• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

ज्वरो आएको छ? स्क्रब टाइफस पनि हुनसक्छ!

डा. शेरबहादुर पुन शुक्रबार, असार १८, २०७८  ०६:५०
1140x725

केही दिनअघि एक जना ४१ वर्षीय पुरुषलाई ज्वरो आएको थियो। कोरोना भाइरस संक्रमणको आशंकामा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो। रगत जाँच गरेपछि स्क्रब टाइफस संक्रमण भएको पत्ता लाग्यो। यो वर्ष स्क्रब टाइफस संक्रमण देखिने उनी एक्ला बिरामी होइनन्। केही दिनदेखि यस्ता धेरै बिरामी अस्पताल आइरहेका छन्।

गत वर्ष कोभिड–१९ बाहेक अन्य संक्रामक रोगहरु देखिएनन्। तर, यो वर्ष कतिपय संक्रामक रोग फेरि देखिन थालेका छन्। ज्वरो आए अहिले कोरोनाको शंका गरिन्छ। कोरोनाको जोखिम पूर्ण रुपमा नघट्दा यस्तो आशंका हुनु स्वाभाविक हो। तर, कतिपय ज्वरोका बिरामीलाई स्क्रब टाइफस वा अन्य संक्रामक रोग लागेको पनि हुनसक्छ।

नेपालमा विशेष गरेर असारदेखि असोजसम्म वर्षेनी स्क्रब टाइफसको संक्रमण देखिने गरेको छ। विशेषत: भदौमा यसको संक्रमण बढी देखिने गरेको। यो रोग 'ओरिन्तिया सुसुगामुशी' नामक ब्याक्टेरियाको कारणले हुन्छ। संक्रमण भएको 'माइट' भन्ने परजीवीले मान्छेमा सार्छ। तसर्थ यो किटजन्य रोगमा पर्छ।

स्क्रब टाइफस सन् २०१५ मा धरानमा केही बालबालिकामा देखिएको थियो। ती बालबालिकामा ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो। तर, बेलैमा पहिचान र उपचारको अभावमा आठ प्रतिशत संक्रमितको मृत्यु भयो। पछिल्लो समय स्क्रब टाइफस सम्बन्धी प्रचार-प्रसार, समयमा हुने पहिचान र उपचारले मृत्युदर घट्दै गएको छ। सन् २०१६ मा मृत्युदर १.७ प्रतिशतमा झरेको थियो। यधपि, नेपालमा वर्षेनी स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन्।

यो रोगबाट हुने मृत्यु कम गर्न समयमा नै लक्षणहरुको पहिचान र उपचार गर्नु आवश्यक छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कसैलाई पाँच दिनभन्दा बढी छुट्याउन नसकिने ज्वरो देखिए वा पाँच दिनभन्दा कम ज्वरो देखिए पनि शरीरमा घाउको कालो पाप्रो (जसलाई 'स्कार' भनिन्छ) छ भने स्क्रब टाइफस हुनसक्छ। छालामा देखिने यस्तो 'स्कार' स्क्रब टाइफस पहिचान गर्न सबैभन्दा उत्तम मानिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

शरीरमा घाउको कालो पाप्रो देखिनुबाहेक आँखा रातो हुने, अत्यधिक टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने, कानमा कृतिम आवाज सुनिने, शरीरमा बिबिरा देखिने, लिम्फ ग्रन्थि सुन्निने जस्ता लक्षण पनि देखिन्छन्। प्रयोगशालाबाट प्रमाणित भएपछि स्क्रब टाइफस निदान भएको मानिन्छ। नेपालको सबै ठाउहरुमा प्रयोगशाला नहुदा निदान सहज छैन।

समयमा स्क्रब टाइफस पत्ता लगाउन सके सहजै उपचार हुन्छ। समयमा निदान नभए उपचारमा अलमल वा ढिलाई भई फोक्सो, मस्तिष्क लगायत विभिन्न अंगमा जटिलता भइ मृत्युसमेत हुनसक्छ। विशेषत: गाउँघरतिर वा प्रयोगशाला नभएका ठाउँमा स्वास्थकर्मी वा बिरामीले स्क्रब टाइफसको शंका लागे छिटो निदान गर्न सहज होस् भनेर यो पंक्तिकारले 'आरेखीय प्रस्तुति' को विकास गरेको छ। यसका लक्षण संक्रमण भएको पाँचदेखि २० दिनमा देखिने गर्छ।

यसको उपचारमा 'डोक्सीसाइक्लिन' वा 'एजिथ्रोमाइसिन' एन्टिबायोटिक पहिलो प्राथमिकतामा पर्ने औषधि हुन्। यीबाहेक लक्षणहरुको आधारमा थप औषधिहरुको आवश्यकता पर्न सक्छ। स्क्रब टाइफसविरुद्धको भ्याक्सिन भने विकास भैसकेको छैन।

स्क्रब टाइफसको बढी जोखिम कृषक, प्राकृतिक विपत्तिको कारणले विस्थापित भएकाहरु तथा पैदल यात्रामा जानेहरुमा हुने गर्छ। पछिल्लो समय यसको जोखिममा गाउँघरका मात्र नभएर शहरबासी पनि पर्ने गरेका छन्। घर वरिपरि झाडी भए मुसाहरु बढी आउने हुँदा स्क्रब टाइफस फैलने जोखिम बढी हुन्छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको एक अध्ययनले स्क्रब टाइफस फैलाउने माइट परजीवी मुसामा प्रशस्त भएको देखाएको थियो।  

अन्तमा, नेपालमा कोरोनाको जोखिम कायमै छ। कोभिड-१९ तथा स्क्रब टाइफस दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिने भएकाले प्रयोगशालाको सहयोगबिना छुट्याउन सहज छैन। यसले गर्दा पहिचान तथा उपचारमा ढिलाई हुन सक्छ। मनसुनको आगमनसँगै स्क्रब टाइफसले पनि 'कम्ब्याक' गरेकोले लक्षणहरु मिल्दोजुल्दो देखिए पहिचान तथा उपचारमा ढिलाइ गर्नु हुँदैन।

(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्