• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेका कारण ढल्नै आँटेका माओवादीका प्रदेश सरकारलाई माधव नेपालको टेको!

64x64
नेपाल लाइभ मंगलबार, जेठ २५, २०७८  १८:०९
1140x725

काठमाडौं- दुई महिनाको अन्तरालमा माओवादी केन्द्रले नेतृत्व गरेका प्रदेशका दुवै सरकारले निरन्तरता प्राप्त गरेका छन्। सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाका कारण एमाले र माओवादी केन्द्र अलग्गिएपछि ती दुवै सरकार अल्पमतमा परेका थिए। प्रदेश सभाभित्र आफ्नो पार्टीको न्यून सिट भए पनि दुवै मुख्यमन्त्री सरकार जोगाउन सफल रहे।

वैशाख ३ गते कर्णालीमा र जेठ २५ गते सुदूरपश्चिममा मुख्यमन्त्रीले लिन चाहेको विश्वासको मतको प्रस्तावमाथि मतदान भएको थियो। कर्णालीको ३९ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रको १२ सिट र सुदूरपश्चिमको ५२ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रको १३ सिट मात्रै थियो। तर, नेकपाकालमै निकट सम्बन्ध बनाइएको एमालेको माधवकुमार नेपाल पक्षको सहयोगले उनीहरुलाई बहुमत उपलब्ध भएको हो।

एमालेको पार्टी केन्द्रमा अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको बिग्रिएको सम्बन्धको फाइदा माओवादी केन्द्रका मुख्यमन्त्रीहरुले उठाए। एमालेमा स्पष्टीकरण र कारबाहीको प्रक्रिया चलिरहँदा ती दुवै मुख्यमन्त्रीले विश्वासको मत लिने परिस्थिति सिर्जना भएको थियो। ओली पक्षसँग तीव्र प्रतिशोधमा रहेका एमाले सांसद्हरु आफ्नो पदको माया मारेर भए पनि ओलीलाई पराजय दिलाउने रणनीतिमा लागेका थिए। अन्ततः उनीहरुकै कारण दुवै प्रदेशमा माओवादीले नेतृत्व गरेका सरकार जोगिएका छन्।

सुदूरपश्चिममा सहज बहुमत
मंगलबार सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले राखेको विश्वासको प्रस्तावमाथि मतदान भएको थियो। प्रस्तावको पक्षमा ३० मत परेको थियो। ५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद् पर्याप्त थिए। तर, भट्टकै पार्टी माओवादी केन्द्रका १३ र एमालेका १७ सांसद्ले प्रस्तावको पक्षमा मत दिएपछि उनको सरकार जोगिएको हो। विपक्षमा भने एमालेको केपी शर्मा ओली पक्षका सात जना र जसपाका दुई जना गरी नौ मत खसेको थियो। कांग्रेसका १२ सांसद् भने तटस्थ बसेका थिए। 

विभाजनपछि नै एमालेभित्र किचलो देखिँदै आएको थियो। जेठ १० गते एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, एमालेको माधवकुमार नेपाल पक्षको बहुमत रहेको प्रदेश संसदीय दलको जेठ १२ गतेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय लिएको थियो। त्यसपछि मुख्यमन्त्री भट्टले नेपालपक्षलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। एमालेभित्रको किचलोकै अवस्थामा मुख्यमन्त्री भट्टले विश्वासको मतका लागि आइतबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।

मंगलबार बिहानै मात्र पनि एमाले संसदीय दलको बैठक बसेको थियो। बैठकले बहुमतबाट विश्वासको प्रस्तावको पक्षमा मत हाल्ने निर्णय गरेको थियो। एमालेका २४ जनामध्ये सात जना रतन थापा, नेपालु चौधरी, लीलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहराले संसदीय दलको निर्णयप्रति असहमति राखेका थिए। अन्ततः सातै जनाले विश्वासको प्रस्तावको विपक्षमा मत दिएका थिए।

