• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कतिपयले कोरोना संक्रमण हामीले नै गराइदिएको हो भनेजस्तो गर्छन् : स्वास्थ्यमन्त्री [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, वैशाख २०, २०७८  ०८:५५
1140x725

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको अवस्था ‘नेपालको स्वास्थ्य प्रणालीले धान्न नसक्ने’ अवस्थामा पुगेको तथा कोभिड संक्रमितको उपचारका लागि बेड भरिएको आशयको विज्ञप्ति जारी गर्‍यो, गत शुक्रबार। आम नागरिकको आडभरोसा बन्नु पर्ने सरकारले ‘हात उठाएको’ भन्दै चौतर्फी विरोध भयो।

बढ्दो कोरोना संक्रमणका कारण आतंकित आमनागरिकमाझ उक्त सन्देशले सन्देह सिर्जना गर्‍यो। स्वास्थ्य मन्त्रालयले त्यस्तो भन्नुपर्ने अवस्था किन आयो? मन्त्रालयले भनेजस्तै कोरोना संक्रमितको उपचार गर्नलाई बेड अभाव भइसकेको हो? कोभिडसँग जुध्ने सरकारको पनि फ्रन्टलाइन एजेन्सी स्वास्थ्य मन्त्रालय के गर्दैछ? स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग नेपाल लाइभका लागि डिबी खड्का र कल्पना पौडेलले गरेको संवादः 

स्वास्थ्य मन्त्रालयको भर्खरैको विज्ञप्तिपछि धेरैले ‘स्वास्थ्य मन्त्रालयले हात उठायो’ भन्ने टिप्पणी गरेका छन्। अवस्था हाम्रो स्वास्थ्य प्रणालीले धान्नै नसक्ने खालको बनेको हो?
यो बुझाइको कमी हो। स्वास्थ्य मन्त्रालयले विषयको गम्भीरतालाई जनमानससम्म पुर्‍योउन खोजेको थियो। सरकारले यसबाट पछाडि हट्ने कुरो छैन। जुन सरकारले भ्याक्सिन निःशुल्क लगाइरहेको छ, उपचार निःशुल्क गरिरहेको छ, त्यो पछाडि हट्दैन। मन्त्रालयले भन्ने खोजेको के हो भने अवस्था अलिकति जटिल भइरहेको छ। कोभिड बेडको अभाव हुँदै गइरहेको छ।

स्वास्थ्यका मापदण्डका लागि जोड दिइरहेका छौं, त्यसलाई अगाडि बढाउन आग्रह गरेको हो मन्त्रालयले। त्यसलाई आ–आफ्नो  तरिकाबाट व्याख्या गर्नेलाई मैले केही भन्नु छैन। सबैले आफ्नो विवेकअनुसार व्याख्या गरे होलान्। सरकार सबैको स्वास्थ्य उपचारका लागि तयार छ। 

एउटा व्यक्तिको जीवन महत्वपूर्ण कि आर्थिक गतिविधि? नेपाल सरकारले सुरुदेखि नै व्यक्तिको जीवन महत्वपूर्ण ठान्यो। त्यसैअनुसार आफ्नो कामकारबाही अगाडि बढायो। हामी शनिबार बैठक बसेर काठमाडौं उपत्यकामा मात्रै एक हजार कोभिड बेड आज (आइतबार) साँझसम्म थप्दैछौं।

बेडको अभावमा कसैलाई छटपटिएर उपचारबाट वञ्चित हुन दिन्नौं। सिलिन्डरको अभावमा अक्सिजन कम हुन सक्छ। सरकारले २० हजार सिलिन्डर चीन सरकारबाट ग्रान्टमा ल्याउँदैछ। बाहिर बसेर टिक्काटिप्पणी गर्नेलाई यति मात्रै भन्छु, सुरक्षित रहनुहोस्। सुरक्षित रहनुभयो भने टिकाटिप्पणी गर्न लायक हुनुहुन्छ। 

भनेपछि कोरोना संक्रमितले बेड पाउने अवस्था छ?  कोभिड बेड खाली छ। चाहियो भनेर बिरामी आयो भने मन्त्रालयले उपलब्ध गराउन सक्छ?
मन्त्रालयमा उपलब्ध होइन, अस्पतालले गराउँछ। मन्त्रालयमा कोही पनि बिरामी आउँदैन, यहाँ उपचार हुँदैन। मन्त्रालयमा उपचार कहीँ पनि हुँदैन। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रणाली परिचालन त मन्त्रालयले गर्छ होला ?

