काठमाडाै– सबै राजनीतिक दलले मिलेर संसद विघटनको प्रतिवाद गर्नुपर्ने नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन्।
मध्यरातमा भएको मध्याबधी घोषणालाई कोतपर्बको अर्को शृंखलाको संज्ञा दिँदै नेता केसीले यसको विरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँ लड्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री र राष्ट्रपतिको कदम संविधान र लोकतन्त्रमाथि कै प्रहार भएको उनको भनाइ छ।
प्रतिनिधिसभा विघटनले अराजकता, अस्थीरता र निरंकुशता प्रारम्भ गर्ने भन्दै कोरोनाको यो महामारीबीच निर्वाचनको सम्भावना नै नरहेको बताएका छन्।
यस्तो अवस्थामा चुनावको घोषणा गर्नु भनेको कोरोनाको तेस्रो लहरको मारमा जनतालाई धकेल्ने कुचेष्टा भएको उनको भनाइ छ। ।
नेपाली कांग्रेस चुनावदेखि नडराउने भन्दै उनले विधिसंगत हुने चुनावलाई सधैं स्वीकार्ने बताए।
अहिले चुनावको नाममा हुने अनावश्यक खर्च खोप खरिदमा लगाउनु पर्नेसमेत उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।