कांग्रेस संसदीय दलको बैठक पनि मंगलबार बिहान बसेको थियो। बैठकले मतदान प्रक्रियामा तटस्थ बस्ने तर, मुख्यमन्त्री भट्टलाई मत नपुग्ने स्थितिमा भने मत दिएर सघाउने निर्णय लिएको थियो।

कर्णालीमा एमाले सांसद्को ‘फ्लोर क्रस’
कर्णाली सरकार पनि एमालेको माधवकुमार नेपाल पक्षका सांसद्हरुकै सहयोगले जोगिएको थियो। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले वैशाख १ गते विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए। वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वासको प्रस्तावमाथिको मतदान हुँदा उनले २२ मत पाएका थिए। ३९ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि २० मत आवश्यक पर्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

मतदानमा एमालेका १९ (सभामुख बाहेक) सांसद् मध्ये चार सांसद्हरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा, कुर्मराज शाहीले ‘फ्लोर क्रस’ गरी प्रस्तावको पक्षमा मतदान गरेका थिए।  बाँकी १५ जनाले विपक्षमा मत दिएका थिए। ती चार जनाका अतिरिक्त शाहीलाई माओवादी केन्द्रका १२ र कांग्रेसका ६ जनाले मत दिएका थिए। राप्रपाकी एक्ली सांसद् सोसिला शाही तटस्थ बसेकी थिइन्। एमालेकी सांसद् देवी ओलीले ‘फ्लोर क्रस’ गरेपछि पनि पछि सच्याएकी थिइन्। मुख्यमन्त्री शाहीको पक्षमा बहुमत पुगेको निश्चित भएपछि उनले आफ्नो मत सच्याएकी थिइन्।

एमालेका माधव नेपाल पक्षका सांसद्हरुले शाहीलाई जति मत आवश्यक पर्छ, सोही आधारमा ‘फ्लोर क्रस’ गर्ने तयारी रहेको पछि खुलाएका थिए। रोचकचाहिँ के छ भने, वैशाख ३ गते प्रदेश सभाको बैठकअघि बसेको एमाले संसदीय दलको बैठकमा ‘फ्लोर क्रस‘ गर्ने शाही र थापाले प्रस्ताव असफल बनाउने भन्दै जोडदार भाषण गरेका थिए। बैठकले प्रस्तावको विपक्षमा मत दिनलाई सांसद्हरुलाई ‘ह्विप’ पनि जारी गरेको थियो।

सोही दिन बेलुका फ्लोर क्रस गरेका सांसद्हरुलाई पार्टीबाट निष्कासन गर्न एमालेको प्रदेश कमिटीले केन्द्रीय कमिटीसमक्ष सिफारिस गर्‍यो। तर, फ्लोर क्रस गर्ने प्रकाश ज्वालाबाहेक अन्य तीन जनालाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते नै मन्त्रीमा नियुक्त गरेका थिए।

ओलीनिकट मुख्यमन्त्री भने छलछाममा
यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली निकट दुई मुख्यमन्त्रीले पनि विश्वासको मत सिद्ध गर्नुपर्ने परिस्थिति सिर्जना भएको थियो। तर, उनीहरुले मतदानबाट निकास निकाल्न होइन, संवैधानिक छिद्र खोजेर मतदान नै हुन नदिने परिस्थिति सिर्जना गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गण्डकीका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङका विरुद्ध कांग्रेस (१५), माओवादी केन्द्र (११) र जसपा (२) का २८ जना सांसद्ले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए। अविश्वास प्रस्ताव आउँदैछ भन्ने थाहा पाएका गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अघिल्लो दिन राति (वैशाख १ गते) प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिदिएका थिए। अविश्वास प्रस्ताव दर्ता गर्ने पार्टीहरुले विशेष अधिवेशनको लागि समावेदन गरे। जसअनुसार वैशाख ६ गते प्रदेश प्रमुख शेरचनले वैशाख १३ गतेका लागि विशेष अधिवेशन आह्वान गरे।

