![1140x725](https://nepallive.net/uploads/posts/1624939786_bhaban.jpg)
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61456500.jpg)
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61475300.jpg)
काठमाडौं- काठमाडौं- गैरआवासीय नेपालीको सहयोगमा नारायणी अस्पतालमा बाल आइसीयू बन्ने भएको छ। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानको सहयोगमा नारायणी अस्पतालमा बाल आइसीयू बन्न लागेको हो।
अस्पतालमा बाल आइसीयू बनाउनका लागि २२ लाख ६० हजार रुपैयाँ एनआरएनए जापानले उपलब्ध गराउने जनाएको छ। नारायणी अस्पताल विकास समितिले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समितिले गरेको प्रस्ताव स्वीकृत गरेको छ।
उक्त सामग्रीहरु व्यवस्थापनका लागि आवश्यक पर्ने स्थानलगायत अन्य व्यवस्थापन अस्पतालबाट गरिने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा. विरेन्द्र बहादुर प्रधानले जनाए। कोभिड १९ को विषम परिस्थितिमा एनआरएनए जापानले गरेको सहयोगप्रति अस्पतालले धन्यवाद दिएको छ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, जापानले नारायणी अस्पतालमा बाल आइसीयू निर्माणका लागि आवश्यक समन्वयको जिम्मा एनआरएनए जापानका केन्द्रीय सदस्य सुरेश गिरीलाई दिइएको जनाएको छ।
स्वास्थ्य सामग्रीहरु एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठलाई संघका पूर्व अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, जापानको कार्यालयमा हस्तान्तरण गरेका थिए।
धुनिवेशी नगरपालिकालाई एम्बुलेन्स
संघका पूर्व अध्यक्ष भवन भट्ट सदस्य रहेको टोकियो सिन्तोसिन रोटरी क्लबबाट प्राप्त एम्बुलेन्स धादिङको धुनिवेशी नगरपालिकालाई उपलब्ध गराउने र उक्त एम्बुलेन्स राजमार्गमा दुर्घटना भएका स्थानहरुको लागि प्रयोग गरिने एनआरएनएले जनाएको छ।
त्यस्तै ७ हजार थान वाइ कनेक्टर सबै जिल्ला अस्पताललाई वितरण गरिने एनआरएनए जापानले जनाएको छ। एनआरएनए जापानले कोभिड संक्रमण नियन्त्रणका लागि ५३ लाख ६७ हजार २ सय ११ रुपैयाँ बराबरको सामग्री उपलब्ध गराउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।