• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

आफैंले गठन गरेको आयोगले भ्रष्टाचार मुद्दा चलाउन सिफारिस गरेका झालाई ओलीले बनाए मन्त्री

64x64
दुर्गा दुलाल शुक्रबार, जेठ २१, २०७८  २२:११
1140x725

काठमाडौ- कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेका छन्। ओलीले यसपटक मधेशकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)को एक पक्षलाई सरकारमा ल्याएर मन्त्रीमण्डल पुनर्गठन गरेका हुन्। उनले आफ्नै पार्टी एमालेका पनि थुप्रै मन्त्री बदलेका छन्।

ओलीले जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षलाई १० मन्त्री दिएर सरकारमा ल्याएका छन्। जसपाबाट राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री बनेका छन्।

ओलीले आफ्नो सत्ता टिकाउनकै लागि मन्त्रीमण्डल पुनर्गठन गर्दा आफैंले गठन गरेको विराटनगर जुटमिल्स जाँचबुझ आयोगले भ्रष्टाचार ठहर गरेको व्यक्तिलाई समेत मन्त्री बनाएका छन्। ती 'भाग्यमानी' मन्त्री हुन्- अनिलकुमार झा। उनलाई ओलीले खानेपानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी दिएका छन्।

ओली सरकारले नै गठन गरेको आयोगले झालाई भ्रष्टाचारको आरोपमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो। तर, भ्रष्टाचारको मुद्दा चलाउन सिफारिस भएका झा ओली सरकारकै शक्तिशाली मन्त्री बनेर सिंहदबार भित्रिएका छन्। 

के थियो प्रतिवेदनमा?
सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले झाले मन्त्रीको हैसियतमा क्षेत्राधिकार बाहिर गएर जुट मिललाई घाटा पुर्‍याउने प्रयोजनका साथमा निर्णय गरेको ठहर गरेको थियो। नेपाल लाइभलाई प्राप्त गोप्य प्रतिवेदनमा २०६९ पुस २३ मा मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेर तत्कालीन उद्योगमन्त्री झाले गराएको निर्णय गैरकानुनी र गैरसंवैधानिक भएको प्रतिवेदनमा उल्लेख छ।

उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा गठन भएको आयोगले उद्योग मन्त्रालयमा बुझाएको प्रतिवेदनमा उच्च अदालतमा यससम्बन्धी विवाद विचाराधीन रहेकै अवस्थामा बद्नियत राखेर मन्त्री झाले मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेको उल्लेख छ। न्यायिक आयोगले तत्कालीन उद्योगमन्त्री झामाथि भ्रष्टाचार निवारण ऐनअनुसार अनुसन्धान गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउन सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ।

मन्त्री झाले जुट मिललाई लेखेको पत्रमा भनिएको थियो, ‘विराटनगर जुट मिलको हाताभित्र निजी स्वामित्वको जग्गामा निर्मित संरचनाको मूल्यांकन र सोको मुआब्जा निर्धारण गराई जग्गाधनीबाट लिएर ती घर टहराले चर्चेको जग्गासमेत जग्गाधनीलाई फिर्ता दिन अविलम्ब कारबाही टुंग्याइ मन्त्रालयलाई जानकारी दिनू।’

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन पुनरावेदन (हाल उच्च) अदालत विराटनगरमा जग्गा फिर्ता दिने विषयमा मुद्दा दायर भएको थियो। उक्त विवादमा अदालतले जग्गा फिर्ता दिने वा नदिने सम्बन्धमा आधार र कारण खोली निर्णय गर्नु भनी विराटनगर जुट मिल सञ्चालक समितिका नाममा आदेश गरेको थियो। तर, मन्त्री झाले अदालतको आदेश बेवास्ता गरी सञ्चालक समितिलाई समेत बाइपास गरेर निर्णय गरेका थिए। जग्गा फिर्ता दिने निर्णय गर्ने अधिकार मन्त्रीलाई नभएको अवस्थामा झाले कानुनविपरीत उक्त कार्य गरेकाले भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा चलाउन आयोगले अख्तियारलाई सिफारिस गरेको थियो।

‘आफूलाई अधिकार नभएको विषयमा अधिकार क्षेत्रबाहिर गई निर्णय गरी विराटनगर जुट मिललाई घाटा पुर्याउने कार्य विभागीय मन्त्री अनिलकुमार झाले गरेको देखिन्छ,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘यसरी विभागीय मन्त्रीले आफ्नो अधिकार क्षेत्र र कानुनी अधिकार नभएको विषयमा गरेको निर्णय भ्रष्टाचारजन्य कार्य हो, यसलाई न्यायसंगत मान्न सकिएन।’

