• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘अबको संघर्ष साना जङ्‍गबहादुरहरुका विरुद्ध’

64x64
पुष्पा केसी शनिबार, वैशाख ११, २०७८  ०७:४८
1140x725

काठमाडौं- राजा ज्ञानेन्द्र शाहले २०६२ साल माघ १९ गते सबै शक्ति आफ्नो हातमा लिए। 

राजनीतिक दलका नेताहरुप्रति असन्तुष्टि बढिरहेको समय थियो त्यो। राजनीतिक पार्टीले आह्वान गरेर जनता सडकमा आर्लिने स्थिति थिएन। त्यही परिस्थितिको आकलन गरेरै डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी र डा. मथुराप्रसाद श्रेष्ठले २०६२ सालमा नागरिक आन्दोलनको आह्वान गरे। त्यसले नै २०६२/६३ सालको जनआन्दोलनमा एउटा लहर ल्यायो। नागरिक अधिकारकर्मी एकै ठाउँमा उभिएपछि ‘लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन’ को ब्यानरमा नागरिक आन्दोलन पनि संगठित बन्दै गयो। 

साउन २५ गते बानेश्वरमा नागरिकसभा आयोजना भयो। त्यही सभामा सात दलका शीर्ष नेतालाई पनि आमन्त्रण गरियो। तर, वक्ताका रूपमा होइन, स्रोताका रूपमा। गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, अमिक शेरचनलगायत सातवटै दलका शीर्ष नेताहरू सभामा सहभागी भए। र, सडकमा पलेटी कसेर नागरिक अगुवाका कुरा सुने।

नागरिक अगुवाहरूले सभाबाटै माओवादीलाई आह्वान गरे, ‘परिवर्तन चाहने हो भने तपाईंहरू हिंसा छाड्नुस्, स्वतन्त्रता, बहुलवादलाई स्वीकार गर्नुहोस्। प्रतिस्पर्धात्मक राजनीतिमा आउनुहुन्छ भने मिल्नुहोस्, होइन भने तपाईंहरूको भविष्य छैन।’ मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले त्यस दिनलाई सम्झँदै भनेका छन्, ‘सात राजनीतिक दललाई पनि हामीले भन्यौं, तपाईंहरूले राजतन्त्रको मोह त्याग्नुस्। माओवादी र सात दल मिल्ने विन्दु यही हो। यसबाहेक विकल्प छैन।’

त्यही बानेश्वरको सभाबाट २०६२/६३ को जनआन्दोलनमा जोडिन पुगे कवि अर्जुन पराजुली। पराजुली कविता पहिलेदेखि नै लेख्थे। हास्यव्यङ्‍ग्य क्षेत्रमा छुट्टै पहिचान बनाएको ‘सिस्‍नुपानी नेपाल’ २०५५ सालमा स्थापना गरिएको थियो। त्यसमै आबद्ध थिए, उनी। पराजुली बानेश्वरको विशाल प्रदर्शनअघि भरत प्रधानको अफिसमा पुगे। नागरिक आन्दोलनका अगुवा पहाडीलाई पनि त्यहीँ भेटे। त्यही भेटमा उनलाई बानेश्वरको विशाल सभामा कविता वाचन गर्न आग्रह गरियो।

बानेश्वरमा कविता वाचन गर्दै (बायाँ) र वसन्तपुरमा पर्चा बाँड्दै (दायाँ) कवि पराजुली। तस्बिर साैजन्य: कान्तिपुर दैनिक  

सभामा राजनीतिक दलका शीर्ष नेताहरू सडकमा पलेटी मारेर बसेका थिए, स्रोता बनेर। त्यहीँ पराजुलीले वाचन गरे ‘०१७ साल भाग-२’ शीर्षकको कविता:

बगलीमाराले बगली फोर्न पाउँछ
बगलीले मुख फोर्न पाउँदैन 
स्यालले कुखुरा चोर्न पाउँछ
कुखुराले चोरी भनेर छिमेकी जोर्न पाउँदैन

