• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

६ महिना हिउँमा छोपिने नमूना विद्यालय, यसरी पढाउन पुगिन् ललितपुरकी नवीना 

64x64
प्रकाश गुरागाईं शनिबार, असार २६, २०७८  ०८:००
1140x725
तस्वीर सौजन्य : भिजन डोल्पो

हिउँ पर्दा न सोलारको बिजुली बल्छ, न त मोबाइल नै चल्छ। इन्टरनेट पनि बन्द हुन्छ।

ढुंगा माटोको घर। छाना पनि माटोकै। एकदेखि तीन तलासम्मका घर। घरहरुमा छानाभरि दाउरा राखिएका छन्। तर, विद्यालय भवनमा दाउरा छैनन्। बरु सोलारका पाता छन्।

यो उपल्लो डोल्पामा पर्ने धो–तरापस्थित क्रिस्टल माउन्टेन स्कुल हो। यहाँ काठमाडौंबाट 'निजी शिक्षक'समेत पढाउन पुगेका छन्। कतिपय शिक्षक त पहिलोपटक हिमाली क्षेत्र पुगेका हुन्।

हिउँ परेपछि ती शिक्षकहरुको काठमाडौंस्थित घरसँगको सम्पर्क टुट्छ। वर्षामा पनि पानी परेपछि मोबाइल र इन्टरनेट चल्दैन। अनि घरतिर परिवारका सदस्य आत्तिन थाल्छन्। यो हप्ता पाँच दिनदेखि मोबाइल र इन्टरनेट चलेको छैन। अब घाम लाग्न थालेपछि फेरि सम्पर्क हुन्छ। बल्ल मन बुझ्छ। ललितपुरबाट पहिलोपटक धो–तराप पुगेकी नवीना देसारसँग यस्ता अनुभव कति छन्, कति!

नवीना धो–तराप जानुअघि संखुवासभाको दुर्गम गाउँ खमारेमा दुई वर्ष स्वयम्सेवक शिक्षक भइन्। गएको चैतमा त्यताबाट फर्किएको एक हप्तापछि नै उपल्लो डोल्पाका लागि हिँडिन्। उनीसँग २० जनाको टोली थियो। ११ जना शिक्षक, जो उनीजस्तै एक्सन डोल्पो संस्थामार्फत छानिएका थिए। बाँकी नौ जना विद्यार्थी। सबै हिउँदको ६ महिना विद्यालय बन्द हुँदा काठमाडौं झरेका थिए।

उनीहरुको यात्रा जहाजबाट हुन सकेन। डढेलोले भएको प्रदूषणका कारण काठमाडौं उपत्यकासँगै तराई पनि धुम्मिएको थियो। काठमाडौं–नेपालगन्ज र नेपालगन्ज–दुनै उडान ठप्प थियो। सडकमार्गबाट डोल्पा सदरमुकाम दुनै पुग्न चार रात तीन दिन लाग्यो। एक दिन दुनैमा नै आराम गरे। अनि भोलिपल्ट धो–तरापको लागि यात्रा सुरु भयो।

तीन दिनको पैदलपछि उनीहरु बल्ल क्रिस्टल माउन्टेन स्कुल पुगे। धो–तराप उपत्यका नेपालकै अग्लो स्थानमा भएको मानव बस्ती हो। क्रिस्टल माउन्टेन विद्यालय चार हजार ८० मिटरको उचाइमा छ। बस्ती त त्योभन्दा माथिसम्मै छ।

Ncell 2
Ncell 2
nimb
nimb
धो-तरापमा स्थानीय बालिकासँग नवीना।

विद्यालय छेउमा तराप खोला छ। नीलो कञ्चन पानी। आकाश खुलेको छ। तर, स्थानीय भन्छन्, ‘यो वर्ष आकाश पहिलेजस्तो सफा भएन।’

तराई र पहाडको डढेलोको असर त्यहाँ पनि पुग्यो।

उनी पुगेकै भोलिपल्ट धो–तरापमा हिउँ पर्‍यो। धेरै वर्षपछि अप्रिल महिनामा हिउँ पर्‍यो, स्थानीयले उनलाई सुनाएका। हिमाली क्षेत्र पहिलो पटक पुगेकी उनलाई भने खूब रमाइलो लागिरहेको थियो। तर, हिउँसँग खेल्न बाहिर निस्कनै नसकिने जाडो। उनीहरुका लागि बसोबासको व्यवस्था स्कुलमा नै छ। त्यहीँ बसेर सुरु भयो बालबालिका पढाउने अभियान।

