काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले चुनाव निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्नुपर्ने बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान १ः४९ बजे प्रतिनिधि सभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राप्रपा अध्यक्ष थापाले ब्रम्हलुट र सर्वसत्तावादलाई चुनावबाट पराजित गर्नुपर्ने उल्लेख गरेका हुन्।
प्रतिनिधि सभा विघटन र चुनावको घोषणालाई सबैजसो दल र नेताहरुले असंवैधानिक भन्दै विरोध गरेपनि राप्रपा अध्यक्ष थापा भने चुनावको पक्षमा देखिएका हुन्।
उनले सामाजिक सञ्जालमा अवको कार्यदिशा भन्दै पाँच बुँदा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।