• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कहिले होला कोरोना-त्रासको अन्त्य !

गरिमा ढकाल शनिबार, जेठ २२, २०७८  १६:००
1140x725

३१ डिसेम्बर, सन् २०१९ मा चीनले हुवेइ प्रान्तको वुहान सहरमा धेरै मानिसमा निमोनियाको प्रकोप देखिएको सूचना विश्व स्वास्थ्य सङ्‍गठनलाई दियो। त्यो बेला निमोनियाको सही कारण पत्ता लागेको थिएन।

सन् २०२० जनवरीमा निमोनिया लागेको मानिसहरुको नमूना सङ्‍कलनबाट नयाँ भाइरस पत्ता लाग्यो। त्यो भाइरसलाई सुरुआतमा नोबेल कोरोना भाइरस भनियो। साथै वैज्ञानिकहरुको अनुसन्धानबाट प्रकोपको कारण नोबेल कोरोना भाइरस भएको तथ्य पत्ता लाग्यो। यो भाइरसलाई सार्स कोभ-२ भनी नामाकरण गरी सम्बन्धित रोगलाई कोभिड-१९ भनियो।

चीनको वुहानमा ह्वात्तै फैलिएको कोरोनाभाइरसले विश्वभर महामारीकोे रुप लिन सक्छ भन्ने कसैलाई पत्तो र मतलब थिएन। तर, त्यसको केही समयमा नै एकपछि अर्को गर्दै विभिन्न देशका सहरहरुमा यो रोग फैलिन थाल्यो। नेपालमा पनि २३ जनवरी २०२० मा पहिलो सङ्‍क्रमित भेटिएका थिए। विश्व स्वास्थ्य संगठनले ११ मार्च २०२० मा कोभिड-१९ लाई ‘प्यान्डेमिक’ अर्थात् विश्व महामारीको रुपमा घोषणा गरेको थियो।

डेढ वर्ष बितिसक्दा पनि विश्व कोरोना महामारीको संकटमै छ। कोरोना अझै केही वर्ष हराएर शून्य हुने स्थिति देखिँदैन। यो त झन् उग्र भएर विभिन्न रुपमा फैलिँदै गएको देखिएको छ।

रुप फेर्दै, विकराल हुँदै फैलिएको कोरोनाले मानिसलाई झन् त्रसित बनाएको छ। मानिसहरुलाई अहिले यो महामारीको अन्त्य कहिले होला भन्ने त्रास र प्रश्नले चिन्तित तुल्याएको छ। यो प्रश्न स्वाभाविक नै हो भनेर मान्न सकिन्छ। 

नेपालमा अहिले कोरोनाको दोस्रो लहर चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ र दोस्रो लहरमा संक्रमित र मृतकको संख्यामा पनि वृद्धि भइरहेको छ। 

सन् २०१९, चीनबाट सुरुआत भएको कोरोना भाइरसको पहिलो लहर विभिन्न देशमा फैलिँदै यसले अमेरिका, इटाली, स्पेनजस्ता देशहरुमा भयानक रुप लिएको थियो। दिनहुँ लाखौ सङ्‍क्रमित भेटिन्थे भने हजारौंको ज्यान जान्थ्यो। नेपाल यसबाट अछुतो रहन नसके पनि यसले नेपालमा अरु देशहरुमा जस्तै भयानक रुप लिएको अवस्था थिएन। तर, दोस्रो लहरले नेपालसहित छिमेकी मुलुक भारत नराम्रोसँग प्रभावित बनिरहेको छ। 

भाइरस यस्तो जीव हो, जो जीवित प्राणीबाहेक अरु निर्जीव र बाहिरी वातावरणमा लामो समय जीविकोपार्जन गर्न सक्दैन। तसर्थ, यसको निराकरणका लागि भ्याक्सिनको महत्त्वपूर्ण भूमिका हुन्छ। भ्याक्सिनको उपलब्धता नहुँदासम्म मानिसले भाइरस स‌क्रमण रोकथामका उपायहरु आफैंले सकेसम्म अपनाउनुपर्दछ। यस्ता महामारी नियन्त्रणका लागि भ्याक्सिनहरु आविष्कार हुँदै आएका छन् र धेरै खालका यस्ता संक्रामक रोगहरु निर्मुल भएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

