• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, वैशाख ३०, २०८२ Tue, May 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
६ वर्षपछि भूकम्पपीडित ‘घर बनायौं कि कटेरो, ऋणको भारी थाप्लोमा थपियो’ 
64x64
दुर्गा दुलाल आइतबार, वैशाख १२, २०७८  ०९:२७
1140x725

सिन्धुपाल्चोक- २०७२ वैशाख १२ गते मेलम्ची नगरपालिका–१०, आरुवोडे माझीगाउँका राजेन्द्र माझी बिहानको घरधन्दा सक्ने चटारोमा थिए। खेती किसानी गर्दै आएका माझी दुईतले कच्ची घरको माथिल्लो तलामा थिए। एक्कासी उनलाई घर हल्लिरहेको अनुभव भयो। माटोको घरमाथि ढुङ्गाको छानो भएकाले उनको मनमा चिसो पस्यो। उनी हतार–हतार भूइँ तलामा झरे। काठको भर्‍याङबाट हुत्तिँदै उनी एकै श्वासमा तल्लो तलामा झरे। तर, घर बेस्सरी हल्लिन थाल्यो। घरका ढुङ्गाहरू खस्न थाले। निदाल र दलिनहरू एक्कासी हल्लिन थाले। 

राजेन्द्रलाई अब बाँचिन्न क्यारे लाग्यो। उनी जसोतसो घरबाहिर निस्किए। पिँडीमा रहेको थाम समाएर अडिने प्रयास गरे। पिँडीको थामले थेग्ने अवस्था नभएपछि उनी त्यहाँबाट सुरक्षित हुन भाग्ने प्रयास गर्दै थिए एक्कासी उनलाई घरले पुर्‍यो। उनले ‘मलाई बचाऊ, म पुरिएँ’ भन्नसम्म भ्याए। करिब २ घन्टासम्म उनले बाँच्नका लागि संर्घष गरे। 

वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक  केन्द्रविन्दु भएर आएको ७.६ म्याग्निच्यूडको भूकम्पले राजेन्द्रको शरीरमात्र थिचेन उनको भविष्य पनि थिच्यो। करिब २ घन्टापछि उनलाई उद्धार गरियो। उनको शरीर दुई भाग जस्तै भएको थियो। शरीरको माथिल्लो र तल्लो भागका बीचमा सम्बन्ध टुटिसकेको थियो। ‘म त अर्धमृत थिएँ। कसैले मर्‍यो, अब जिउँदो छैन भन्थे रे’, राजेन्द्र सम्झिन्छन्, ‘अलि अलि श्वास देखेपछि सबैले बाँच्न सक्छ, अस्पताल लैजाऔं भनेको सुनेँ। मलाई पनि बाँच्ने थोरै आस पलायो।’ 

लगत्तै उनलाई बोराको स्टेचर बनाएर गाउँलेले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याए। मेलम्ची बजार पनि भूकम्पले प्रभावित भएकाले नेपाली सेनाको सहयोगमा उनलाई काठमाडौं लगियो। काठमाडौं पुगेपछि उनले थाहा पाए, उनको आधा शरीर त नचल्ने भइसकेछ। सग्लो मान्छे ह्विल चेयरको सहाराबिना चल्नै नसक्ने भइसकेछन्। 

०००

मेलम्ची–१० कै ३९ वर्षका पोष्टप्रसाद दाहाललाई अहिले पनि हरेक वर्ष आउने वैशाख १२ नआइदिए हुन्थ्यो जस्तो लाग्छ। वैशाख १२ आउँदा उनको मनमा उर्लिने यादका छालहरूले उनी अहिले पनि भक्कानिन्छन्।  

वैशाख १२ को भूकम्पले उनको जीवनलाई कहिल्यै नमेटिने चोट दिएर गयो। एक छोरा र एक छोरी भएको उनको सुनौलो परिवार यही भूकम्पले चुडेर लग्यो। हरेक वैशाख १२ आउँदा उनलाई १२ वर्षको छोरा अनि १० वर्षकी छोरी र श्रीमतीको यादले भक्कानो फुटेर आउँछ। पीडाले मन भतभत पोल्छ। वैशाख १२ को भूकम्पको कहालीलाग्दो क्षण नसम्झिन हजार कोशिस गरे पनि सक्दैनन् उनी। 