हरेक दिन बिहान साढे ८ बजे शिक्षकको बैठक बस्छ। त्यसपछि कक्षा सुरु हुन्छ। साँझ ५ बजेसम्मै पढाइ हुन्छ। यो विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मै पढाइ हुन्छ। कक्षा १० भने यो वर्ष मात्र सुरु भएको हो। नवीना भने कक्षा २ देखि ५ सम्म पढाउँछिन्।

काठमाडौंमा हुर्किएकी उनले यतैका सुविधासम्पन्न विद्यालय मात्र देखेकी थिइन्। दुर्गममा कसरी पढाइ होला भन्ने बुझ्न मन थियो। त्यही उत्सुकताले उनी संखुवासभा पुगेकी थिइन्। जब त्यहाँ दुई वर्ष पढाइन्, नतिजा सकारात्मक पर्‍यो। त्यही प्रेरणाले उनी त्योभन्दा दुर्गम उपल्लो डोल्पा पुगिन्। संखुवासभाभन्दा फरक, हिमाली क्षेत्रको यो नमूना विद्यालय हो। विभिन्न संस्थाबाट गएका निजी शिक्षक शिक्षक १२ जना छन्। उनीहरु तालिम र अनुभवसहित गएका छन्। नियमित शिक्षक ११ जना छन्। अंग्रेजी माध्यमबाट पढाइ हुन्छ।

विद्यार्थीलाई किताबी ज्ञान मात्र दिँदैनन्। शिक्षकहरुले आफूले जानेका सीप पनि सिकाउँछन्। यहाँका विद्यार्थी संगीत सिक्छन्। फुटबल खेल्छन्। क्रिकेटसमेत खेल्न थालेका छन्। छात्र र छात्राको विभाजन छैन। छात्राले पनि फुटबल र क्रिकेट खेलिरहेका हुन्छन्। 

नवीना फोटोग्राफी र भिडियोग्राफीमा रुचि राख्छिन्। उनले आफ्ना विद्यार्थीलाई त्यसबारे पनि सिकाउने गरेकी छन्। तर, काठमाडौंबाट गएकाहरुका लागि भाषाको समस्या छ। स्थानीयले तिब्बतीयन भाषा बोल्छन्। कतिले त नेपाली नै बुझ्दैनन्। तर, अंग्रेजी र हिन्दी फिल्म तथा गीतको प्रभाव यहाँका युवा पुस्तामा पर्न थालेको छ। त्यही कारण कतिपय स्थानीय आफूहरुको संस्कृति नजोगिने चिन्तामा छन्।

विद्यार्थीलाई कि नेपाली, कि अंग्रेजीमा पढ्नुपर्ने बाध्यता छ। नेपाली कनिकुथी बोल्छन्, बुझ्छन् पनि। तर, बोल्दा र लेख्दा व्याकरण मिल्दैन। आदरार्थी शब्द प्रयोग गर्न जान्दैनन्। ‘मातृभाषाबाहेकमा शिक्षा दिँदाको समस्या पनि हामीले बुझ्न पाएका छौं,’ नवीना भन्छिन्।

नवीनालाई अनौठो लागेको चाहिँ, यहाँका विद्यार्थीलाई माछाबारे पर्याप्त ज्ञान नै छैन। किनभने हिमाली क्षेत्रमा माछा पाइँदैन। शिक्षकले इन्टरनेटबाट माछा देखाएर चिनाउने गरेका छन्।

विद्यालयमा कम्युटर र इन्टरनेट मात्र छैन, कम्युटर सिकाउने शिक्षक पनि छन्। विद्यार्थीलाई आवश्यक पर्ने सबै सामग्री उपलब्ध छन्। प्रयोगमा कुनै  कन्जुस्याइँ हुँदैन। ती प्रायः काठमाडौंबाट जहाजमा दुनै र त्यहाँबाट याक र खच्चरमा हालेर ल्याइएका हुन्।

नवीनाले धो–तराप पुगेदेखि ज्याकेट खोलेकी छैनन्। अहिले पनि जाडो छ। दिउँसो घाम त लाग्छ, तर चिसो बतास चल्छ। उडाउलाजस्तो गरी हुइयँ आवाज आउँछ। बतास नचलेको बेला बाहिर घाममै बसेर पनि पढाउँछन्। 

चिसो बतास चलेको बेला बाहिर नबस्न उनलाई स्थानीय शिक्षकले भनेका छन्। चिसो हावामा बस्दा पेट दुख्ने, खाना नपच्ने समस्या हुन्छ। घरपरिवारको चिन्ता पनि उस्तै छ, दुर्गममा बस्दा बिरामी भए के गर्ने?

