• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

थाहा पाउनुस्, विश्वकप फुटबलमा प्रयोग हुने भिएआर के हो?

64x64
नेपाल लाइभ बिहीबार, जेठ १७, २०७५  ०७:४५
1140x725

एजेन्सी– रुसमा यहि जुन १४ देखि जुलाई १५ सम्म आयोजना हुने विश्वकप फुटबलमा भिडियो एसिसटेन्ट रेफ्री (भिएआर) प्रविधिको उपयोग हुँदैछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले पहिलो पटक यस वर्ष आयोजना हुने आफ्ना सबै प्रतियोगिताहरुमा सो प्रविधिको उपयोगका लागि स्वीकृति प्रदान गरेसँगै विश्वकपमा पनि यसको प्रयोगका लागि बाटो खुलेको हो। 

पछिल्लो दुई वर्षदेखि सतहमा रहे पनि यो प्रविधिले उल्लेख्य रुपमा सफलता हात पार्न भने सफल नभएको फुटबल विश्लेषकहरु बताउँछन्। हरेक फुटबल खेलमा सही निर्णय मात्र आओस् र दुई टोलीका बीचमा विवाद नरहोस् भन्न सुरु गरिएको भिएआर प्रविधि आफै उल्झनमा परेको आलोचकहरुको भनाइ छ। 

उता विश्व फुटबलको नियमनकारी निकाय फिफा अध्यक्ष जिआनी इन्फान्टिनो भने समयअनुसार प्रविधिको उपयोग गर्नुपर्ने तर्क गर्छन्। ‘हामी चाहन्छौँ कि रेफ्रीका लागि केहि सुविधा मिलोस्, जसले उनीहरुलाई सही निर्णय लिन सघाउ पुग्नेछ।,' अध्यक्ष इन्फान्टिनोले भने, ‘आगामी विश्वकपमा यसकै सहायतामा रेफ्रीले पक्कै केही महत्वपूर्ण निर्णयहरु गर्नेछन्।’

यो अझै सम्भव भइनसकेको उनले बताए। 'सन् २०१८ मा सबै फुटबलप्रेमीले आफ्नो कोठामा खेल हेर्दाको केही सेकेन्डमै जान्न सक्छन् कि रेफ्रीले सही या गल्ती निर्णय गरेका छन्,’ उनले थपे।

इन्फान्टिनोले भनेजस्तै सबै फुटबलप्रेमी तथा आलोचकहरु यो विचारमा सहमत नहुन सक्छन्। खेल हेर्न रंगशाला पुगेका कतिपय दर्शकले भने यसको उपादेयताको आलोचना गर्न सुरु गरिसकेका छन्। मुख्यत: दर्शकले यसले दिने निर्णय र खर्चिने समयमा प्रश्न गरेको पाइन्छ। 

‘ममा पहिलो पटक सन्देह थियो तर कुनै कोसिसबिना तपाईं यो जान्न सक्नुहुन्न कि त्यो लायक छ वा छैन,' इन्फान्टिनोले भने, ‘भिएआरबिना रेफ्रीले प्रत्येक तीन खेलमा एक महत्वपूर्ण निर्णयमा गल्ती गरिरहेका हुन्छन्। तर भिएआर लागू भएपछिका खेललाई आधार मान्दा १९ खेलमा एकमात्र महत्वपूर्ण गल्ती हुने गरेको छ।’

अन्तर्राष्ट्रिय फुटबल परिषद् बोर्ड (आइएफएबी) ले मार्चको सुरुवातमै  सर्वसम्मतिबाट भिएआरलाई स्थायी रुपमा नै लागू गर्ने निर्णय गरेपछि फिफाले पनि भिएआरलाई प्रयोगमा ल्याउने निर्णयमा पुगेको हो। आइएफएबी इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डको फुटबल संघ मिलेर बनेको संयुक्त संस्था हो। 

Ncell 2
Ncell 2
nimb
nimb

फिफाको विधानअनुसार प्रत्येक फुटबल संघको एक भोट मानिन्छ र नियम परिवर्तन गर्न ४ देखि ६ भोटको आवश्यकता पर्दछ। भिएआरको बेल्जिएन विश्वविद्यालयका केयु लेयुभेनको स्वतन्त्र विश्लेषणपछि फिफाको कार्यसमितिले यसलाई उपयोग गर्ने निर्णयमा पुगेको हो। 

