• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

समय नदिने अभिभावकसँग बालबालिकाले ‘किन जन्माएको?’ भनेर सोध्न थाले : गंगा पाठक

64x64
नेपाल लाइभ आइतबार, असार २७, २०७८  ०७:०५
1140x725

बालबालिका स्वभावैले चकचके हुन्छन्। तर, कोभिड-१९ महामारीका कारण उनीहरु घरबाहिर निस्कन नपाएको धेरै भयो। यस्तो अवस्थामा बालबालिकालाई मनोवैज्ञानिक रुपमा कस्तो असर पर्छ? विद्यालय खुलेपछि बालबालिकाको व्यवहार कस्तो होला? यिनै विषयमा बाल मनोविद् प्रा.डा. गंगा पाठकसँग नेपाल लाइभका लागि पुष्पा थपलियाले गरेको संवाद :

कोभिड-१९ महामारीको बेला बालबालिकाको मनोवैज्ञानिक अवस्था कस्तो छ ?
बालबालिकाको स्वभाव नै हिंड्ने, दौडने र चकचक गर्ने हो। तर, त्यो अवस्था अहिले छैन। साथीभाइसँग भेट भएको छैन। शिक्षक नदेखेको एक वर्षभन्दा बढी भयो। साथी-संगतको अभावले उनीहरुमा एन्जाइटी हुनसक्छ। २४ घण्टा नै बाबुआमासँग हुँदा दिक्दारी हुनसक्छ। अभिभावकसँगको सम्बन्ध स्वभाविक नहुन सक्छ। त्यसैमाथि अनलाइन कक्षाले गर्दा उनीहरु यतिखेर निकै चिन्ताजनक अवस्थामा छन्। जसको कारण ग्याम्ब्लिङ, पोर्नोग्राफिक भिडियो लगायतमा आकर्षित भइरहेका छन्।

बालबालिकालाई यस्तो कुलतबाट जोगाउन के गर्नुपर्ला? 
यो प्रविधिले निम्त्याएको चुनौती हो। यसको समाधानका लागि अभिभावक ‘प्रो-एक्टिभ’ हुनुपर्छ। अब हाम्रो पुरानो संस्कार अनुसार बच्चा हुर्काउने अवस्था छैन। अहिले पनि हाम्रा हजुरबाहरुले बालबालिका हुर्काए जसरी हुर्काइन्छ। अहिलेका अभिभावक पनि ‘स्मार्ट’ हुन सकेनन्। म आफैंले अभिभावकहरुलाई ७० वटाभन्दा धेरै तालिम दिइसकेको छु। उनीहरुमा बालबालिका हुर्काउने ज्ञान छैन। अधिकांशलाई कार्यालय पनि जानुपर्छ।

अभिभावक घरमा नभएका बेला बालबालिकाको एकाधिकार चल्छ। त्यसैमाथि बालबालिकालाई राम्रो काम गर्न प्रोत्साहन गर्नुभन्दा गाली गर्ने अभिभावक छन्। गाली गर्दा सुरुमा त डराउलान्, तर पछि बिस्तारै गालीकै बानी पर्छ। उनीहरुमा नपढ्ने, सुस्त हुने, चिडचिड गर्ने खालको समस्या आउँछ। हाम्रो देशमा ‘प्यारेन्टिङ’को तालिम छैन। एउटा स्कुटर चलाउन त लाइसेन्स चाहिन्छ भने, हाम्रा अभिभावक बिनालाइसेन्स बालबालिकाको भविष्य हुइँकाइरहेका छन्। 

आवश्यक ज्ञानबिना बालबालिका हुर्काउँदा कस्ता समस्या देखिएका छन्?
फरक प्रकारका मनोवैज्ञानिक असर धेरै छन्। जस्तो, ८/९ वर्षको बालबालिकामा एन्जाइटी छ। एन्जाइटी एकै प्रकारको छैन। बाबुआमा नियमित काममा जाँदा बालबालिकाले आफू अभिभावकबाट एक्लिनु पर्ला कि वा टाढा भइएला कि भन्ने डर मान्छन्। अनलाइनमा पढिरहँदा उनीहरुमा ‘एक्जाम एन्जाइटी’ देखिएको छ। त्यस्तै ‘फलानाको छोराछोरीले यस्तो राम्रो गर्‍यो’ भनिरहँदा उनीहरुमा प्रतिस्पर्धाको एन्जाइटी छ। यसरी विभिन्न एन्जाइटीबाट गुज्रेका बालबालिका अन्त्यमा कुलतमा फस्ने, आपराधिक कार्यमा लाग्ने हुनसक्छ।

अभिभावक साथमा नभए पनि इन्टरनेटका कारण बालबालिकाको एक्लोपना हटेको छैन र?
यो कुरा गलत हो। इन्टरनेट बढी चलाउने भएरै त उनीहरुले एक्लोपन भोग्दैछन्। किनभने यसले इन्टरनेटमा बालबालिकाको निर्भरता बढेको छ। त्यसले परिवारबाट टाढा लैजान्छ। त्यसैले एक्लोपनाबाट टाढा भएका हैनन्, झन् फसिरहेका छन्। इन्टरनेटमा बसेको बालक रिसाउँदैन, बोल्दैन र त्यसमै भुलेको छ भनेर अभिभावकले वास्ता गर्दैनन्। तर, बालबालिकालाई साथी नै चाहिन्छ, जुन इन्टरनेटले दिन सक्दैन।