तर, उनी पढाउनमै रमाइरहेकी छन्। एक वर्षको पाठ्यक्रम ६ महिनामा सक्नुपर्छ। जाडो सुरु भएपछि त विद्यालय बन्द हुन्छ। त्यसमा पनि यार्सा टिप्ने सिजनमा एक महिना विद्यालय बन्द हुन्छ। यसपटक यार्सा टिप्न गएका बालबालिका फर्किएपछि बल्ल कक्षा सुरु हुन थालेको छ।

स्थानीय भेषभुषामा नवीना।

यो वर्ष कोरोना महामारीले पनि पढाइमा अवरोध गर्‍यो। तर, शहरमा जस्तो लामो समय विद्यालय नै बन्द गर्नुपरेन। वैशाखमा केही विद्यार्थी बिरामी परे। कोरोनाको आशंका भयो। केही स्थानीयलाई उपचारका लागि हेलिकोप्टरबाट दुनै लैजानु पर्‍यो। जिल्ला शिक्षा कार्यालयले विद्यालय बन्द गर्ने सूचना पठायो। अनि तीन साता बन्द भयो। फेरि यार्सा संकलनको मौसममा एक महिना बिदा भयो। अहिले नियमित कक्षा सुरु भइसकेको छ।

यहाँ पढ्ने सबै बालबालिकालाई ‘स्पोन्सर’को सहयोग छ। ती व्यक्ति घुम्न र आफूले लगानी गरेको बच्चाको पढाइ तथा अवस्था बुझ्न कहिलेकाहीँ यो दुर्गम गाउँ आइपुग्छन्। शे–फोक्सुन्डो ‘सर्किट’ लगाउनेहरु पनि बेला–बेला पुग्छन्। तर, नेपाली भने कमै जान्छन्।

अहिले त गाउँभरि मोटरसाइमल छन्। यी मोटरसाइकल तिब्बतबाट ल्याइएका हुन्। तर, तिब्बतसम्म सडक पुगेको छैन। ठाउँ–ठाउँमा बोकाएरै ल्याएर पनि गाउँमा 'हरन' सुन्न पाइएको छ। अहिले त तिब्बतबाट दुई वटा डोजर पनि ल्याइएका छन्। डोजर आउँदा बाटो बनाउँदै आए। आवत–जावत सहज भएको छ। तर, तिब्बतबाट गाडी नै भने चल्दैनन्। यहाँबाट तिब्बत पुग्न पैदल दुई दिन हिँड्नुपर्छ। यार्सा बेच्ने र खाद्यान्न ल्याउने बजार तिब्बत नै हो।

मोटरसाइकल उता दुनैतिर पनि पुग्न सक्दैनन्। धोबाट सेसौलसम्म जान्छन्। त्यहाँबाट उता दुनै पुग्न तीन दिन पैदल हिँड्नुपर्छ। खच्चर र याकमा दुनैबाट बोकाएर ल्याएको पेट्रोल धो पुर्‍याउँदा महङ्गो पर्छ। महङ्गो मूल्य तिरेरै भए पनि मोटरसाइकलले गाउँलेलाई सेवा दिएको छ।

धो–तरापको सुन्दरता ‘अनटच्ड’ भएको नवीना बताउँछिन्। तर, यहाँको सुन्दरता मास्न सरकार नै लागेको छ। अहिले माटाका छानाको ठाउँमा टीनले छाएका घर देखिन थालेका छन्। सरकारले चलाएका विभिन्न परियोजनामार्फत सिमेन्टले बनेका र टीनका छाना भएका घर बने। ती भित्तो र छानाले धो–तरापको चिसो छेक्न सक्दैनन्।

तस्वीरहरु : नवीना देसार

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्