मन्त्रालयमा उपचार हुँदैन। संसारको कुनै पनि स्वास्थ्य मन्त्रालयमा उपचार हुने गरेको मैले सुनेको छैन। 

तपाईंहरुले भाषामा ‘स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था’ भनेर प्रयोग गर्नुभयो। यसले त सबै आत्तिए। त्यसैको प्रतिक्रिया होला नि? 
संघमा २५/२६ हजार कर्मचारी, ३५ हजार प्रदेशमा र २२ हजार कर्मचारी हाम्रा स्थानीय तहमा छन्। यही ढंगले वैशाख ६ गते आदेश जारी गर्‍यो। यसको मूल उद्देश्य भनेको कुन सरकारले के गर्ने, प्रमुख जिल्ला अधिकारीले के गर्ने, नागरिकले के गर्ने भनेर भनिएको छ। एउटा भनाइ छ, ‘पूरै सरकार र पूरै समाज।’ सरकारका सबै अंग र समाजको सबै अंग एकसाथ मिल्दैनन्, एकीकृत भएर काम गर्दैनन्, त्यो बेलासम्म महामारी अन्त्य हुँदैन। 

हामी पूरै सरकार एक ठाउँ आउने वातावरण बनाउँछौं, पूरै समाज पनि एक ठाउँ आउने वातावरण बनाउनुपर्‍यो। यो संक्रमण व्यक्तिले व्यक्तिलाई सार्ने  र समुदायमा पुग्ने हो। रहने व्यक्तिमा हो। सुरुदेखि नै स्वास्थ्यका मापदण्ड पालना गर्न हामीले भन्यौं। महामारी उपचार मात्रै होइन, रोकथाम सही विधि हो। महामारी फैलिएको बेला रोकथामका कदम प्रभावकारी रुपमा चालियो भने मात्रै रोक्न भनेर राजनीतिक दल, समाज र सबैलाई बुझाउन खोजिरहेका छौं । 

भरसक लकडाउनमा नजाऔं भन्ने नै थियो। वैशाख ६ गतेको हाम्रो आदेशको पूर्ण पालना भएको भए लकडाउनमा जानु पर्दैनथ्यो। त्यो पालना भएन, निषेधाज्ञामा जानुपर्‍यो।

चेन ब्रेक गर्न हामीले निषेधाज्ञा ग¥यौं तर कन्ट्याक्ट ट्रेसिङ यसपल्ट किन नगरिएको ?
अहिलेको भेरियन्ट आक्रामक पनि छ, अत्यधिक संक्रामक पनि छ। कन्ट्याक्ट ट्रेसिङका लागि पहिलेको यो हिसाबले कमजोर थियो। युवा समूह र बालबालिकालाई पनि भइरहेको छ, पहिले निश्चित उमेरसमूह भन्दा माथिका लागि बढी जोखिम थियो। बाँकीले आफैं पचाइसकेको अवस्था थियो।

विज्ञहरुले स्थानीय तहको सहयोग लिएर कुनै ठाउँ विशेषको संक्रमणको अनुपात लिएर त्यसलाई छुट्टै व्यवस्थापन गर्नुपर्ने, छुट्टै त्योसँग जुध्नुपर्ने अवस्था आएको छ। यदि कन्ट्याक्ट ट्रेसिङ नभएको भए यो संख्या आउँथ्यो कसरी? मैले बुझाउनै सकिन, हाम्रै तथ्यांकलाई इंगित गरेर हामीलाई नै सिकाउन आउँछन् सबै मान्छे।

हामीले नै गराइदिएको हो त्यो संक्रमण भनेजस्तो गर्छन्। यसप्रकारको चिन्तनको दरिद्रतालाई मैले दया मात्रै प्रकट गर्न सक्छु।

महामारीको अर्को लहर आउने पूर्वअनुमान गरिएकै थियो। जनशक्तिको अभाव पोहोर पनि भएको हो। यसपल्ट पनि फेरि दोहोरियो। जनशक्तिको व्यवस्थापनमा हामी कहाँ–कहाँ चुकेका रहेछौं?
महामारीको बेलामा एउटा जनशक्ति चाहिन्छ। सामान्य समयमा अर्को जनशक्ति चाहिन्छ। चुक्ने कसैले होइन, सत्य यही हो। मैले नै जेठ र असारमा हामी संक्रमणको उच्चतम बिन्दुमा पुग्छौं भनेर संसदमा भन्दा कतिपय नेताले ‘ज्योतिष नबनौं’ भने। ज्योतिष नबन्नोस् भन्नेमध्ये कतिलाई संक्रमण भइसक्यो।

