• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कहिले होला कोरोना-त्रासको अन्त्य !

गरिमा ढकाल शनिबार, जेठ २२, २०७८  १६:००
1140x725

३१ डिसेम्बर, सन् २०१९ मा चीनले हुवेइ प्रान्तको वुहान सहरमा धेरै मानिसमा निमोनियाको प्रकोप देखिएको सूचना विश्व स्वास्थ्य सङ्‍गठनलाई दियो। त्यो बेला निमोनियाको सही कारण पत्ता लागेको थिएन।

सन् २०२० जनवरीमा निमोनिया लागेको मानिसहरुको नमूना सङ्‍कलनबाट नयाँ भाइरस पत्ता लाग्यो। त्यो भाइरसलाई सुरुआतमा नोबेल कोरोना भाइरस भनियो। साथै वैज्ञानिकहरुको अनुसन्धानबाट प्रकोपको कारण नोबेल कोरोना भाइरस भएको तथ्य पत्ता लाग्यो। यो भाइरसलाई सार्स कोभ-२ भनी नामाकरण गरी सम्बन्धित रोगलाई कोभिड-१९ भनियो।

चीनको वुहानमा ह्वात्तै फैलिएको कोरोनाभाइरसले विश्वभर महामारीकोे रुप लिन सक्छ भन्ने कसैलाई पत्तो र मतलब थिएन। तर, त्यसको केही समयमा नै एकपछि अर्को गर्दै विभिन्न देशका सहरहरुमा यो रोग फैलिन थाल्यो। नेपालमा पनि २३ जनवरी २०२० मा पहिलो सङ्‍क्रमित भेटिएका थिए। विश्व स्वास्थ्य संगठनले ११ मार्च २०२० मा कोभिड-१९ लाई ‘प्यान्डेमिक’ अर्थात् विश्व महामारीको रुपमा घोषणा गरेको थियो।

डेढ वर्ष बितिसक्दा पनि विश्व कोरोना महामारीको संकटमै छ। कोरोना अझै केही वर्ष हराएर शून्य हुने स्थिति देखिँदैन। यो त झन् उग्र भएर विभिन्न रुपमा फैलिँदै गएको देखिएको छ।

रुप फेर्दै, विकराल हुँदै फैलिएको कोरोनाले मानिसलाई झन् त्रसित बनाएको छ। मानिसहरुलाई अहिले यो महामारीको अन्त्य कहिले होला भन्ने त्रास र प्रश्नले चिन्तित तुल्याएको छ। यो प्रश्न स्वाभाविक नै हो भनेर मान्न सकिन्छ। 

नेपालमा अहिले कोरोनाको दोस्रो लहर चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ र दोस्रो लहरमा संक्रमित र मृतकको संख्यामा पनि वृद्धि भइरहेको छ। 

सन् २०१९, चीनबाट सुरुआत भएको कोरोना भाइरसको पहिलो लहर विभिन्न देशमा फैलिँदै यसले अमेरिका, इटाली, स्पेनजस्ता देशहरुमा भयानक रुप लिएको थियो। दिनहुँ लाखौ सङ्‍क्रमित भेटिन्थे भने हजारौंको ज्यान जान्थ्यो। नेपाल यसबाट अछुतो रहन नसके पनि यसले नेपालमा अरु देशहरुमा जस्तै भयानक रुप लिएको अवस्था थिएन। तर, दोस्रो लहरले नेपालसहित छिमेकी मुलुक भारत नराम्रोसँग प्रभावित बनिरहेको छ। 

भाइरस यस्तो जीव हो, जो जीवित प्राणीबाहेक अरु निर्जीव र बाहिरी वातावरणमा लामो समय जीविकोपार्जन गर्न सक्दैन। तसर्थ, यसको निराकरणका लागि भ्याक्सिनको महत्त्वपूर्ण भूमिका हुन्छ। भ्याक्सिनको उपलब्धता नहुँदासम्म मानिसले भाइरस स‌क्रमण रोकथामका उपायहरु आफैंले सकेसम्म अपनाउनुपर्दछ। यस्ता महामारी नियन्त्रणका लागि भ्याक्सिनहरु आविष्कार हुँदै आएका छन् र धेरै खालका यस्ता संक्रामक रोगहरु निर्मुल भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

विश्वका वैज्ञानिकहरुले एक वर्ष नपुग्दै कोरोना विरुद्धका विभिन्न भ्याक्सिनको आविष्कार गरे। भ्याक्सिनमा सफलता पाएसँगै विश्वबाटै भाइरसको अन्त्य हुने आशा पलायो। विश्व स्वास्थ्य सङ्‍गगठनको अनुमति पाएपछि भ्याक्सिनेशनको सुरुआत झन्डै एकैसाथ गरियो। नेपालमा पनि २०७७ साल माघ १४ गतेदेखि भ्याक्सिनेसनको सुरुआत भयो।

सन् २०२० डिसेम्बरमा कोरोना भाइरसको युकेमा बि.१.१७ भेरियन्ट पत्ता लाग्यो। यसरी विभिन्न देशमा विभिन्न भेरियन्टका भाइरसहरु भेटिदैं गए। यी नयाँ भेरियन्टमा भने साबिकको भ्याक्सिनको दक्षता घटेको पाइन्छ।

यी नयाँ भेरियन्टकै कारण विश्वमा फेरि कोरोना महामारीको दोस्रो लहरको सुरुआत भएको हो। यसले विश्वलाई अझै युद्धरत र शिथिल बनाउँदै लगेको प्रतीत हुन्छ। नेपालको छिमेकी देश भारतमा पछिल्लो चरणमा कोरोनाको यही नयाँ भेरियन्टले महामारीको रुप लिएको हो।