Ncell 2
Ncell 2

त्यो दिन खेतीपातीको काम सकेर बिहानको खाना खान सबै परिवार बसेका थिए। खानामा हात मात्र के हालेका थिए, एक्कासी जमिन हल्लिन थाल्यो। घर मक्किन थाल्यो। ‘हामी खाना खान लागेका थियौं। पहिलो झट्कामा मैले त्यति धेरै वास्ता गरिनँ। अघिपछि पनि सामान्य भूकम्पहरू गएझैं होला भन्ने सोचेँ’, दाहाल सम्झिन्छन्, ‘अलि धेरै नै हल्लाउन थालेपछि हामी भाग्न खोज्यौं। बाहिर निस्कनै लागेका थियौं दलिन खसेर ढोका थुनियो।  

‘घर ड्याङडुङ गरेको मात्र सुनेँ। वरिपरी अध्याँरो मात्र देखेँ’ उनी भन्छन्, ‘मैले छोरा–छोरी र श्रीमतीलाई भेटिनँ। एकै निमेषमा म परिवारविहीन भएँ।’ 

उनी निदालको टाँडमा अडिए। सँगै दाइको छोरो च्यापेका थिए। तर, आफ्नो छोराछोरी र श्रीमतीलाई उनले भेटेनन्। उनी एकोहोरो बचाउन गुहार मागिरहे। चिच्चाए। उनले घरिघरि ‘म जिउँदै छु, बचाऊ’ भने। घरिघरि परिवार सम्झेर आँशु झारे।  

‘अलि–अलि हावा देखेको थिएँ। भतिजोलाई काखमा लिएको थिएँ’ दाहालले भने, ‘न निस्कन सक्छु न बेस्सरी चिच्चाएर मलाई कसैले बचाओ भन्न सकेँ।’

दुई घन्टापछि उनको उद्धार शुरु भयो। तीनतले घर, त्यससँगै पल्लो घरपनि त्यसमै ढल्केको थियो। उद्धार थालेको करिब २ घन्टामा उनी र उनको भतिजोको जीवितै उद्धार भयो।

‘बाहिर त निस्किएँ। तर, मेरो संसार उजाड भइसकेको थियो’, बिर्सिन खोज्दा खोज्दै पनि बिर्सिन सक्दैनन् उनी।

दाहाल र माझी २०७२ वैशाखको भूकम्प पीडितका प्रतिनिधि पात्र मात्र हुन्। गोरखाको बारपाक केन्द्र भएको भूकम्पले गोरखापछि सवैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमा गरेको थियो।  यो भूकम्पले सिन्धुपाल्चोकका धेरै वस्ती सखाप पारेको थियो। 

सम्झनै चाहँदैनन् वैशाख १२ 
भूकम्पमा पीडित भएकाहरू हरेक नयाँ वर्षपछि आउने १२ गतेलाई कालो दिनको रूपमा सम्झिन्छन्। र, उनीहरूलाई लाग्छ–यो दिन पात्रोमा नभइदिए पनि हुन्थ्यो।

वैशाख १२ मा बल्ल बल्ल ज्यान जोगाएका पोष्टप्रसाद दाहाललाई यो दिन नै नभए हुन्थ्यो जस्तो लाग्छ। ‘हरेक वर्ष आउने वैशाख १२ ले भूलिसकेको पीडा फेरि बल्झाउँछ’ दाहालले भने, ‘यो दिन नै सम्झना गर्न नपरे हुन्थ्यो जस्तो लाग्छ।’ राजेन्द्र माझी पनि आफ्नो जिन्दगीलाई ह्विल चियरमा सीमित पार्ने वैशाख १२ नआओस् भन्ने चाहन्छन्। 