हाम्रो हेर्ने दृष्टिकोण र आफू मात्रै जानकार हुने जुन रोग छ, के बुझ्नुपर्छ भने यो मेरो विषय होइन। इञ्जिनियरिङ मेरो विषय हुन सक्छ, अर्थशास्त्र मेरो विषय हुन सक्छ तर मेडिकल साइन्स मेरो विषय होइन। दाबी पनि गर्दिनँ। यहाँ जो विशेषज्ञ छ, त्यसैको विश्वास गर्छु। 

आवश्यक जनशक्ति करारमा लिन सक्नुहुन्छ भनेका छौं अस्पताललाई। सुरुमै उच्चतमका पदाधिकारीलाई विभिन्न प्रदेशमा पठाइयो। यहाँ काम भइरहेको छ। प्रचार भएपछि काम भयो, नत्र भएन भन्ने जुन मनोविज्ञान छ, त्यो घातक छ। आन्तरिक तयारी हुन्छ, कुनै जरुरी छैन कि त्यो बाहिर  सार्वजनिक गर्नुपर्छ। महामारीबाट बचाउनका लागि सबै कदम प्रभावकारी रुपमा पालना गरौं। संक्रमित भइसकेपछि उपचार गरौं।

कहिलेकाहिँ बढी आशा देखाउँदा पनि निराशा पैदा हुन्छ कि! म तपाईंसँग निम्बन्ध लेख्न बस्या छैन, कथाकार हैन, उपन्यास लेखिरहेको छैन। म मन्त्री हुँ, सरकारको प्रतिनिधी हुँ। जे छ त्यो भन्दैछु। यसबाट आशा जाग्छ कि निराशा जाग्छ, त्यो मेरो विषय होइन। मेरो दायित्व, सरकारको दायित्व जीवनको रक्षा गर्नु हो।

अभिभावकत्व पनि सरकारको दायित्वभित्र पर्ला नि त? 

त्यो यहाँहरुले सिकाउनुपर्दैन, हामीलाई थाहा भएर यो सबै गरिरहेका छौं। नेतृत्वले प्रवाह गर्ने भाषाले त्यस्तो महशुस गराउँदैन। त्यही भएर प्रश्न उठेको होला? नियत र नीति अलग–अलग विषय हुन्। कहिलेकाँही नीति राम्रो भएपनि नियत खराब भयो भने काम हुँदैन। खोपका विषयमा मलाई सम्झना छ, कतिपय नेताहरुले ‘मागेको धोतीले हाम्रो आङ छोपिन्न’ भनेर गीत गाएका थिए। ती नेताहरुको नियतमा त्यही थियो। मनमा लघुताभाष र कुण्ठा थियो। त्यसका पछाडि हामी जाँदैनौं। 

कोभिड खोपका लागि सरकारले पहल गरिरहेको छ? 
पहल गरिरहेका छौं आउँछ। हाम्रो लागि जुन खोप काम लाग्ने हो, त्यसका लागि पहल गरिरहेका छौं। यसो भन्नुको अर्थ माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने खोप हामीकहाँ ल्याएर काम लाग्दैन। त्यहाँ विज्ञानले काम गर्छ, भावनाले काम गर्दैन। विज्ञानका आधारमा सम्भावित सबैतिर पहल गरिरहेका छौं।

विश्वका धेरै देशमा भ्याक्सिन छिरेको छैन। हामी त्यो अवस्थामा छैनौं। खोप आउँछ, सरकारले गरेको प्रतिवद्धता पूरा गर्छ। हामीले खोप बनाएका छैनौं, ल्याउने नै हो। सिमित देश र कम्पनी छन्। खरिद गर्दा यो व्यापरिक वस्तु हो तर, यथार्थमा यो राजनीतिक वस्तु हो। राजनीतिक रुपले गर्ने प्रयास भइरहेका छन्। 

होम आइलोसनमा बसेकाको मृत्युका खबर निरन्तर आइरहेका छन्। आइसोलाइसन बनाउने भनेर बजेट छुट्याइएको थियो। बनाइएका पनि थिए। ती कसरी प्रयोग भइरहेका छन्? 
हामीले अरु मन्त्रालयको जिम्मा भनेर भागेको होइन। जुन ढंगले कोरोना बढिरहेको छ, जसरी भारतबाट नेपाली दाजुभाइ आइरहेका छन्, जति प्रतिशत देखिएको छ, यो वास्तवमा चिन्ताजनक छ। अधिकांश होम आइसोलेसनमै जानुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेका छौं। स्थानीय तह र प्रदेशले त्यही अनुसार काम गरिरहेका छन्। केही प्रदेश सरकारले सहज ढंगले अघि बढाउन कोशिस गरेका छन्। 