भिएआरको इतिहास
भिएआरको उपयोग पहिलो पटक सन् २०१६ को मार्चमा गरिए पनि फिफाले भने सोही वर्ष डिसेम्बरमा आयोजना भएको क्लब विश्वकप तथा सन् २०१७ को कन्फेडेरेसन्स कपमा गरिएको थियो। सो प्रविधिलाई परिक्षणका लागि जारी सिजनअन्तर्गत केही इंग्लिस फुटबल प्रतियोगिताहरु, जर्मनी र इटालीमा भएका खेल तथा केही मैत्रीपूर्ण खेलहरुमा पनि उपयोग गरिएको थियो। 

हालसम्म करिब २० प्रतियोगिताहरुमा यो प्रविधि उपयोग भएको तथ्यांक छ। आसन्न एफए कपको क्वार्टरफाइनल, सेमिफाइनल तथा फाइनलमा यसको उपयोग गरिएको थियो। इंग्लिस फुटबल प्रतियोगिता काराबाओ कपमा यो प्रविधि लागू गरिए पनि प्रिमियर लिग खेलिने मैदानहरुमा मात्रै यो प्रविधिको उपयोग गर्न सकिने व्यवस्था छ। 

Xtrem

Xtrem

एफए कप अन्तर्गत गत फेब्रुअरीमा टोटनह्यामले रोच्डालेविरुद्ध ६–१ को जित दर्ता गर्दा केही निर्णयका लागि भिएआर प्रविधि अपनाइएको थियो। सो खेलमा गोललाई मान्यता नदिएको र परिवर्तित पेनाल्टी प्रहारलाई पनि पुनः उल्टाइएपछि सो प्रविधिलाई हास्यप्रधान र निर्णयलाई शर्मनाक भनेर आलोचना भएको थियो। 

आगामी सिजनमा प्रिमियर लिगमा सो प्रविधिलाई उपयोग नगर्ने सम्भावना बढेर गएको देखिएको छ। उता आगामी सिजनको च्याम्पियन्स लिगमा भिएआर प्रणाली लागू नगर्ने भनेर युइएफएले प्रस्ट पारिसकेको छ। स्पेनिस ला लिगा र फ्रान्सको लिग–१ मा अर्को सिजनदेखि लागू गरिने बताइरहँदा बुन्डेसलिगामा भने आगामी मार्च २२ देखि नै लागू हुनेछ।

भिएआरले कसरी काम गर्छ? 
मुख्य रेफ्रीले कुनै निर्णयमा दुविधा भएमा भिडियोको सहायता लिने प्रविधिलाई भिएआर भनिन्छ। यसका लागि थप सहायक रेफ्री भने राखिएको हुँदैन। 

भिएआरले सबै गोल, पेनाल्टी तथा रातो कार्ड दिएको अवस्था लगायतमा पनि लगातार निगरानी गरिरहेको हुन्छ। सो अवस्थामा कुनै गल्ती भएको पत्ता लाग्नेबित्तिकै रेफ्रीले ‘रिभ्यु’ नमागे पनि उसले रेफ्रीलाई सूचना दिन्छ। 

(भिडियो हेर्नलाई नयाँ विन्डोमा खोल्नुहोला)

उक्त अवस्थामा रेफ्रीलाई कुनै शंका लागेमा रिभ्यु लिन सक्छन्। यदि रेफ्रीले रिभ्यु लिन चाहे तर खेल चलिरहेको छ भने दुवै टोलीको एक-अर्कामा गोल गर्न सक्ने अवस्थाबाहेक खेललाई रोकिदिनुपर्छ। रिभ्यु लिएपश्चात् खेल मैदान नजिकै राखिएको मोनिटरमा भिडियो रिप्ले देखाइन्छ र सोको आधारमै रेफ्रीले आफ्नो निर्णय सुनाउँछन्। 

भिएआरमा केही अन्योल हुने र सो प्रविधिको उपयोग गर्दा धेरै समय खर्च हुने हुँदा पछिल्लो समय यो प्रविधिमाथि टिप्पणी हुने गरेको छ। रंगशालामा उपस्थित दर्शकहरुका लागि लामो समय कुर्नुपर्ने भएकोले एक अध्ययनले सो प्रविधि खासै नरुचाइएको देखाएको छ।

(भिडियो हेर्नलाई नयाँ विन्डोमा खोल्नुहोला)

अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा सोमबार, असोज १२, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्