• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड-१९ बाट सिकिस्त बिरामीलाई सहयोग गर्न ‘अक्सिजन बैंक’

64x64
पुष्पा केसी शुक्रबार, वैशाख २४, २०७८  २०:५२
1140x725

काठमाडौं- कोरोना भाइरस संक्रमण दोस्रो लहर सुरू भएसँगै नेपालमा पनि अक्सिजनको अभाव देखिएको छ। भारतमा अक्सिजन अभावकै कारण हजरौं कोरोना संक्रमितले ज्यान गुमाइरहेका बेला नेपालमा पनि अक्सिजन अभाव देखिएको हो।

सरकारले अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न निर्देशन दिएको थियो। तर, उद्योगहरूमा अझै अक्सिजन सिलिण्डर प्रयोग भइरहेको भन्दै तत्काल फिर्ता गर्न स्वास्थ्य मन्त्रालयले उद्योगीहरूलाई फेरि निर्देशन दिएको छ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजन अभाव भएपछि विभिन्न व्यक्ति र संघ/संस्थाले स्वतः स्फूर्त रूपमा अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिदिन थालेका छन्।

यसैबीच ‘हाम्रो सानो प्रयास’, ‘हाम्रो टिम नेपाल’, ‘इन्स्टिच्युट फर नेपाल’ र ‘समानुभूति नेपाल’ले कोभिड-१९ बाट अति सिकिस्त बिरामीहरूका लागि ‘अक्सिजन बैंक’ सुरू गरेका छन्। अघिल्लो पटकको लकडाउनमा मजदुरलाई खाना खुवाउन सक्रिय उनीहरू अहिले  अक्सिजन जुटाउन लागेका हुन्। 

‘अक्सिजनको अभाव देखिएकाले यसको प्रयास थाल्न धेरैले सुझाव दिए। र, त्यही सुझाव र मागका कारण ‘अक्सिजन बैंक’ सुरू गरेका हौं,’ हाम्रो सानो प्रयासका संयोजक पुकार बम बताउँछन्। खाली सिलिण्डर जम्मा गर्ने त्यसमा अक्सिजन भरेर चिकित्सकको सिफारिसका आधारमा बिरामीलाई उपलब्ध गराउने काम गरिरहेको उनले बताए।

‘जसले सक्नुहुन्छ, उहाँहरूले खाली सिलिण्डर हामीलाई दिनुहुन्छ। केही हामी किन्छौं पनि। खाली सिलिण्डरमा अक्सिजन भरेर डाक्टरको सिफारिसका आधारमा बिरामीलाई उपलब्ध गराउदैं आएका छौं,’ बमले भने।

यो समूहले अस्पतालबाट डिस्चार्ज हुँदा अक्सिजना जरूरी पर्ने बिरामीको हकमा पनि सिलिण्डर उपलब्ध गराउँदै आएको छ। त्यसका लागि पनि डाक्टरको सिफारिस नै मुख्य आधार हो।

nimb
nimb
Ncell 2
Ncell 2

काठमाडौंमा आइतबारदेखि सुरू भएको ‘अक्सिजन बैंक’ बुधबारबाट बागलुङमा पनि सुरू भएको छ। त्यस्तै बुटवलमा मंगलबारदेखि र हाम्रो सानो प्रयासमा जोडिएका सातवटै प्रदेशका प्रतिनिधिले अन्य स्थानमा पनि प्रयास थालेका छन्। सुरूमा गाह्रो भए पनि अगाडि बढ्दै गयो भने स्थानीय सरकारले सहयोग गर्दै जाने संयोजक बमको छ।

आइतबारबाट सुरू गरिएको अक्सिजन बैंकले मंगलबारसम्म ४०/४५ वटासम्म सिलिण्डर बिरामीलाई उपलब्ध गराएको छ। दिनमा सयदेखि डेढ सयभन्दा बढी सिलिण्डर उपलब्ध गराउने उनीहरूको योजना छ।

‘किन्छु भन्दा पनि अक्सिजन सिलिण्डर पाउन गाह्रो भएको छ,’ बमको अनुभव छ, ‘कालोबजारी बढिरहेको छ। सरकारले हामीसँग बेडको अभाव छैन भन्दै तथ्यांक दिन्छ। तर, हामी विभिन्न अस्पतालमा दौडिरहेका छौं। अस्पतालमै पुगेर काम गरिरहेका छौं। कुनै पनि अस्पतालमा बेड पाउन गाह्रो छ।’

कोरोना संक्रमणपछि निको भएकासँग पनि उनीहरूले अक्सिजन सिलिण्डरका लागि आग्रह गर्दै आएका छन्। आठ महिनाअघि कोरोना संक्रमणबाट श्रीमती गुमाएका व्यक्तिले अक्सिजन बैंकको पोस्ट देखेर सिलिण्डर उपलब्ध गराएका छन्। बुझ्नेहरूले आफूसँग भएका सिलिण्डर आफैं सम्पर्क गरेर दिइरहेका छन् भने केही उनीहरूले किनिरहेका छन्।

सरकारसँग माग्न भन्दा पनि सरकारलाई नै सहयोग गर्न जाँदा सरकारी अधिकारीबाट उनीहरूले कुनै प्रतिक्रिया पाएका छैनन्।

‘उहाँहरूले हामीसँग सहयोग लिन चाहिररहनुभएको छैन। किनभने त्यो त जिम्मेवारी हो। दिनमा सयौं फोन आउँछ। तर, त्यो जिम्मेवारी लिन उहाँहरू तयार हुनुहुन्न,’ बम भन्छन्, ‘अहिले पनि स्वास्थ्य मन्त्रालयमा बेलुका ५ बजे जानुभयो भने सबै बन्द भइसकेको हुन्छ।’