वैशाख १३ गते सुरु प्रदेश सभाको विशेष अधिवेशनमा १५ गते प्रस्तावमाथि मतदान हुने निश्चित भयो। तर, राष्ट्रिय जनमोर्चाका एक सांसद् हराए। सो पार्टीकी सचेतक पियारी थापाले संसद्को कारबाही स्थगित गर्न सभामुखलाई निवेदन दिए अनुसार बैठक स्थगित भयो। एक मतले समीकरणमा उथलपुथल ल्याउने अवस्थामा राजमोका सांसद् खिमविक्रम शाही गायब भएका थिए। उनलाई सरकारले नै गायब बनाएको राजमोका नेताहरुले आरोप लगाए।

सो प्रस्तावमाथि वैशाख २७ गते निर्वाचन हुने तय भयो। तर, २६ गते नै मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरे। विपक्षीले बहुमत पुर्‍याउन नसक्ने र पुनः प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले आफ्नै नेतृत्वमा सरकार गठन हुने आकलनका साथ उनले राजीनामा घोषणा गरेका थिए। भयो पनि त्यस्तै।

यस्तै घटना लुम्बिनी प्रदेशमा पनि घट्यो। आफू विरुद्ध अविश्वास प्रस्ताव आउने संकेत पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले चैत २४ गते प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिदिएका थिए। तर, वैशाख ६ गते नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाको हस्ताक्षरमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भयो। उनीहरुले भावी मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरे। तर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका केही प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पोखरेलले केही घण्टामै मन्त्री नियुक्त गरिदिए।

मन्त्री बन्न गएकाहरु प्रदेश सभा सदस्यबाट पदमुक्त भइसकेका थिए। वैशाख १६ गते नै जसपाको निर्णय अनुसार उनीहरुले पद गुमाएको सूचना प्रदेश सभा सचिवालयले प्रकाशित गरिसकेको छ। जसपाका प्रदेश सभा सदस्यहरुले पद गुमाएसँगै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेल बलियो भए। जसपाका प्रदेश सभा सदस्यहरु हटाइनुअघि लुम्बिनी प्रदेशमा कुल ८५ सांसद थिए। उनीहरु पदमुक्त भएपछि त्यहाँ जम्मा ८१ सांसद कायम भएका छन्। प्रदेश सभामा एमालेसँग ४१ सांसद थिए।

वैशाख १९ गते विशेष अधिवेशन सुरु हुँदै थियो। त्यसैदिन बिहान मुख्यमन्त्री पोखरेलले राजीनामाको घोषणा गरे। राजीनामा तत्कालै सदर भयो। आफूले राजीनामा दिए पनि अरुले बहुमत पुर्‍याउन नसक्ने भएकाले आफैं मुख्यमन्त्रीमा दोहोरिने पोखरेलको रणनीति थियो। तर, नेकपाको नाममा विजयी भएकी र एमालेको सांसद्को रुपमा चिनिएकी विमला वली माओवादी केन्द्र प्रवेश गरिन्।  

त्यस्तै, सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र सांसद्हरु धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले आफूहरुले पोखरेललाई मुख्यमन्त्री बनाउने निर्णयमा हस्ताक्षर नगरेको सार्वजनिक अभिव्यक्ति दिए। तैपनि, पोखरेलले मुख्यमन्त्रीमा दाबी गरे। अर्को पक्षले पनि बहुमत सहित दाबी गर्‍यो। तर, अन्तिममा प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिदिए। विपक्षीहरुले त्यसका विरुद्ध प्रदेश प्रमुख कार्यालयमा धर्ना दिए। यादवले भने मुख्यमन्त्री कार्यालयमै गएर पोखरेललाई सपथ खुवाए।

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि नेपाली कांग्रेसको सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुर सिंह लामा तामाङले अग्रता लिएका छन्। बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ डा. केदार नरसिंह केसीले अग्रता लिएका छन्। बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै संसदीय सुनुवाइ समितिले श्रीलङ्का, मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ। बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्