यो मेरो कविता होइन 
हामी सबैको राष्ट्रिय गान हो 
यसका रचयिता उही 
०१७ साल भाग- २

nimb
nimb
Ncell 2
Ncell 2

पर्दा बेग्लै झ्याल उही
खोपडी बेग्लै ख्याल उही 
जिब्रो बेग्लै 
र्‍याल उही
छाला बेग्लै 
स्याल उही 
०१७ साल भाग-२

घण्टाघरले घण्टी लाए हुन्थ्यो 
धरहरा प्रमुख अतिथि बनेर आए हुन्थ्यो 
सहिदगेटले माइक समाए हुन्थ्यो 
लोकतन्त्रको भित्तोले स्वागत गीत गाए हुन्थ्यो 
०१७ साल भाग-२

स्वागत गीत गाउनुभन्दा पहिले 
तिम्रो नाउमा एक मिनेट मौन धारण गर्न पाए हुन्थ्यो 
०१७ साल भाग-२

तिमीले हामीलाई प्रजातन्त्र दिनु पर्दैन 
तिम्रा प्रजामा को-को पर्छन् हामीलाई थाहा छ 
तिमीले हामीलाई शान्ति पनि दिनु पर्दैन 
तिम्रा शान्तिले के-के गर्छन् हामीलाई थाहा छ
हामीलाई त पढ्नका लागि तिमीले केवल एउटा पत्रिका दिए पुग्छ
जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस् 
नामै पिच्छे एउटा-एउटा समवेदना व्यक्त गरिएको होस्।

बानेश्वर सभाअघि पनि कृष्ण पहाडी नेतृत्वको मानवअधिकार तथा शान्ति समाजले भोटाहिटीमा नागरिकसभा गरिसकेको थियो। त्यसमा भने पराजुली सहभागी थिएनन्।

नयाँ बानेश्वरको नागरिकसभापछि आन्दोलन र सभाहरूमा पराजुलीको सक्रियता बढ्दै गयो। बानेश्वरपछि वसन्तपुर, मंगलबजारलगायत ठाउँमा आमसभा गरियो। सबैजसो आमसभामा अर्जुन पराजुली र कविता एक अर्काका पर्यायजस्तै बने।

आन्दोलनकै क्रममा पराजुली आमसभाका लागि देशका ५४ जिल्लामा पुगे। जिल्लामा जहाँ पुग्यो त्यही प्रहरीको बाक्लो उपस्थिति हुन्थ्यो। कार्यक्रमस्थलमा आउन लागेका नागरिकलाई रोक्न उनीहरू चढेका गाडीलाई सुरक्षाकर्मीले ठाउँ-ठाउँमा रोकेका खबर पनि आइपुग्थे।

आन्दोलनका क्रममा सुनाइएका सबै कविता सम्झन पराजुलीलाई गाह्रो हुन्छ। यस्तै, नयाँ बानेश्वर सभापछि गुरूकुलमा पराजुलीको एकल कविता वाचन भयो। त्यहाँ वाचन गरिएको कविता ‘जंगबहादुरसँग पुनर्मिलन’ सुन्‍नेहरू तर्सिए।

‘जंगबहादुरसँग पुर्नमिलन’
पुन्टे, भुन्टे, वसन्ते र सन्ते
तिमीलाई व्यापारमै व्यस्त छ भन्थे
अनि, कोतपर्वको दोस्रो संस्करण निकाल्न कसरी भ्यायौं?
जंगबहादुर तिमी आयौं?

अनुहार पनि सर्लक्कै फेरिएछ 
यता हामीलाई सञ्चै छ, अनि उताको हालखबर के छ?
किन काटेको? जुंगा काटेछौं 
घोडा पनि हेलिकप्टरसँग साटेछौं 
अनि घडेरी कहाँ-कहाँ किन्यौ?
जंगबहादुर मलाई चिन्यौ?

