गरिँदैन। तर, स्वास्थ्य जस्तो संवेदनशील विषय, अझ त्यसमा बृहत् समूहको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने विषयमा प्रमाणित नभएको कुरा प्रधानमन्त्रीले बोल्ने अपेक्षा कदापि गरिँदैन। प्रधानमन्त्री ओली भने त्यसमा अपवाद देखिन्छन्, अझ भनौं– बेपरवाह लाग्छन्। कतिसम्म भने ‘मैले बोलेपछि त्यही नै प्रमाण’ भन्ने खालको शैली उनमा देखिइरहेको छ। त्यसैले त उनी धाराप्रवाह रुपमा बेसारदेखि कालो तिलसम्मका सिद्धान्त सार्वजनिक गर्न अप्ठ्यारो मानिरहेका छैनन्।

बिहीबार प्रधानमन्त्री ओलीले ‘कालो तिलको टिप्स’ दिइरहँदा त्यही कार्यक्रममा उपस्थित रहेका वैज्ञानिक उत्तमबाबु श्रेष्ठले राति ट्वीटरमा लेखेका थिए– ‘सम्बोधनमा मैले बुझेको बिज्ञानको हिसाबले कैयौं कुरा अप्रमाणित थिए। उहाँले भाष्कराचार्यदेखि सर्नसम्मको, कालो तिल र सुश्रृतदेखि अंग प्रत्यारोपणसम्मका कुराहरू जोड्नुभयो, जेनिटिक मेमोरीदेखि हिमालमा पानी कसरी पर्छ लगायतका कुरा गर्नुभयो। त्यसमा खासै नविनता थिएन, उहाँले दोहोर्‍याइरहने कुराहरू नै थिए, जुन कुराहरू अप्रमाणित थिए।’

कुनै पनि आधुनिक राज्य हाँक्ने भूमिकामा रहेका सरकार प्रमुखहरुले वैज्ञानिक प्रामाणिकताको यति हुर्मत लिँदैनन्, जति प्रधानमन्त्री ओलीले लिइरहेका छन्। यहाँ सन्दर्भका रुपमा उल्लेख गरिएका ‘स्वास्थ्य टिप्स’ मात्रै होइनन्, उनले नेपाली नागरिकदेखि हात्तीसम्मको ‘जेनेटिक मेमोरी’को चर्चा गरेर नेपाली भूमिलाई विशेष भएको देखाउने प्रयत्न गर्दै आएका छन्। सबभन्दा उदेकलाग्दो त के भने तिनको प्रामाणिकता बारे उनलाई कुनै लिनुदिनु नै रहेको देखिन्न। बरु त्यसको आलोचना हुँदा भन्ने गर्छन्– कि सत्य के हो पत्ता लगाऊ, नभए यसैलाई पत्याऊ!

सामान्य अवस्था हुन्थ्यो भने प्रधानमन्त्रीले विज्ञानको हुर्मत लिएर दिने अभिव्यक्ति र बाँड्ने ‘टिप्स’ त्यति आपत्तिजनक नबन्न सक्थ्यो। तर, अहिले कोरोना महामारीको युग चलिरहेको छ जसले दुनियाँभरका मानिसलाई ‘बाँच्नका लागि’ गर्नुपर्ने संघर्षमा धकेलिदिएको छ। संसारका मै हुँ भन्ने शक्ति राष्ट्रहरु कोरोनाविरुद्धको लडाईंमा लखतरान देखिएका छन्। प्रधानमन्त्री ओलीले महामारीको यो भयावह अवस्थालाई समेत मजाक ठान्नेखालका ‘टिप्स’ बाँडेर विज्ञानलाई नै नजरअन्दाज गरिरहनु विडम्बना हो। ‘प्रधानमन्त्री ओली जे पनि बोल्छन्’ भनेरै स्थापित गर्ने हो भने बेग्लै कुरा, होइन भने विज्ञानका अप्रमाणित विषयलाई टेको लगाएर उनले दिइरहेका अभिव्यक्तिले विज्ञानको मात्र हुर्मत लिएको छैन, उनी स्वयं र प्रधानमन्त्री पदकै कद घटाइरहेछन्।

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  २२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी-पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद्ध (विवरणसहित)
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या
यस्ता छन् च्याउका खानुका फाइदा
सम्बन्धित सामग्री
नेपाल महिला संघको अबको भूमिका के? दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका र दुर्गम क्षेत्रका महिलाहरूलाई संघको नीति निर्माण र निर्णायक तहमा अनुपातिक र सम्... शनिबार, साउन २३, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? लोकतान्त्रिक पार्टीभित्र विचार फरक हुनु अस्वाभाविक होइन। तर ती मतभेद सार्वजनिक प्रतिस्पर्धा र शक्ति प्रदर्शनमा परिणत हुँदा त्यसले पा... शनिबार, साउन ९, २०८३
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
ताजा समाचारसबै
ब्रोड पिक’ हिमपहिरोमा निधन भएका ३ नेपालीको शव आज काठमाडौँ ल्याइँदै मंगलबार, साउन २६, २०८३
बाढी-पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद्ध (विवरणसहित) मंगलबार, साउन २६, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या मंगलबार, साउन २६, २०८३
यस्ता छन् च्याउका खानुका फाइदा मंगलबार, साउन २६, २०८३
एनआरएनएका माग सम्बोधन हुन्छन् : रास्वपा नेता गणेश पराजुली मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
काठमाडौं विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस सोमबार, साउन २५, २०८३
नेपाली क्रिकेटको कप्तानीमा फर्किए सन्दीप, एसीसीसी प्रिमियर कपका लागि टोली घोषणा सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्