‘हरेक नयाँ वर्षपछि आउने सबै दिन आओस् तर १२ गते नआओस् झै लाग्छ’, माझी भन्छन्, ‘त्यो दिन सम्झेपछि झन पीडा हुन्छ।’ 

दाहाल र माझी जस्तै भूकम्प पीडित एवं व्यवसायी सागर श्रेष्ठ पनि उक्त दिन बिर्सन चाहन्छन्। ‘म वैशाख १२ गतेलाई सम्झन नपरे हुन्थ्यो भन्ने सोच्छु’, श्रेष्ठले भने, ‘त्यो यति कहालीलाग्दो अवस्था थियो कि नसम्झँदा नै रमाइरहेका छौं।’ ९० वर्षकी पुन्नमाता दुलाल पनि त्यो दिन सम्झन चाहँदिनन्। ‘भूकम्पले हाम्रो सबैथोक ढल्यो। एकैपटक हामी घरबारविहीन भयौं’, उनी भन्छिन्, ‘भूकम्पमा एक जना नातिनीको ज्यान गयो। यो दिन त सम्झनै मन छैन।’ 

१९९० सालको भूकम्पको चर्चा सुनेकी कान्छी माझी पनि यी दिन सम्झन चाहन्नन्। उनलाई अब वैशाख १२ को बारेका कुरा गर्न नपाए हुन्थ्यो जस्तो लाग्छ। उनीजस्तै बुहारी र दुई जवान छोरी गुमाएकी फूलमती माझीका लागि पनि यो दिन कालो हो। उनी यसलाई सम्झन भन्दा बिर्सेर अगाडिको जीवन बाँच्न चाहन्छिन्। 

पीडितको गुनासो : घर बनाइयो, बैंकको ऋण थपियो 
यसरी पुन:निर्माणको घर बनाएका भूकम्पपीडितको अहिले एउटै गुनासो देखिएको छ ‘घर सानो भयो। न त भान्छा छ न अन्नपात राख्ने ठाउँ, न त पाहुना आउँदा सुत्ने कोठा नै।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुरुमा दुई कोठा वा एक कोठालाई अनुमति दिएपछि छानोमुनि छिर्ने चाहनामा पीडितहरूले सरकारले दिएको ३ लाख प्रयोग गरि घर बनाए। यसरी घर बनाउँदा सबै पक्षले होस् नपुर्‍याँदा अहिले गाउँ नै झुपडी वस्तीजस्तो भएको मेलम्ची नगरपालिका  प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले स्वीकार गरे। 

‘तत्कालीन समयमा सबैलाई घरभित्र बस्ने हतारो थियो, सरकारले दिएको पैसाले छानो चाहिँ हालिहाल्ने भनेर पीडितहरूले एक कोठे र दुई कोठे घर भकाभक बनाए’, उनले भने, ‘अहिले भान्छाकोठा पनि छैन। पाहुना आउँदा सुताउने र अन्न राख्ने ठाउँ पनि छैन।’ 

यसो हुनुमा प्राधिकरणले पठाएका प्राविधिकको पनि दोष रहेको उनको बुझाइ छ। प्राधिकरणबाट गाउँ गाउँमा खटिएका प्राविधिकले शहरी विकास तथा भवन निर्माण विभागले दिएको १७ थरीका डिजाइनभन्दा बाहिर जान सक्दैनौं भन्नाले यस्तो समस्या भएको उनको बुझाइ छ। 

उक्त समयमा नगरपालिका पनि अहिलेको जस्तो नभएकाले सम्वन्वय गर्ने भूमिका निर्वाह गर्न असफल भएको उनले स्वीकार गरे। मुख्य रूपमा यसमा पीडितहरूकै कमजोरी रहेको उनको भनाइ छ। पीडितहरूले आफ्नो आवश्यकता के हो भन्ने कुरा ठम्याउन नसक्दा अहिलेको अवस्था आएको उनको बुझाइ छ। पीडित लेखनाथ खतिवडाको पनि अहिले घर साँघुरो भएको गुनासो छ। ‘तत्कालीन समयमा प्राविधिकहरूले एक कोठे वा दुई कोठे घर बनाएपनि हुन्छ भने। हामीले भकाभक बनायौं’, उनले भने, ‘आफूसँग भएको, सरकारको र बैंकबाट ऋण गरेर बनायौं। अहिले दोहोरो मारमा छौं।’ 