बालबालिकालाई इन्टरनेटको लतबाट कसरी छुटाउने त? 
अभिभावकले पहिले रहरले मोबाइल, ग्याजेट दिए। तर, त्यो रहर अब कहर हुन गयो। उनिहरु अभिभावकबाट टाढा हुँदै गए। खाना खुवाउन समेत कार्टुन देखाउनु पर्ने भएको छ। मेरो पालामा तर्साए होलान्, बोकेर घुमाउँदै खुवाए होलान्। तर, अहिलेजस्तो बानी बसालिदिएनन्। त्यसैले गल्ती अभिभावककै हो। अहिले पनि बालबालिकालाई भावनात्मक रुपमा परिवारसँग जोडिराख्न अभिभावक सक्रिय छैनन्। आफैं पनि मोबाइल चलाएर बस्ने गर्छन्, बालबालिका त्यसैको सिको गर्छन्। अब अभिभावकले आफूसमेत सामेल भएर जाँगर देखाएर बालबालिकाको मनोविज्ञान स्वस्थ बनाउन लागिपर्नु पर्छ। मैले यस्ता कुरा गर्दा अभिभावक रिसाउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बाबु-आमाबीचको तनावका कारण उनीहरुमा विभिन्न समस्या आएका छन्। श्रीमानले श्रीमतीलाई गाली गर्दा श्रीमतीले चाहिँ बच्चालाई थप्पड हानेर रिस व्यवस्थापन गर्ने अभिभावक पनि छन्।

महामारी सुरु भएयता कस्ता बालबालिका तपाईंसँग परामर्शका लागि आएका छन् ?
म भएको ठाउँमा आएका बालबालिकाले अभिभावकलाई ‘मलाई किन जन्माएको?’ भन्ने प्रश्न सोध्छन्। मेरो पनि प्रश्न त्यही हो। समय दिन सकिँदैन भने बच्चा नै नजन्माउने नि। बालबालिकाले अभिभावक जन्माएका हैनन्, अभिभावकले बच्चा जन्माएका हुन्। यो त अभिभावकले बुझ्न जरुरी छ। अभिभावकको अहिलेको व्यवहारले बालबालिकाको दिमागमा ‘टक्सिक हर्मोन’ कुद्न थाल्छ। जसले गर्दा उनीहरु सिर्जनात्मक हुन सक्दैनन्। तीन बर्षको बच्चालाई समेत मनोवैज्ञानिक समस्या भएर मकहाँ लिएर आएका छन्। अहिले अटिजमको समस्या भएका बालबालिका धेरै छन्। बाबु-आमाबीचको तनावका कारण उनीहरुमा विभिन्न समस्या आएका छन्। श्रीमानले श्रीमतीलाई गाली गर्दा श्रीमतीले चाहिँ बच्चालाई थप्पड हानेर रिस व्यवस्थापन गर्ने अभिभावक पनि छन्।

कोभिड महामारीपछि बालबालिकालाई कसरी सामान्य जीवनमा फर्काउन सकिएला?
अहिले घरमै बसेर बालबालिकालाई शारीरिक रुपमा केही समस्या छैन। तर, राति सुत्न नसक्ने, माइग्रेन (टाउको दुख्ने) लगायत समस्या छन्। ‘म बाँच्न सक्दिन’ भनेर विष खाएका, नाडी काटेका घटना पनि छन्। यस्ता समस्या झेलिरहेका बालबालिका स्कुल खुलेपछि आफैं ‘एडजस्ट’ गर्न सक्दैन। शिक्षकले नै ख्याल राख्नुपर्छ।

बालबालिका ‘साइको सोसल’ समस्या बोकेर आउँछन्, उनीहरुको उत्तेजनालाई सामाजिक बनाउन शिक्षक नै चाहिन्छ। अभिभावकले अब पुरानै तरिकाले उनीहरुलाई स्कुल पठाउन हुँदैन। कोभिडपछिका स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुपर्छ। अनि, बाँकी काम शिक्षकको हो। हाम्रा शिक्षकलाई पढाउन आउँछ, तर बालबालिकाको उत्तेजना नियन्त्रण कसरी गर्ने भन्ने थाहा छैन। 

Xtrem

Xtrem

अबको शिक्षा भनेको किताब रटाउने हैन, ‘इमोसनल बिहेबिअर’ सिकाउने हो। कोभिड-१९ ले दिएको सबैभन्दा ठूलो शिक्षा यही हो। कोठामा बस्ने बालबालिकाको आत्मविश्वास कमजोर छ। देश हाँक्ने बालबालिकालाई अब स्कुलमै काउन्सिलरको आवश्यकता छ। आफ्नो बच्चालाई कसरी हुर्काउने भन्ने निर्णय गर्ने अभिभावकले नै हो। स्थानीय निकाय, हेल्थ पोष्ट, आमा समूह लगायतले यो विषयमा छलफल चलाउनुपर्‍यो। त्यसैले बालबालिकालाई उड्न दिनुहोस्, पंख नकाटिदिनुस्।

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्