• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अस्पतालको बेडबाट संक्रमितको अनुभूति : हाम्रो भविष्य थिलथिलो भए पनि तिम्रो कुर्सी अमर रहोस्  

शशि शर्मा मजगैयाँ सोमबार, जेठ २४, २०७८  ०८:३२
1140x725

आमाबुवालाई धेरै गाह्रो भएको महसुस भएपछि जेठ ३ गते दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परिक्षण गर्न पठाएँ र रातारात म पनि भाइलाई लिएर दाङ पुगेँ। रिपोर्ट अर्को दिन आउने वाला थियो। 

आमालाई घरमै हेरचाह गर्नु भनी भाइलाई सम्झाएर केही अग्रजको सल्लाहमा मैले बुवालाई त्यही दिन काठमाडौं ल्याएँ। बाटोमा बुबाको स्थिति धेरै बिग्रन थाल्यो। दायाँबायाँ सोच्ने कुनै अवस्था नै भएन। अन्यत्र बेड खोज्न ढिला गर्नुभन्दा मैले सरासर टेकु अस्पताल लगेँ। त्यहाँ बुवालाई बाटोमै लडाएर अक्सिजन दिइयो। पानी पर्न थालेपछि बल्लतल्ल धेरै पहल गरेपश्चात् करिब १६ घण्टापछि भित्र लग्न पाइयो। त्यहाँ बुवालाइ हेर्ने कोही थिएन। बुबाको छट्पटीमा म टाढा बस्न सक्ने कुरै थिएन। मैले सबै कुरा बिर्सिएर आफैले बुवाको सम्पूर्ण हेरचाह गरेँ। त्यहाँ नर्स र डाक्टर त सुई घोच्ने र अक्सिमिटर राख्ने पात्र मात्र थिए। मानवता भन्ने कुरा शून्य थियो। प्रतिमिनेट १५ लिटर अक्सिजन दिइराखेको बिरामी २ मिटर टाढा मोबाइल शौचालय जानुपर्थ्यो फर्किदा स्याचुरेसन ह्वात्तै घटेर ६०-६५ को रेन्जमा आइपुग्थ्यो। त्यो कुराको मतलब त्यहाँ कसैलाई थिएन। सायद बिरामीको चाप र जनशक्तिको अभावले गर्दा पनि होला।

अर्को दिनसम्म बुबाको स्थिति झन बिग्रँदो भएपछि डाक्टरलाई सल्लाह गर्दा आईसीयू खोज्नु भन्ने कुरा आयो। तीन दिनसम्म नसुतेको, नखाएको म आफै अर्ध बेहोस जस्तो थिएँ। अब आईसीयू कहाँ खोज्ने, चिनेजानेको सबैलाई फोन गरेँ। एक जना साथीले पाँच मिनेटमा आईसीयू व्यवस्था गरिदिनुभयो।

मैले तुरुन्तै बुबालाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल लिएर आएँ। सायद दुई मिनेट ढिलो गरेको भए परिस्थिति फरक हुन सक्थ्यो। आईसीयूमा राखेको आठ दिन हुँदा पनि सुधार आएन, मैले भगवानसँग प्रार्थना गरिरहेको थिएँ। फेरि मन न हो आत्तिन थाल्यो, ओठ तालु सबै सुकेर आए। यता म आफू पनि धेरै गलिरहेको थिएँ। 

म आफू पनि जोखिममा भएपछि छोरी, श्रीमती र बुहारीलाई छुट्टै फ्ल्याट्मा राखेको थिएँ। तर, फेरि पछि मैले नसक्ने नै भएपछि भर्खरै अप्रेसन गरेर आराम गरिरहेकी आमालाइ पनि बीचमा यतै बोलाएँ।

भाइलाई पनि बोलाएँ। भाइको काठमाडौं आउँदा बाइक दुर्घटना भयो। फेरि अर्को तनाव थपियो, भाइलाई साथीभाइको सहयोगमा बि एण्ड बि हस्पिटलमा ल्याई इमर्जेन्सी चेक जाँच गरियो। त्यहाँ चिनेको डाक्टर (डा.प्रकाश)भएकाले उपचार फटाफट भयो। टाउकोको चोटका कारण केहि दिन मेमोरी लस जस्तो भएको थियो तर रिपोर्ट सामान्य भएकोले उनले स्वास्थ्यलाभ गरिरहेका छन् ।

उसो त म सरकारको हिमायती हुँ, शुभ चिन्तक हुँ, अब असार मसान्त पनि आउदै छ कर तिर्नुपर्ने होला, लकडाउन केही खुकुलो पारिदिनु सरकार धेरै कर तिर्न बाँकी छ मैले पनि। 

यता मेरो स्वास्थ्य बिग्रँदै गएपछि १३ जेठमा पीसीआर परीक्षण गराएँ। बेलुका रिपोर्ट पोजिटिभ नै आयो। म गलेको ४/५ दिन भैसकेकाले स्याचुरेसन घट्दै गइरहेको थियो। अथाह डर लागे पनि सावधानी अपनाएर पछि श्रीमती, छोरी बुहारी पनि सँगै बस्न थाले र सेवामा खटिए।

