• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकारी दस्तावेजहरुमा किन पुरानै नक्सा? किन भइरहेछ संविधानमाथि मजाक?

डा खिमलाल देवकोटा मंगलबार, असार २२, २०७८  २१:३५
1140x725

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए पश्चात सदन अध्यक्षले मलाई संविधानप्रति पूर्ण वफादार हुने शपथ खुवाउनुभयो। मुलुक र जनताप्रति पूर्ण वफादार रहने, कसैको डर नमान्ने, लगायतका शब्दावली शपथमा छन्। सार्वजनिक पदमा बसेर संविधानप्रतिको वफादारी लगायतको कसम खाने सबैलाई मेरो प्रश्न छ, के हामीले पद तथा गोपनीयताको शपथको इमान्दारीसाथ कार्यान्वयन गरेका छौं? प्रतिनिधि सभाको दुई-दुई पटकको विघटन संविधानप्रति इमान्दारी हो कि बेइमानी?

राष्ट्रपतिले संविधानको शपथ खुवाउँदा ‘त्यो पर्दैन’ भन्ने प्रधानमन्त्री र दोहोर्‍याएर शपथ गराउनु पर्नेमा भोलिपल्टै शपथग्रहण सम्बन्धी अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिबाट संविधान र लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वर्द्धन हुन्छ भनेर कसरी विश्वास गर्न सकिन्छ?

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सक्षम न्यायपालिका र विधिको शासन हाम्रो संविधानका प्रमुख आधारस्तम्भ हुन्। यी आधारस्तम्भहरुको पालन र कार्यान्वयन लगायतमा प्रधानमन्त्रीको सबैभन्दा ठूलो भूमिका हुन्छ। बिडम्वना, प्रधानमन्त्री नै अध्यक्ष रहेको नेकपा (एमाले) मा संघीयता र धर्मनिरपेक्षता परिमार्जनका लागि विषय प्रवेश भएको छ। यसले हामीलाई चिन्तित र गम्भीर बनाएको छ। 

झूटो नबोल्ने, देखेको बोल्ने र संविधानप्रति वफादार रहने भनेर मलाई शपथ खुवाइएको हो। पर्सनल रिलेशन बिग्रेला भनेर मैले बोलिन, अन्यले बोलेनन् भने हामीले संविधान र राष्ट्रप्रति खाएको शपथको के अर्थ रह्यो? 

संघीयताले सिंहदरबारमा केन्द्रित राज्यसत्तालाई दूरदराजसम्म पुर्‍याएको यथार्थलाई बिर्सन सकिँदैन। संघीयता कमजोर हुनु भनेको महिला, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम, मधेशी, खस-आर्य लगायतको अधिकार कमजोर हुनु हो। समावेशी लोकतन्त्रलाई निमिट्यान्न पार्नु हो।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले सर्वसम्मत रुपमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा स्वीकृत गर्‍यो। जुन अहिले 'चुच्चे नक्सा'का रुपले चर्चित छ। तर, नक्सा अनुसारको भूमि फिर्ता गर्ने प्रयास अहिलेसम्म यो सरकारले गरेको छैन। पाठ्यपुस्तकहरुमा नयाँ चुच्चे नक्सा राखिएन। नयाँ राखिएको पनि बिक्री वितरणमा बन्देज गरियो भन्ने चर्चा गतवर्ष देखि नै सुनिएको हो।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा शपथ खुवाउँदा सांसद पदको लोगो लगाइदिनुको अतिरिक्त संविधानको पुस्तिका, प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली, डायरीसहितको झोला पनि प्राप्त गरेको थिएँ। दुर्भाग्य, मैले प्राप्त गरेको संविधानको पुस्तिका, डायरी र प्रतिनिधि सभाको नियमावलीमा नेपालको पुरानै नक्सा छ।