दुब्ला थियौं मोटाएछौ 
उमेर पनि सर्लक्कै घटाएछौ
जंगबहादुर मरे भनेर धेरैले हल्ला पनि गरे 
तिमीलाई सग्लै देखेपछि
हल्ला गर्नेहरू सब डल्ला परे 
घोडाबाट लड्यौ कि क्या हो?
मुन्टो पनि बाङ्‍गो बाङ्‍गो लाउँछौ
अनि जंगबहादुर मकहाँ कहिले आउँछौ?

कुकुर पालन व्यवसायमा नयाँ कदम चालेछौ 
नेपाली कुकुर पाल्न छाडेर विदेशी कुकुर पालेछौ
खुसी लाग्यो कुकुरै भए पनि चिन्‍न थालेछौ 
त्यस रात अरूका कुकुरहरू भुकिरहे
तिम्रो कुकुरले भाषण दियो 
जुन रात सहरमा कुकुरहरूको ट्यालेन्ट शो थियो
अनि जंगबहादुर, तिम्रो छोराले एसएलसी दियो?

कुकुरलाई साङ्लाले डोर्‍याएर मर्निङ वाकमा जाने शोख तिम्रो मात्र होइन 
तिम्रा बाको पनि थियो 
तिमीले डोर्‍याएको कुकुर पनि काटीकुटी तिम्रा बाको जस्तो देखियो
यो कुकुर पनि उही हो कि क्या हो 
ल्याप्चे परीक्षण गर्‍यौ?
जंगबहादुर अनि तिमीले डीभी भर्‍यौ?

कविता सुनाएपछि घर परिवारका सदस्य निकै डराएको पराजुली सम्झन्छन्। गुरूकुलमा यस्तो आक्रोशपूर्ण कविता वाचन गरेपछि कलाकार हरिवंश आचार्य डराएछन्। हलभित्रबाट निस्किएपछि उनले सोधे, ‘भाइ, तिमीलाई यस्तो कविता पढ्दा डर लाग्दैन? ज्यानको माया लाग्दैन तिमीलाई?’

तस्बिर: कवि पराजुलीको अर्काइभबाट।

‘जंगबहादुरसँग पुनर्मिलन’ पराजुलीले त्यतिबेलाकै परिस्थितिको आकलन गरेर लेखेका थिए। जंगबहादुर एउटा पात्र हुन् जसले उनको भूमिका निभाउँछ। तर, सयौं वर्षपछिसम्म पनि जंगबहादुर कुनै न कुनै रूपमा रहेसम्म यो कविता पनि रहिरहनेछ।

राजा ज्ञानेन्द्रले राजगद्दी छोडेपछि पनि केही समय ‘बेबी किङ’को विषयमा विमर्श भइरहेको थियो। गणतन्त्र स्थापनाका लागि पहाडी, पराजुलीलगायतले भने निरन्तर सडकबाटै खबरदारी गरिरहे।

पराजुलीले अहिले पनि जंगबहादुरहरू देखिरहेका छन्। र, उनीहरूको भूमिका पनि कायम देखेपछि उनले लेखेको अर्को छोटो कविता केही समयअघि सामाजिक सञ्जालमा भाइरल नै बन्यो:

जंगबहादुर हुनुहुँदो रहेछ तपाईं
जुंगा उखेल्नु भो तपाईंले जुगको 
थुकौं भने पनि तपाईंलाई 
अपमान हुने भो मेरो थुकको

पराजुली भन्छन्, ‘अहिले जंगबहादुर बन्‍न चाहनेहरूले त्यति सजिलैसँग जंगबहादुर बन्‍न सक्ने अवस्था छैन। अहिले पनि जंगबहादुर बीचबाटै फर्किएको स्थिति हो यो। अगाडि बढ्न नसकेर। तर, यस्ता सानातिना जंगबहादुर आउँदै गर्छन्।’

व्यवस्था फेरियो, व्यक्तिहरू फेरिए, तर चरित्र फेरिएन। सैद्धान्तिक रूपमा धेरै कुरा प्राप्त पनि भयो। तर, देश हाँक्ने सञ्चालक पाउन सकिएन। आक्रोशभन्दा पनि यो यथार्थ भएको पराजुलीको ठम्याइ छ।