हतारमा घर बनाउँदा पीडितबाट ऋणी भएको उनको बुझाइ छ। उनले भने, ‘एकातिर घर सानो भयो, त्यसैमाथि बैंकमा ऋण पनि थपियो। अब रोजगारी छैन कसरी कमाएर तिर्ने?’ 

पीडित एवं व्यवसायी सागर श्रेष्ठले पनि गाउँवस्ती निर्माणमा गल्ती भएको स्वीकार गरे। नेपाली कांग्रेसका प्रचार विभागका सदस्य समेत रहेका श्रेष्ठले तत्कालीन समयमा पीडितको हतारो र स्थानीय सरकारको समन्वय नमिल्दा अहिले वस्तीहरू झुपडीजस्तो भएको बताए। 

पोष्टप्रसाद दाहालले घरकै लागि व्यक्तिबाट ऋण लिएका छन्। अब व्यक्तिको ऋण थाम्न नसक्ने भएपछि बैंकबाट लिने प्रक्रिया थालेका छन्। ‘घर बनाउँदा लागेको ऋण तिर्न अब बैंकबाट निकालेर तिर्ने सोचमा छु’, उनले भने, ‘के गर्नु, घर नै सबैथोक हो। तरपनि  सानो भएको छ।’ 

पुन:निर्माणको अवसर थियो, चुक्यौं भन्ने लाग्छ  : सागर श्रेष्ठ, पीडित एवं व्यवसायी  

त्यो समय एक मिनेट हामीले सोच्नै सकेनौं। के आयो थाहा नै भएन। एकाएक कुहिरो लागेझैं धुवाँले भरियो। मैले एक मिनेटसम्म केही सोच्न सकिनँ। एक मिनेटको सन्नाटा पछि मैले परिवार सम्झेँ। म मेलम्ची बजारभन्दा माथि ईन्द्रेश्वरी माविमा थिएँ। त्यहाँबाट बजार आउँदै गर्दा बजार पुरै खण्डीकृत भएको पाएँ। 

बजारका अधिकांश कच्ची घरहरू भत्केका थिए। बजारमा कोलाहल र सन्नाटा थियो। बजारका मानिसहरू सामूहिक रुपमा चौरमा बसेका थिए। मानिस चिन्न नसकिने अवस्था थियो। म परिवारसँग भेटेपछि बल्ल ढुक्क भएँ। अनि, मात्र टाढा रहेका आफन्तहरू सम्झन थाल्यौं। देश–विदेशबाट फोन आउन थाल्यो। भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक थियो तर, क्षति सिन्धुपाल्चोकमा धेरै भएको थियो। योमध्ये पनि मेलम्ची नगरपालिकामा धेरै क्षति भएको थियो।  

यसरी भएको क्षतिपछिको पुन:निर्माणमा भने ध्यान पुगेन। पीडितहरूले शुरुमा छानोमात्र भएपनि हुन्छ भन्ने सोचे। सानो घर बनाउनेमा सीमित भए। तर, अहिले त्यो घर अपुग भएको छ। अहिले ५/६ वटा घर बनाउन परेपछि मानिस ऋणमा पर्न थालेका छन्। कतार, दुवई र मलेसिया जाने क्रम यही भूकम्पले बढाएको देखिन्छ। ऋण गरेर घर बनाएका कारण पनि उनीहरू विदेश जानुपरेको थियो। फेरि कोरोनाका कारणले यसमा धक्का लागेको छ। उनीहरू अहिले घरमै सीमित हुन परेको छ। तत्कालीन समयमा प्राधिकरण र स्थानीय निकायको बीचमा राम्रो समन्वय नहुँदा यस्ता घरहरू बने। 