विश्वका वैज्ञानिकहरुले एक वर्ष नपुग्दै कोरोना विरुद्धका विभिन्न भ्याक्सिनको आविष्कार गरे। भ्याक्सिनमा सफलता पाएसँगै विश्वबाटै भाइरसको अन्त्य हुने आशा पलायो। विश्व स्वास्थ्य सङ्‍गगठनको अनुमति पाएपछि भ्याक्सिनेशनको सुरुआत झन्डै एकैसाथ गरियो। नेपालमा पनि २०७७ साल माघ १४ गतेदेखि भ्याक्सिनेसनको सुरुआत भयो।

सन् २०२० डिसेम्बरमा कोरोना भाइरसको युकेमा बि.१.१७ भेरियन्ट पत्ता लाग्यो। यसरी विभिन्न देशमा विभिन्न भेरियन्टका भाइरसहरु भेटिदैं गए। यी नयाँ भेरियन्टमा भने साबिकको भ्याक्सिनको दक्षता घटेको पाइन्छ।

यी नयाँ भेरियन्टकै कारण विश्वमा फेरि कोरोना महामारीको दोस्रो लहरको सुरुआत भएको हो। यसले विश्वलाई अझै युद्धरत र शिथिल बनाउँदै लगेको प्रतीत हुन्छ। नेपालको छिमेकी देश भारतमा पछिल्लो चरणमा कोरोनाको यही नयाँ भेरियन्टले महामारीको रुप लिएको हो।

भारतमा अहिले बिरामीको लागि अत्यावश्यक अक्सिजन समेतको अभाव भएको छ। नेपालमा पनि नयाँ भेरियन्टको संक्रमण दर र मृत्युदर दिनहुँ बढेको छ। यहाँ पनि अक्सिजनको अभाव भइरहेको छ। दोस्रो लहर चलेको केही समययता दैनिक ८ हजार हाराहारीमा संक्रमित भेटिए भने दैनिक २०० भन्दा बढीको हाराहारीमा मानिसहरुको मृत्यु भए। पछिल्ला दिनमा भने परीक्षण संक्रमितको संख्या  र मृत्यु संख्या केही घटेको देखिन्छ। यो नयाँ भेरियन्ट पहिलेको भन्दा बढी सङ्‍क्रमित र खतरनाक भएको पाइएको छ।

कोरोना भाइरसको पहिलो लहर फैलिँदा विभिन्न देशहरुमा मानिसहरुको आवतजावत र भिडभाडलाई नियन्त्रण गर्न लकडाउन गरिएको थियो।

लकडाउन गर्नुको मुख्य उद्देश्य सङ्‍क्रमणको 'चेन ब्रेक' गर्नु हो। तर, यही लकडाउनको कारणले मानिसको जीवन अस्तव्यस्त बन्दै गयो। धेरै मानिसले रोजगारी गुमाउनुपर्‍यो। कतिपय विद्यार्थीहरुले आ-आफ्नो निवासवाटै अनलाइन मार्फत कक्षा लिए भने कतिले पढाइ छाड्नु पर्ने अवस्था आइलाग्यो। मनिसहरु एक आपसमा भेटघाट गर्न र जमघट हुन नपाएका कारण एक किसिमको मानसिक तनावको अवस्था. भय, डर र छटपटी आउन सक्ने खतरालाई धेरैले नजरअन्दाज गरेको अवस्था पनि देखियो।

पहिलो लहरको सङ्‍क्रमितको दर कम हुँदै गर्दा र भ्याक्सिनको आविष्कारले मानिसहरु पहिलेकै दिनचर्यामा लगभग फर्किएका थिए। तर, यो धेरै दिन टिकेन।