पहिलो जुट मिल डुबाउन मन्त्री झाको हात 
नेपालकै पहिलो उद्योग विराटनगर जुट मिलमा भएको अनियमितता र सम्पत्ति दुरुयोगको छानविनका लागि गठन भएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले प्रतिवेदन २०७६ कात्तिकमा  बुझाएको थियो। आयोगले बुझाएको सो प्रतिवेदन सुरूको तीन महिना उद्योग मन्त्रालयको दराजमा थन्काइयो। तर, पछि तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले जोडबल गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाए। तर, उनी दोस्रोपटक मन्त्रीमण्डल पुनर्गठन हुँदा बाहिरिए। यादवले मन्त्रिपरिषद्‍बाट निर्णय गराएर जुट मिलको सम्पत्ति र अनियमितता खोज्न उच्च अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा आयोग गठन गरेका थिए।  आयोगले २०७६ असोजमा काम सकेर गरेर कात्तिकमा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो।

तत्कालीन उद्योगमन्त्री यादवले ठूलो दबाबका बीचमा उक्त उद्योगको सम्पत्ति दुरुपयोग छानविन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेका थिए। २०७५ चैत ११ गते मन्त्रिपरिषद्‍‍ बैठकको निर्णयबाट उच्च अदालतका न्यायाधीश पौडेलसहित पाँच सदस्यीय जाँचबुझ आयोग गठन भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त आयोगमा उच्च सरकारी वकिलको कार्यालय विराटनगरका सहन्यायाधिवक्ता भरतलाल शर्मा, सहमहालेखा नियन्त्रणक जनन्नाथ देवकोटा, जनककुमार बराल (विज्ञ) र जिल्ला प्रशासन कार्यालय मोरङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे सदस्यका रूपमा रहेका थिए। न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले तत्कालीन समयमा मन्त्रीले यसको गठन गरेका थिए। अन्य जाँचबुझ आयोगको  प्रतिवेदन मन्त्रालयले बुझ्ने र त्यसै हराउने भएकाले न्यायिक जाँचबुझ आयोग गठन गरिएको थियो। न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारका लागि बाध्यकारी हुन्छ। तर, यो प्रतिवेदन दुई वर्षदेखि अख्तियारको दराजमा थन्केर बसेको छ।

उक्त आयोगले २०७६ जेठ १७ गते काम प्रारम्भ गरेको थियो। सुरूमा एक महिना म्याद पाएको उक्त आयोगले मन्त्रिपरिषद्‍बाकट थप एक महिना समय पाएको थियो। म्याद समाप्त हुनुअघि नै तत्कालीन मन्त्री यादवलाई आयोगले प्रतिवेदन बुझाएको थियो। यादव मन्त्रिपरिषद्‍बातट बाहिरिने निश्चित भएपछि आयोगको प्रतिवेदन मन्त्रालयको एक दराजमा थन्काउन खोजेको थियो। तर, उनले अख्तियारलाई प्रतिवेदन पठाउँदै प्रधानमन्त्री कार्यालयलाई समेत एक प्रति बुझाएका थिए। उनीपछि उक्त मन्त्रालयको जिम्मवारीमा तत्कालीन नेकपा (माओवादी केन्द्रबाट. हाल नेकपा एमालेमा प्रवेश गरेका)का लेखराज भट्ट आए। उनी दोस्रोपटकको पुनर्गठनमा परे पनि सर्वोच्चले मन्त्री हुन नपाउने भनी अन्तरिम आदेश जारी भएपछि बाहिरिए।

आयोगले देखेको अनियमितता 
जाँझबुझ आयोगले तयार गरेको प्रतिवेदनमा जुटमिलको सेयर, सम्पत्ति/जग्गा अतिक्रमण, चल/अचल सम्पत्ति समाप्त पार्ने कार्य भएको ठहर गरिएको छ। आयोगले जुट मिल सञ्चालनका नाममा गठन भएका सबै समितिले सरकारी जग्गा, सेयर र सम्पत्ति हडप्ने प्रयासमात्र गरेको उल्लेख गरेको छ। मिल सञ्चालनका नाममा गठन भएका सबै समितिका पदाधिकारीमाथि प्रतिवेदनले कारबाही सिफारिस गरेको छ।

आयोगको प्रतिवेदनमा हालका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खरिद गरेको सेयर, तत्कालीन उद्योगमन्त्री तथा राजपाका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले वितरण गरेको जग्गादेखि प्रबन्ध सञ्चालक भएका निलहरि काफ्लेसम्मको कारबाहीले राज्यको सम्पत्ति नोक्सान पुगेको ठहर गरेको थियो।

वि.सं. १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिलको सम्पत्ति हाल १५ अर्ब रूपैयाँ बराबर छ। बन्द उद्योगको यही सम्पत्तिमाथि चलखेल गर्न विभिन्न समयमा भएका कार्यबारेमा आयोगले आफ्नो प्रतिवेदनमा समेटेको छ।

चलचित्र निर्माता काफ्लेलाई २०७२ सालमा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका थिए। उनी सञ्चालक समिति सदस्य हुँदै जुट मिललाई हडप्न आफैं गैरकानुनी रूपमा मध्यस्थकर्तासम्म भएको प्रतिवेदनमा उल्लेख छ।  बस्नेतको नाम आउनसक्ने भन्दै प्रधानमन्त्री ओलीले लामो समयसम्म आयोगको प्रतिवेदन आउन नदिइ रोक्दै आए पनि तत्कालीन मन्त्री यादवले निर्णय गराएका थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्