काठमाडाैं- यूएई विश्वको सबैभन्दा बढी काेराेनाविरुद्धकाे खोप लगाउने देश बनेको छ। ब्लुम्बर्ग भ्याक्सिन ट्रयाकरका अनुसार यूएईमा हालसम्म १ करोड ५५ लाख डाेज खोप दिइसकेकाे छ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हालसम्म देशको जनसंख्याको ७२ दशमलव १ प्रतिशतले कोरोनाविरूद्ध खोप लगाइसकेका छन्।
यसअघि देशको जनसंख्याको हिसाबले सबैभन्दा बढी खोप लगाउने देशमा सेचेल्स अगाडि थियो।
युएईका अधिकारीहरूले जारी गरेको पछिल्लो तथ्यांकले ७३.८ प्रतिशत जनसंख्याले कम्तिमा काेराेनाविरुद्धकाे खाेपकाे एक डाेज पाइसकेका छन्। यस्तै, ४६ प्रतिशतले दुवै डाेज पाइसकेका छन्।
युएईले काेराेना नियन्त्रणका लागि सामूहिक परीक्षण र व्यापक खोप अभियानलाई जाेड दिएकाे छ।
आइतबार मात्रै स्वास्थ्य तथा रोकथाम मन्त्रालयले आपत्कालीन प्रयोगको लागि माेर्डनाकाे खोपलाई अनुमोदन गरेकाे थियाे। हाल युएईमा ५ काेराेनाविरुद्धकाे खाेपले अनुमति पाएका छन्।
चीनको सिनोफर्म र फाइजर-बायोटेक खोप सबैभन्दा व्यापक रूपमा वितरण गरिएको छ। रसियाको स्पुतनिक भि र अक्सफोर्ड-एस्ट्राजेनेका खोप पनि स्वास्थ्य अधिकारीले आपत्कालिन प्रयाेगकाे लागि स्वीकृति दिइएकाे छ।
अधिकारीहरूले पछिल्ला महिनाहरूमा युएईको खोप अभियानलाई अझै तीव्रता दिने याेजना बनाएका छन्।
स्वास्थ्य मन्त्री अब्दुल रहमान बीन मोहम्मद बीन नासिर अल ओवाइसले काेराेना महामारीविरूद्धको अभियानमा देशको उपलब्धिलाई लिएर खुसी व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।