Ncell 2
Ncell 2
nimb
nimb

घरको उपचारले पुग्ला जस्तो लागेन। मेरो अक्सिजन लेभल (स्याचुरेसन) घट्दो क्रममा भएपछि अर्कोदिन बिहानै म पनि अस्पताल भर्ना भएँ। बुवालाई यो सब केही थाहा दिइएको छैन। म र बुवा बेग्लाबेग्लै ब्लकमा भएपनि बुवाको निगरानी र खानपिनको ख्याल हरेक पलपलमा अर्को बिरामीको कुरुवाको सहारामा गरिरहेको छु। अहिले अक्सिजनको सहारामा छुट्टाछुट्टै ब्लकमा हाम्रो जीवन टिकिरहेको छ। 

यसरी बाबुछोरा अस्पताल बस्दा दैनिक जसो १ लाख बढीको बिल अस्पतालले थमाउँछ। पेमेन्ट गर्दिनु हजुर भनेर स्वाव मेसिन र क्यूआर कोड लिएर अस्पताल प्रशासनको मान्छे बेडसम्म आइपुग्छन्। फेरि यो अस्पताल आफैमा महँगो अस्पतालको रुपमा चिनिँदो रहेछ, त्यो मलाई थाहा थिएन। थाहा भएपनि मसँग विकल्प पनि त थिएन। 

आफ्नो जीवनको उर्जाशील समय समाजसेवामा समर्पित गर्दै  र निर्वाहमुखी जीवनको सोचभन्दा बढी महत्त्वाकांक्षा नराखेर होला सायद खर्चको यो दर अनुसार एक महिनासम्मको अस्पताल बसाइलाई समेत धान्न सक्ने सामर्थ्य मेरो बैंक खातासँग रहेनछ, जुन कुराले चाहिँ मलाई धेरै पोलेको छ। तर, अर्कोतिर मैले धेरै मनकारी साथीभाइ आफन्त पनि कमाएको रहेछु ,जसका कारणले जीवनमा आशाको दीप जलाएको छ। 

जे होस् मलाई  जीवन टिकाउन यति महँगो हावा (अक्सिजन) किन्ने जुन अवसर मिल्यो सरकारलाई धेरै धेरै धन्यवाद। आज सरकारी अस्पताल राम्रा हुन्थे, त्यहाँको म्यानेजमेन्ट चुस्त हुन्थ्यो भने यो दुर्दशा दुई छाकका लागि दुःख गरिरहेका नागरिकले भोग्नुपर्ने थिएन। सरकारी अस्पताल गयो सास रहन्न, निजी अस्पताल गयो बास रहन्न भनेको सुनेको थिएँ, याद आयो।

उसो त म सरकारको हिमायती हुँ, शुभचिन्तक हुँ, अब असार मसान्त पनि आउदै छ कर तिर्नुपर्ने होला, लकडाउन केही खुकुलो पारिदिनु सरकार धेरै कर तिर्न बाँकी छ मैले पनि। 

हाम्रो भविष्य जति थिलोथिलो भए पनि सरकार  तिम्रो सत्ता डगमगाउनु हुँदैन। तिम्रो कुर्सी अमर रहोस्। हाम्रा लागि अस्पतालमा सुत्ने कोलिया समेत छैन, ठिकै छ। बालुवाटार, सिंहदरबार, टुडिखेल, दूतावासका सबै जग्गा तिम्रा परिवारका हुन्, सकेसम्म ब्रह्मलुट गर्नु, मिलाइमिलाई सबै ठाउँमा आराम गर्नु।

मन बलियो बनाएर सोचेको छुँ त्यसरी ढलेको धरहरा त फेरि नयाँ चमकताका साथ उठेको छ, म त आत्मविश्वास, आत्मवल सहितको सक्षम व्यक्ति  हुँ म झन् जरुर उठ्नेछु पहिला भन्दा झनै खारिएर, झनै माझिएर।

यो बीचमा जसले आफ्नो ज्यानको समेत परवाह नगरी हरेक पलपलमा साथ दिनुभएको छ, उहाँहरुको बारेमा त कति लेख्नु छ कति! निस्वार्थ तरिकाले निरन्तर हामीलाई हरेक तहबाट सहयोग गर्ने आफन्ती, साथीभाइको लिस्ट धेरै लामो छ, उहाँहरु सबको बारेमा अनुमति लिएर लेख्नेछु । 

यो बीचको भोगाइले मलाई धेरैभन्दा धेरै बलियो बनाएको छ। त्यसै पनि मैले जीवनको महत्त्वपूर्ण कालखण्ड समाज र जनताप्रति समर्पित गराएर बिताएको छु, अब झन् परिवार र समाजप्रतिको मेरो दायित्वलाई मैले धेरै सशक्त र नवीन तरिकाले बहन गर्नेछु। 

मेरो कामसँग जोडिनुभएका धेरै जनालाई मेरो अभावले असर परेकोप्रति छिटोभन्दा छिटो लयमा फर्किने अपेक्षासहित क्षमाप्रार्थी छु। आज त आकाश पनि खुलेको जस्तो लागेको छ, विस्तारै हामी सुधारको चरणमा छौं।

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्