सरकारका अङ्गहरुलाई नयाँ नक्सा ‘प्रयोग गर, लागू गर’ भनेर निर्देशन दिने निकायले यसरी पुरानै नक्सा अंङ्कित दस्तावेजहरु प्रयोग गर्न मिल्ला? डायरीमा त झन् सात वटै प्रदेशको नाम अंकमा उल्लेख छ। कर्णाली र गण्डकी प्रदेशले नामाकरण गरेका पनि तीन वर्षभन्दा बढी भइसक्यो। यो विषय सानो छ, तर गम्भीर पनि छ।

Ncell 2
Ncell 2
nimb
nimb

विषय यहाँ मात्रै टुङ्गिदैन। संसद्को वेबपेजमा पनि पुरानै नक्सा अंकित संविधानको दस्तावेज छ। संसदमा मात्र होइन, संविधानको व्याख्याता सर्वोच्च अदालतको वेबपेजमा पनि त्यही पुरानो नक्सा भएको संविधान छ। मैले हेर्न जानिन कि नराखिएको हो?

संविधान नेपालको मूल कानुन हो। राज्यका हरेक निकायमा यो (नक्सा) हुनुपर्छ। वेबपेजमा राखिनुपर्छ। तर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय लगायत अधिकांश मन्त्रालयका वेबपेजमा संविधानको दस्तावेज देखिँदैन। भएकामा पनि पुरानो नक्सा भएको प्रति नै राखिएको छ। यो त हाम्रो संविधानप्रतिको भद्दा मजाक होइन र?

झूटो नबोल्ने, देखेको बोल्ने र संविधानप्रति वफादार रहने भनेर मलाई शपथ खुवाइएको हो। पर्सनल रिलेशन बिग्रेला भनेर मैले बोलिन, अन्यले बोलेनन् भने हामीले संविधान र राष्ट्रप्रति खाएको शपथको के अर्थ रह्यो? 

संविधानले राज्यको शक्तिलाई प्रदेश र स्थानीय तहमा पनि विभक्त गरेको छ। प्रदेशको त कुरै छोडौं, स्थानीय तहलाई पनि संविधानले सरकार मानेको छ। तर, प्रधानमन्त्री नै प्रदेश र स्थानीय तहलाई सरकार मान्न नै तयार हुनुहुन्न। दुई तहका सरकार संघीय सरकारको प्रशासनिक इकाई हुन् भनेर त सार्वजनिक कार्यक्रममा नै भन्नु भएको छ। 

Xtrem

Xtrem

सरकारका तहहरुबीचको अधिकारको सिमारेखा संविधानले कोरेको छ। कार्यक्रम तथा योजनाकै सन्दर्भमा संघीय सरकारले राष्ट्रियस्तरका रणनीतिक महत्त्व बोकेका ठूला-ठूला परियोजनाहरु सञ्चालन गर्ने हो। प्रादेशिक स्तरका प्रदेश र स्थानीय स्तरका स्थानीय तहले गर्ने हो। तर, प्रधानमन्त्रीले बालुवाटारमा बसेर स्थानीयको अधिकार क्षेत्रभित्रको स्थानीय सडक, पुलजस्ता स-साना पालिका स्तरका योजनाको संघीय सरकारले नै गर्ने गरी शिलान्यास गर्नुहुन्छ। 

हाम्रो संविधानले संघलाई नीतिनिर्माण, अनुगमन, अन्तर-तह समन्वय, प्रदेशलाई विकास र स्थानीय तहलाई सेवाप्रवाहको प्रमुख भूमिकाका रुपमा राखेको छ। तर, यहाँ संघीय सरकारले ‘सबै मैले गर्ने हो’ भन्ने केन्द्रिकृत सोच र मानसिकता छ। यसलाई चिर्न जरुरी छ।

अहिले प्रदेश र स्थानीय तहमा कर्मचारीको ठूलो समस्या छ। २०३ वटा स्थानीय तह निमित्तको भरमा चलिरहेका छन्। सिङ्गो गाविसलाई हामीले वडा वनाएका थियौं। तर, अधिकांश वडामा वडासचिव छैनन्। कर्मचारी समायोजनमा प्रदेश र स्थानीय तहलाई अवमूल्यन गरिएको छ। 

(राष्ट्रिय सभाका सदस्य देवकोटाले सदनमा राखेको विचारमा आधारित)

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  २१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्