आज कति हजार नेपाली नेपाल प्रवेश गर्ने हुन्, कसैलाई थाहा हुँदैन। नाकामा आइसकेपछि थाहा हुन्छ। संकटका बेला देश र घर सम्झिन्छन्। उनीहरुलाई रोक्नुहुन्न। उनीहरुको टेस्ट भइरहेको छ। आंकडा त्यसैबाट आइरहेको छ। 

हामीले नै टेस्टबाट स्थापित गरेका निष्कर्षहरुबाट हामीलाई नै आलोचना गर्ने भइरहेको छ। अरुले ग्रन्थ लेख्लान्, हाम्रो लागि यो सूचक हो। सरकारले ८ ठाउँमा एक हजार क्षमताका होल्डिङ सेन्टर बनाउने भनेको छ। त्यसको काम भइरहेको छ। 

नयाँ स्वरुपमा के देखियो भने पोजिटिभ देखिएको केही दिनमै गम्भीर बनेको देखियो। संसारमा बैज्ञानिकलाई पनि थाहा थिएन। नयाँ भाइरस, नयाँ चरित्रमा आइरहेका छन्। 

हामीकहाँ सरकारी स्वास्थ्य प्रणाली मात्रै होइन, निजी स्वास्थ्य क्षेत्रको पनि उत्तिकै भर पर्नुपर्ने अवस्था छ। निजी स्वास्थ्य संस्थाहरु हातेमालो गर्न आइपुगे कि छैनन्?

उनीहरु आफैं आउँदैनन्। निजी क्षेत्रले वक्तव्य जारी गर्छ होला। हामी नै गएर कतिपय मेडिकल कलेजसँग सम्झौता गरेका छौं। स्वास्थ्य मन्त्रालयलाई आवश्यक परेका बेला निजी मेडिकल कलेज र संस्था प्रयोग गर्न पाउने सरकारको आदेश छ। त्यसैको प्रभावले होला, केही सहमति गर्न आइपुगेका छन्।

कोरोनाको यो लहर कहिलेसम्म उच्च विन्दुमा पुग्छ र कसरी नियन्त्रण गर्ने भन्नेमा स्वास्थ्य मन्त्रालयको आकलन र योजना के छ? 
महामारीलाई विभिन्न सिद्धान्तअनुसार आकलन गर्ने हो। त्यसरी हेर्दा हामी अझै केही समय अप्ठ्यारोमा पर्ने देखिन्छ। त्यसको तयारीका लागि स्वास्थ्य मन्त्रालय आन्तरिक तयारी गर्दैछ। निषेधाज्ञाका कारण आमजनमा परेको प्रभाव हामीले बुझेका छौ। यसमा हामी तयारी गर्दैछौं।

यो सबै जीवन जोगाउन गरिरहेका हौं। खुला रुपमा जाँदाजाँदै स्थिति यो आयो। नरम कदमलाई कसैले पालना गरिदिएन। गरेको भए अवस्था फरक आउँथ्यो होला। त्यसकारण अहिले पनि बचेर बस्नुपर्छ। आफ्नै हातमा छ, विवेकमा छ। सकेसम्म संक्रमित नबन्ने कोशिस गरौं। संक्रमित नहुनोस्, सबैलाई शुभकामना छ। 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ०८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उदयपुरको बेलकामा स्कुल बससँग अटो ठोक्कियो, अटोमा सवार दुई जनाको मृत्यु
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान
अपराधीलाई सजाय दिने जिम्मा आमाहरुलाई दिन कांग्रेस सांसद कर्णको माग
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
उदयपुरको बेलकामा स्कुल बससँग अटो ठोक्कियो, अटोमा सवार दुई जनाको मृत्यु सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान सोमबार, भदौ ८, २०८३
अपराधीलाई सजाय दिने जिम्मा आमाहरुलाई दिन कांग्रेस सांसद कर्णको माग सोमबार, भदौ ८, २०८३
लगानीमैत्री वातावरण निर्माणमा सरकार गम्भीर नभएको सांसद स्वाँरको आरोप सोमबार, भदौ ८, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्