काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बिहीबार भएको वार्ताले परिस्थितिलाई सकारात्मक दिशा दिएको बताएका छन् ।
नेता भट्टराईले सामाजिक सञ्जालमार्फतमा एक सन्देश लेख्दै पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न तथा आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गर्न पनि आग्रह गरेका छन् ।
‘पार्टी एकता सबैको चाहना हो । आज (बिहीबार) अध्यक्ष कमरेड केपी ओली र वरिष्ठ नेता कमरेड माधवकुमार नेपालको बीचमा भएको वार्ताले परिस्थितिलाइृ सकारात्मक दिशा दिएको छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेता भट्टराईले पार्टी एकतालाई कमजोर पार्ने काम नगर्न पनि नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । ‘आजको थालनीलाई तार्किक निष्कर्षमा पुर्याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गरौं । एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौं । धैर्य गरौं,’ भट्टराईले लेखेका छन् ।
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बिहीबार दिउँसो क्याप्टेन रामेश्वर थापाको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गतको चपलीस्थित घरमा भेटवार्ता भएको थियो ।
उक्त भेटमा ६ बुँदे सहमति जुटेको नेताहरुले जानकारी दिएका छन् ।
पार्टी एकता सबैको चाहना हो । आज अध्यक्ष कमरेड केपी ओली र बरिस्ठ नेता कमरेड माधवकुमार नेपालका बिचमा भएको वार्ताले...
Posted by Yogesh Bhattarai on Thursday, May 13, 2021
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।