सरकारले भूकम्पपीडितलाई विशेष सुविधा दिनुपर्ने भयो

लेखनाथ खतिवडा 
वैशाख १२ गतेको भूकम्पले हाम्रो क्षेत्र शतप्रतिशत ध्वस्त भयो। ३ तले घर थियो। सबै नास भयो। ६ वर्षको अवधिमा भएको पुन:निर्माणमा सन्तुष्ट हुने अवस्था छैन। हामीलाई एकतले घरले निर्वाह नै हुँदैन। अन्नदेखि पाहुनासम्म यही कोठामा राख्न परेको छ। पुन:निर्माणले एक वा दुई कोठा भएपनि हुन्छ भन्ने कार्य गर्दा अहिले समस्या भएको हो। 

सरकारले कम्तिमा रोजगारी वा बैंकको ऋणमा सहुलियत दिनुपर्‍यो। अहिले सबै पीडित बैंकको ऋणी भएका छन्। फेरि पनि भूकम्पपीडित हुने डर सँधै रहेको छ। राज्यले रोजगारी कसरी दिलाउने भन्ने कार्यक्रम ल्याउन जरुरी  छ। भारतको तरकारी सिधै बजारमा आएको छ, हामीले बजारमा बेच्न सकेनौं। दूधको मूल्य पनि यस्तै छ। विचौलियाहरूले बीचमा खाएर हामीलाई लगानी पनि उठ्न दिएनन्। सरकारले पीडितहरूको हकमा विशेष व्यवस्था नगर्ने हो भने हामी ऋण तिर्न नसक्ने भई समस्या हुने देखिन्छ। 

९० सालको सुनेको मात्र थिएँ, ७२ को भोगेँ
पुन्नमाता दुलाल 

म पूजाको कार्यक्रमका लागि जम्मा भएको मानिसको भीड भएको घरमा थिएँ। जब भूकम्प आयो, मुखमा राम राम मात्र भन्न आयो। बल्ल घरको गेटमा पुगेँ। तर, गेटबाट निस्कन सकिनँ। बल्ल बाहिर निस्केँ। यसरी निस्किँदा कोलाहल थियो। कसैका हातमा, कसैको खुट्टामा चोट थियो। कसैले ज्यान गुमाएको देखिन्थ्यो। कसैका पनि घर सग्लो थिएनन्। सबैको रुवावासी थियो। घर लड्दा देखिएको धुलोले ढाकिएको मात्र देखिन्थ्यो। सबैतिर कुहिरो जसरी धुलोले छोपेको थियो।

लगत्तै छोरीको घर छेउमा आइपुगेँ। नातिनीलाई घरले थिचेछ। तुलसीको मोठमा लगाएको देखेँ। पाँचदिन पछि घर आइपुगेँ। घरतिर पनि नातिनीले ज्यान गुमाइन् भन्ने सुनेँ, उनको अनुहार नै देख्न पाइनँ। मेरो नातिनी मरेको ठाउँमा चारजना एकै चिहान भएका थिए। वैशाख १२ गते आउँदा नातिनीको धेरै याद आउँछ। ९० सालको भूकम्प आउँदा सुनेको मात्र थिएँ। तर, २०७२ सालको भूकम्प आफैंले अनुभव गरें। 

भूकम्पले १० लाख ऋण थप्यो 
बेदप्रसाद दाहाल 

जे भएपनि बिर्सनुपर्ने र समय अघि बढ्ने रहेछ। सरकारले ३ लाख दियो। हामीले १० लाख ऋण गरेर घर बनायौं। ऋण महिनैपिच्छे बैंकमा बुझाउनु परेको छ। १५ प्रतिशत ब्याज बुझाउनुपर्ने छ। भूकम्पले १० लाख ऋण थपेको छ। 

३ लाखले घर बनेन, ऋणी भएँ, अपांग छु कसरी तिर्ने? :तेजनाथ दाहाल 

वैशाख १२ गते भूकम्पमा परेपछि मलाई वैशाखीको सहारा चाहिने भएको छ। सरकारले केही गरेन भन्न त मिलेन तर, हामी जस्तालाई केही गरेन। ३ लाखले घर बनेन। दुई कोठाको घर बनाउँदा धेरै ऋण लागेको छ। सरकार अझै पनि कर भनेर उठाउँछ। म अपाङ्ग छु। कसरी तिर्नु?  