पहिलो लहरको दर घट्दै जान लागेको र सामाजिक जीवन राम्रो बन्दै गरेको केही महिनामै दोस्रो लहरको सुरुआत भयो। दोस्रो लहर पनि साबिकको जस्तै भयावह भएकोे कारणले लकडाउन गर्नुपर्ने अवस्था फेरि सिर्जना भयो। यो दोस्रो लकडाउनले मानिसलाई झन् अत्याएको छ। यसरी नयाँ भेरियन्ट आउँदै जाने हो भने कहिले हुन्छ त कोरोना भाइरसको अन्त्य भन्ने प्रश्नले सबैमा बेचैनी बढाएको छ।

इतिहासलाई अध्ययन गर्ने हो भने अहिलेसम्म कोरोना भाइरसमात्र महामारीको रुपमा फैलिएको पहिलो भाइरस होइन। बीसौँ शताब्दीमा स्पेनिस फ्लू, एच १ एन १ इन्फ्लूएन्जा भाइरस पनि महामारीको रुप लिएको थियो।

सन् १९१८मा सुरुआत भएको स्पेनिस फ्लुको कारणले विश्वभर ५० करोड मानिसको ज्यान गएको थियो। झन् त्यो बेला अहिलेको जस्तो विज्ञान र प्रविधिको विकास भएको थिएन।

अस्पतालमा उपाचारका लागि अहिलेको जस्तो नयाँ पूर्वधारको विकास भएको थिएन। सन् १९१८ मा सुरुआत भएको स्पेनिस फ्लुको महामारी, सन् १९२० को बीचतिरबाट बल्ल घट्न थाल्यो। यो फ्लुको अन्त्य हुनुको कारण धेरै मानिस सङ्‍क्रमित भएर र त्यसविरुद्ध विकास भएको रोग प्रतिरोधात्मक क्षमता मात्र होइन। मानिसले यसको रोकथामका लागि अपनाएको उपाय पनि हो।

तसर्थ इतिहासका विभिन्न कालखण्डमा आएका महामारी जस्तै यो महामारीको पनि अवश्य अन्त्य हुनेछ। भ्याक्सिनको विकाससँगै यो भाइरसको अन्त्य सम्भव छ। कोरोनाको सुरुआती भाइरसविरुद्ध वैज्ञानिकहरुले भ्याक्सिनको आविष्कार गरे भने पछि पनि नयाँ भ्यरियन्टविरुद्ध भ्याक्सिनको आविष्कार गर्ने छन्। त्यसबेलासम्म नागरिक आफैं सचेत र सजग हुन जरुरी छ। स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पालनामा गम्भीर बन्ने हो भने धेरै हदसम्म यस्ता महामारीबाट बच्न सकिन्छ।

साबुन पानीले नियमित हात धुने, मास्कको नियमित प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने, समाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने अथवा भीडभाड भएको ठाउँमा नजाने लगायतका स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालन गर्न सकेमा भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर कम हुँदै जान्छ। अन्ततः भाइरसको न्यूनीकरण हुन गई निर्मुल हुन समय लाग्दैन। त्यसैले भाइरसबाट छुट्कारा पाउन आफ्नो ठाउँबाट पनि सक्दो प्रयत्न गरौं। 

(ढकाल महाराजगञ्ज मेडिकल क्याम्पसमा बीएससी एमएलटी तेस्रो वर्षमा अध्ययनरत छिन्।)

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
साउनमा मात्रै एक खर्ब ८७ अर्बको सामान आयात गर्दा ३८ अर्बको निर्यात
भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
साउनमा मात्रै एक खर्ब ८७ अर्बको सामान आयात गर्दा ३८ अर्बको निर्यात शनिबार, भदौ ६, २०८३
भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब शनिबार, भदौ ६, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी शनिबार, भदौ ६, २०८३
नक्कली र झुटा प्रतिवेदन बनाउने सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरे भ्रष्टाचार मुद्दा चल्छ शनिबार, भदौ ६, २०८३
उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्