उनको आत्मा र चेतनाले कुनै कुरा गलत देख्यो भने केही हेर्दैनन्। आफैंलाई कुनै कुरा नढाँटेर लेख्छन्, कविताको माध्यमबाट। त्यसरी अभिव्यक्त हुने कविताले कसले के सोच्छ? नाफा घाटा के हुन्छ? त्यसको उनी परवाह गर्दैनन्। 

पराजुली भन्छन्, ‘नचाहिँदो भइरहेको छ भन्‍ने लाग्यो र नलेख्यो भने विस्फोट होलाजस्तो हुन्छ। र, कविता नै निकासको बाटो लाग्छ।’

जनतालाई भर्‍याङ बनाएर सत्तामा पुग्ने र जनता बिर्सने शासकप्रतिको आवेग पनि उनी कविताबाटै व्यक्त गर्छन्। जनतालाई सधैँ लड्न र मर्न लगाएर परिवर्तनको सपना देखाउने तर ती सपना कुल्चनेविरुद्ध उनी लेख्छन्ः

‘अब तिमीहरू मर’

तिनीहरूले मेरा हजुरबालाई भने,
तिमी मर, तिम्रा छोराछोरीले सुख पाउने छन्
हजुरबाले पत्याए 
र, मरे 

त्यसपछि तिनीहरूले मेरा बालाई भने
तिमी मर, तिम्रा छोराछोरीले सुख पाउने छन् 
बाले पत्याए
र, मरे

त्यसपछि तिनीहरूले मलाई भने
तिमी मर, तिम्रा छोराछोरीले सुख पाउने छन्
मैले पनि पत्याएँ
र, म पनि मरेँ 

आज तिनीहरूले मेरा छोराछोरीलाई भन्दै थिए
तिमीहरू मर, तिम्रा छोराछोरीले सुख पाउने छन्
तर, अहिले मेरा छोराछोरीले तिनीहरूलाई भने
अब तिमीहरू मर
हाम्रा छोराछोरीले सुख पाउने छन्।

‘हामी मारिँदै आयौं। हामीलाई तिमीहरू मरेपछि तिम्रा छोराछोरीले सुख पाउँछन् भन्‍ने कुरा बारम्बार भनिए। हामी मर्दै गयौं, पुस्तौं पुस्ता,’ पराजुली भन्छन्, ‘अब उनीहरूले भन्‍ने छन्, तिमीहरू मर। यो चेत अब आउनुपर्छ। स्वविवेक प्रयोग गर्नुपर्छ। कानलाई होइन, आँखालाई विश्वास गरौं।’

शीर्ष नेताहरूले आफ्ना कुरा कहिल्यै नसुनेको तर स्वविवेक प्रयोग गर्ने जनताले आफ्ना कुरा सुन्‍ने गरेको पराजुलीको बुझाइ छ। देशमा गणतन्त्र स्थापना गर्न भएको आन्दोलनको अग्रमोर्चामा रहेका पराजुलीको निष्कर्ष छ, ‘राजनीति गर्नेहरू जुन कुराको विरोध गर्दै सत्तामा पुग्छन्, त्यसकै समर्थन गरेर मर्दा रहेछन्। नेपालको राजनीतिमा त्यही प्रवृत्ति देखिन्छ।’

तस्बिर/भिडियो: निमेषजंग राई

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
सुनको मूल्य आठ हजारले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? बिहीबार, साउन २१, २०८३
एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह बिहीबार, साउन २१, २०८३
मुग्लिन बजारबाट २० किलो चरेससहित २ जना पक्राउ बिहीबार, साउन २१, २०८३
‘राजनीति सेवा हुनुपर्छ, पेशा होइन’: सांसद केरुङ बिहीबार, साउन २१, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्रीले जवाफ दिने बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन २०, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
निम्स दाइसहितको शव सङ्कलन गरी बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
हर्मुज खोल्न ट्रम्पको चेतावनी बुधबार, साउन २०, २०८३
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याब नियुक्त बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्