सन् २०१४ ब्राजिल
सन् २०१४ को ब्राजिल विश्वकपमा ३२ टिमले सहभागिता जनाएका थिए। फाइनलमा जर्मनीले अर्जेन्टिनालाई १–० गोलले हराएर उपाधि जित्यो। तेस्रो स्थान नेदरल्यान्ड्सले हात पार्दा ब्राजिल चौथो स्थानमा सीमित बन्यो। अर्जेन्टिनाका फरवार्ड लिओनस मेसीले उत्कृष्ट खेलाडीको अवार्ड जित्दा कोलम्बियाका हामेस रोद्रिगेजले गोल्डेन बुट जिते। जर्मनीका म्यानुयल नेउर उत्कृष्ट गोलकिपर भए। फ्रान्सका पाउल पोग्बा युवा खेलाडी तथा कोलम्बियाले फेयर प्लेको अवार्ड हात पार्यो।
सन् २०१० दक्षिण अफ्रिका

दक्षिण अफ्रिकामा आयोजना भएको सन् २०१० को विश्वकपमा पनि ३२ टिम सहभागी थिए। फाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई १–० गोलले हराउँदै पहिलो पटक विश्वकपको ट्रफी उचालेको थियो। जर्मनीले उरुग्वेलाई हराएर तेस्रो स्थान हात पारेको थियो। उरुग्वेका डिएगो फोर्लान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा जर्मनीका थोमर मुलरले सर्वाधिक गोलकर्ताको अवार्ड हात पारे। स्पेनका इकार कासिलास उत्कृष्ट गोलकिपर र थोमस मुलरले युवा खेलाडीको अवार्ड हात पारे। स्पनेले फेयर प्लेको ट्रफी पनि हात पारेको थियो।
सन् २००६ जर्मनी

जर्मनीमा आयोजना भएको सन् २००६ को विश्वकपमा ३२ टिमले भाग लिए। फाइनलमा इटाली र फ्रान्सबीच भिडन्त भएको थियो। निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा इटालीले फ्रान्सलाई ५–३ गोलले हराएर उपाधि जित्यो। पोर्चुगललाई हराएर तेस्रो जर्मनी तेस्रो भयो। फ्रान्सका जिनेदिन जिदान उत्कृष्ट खेलाडी घोषित भए। जर्मनीका मिरोस्लाव क्लोसले सर्वाधिक गोलकर्ता र जर्मनीकै लुकास पोडोस्की युवा खेलाडी बने। इटालीका बुफोन उत्कृष्ट गोलकिपर बन्दा स्पेन र ब्राजिलले फेयर प्लेको अवार्ड हात पारे।
सन् २००२ जापान र कोरिया

३२ राष्ट्रले भाग लिएको सन् २००२ को विश्वकप एसियका जापान र कोरियाले संयुक्त रुपमा आयोजना गरेका थिए। प्रतियोगिताको फाइनल भिडन्त जर्मनी र ब्राजिलबीच भयो। ब्राजिलले जर्मनीलाई २–० गोलले हराउँदै पाँचौ पटक विश्वकको उपाधि उचाल्यो। सहआयोजक कोरियालाई हराउँदै टर्की तेस्रो बन्यो। जर्मन गोलकिपर ओलिभर कानले उत्कृष्ट खेलाडी र गोलकिपरको ट्रफी हात पारे। ब्राजिलका रोनाल्डो सर्वाधिक गोलकर्ता भए भने अमेरिकाका डोनोभान युवा खेलाडी घोषित भए। बेल्जियमले फेयर प्लेको ट्रफी पायो।
सन् १९९८ फ्रान्स

सन् १९९८ मा फ्रान्समा विश्वकप आयोजना भयो। जहाँ पहिलो पटक ३२ टिमले सहभागिता जनाए। फाइनलमा आयोजक फ्रान्स र ब्राजिलबीच भिडन्त भयो। जहाँ घरेलु टिमले ३–० को जित निकाल्दै उपाधि जित्यो। नेदरल्यान्ड्सलाई पराजित गरेर क्रोएसियाले तेस्रो स्थान हात पारेको थियो। ब्राजिलका रोनाल्डो उत्कृष्ट खेलाडी बने। क्रोएसियाका डोभोर सुकरले सर्वाधिक गोलकर्ता बने। फ्रान्सका फाबियन बार्थेज उत्कृष्ट गोलकिपर बन्दा फ्रान्स र इंग्ल्यान्डले फेयर प्ले टिम बने।
सन् १९९४ अमेरिका

सन् १९९४ मा अमेरिकाले विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो। जहाँ अन्तिम पटक २४ टिमले प्रतिस्पर्धा गरे। फाइनलमा ब्राजिल र इटालीबीच प्रतिस्पर्धा भएको थियो। पेनाल्टी सुटआउटमार्फत नजिताको टुंगा लाइएको फाइनलमा ब्राजिलले ३–२ ले बाजी मार्यो। ब्राजिलका रोमारियो उत्कृष्ट खेलाडी घोषित भए। रसियका ओलेग सालेङको र बुल्गेरियाका रिस्टो स्टोइचोभ सर्वाधिक गोलकर्ता बनेका थिए। नेदरल्यान्ड्सका मार्का ओभरमार्स युवा खेलाडी बने। बेल्जियमका मिचेल प्रेउढोम उत्कृष्ट गोलकिपर र ब्राजिलले फेयर प्ले टिम हात पारे।
तस्बिरहरु : फिफा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।