एकीकृत बस्ती बनाइदिँदा खुशी भएका छौं :कान्छा माझी 

यो क्षेत्रका ४० घर एकैपटक ध्वस्त भए। पाँच जनाले ज्यान गुमाए। पशुहरूको क्षतिको त हिसाब नै थिएन। सबै घरहरू माटो भइसकेका थिए। बच्चाहरू खाली ठाउँमा हुँदा बचेछन् नत्र सबै एकै चिहान हुने रहेछन्। केही नपाएर हामीले बोरामा बेरेर घाइतेहरूलाई अस्पताल लान परेको थियो। हामीलाई थाई नेपाली  संघले सहयोग गरेर सामुदायिक बस्ती बनाएकाले अलि सहज भएको छ। राहतमा सामूहिक वस्ती बनाएकाले अब आवश्यकता हुनेले आफू अनुकुल बनाउन थालेका छन्। 

हावाहुरी आउँदा पनि भूकम्प आउँछ कि झैं लाग्छ 
फूलमती माझी 

मलाई पनि आधा पुरेको थियो,।भाग्न सकेँ। तर, बुहारी अपाङ्ग भइन्। सुन्ने कोही थिएन। अब बाँचिदैन भन्ने लागेको थियो। तर पछि विस्तारै निस्के। भूकम्पमा २ छोरीलाई गुमाए। ती छोरीको याद त आउँछ तर, के गर्नु याद आएर मात्र नहुने रहेछ। नातिनातिना छन् त्यही हेरेर चित्त बुझाउँछु। अहिले पनि डर लाग्छ। हावाहुरी आउँदा अध्यारो हुँदा फेरि पनि भूकम्प नै आउँछ कि भनि डर लाग्छ। 

निजी आवास पुन:निर्माणको काम अन्तिम अवस्थामा छ :कुमारप्रसाद कोइराला, प्रमुख प्रशासकीय अधिकृत 


निजी आवास पुन:निर्माणको काम अन्तिम अवस्थामा छ। ८७ प्रशितशले अन्तिम किस्ता लगेका छन्। केहीले लगेर पनि निर्माण सम्पन्न नगरेको देखिन्छ। शुरुमा डिजाइनको विषयमा जनतालाई बुझाउन नसकेको कारण समस्या भएको देखिन्छ। अहिले पुन:निर्माणपछि एक कोठे र दुई कोठे घर देख्दा हामीले बुझाउन नसकेको अनुभव भएको छ। शहरी विकास तथा भवन निर्माण विभागले १७ प्रकारको डिजाइनभन्दा बाहिर जान पाइँदैन भन्ने बुझाई गाउँमा लगेका कारण यो समस्या आएको देखिएको हो।

पुनर्निर्माण प्राधिकरणबाट खटिएका प्राविधिकहरूले यी डिजाइन भन्दा बाहिर जान नसक्ने भनी गाउँमा भन्दा यो समस्या भएको देखिन्छ। यी भन्दा बाहिर जान पाइँदैन भन्दा पूराना परम्परागत भवनहरू लोप भयो। अहिले पाहुना आउँदा पनि कहाँ राख्ने भन्ने समस्या भूकम्पपीडितलाई भएको देखिन्छ। अहिले परेको अर्को समस्या भनेको पछि सूचीकृत भएका पीडितहरूको पुनरावेदनमा निर्णय नहुँदा पुन:निर्माण समयमै सम्पन्न नहुने देखिएको छ।  

