फाइल तस्वीर
काठमाडौं- प्रतिनिधि सभा विघटनपछिको विषयमा समान धारणा तय गर्न पाँच पार्टीको संयुक्त बैठक आयोजना गरिएको छ।
कांग्रेस, माओवादी केन्द्र, एमालेबाट विद्रोह गरेको माधवकुमार नेपालपक्ष, जसपाको डा बाबुराम भट्टराई र उपेन्द्र यादवपक्ष तथा राष्ट्रिय जनमोर्चाको बैठक बस्न लागेको हो। बैठक शनिबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए।
बैठकले पछिल्लो परिस्थितिको विषयमा समान धारणा तय गर्ने बताइएको छ। बैठकपछि भन्डाफोर कार्यक्रम सार्वजनिक गर्ने, प्रेस रिलिज निकाल्ने तथा कानुनी उपचार खोजिने लगायतका निर्णय हुने बताइएको छ।
शनिबार बिहान मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि यी दलहरुले विरोध जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।