नागरिकले पनि सामूहिक तवरबाट गर्नसक्ने सहयोगका लागि पहल गर्नुपर्नेमा उनको जोड छ। 

‘केही गरौं न’ बाट सुरू भएको अभियान
गत वर्ष कोरोना महामारीले नै जन्माएको हो, ‘हाम्रो सानो प्रयास नेपाल’। त्यतिबेलाको लकडाउनमा हिँडेरै घर जाने मानिसको संख्या ठूलो थियो। तीन/चार सय किलोमिटर हिँडेरै मानिस घर जाँदै थिए। त्यहीबेला मीनबहादुर भामलगायतले ‘केही गरौं न’ यो बेला भन्ने छलफल गरे। 

चैत १४/१५ गतेदेखि अरू केही गर्न नसके पनि पैदल हिँडेर घर जान लागेकाहरूलाई एक छाक तातो खाना खुवाउने निधो भयो। पहिलो दिन प्याकिङ खाना एक छाक जगातीको जंगलबाट कम्तीमा ८० देखि १०० जनासम्मलाई खुवाए। खाना एक हप्तामात्रै खुवाउने भनिएको थियो।

‘त्यो भन्दा धेरै गर्नसक्ने क्षमता हामीसँग थिएन। तर, आन्तरिक रूपमा अन्य साथीहरूले सहयोग गर्दै गएपछि विभिन्न स्थानीय सरकार पनि जोडिन आए,’ बम आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘त्यसरी खाना खुवाउने अभियान सातवटै प्रदेशमा सुरू भयो।’

अहिले देशभर आमा समूह र युवा समूह गरेर २५० भन्दा बढी संघसंस्था यो सञ्जालमा जोडिएका छन्। चार हजारभन्दा बढी स्वयंसेवक यस अभियानमा जोडिएका छन् भने छ लाखभन्दा बढीले विभिन्न सहयोग गरेको बम बताउँछन्।

सुरूमा निःशुल्क खाना खुवाउने, राहत वितरण र घर जानेहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याइदिनेमा अभियान केन्द्रित थियो। लकडाउनमा उनीहरूले एकै दिन चार/पाँच हजारसम्मलाई खाना खुवाउने काम गरे। तर, पछि यही संस्था शिक्षा र जनचेतनाको क्षेत्रमा पनि लाग्यो।

केही महिनाअघि ‘इनफ इज इनफ’ को आन्दोलनमा बम आफैं पनि जोडिए। कोरोना महामारीमा सरकारले उदासीनता देखाएको भन्दै सत्याग्रह पनि बसे। अहिले पनि विभिन्न संघसंस्थाको पहलमा खाना खुवाउने र राहत तथा उद्धारको काम जारी छ।

अघिल्लोपटक तीनदेखि चार सय जनासम्म स्वयंसेवक थिए, अहिले उनीहरू घरबाट निस्किएका छैनन्। र, अहिले स्वयंसेवकको संख्या ५० देखि ६० जनामा खुम्चिएको छ। गत वर्ष प्रदेशका नाकामा दुई/तीन सय जनाको हाराहारीमा स्ययंसेवक खटिएका थिए। तर, अहिले ५/१० जनामात्रै अस्पतालमा दौडिरहेका छन्।

अघिल्लोपटकको महामारीमा भएको लकडाउनमा भन्दा यसपटक सहयोगको सीमा झन् साँघुरो बनेको बमको अनुभव छ। 

‘फेरि आन्दोलन हुनसक्छ’ 
संयोजक बमले यही अवस्था रह्यो भने कोरोना महामारीकै बीचमा जनता आन्दोलित हुनसक्नेतर्फ सरकारलाई सचेत गराएका छन्। ‘यसपटक छिट्टै आन्दोलन हुन्छ जस्तो लागेको छ। हामीले पनि दिमाग गुमाउँछौं। हालत खराब हुँदै गइरहेको छ। चुप लागेर, रमिता हेरेर बस्न पनि सकिँदैन। काम गर्दै जाँदा शरीर हो थाक्छ पनि। रिस पनि उठ्छ,’ बमले आक्रोश पोखे।

महामारीले सन्त्रास फैलाइसक्दा सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको उनको आरोप छ। ‘अहिले अभियन्ताहरू मिलेर १५/२० लाख रूपैयाँ रकम जम्मा गरेर सिलिण्डर किन्यौं भने चीनबाट दुई/चार दिनमै नेपाल आउँछ। तर, त्यही कुरा सरकारले गर्न सकिरहेको छैन। त्यसैले कारोना संक्रमितको उपचारमा सरकारलाई दबाब दिन खोजेका हौं,’ बमको भनाइ छ।

सुझाव
अरू केहि गर्न नसके पनि घर वरपर आफैंले जिताएका जनप्रतिनिधिहरू छन्, उनीहरूलाई झकझक्याउनुपर्नेमा बमको जोड छ। वडा प्रतिनिधिमार्फत् नगरपालिका, गाउँपालिकालाई दबाब दिनुपर्‍यो। कोरोना भाइरस सहरबाट गाउँ गइरहेको छ। सहरमा त सहयोग गर्ने संघसंस्था र मानिसहरू छन्। तर, गाउँमा केही र कोही पनि छैनन्। त्यसैले एक महिनापछि हुनसक्ने भयावह स्थिति रोक्न अहिलेदेखि नै जनप्रतिनिधिलाई झकझक्याउन नागरिकलाई उनको सुझाव छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त बुधबार, भदौ ३, २०८३
कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री कार्यालयसहित सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न सरकारको निर्देशन बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
नेपाल सरकारका सचिवहरुको बैठकले के गर्यो निर्णय ? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्