भारतमा अहिले बिरामीको लागि अत्यावश्यक अक्सिजन समेतको अभाव भएको छ। नेपालमा पनि नयाँ भेरियन्टको संक्रमण दर र मृत्युदर दिनहुँ बढेको छ। यहाँ पनि अक्सिजनको अभाव भइरहेको छ। दोस्रो लहर चलेको केही समययता दैनिक ८ हजार हाराहारीमा संक्रमित भेटिए भने दैनिक २०० भन्दा बढीको हाराहारीमा मानिसहरुको मृत्यु भए। पछिल्ला दिनमा भने परीक्षण संक्रमितको संख्या  र मृत्यु संख्या केही घटेको देखिन्छ। यो नयाँ भेरियन्ट पहिलेको भन्दा बढी सङ्‍क्रमित र खतरनाक भएको पाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोरोना भाइरसको पहिलो लहर फैलिँदा विभिन्न देशहरुमा मानिसहरुको आवतजावत र भिडभाडलाई नियन्त्रण गर्न लकडाउन गरिएको थियो।

लकडाउन गर्नुको मुख्य उद्देश्य सङ्‍क्रमणको 'चेन ब्रेक' गर्नु हो। तर, यही लकडाउनको कारणले मानिसको जीवन अस्तव्यस्त बन्दै गयो। धेरै मानिसले रोजगारी गुमाउनुपर्‍यो। कतिपय विद्यार्थीहरुले आ-आफ्नो निवासवाटै अनलाइन मार्फत कक्षा लिए भने कतिले पढाइ छाड्नु पर्ने अवस्था आइलाग्यो। मनिसहरु एक आपसमा भेटघाट गर्न र जमघट हुन नपाएका कारण एक किसिमको मानसिक तनावको अवस्था. भय, डर र छटपटी आउन सक्ने खतरालाई धेरैले नजरअन्दाज गरेको अवस्था पनि देखियो।

पहिलो लहरको सङ्‍क्रमितको दर कम हुँदै गर्दा र भ्याक्सिनको आविष्कारले मानिसहरु पहिलेकै दिनचर्यामा लगभग फर्किएका थिए। तर, यो धेरै दिन टिकेन।

पहिलो लहरको दर घट्दै जान लागेको र सामाजिक जीवन राम्रो बन्दै गरेको केही महिनामै दोस्रो लहरको सुरुआत भयो। दोस्रो लहर पनि साबिकको जस्तै भयावह भएकोे कारणले लकडाउन गर्नुपर्ने अवस्था फेरि सिर्जना भयो। यो दोस्रो लकडाउनले मानिसलाई झन् अत्याएको छ। यसरी नयाँ भेरियन्ट आउँदै जाने हो भने कहिले हुन्छ त कोरोना भाइरसको अन्त्य भन्ने प्रश्नले सबैमा बेचैनी बढाएको छ।

इतिहासलाई अध्ययन गर्ने हो भने अहिलेसम्म कोरोना भाइरसमात्र महामारीको रुपमा फैलिएको पहिलो भाइरस होइन। बीसौँ शताब्दीमा स्पेनिस फ्लू, एच १ एन १ इन्फ्लूएन्जा भाइरस पनि महामारीको रुप लिएको थियो।

सन् १९१८मा सुरुआत भएको स्पेनिस फ्लुको कारणले विश्वभर ५० करोड मानिसको ज्यान गएको थियो। झन् त्यो बेला अहिलेको जस्तो विज्ञान र प्रविधिको विकास भएको थिएन।

अस्पतालमा उपाचारका लागि अहिलेको जस्तो नयाँ पूर्वधारको विकास भएको थिएन। सन् १९१८ मा सुरुआत भएको स्पेनिस फ्लुको महामारी, सन् १९२० को बीचतिरबाट बल्ल घट्न थाल्यो। यो फ्लुको अन्त्य हुनुको कारण धेरै मानिस सङ्‍क्रमित भएर र त्यसविरुद्ध विकास भएको रोग प्रतिरोधात्मक क्षमता मात्र होइन। मानिसले यसको रोकथामका लागि अपनाएको उपाय पनि हो।

तसर्थ इतिहासका विभिन्न कालखण्डमा आएका महामारी जस्तै यो महामारीको पनि अवश्य अन्त्य हुनेछ। भ्याक्सिनको विकाससँगै यो भाइरसको अन्त्य सम्भव छ। कोरोनाको सुरुआती भाइरसविरुद्ध वैज्ञानिकहरुले भ्याक्सिनको आविष्कार गरे भने पछि पनि नयाँ भ्यरियन्टविरुद्ध भ्याक्सिनको आविष्कार गर्ने छन्। त्यसबेलासम्म नागरिक आफैं सचेत र सजग हुन जरुरी छ। स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पालनामा गम्भीर बन्ने हो भने धेरै हदसम्म यस्ता महामारीबाट बच्न सकिन्छ।

साबुन पानीले नियमित हात धुने, मास्कको नियमित प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने, समाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने अथवा भीडभाड भएको ठाउँमा नजाने लगायतका स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालन गर्न सकेमा भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर कम हुँदै जान्छ। अन्ततः भाइरसको न्यूनीकरण हुन गई निर्मुल हुन समय लाग्दैन। त्यसैले भाइरसबाट छुट्कारा पाउन आफ्नो ठाउँबाट पनि सक्दो प्रयत्न गरौं। 

(ढकाल महाराजगञ्ज मेडिकल क्याम्पसमा बीएससी एमएलटी तेस्रो वर्षमा अध्ययनरत छिन्।)

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्