निजी आवास पुन:निर्माणमा कायम भएका लाभग्राहीको आवास निर्माण सन्तोषजनक रहेको छ। अहिले घर गलत भयो त कसरी भन्ने। घर बनाउने नै कत्रो चाहिन्छ भनेर लाभग्राहीले सोच्न जरुरी थियो। सरकारको पाटो हेर्दा केही भ्रम भएको पक्कै हो। भूकम्प प्रतिरोधी भनेर डिजाइन दिइयो, तर फिल्डमा खटिएका प्राविधिकहरूले त्यहाँभन्दा बाहिर जान दिइएन। बुझाइको कमजोरीका कारण यो भएको देखिन्छ। तत्कालीन आवश्यकता सडकबाट छानोमुनि ल्याउनुपर्ने थियो। यहीअनुसार ठीक पनि भयो होला तर, अधिकांश स्थानमा निजी भवन सानो र साँघुरो भयो। तर, विद्यालय भवनहरू निकै राम्रो भएको छ। यत्तिका विद्यालयहरू पुन:निर्माणको काम भूकम्प नभएको भए हुने थिएन।  

पुन:निर्माणमा नगरकै सफल वडा भएका छौं :भक्तबहादुर खड्का, मेलम्ची १० वडाध्यक्ष 

९९ प्रतिशत निजी आवासको पुन:निर्माण सकिएको छ। मेलम्ची नगरपालिकाभित्र यो नजिता प्राप्त गर्ने पहिलो वडा हामी हौं।  यो वडामा निजी आवास १२ सय क्षति भएको अनुमान गरेका थियौं। तीमध्ये १०७४ लाभग्राही सूचीकृत भए। 

१०६८ ले सम्झौता गरेर पहिलो किस्ता लिए। १०४५ ले अन्तिम किस्ता लिएका छन्। पुन:निर्माण ९९ प्रतिशत सम्पन्न भएको छ।  एउटा नमुना माझी बस्ती थाई नेपाली संघसँग मिलेर पुन:निर्माण गरियो भने अरु निजी आवासहरू निर्माण भए। 

सरकारी भवनहरूमा ६ वटा विद्यालय नै पूर्ण रूपमा पुन:निर्माण सम्पन्न भएको छ। स्वास्थ्य चौकी अस्थायी रूपमा बनेको छ। निजी आवासमा हामी नगरकै सफल भएका छौं। पुन:निर्माणका लागि अवसर थियो। एकीकृत बसाउने अवसर थियो तर, जग्गा र तत्कालीन समयमा उचित समन्वय नहुँदा सम्भव भएन। 

माझी वस्तीको एक गाउँ हामीले सामूहिक बस्ती बसाउन सक्यौं। भूकम्पअघि तीनतले घर थियो अहिले एकतले हुँदा पनि ऋणी भएका छन्। यो क्रम चाहिँ बढेको छ। तर, सरकारले दिने सहयोग दिएकाले अब पीडितहरू आफैंले यो ऋण तिर्नुपर्ने छ। 

यस्तो छ मेलम्ची नगरभित्रको पुन:निर्माणको तस्वीर– 

लाभग्राही कायम १३८९२
सम्झौता १३८१६
पहिलो किस्ता लिएका लाभग्राही १३८१६
दोस्रो किस्ता लिएका लाभग्राही १३२२५
तेस्रो किस्ता लिएका लाभग्राही १२०६७

वडागत तथ्याङ्क हेर्दा वडा नम्बर १ मा कायम भएका लाभग्राहीमध्ये ८० प्रतिशत र सबैभन्दा वडा नम्बर १० मा ९३ प्रतिशत लाभग्राहीले भुक्तानी लिएका छन् । 

-सिन्धुपाल्चोकबाट फर्केर

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी पार्टीलाई प्रतिबन्ध सोमबार, वैशाख २९, २०८२
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव सोमबार, वैशाख २९, २०८२
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी सोमबार, वैशाख २९, २०८२
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल सोमबार, वैशाख २९, २०८२
इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
हामीले कुरा गर्‍यौँ , भारत-पाकिस्तानबिचको हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली सोमबार, वैशाख २९, २०८२
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
अमेरिकी चर्चित रेस्लर साबुको निधन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा सोमबार, वैशाख २९, २०८२
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाकाे निर्देशन सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्