• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चूडामणि शर्माविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दाको तयारी गर्दै छ अख्तियार ? 

64x64
दुर्गा दुलाल बिहीबार, वैशाख ९, २०७८  ०९:१५
1140x725

काठमाडौं– दुई-दुई वटा भ्रष्टाचार मुद्दा खेपिरहेका राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार सार्वजनिक सूचना प्रकाशन गर्‍यो। गोरखापत्रमा प्रकाशित सूचनामा शर्मालाई सात दिनभित्र बयान दिन उपस्थित हुन भनिएको छ।

कर फर्स्योट आयोग र अकुत सम्पत्ति आर्जन सम्बन्धी दुईवटा भ्रष्टाचार मुद्दा खेपिरहेका विभागका तत्कालीन महानिर्देशक शर्मालाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेपछि अख्तियार उनीविरुद्ध तेस्रो मुद्दा दर्ता तयारीका लागि वयानमा बोलाएको देखिएको छ।

मौखिक रूपमा पटक-पटक बयानका लागि बोलाउँदा नआएपछि सार्वजनिक सूचना नै जारी गरी शर्मालाई सात दिनभित्र उपस्थित हुन भनिएको छ। सूचनामा कर फर्स्योट आयोगको सम्वन्धमा बयान दिन उपस्थित हुन भनिएको छ।  

शर्मा विभागमा रहँदा कर फर्स्योटका लागि सम्झौता भएका विभिन्न करदाताहरूलाई गैरकानुनी तरिकाले छुट दिई भ्रष्टाचार गरेको उजुरीको अनुसन्धानका लागि उपस्थित हुन अख्तियारले भनेको हो। 

कर फर्स्योटको १० अर्ब बिगोसहितको पहिलो मुद्दा 
२०७४ साउन १ गते विशेष अदालतमा अख्तियारले शर्मासहित कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १७ लाख दाबी गर्दै मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा सबै प्रतिवादीलाई फरार देखाइएको थियो। विशेषले म्याद जारी गरेपछि तत्कालीन अध्यक्ष महत र ढकाल २०७४ मंसिर ५ गते विशेष अदालत हाजिर भएका थिए।

उनीहरुलाई विशेष अदालतले जनही एक करोड धरौटी मागेको थियो। उक्त रकम नबुझाएपछि उनीहरु न्यायिक हिरासतमा गएका थिए। त्यसको केही समयपछि बैंक ग्यारेन्टी पेस गर्दै उनीहरु हिरासतमुक्त भएका थिए। लगत्तै २०७४ मंसिर १२ गते शर्मा हाजिर भएका थिए।  

अदालतबाट म्याद जारी भएपछि फरार रहेका दुई आरोपीहरु विशेषमा हाजिर हुदाँसम्म शर्मा अटेर गरेरै बसेका थिए। आफूविरुद्ध म्याद जारी भएको चार महिनापछि उनी अदालत पुगेका थिए। 

जब घरमै पूर्जी टाँसियो
राजस्व छलीको आरोपमा २०७४ साउन १ गते शर्मासहित तत्कालीन कर फर्स्योट आयोगका तीन जनाविरुद्ध १० करोडको भ्रष्टाचार मुद्दा दायर भयो। अख्तियारको उक्त मुद्दापछि मुख्यसचिवसम्म पुग्ने सम्भावना रहेका शर्मा निलम्वनमा परे। तत्कालीन समयमा सहसचिव रहेका शर्माविरुद्ध लगत्तै अख्तियारले अकुत सम्पति आर्जन गरेको अभियोगमा छानबिन अघि बढायो। 

Ncell 2
Ncell 2
nimb
nimb

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि सार्वजनिक पदमा रहँदा पदीय जिम्मेवारीको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान अघि बढाएको थियो। सम्पत्तिको स्रोतबारे बयान लिन खोज्दा शर्माले अटेर गरेपछि अख्तियारले उनको घरमा आयोगमा उपस्थित हुन ७ दिने पूर्जी टाँस्यो। अख्तियारको टोलीले वडा सचिवको रोहवरमा बुढानीलकण्ठ नगरपालिका-३ चण्डेश्वरी मार्गमा रहेको शर्माको घरमा पत्र टाँसेको थियो। 

आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा भ्रष्टाचारको आरोप लागेका शर्मामाथि कर निर्धारणमा अनियमितता गरेको आरोपमा असार ३० गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। झन्डै १० अर्ब रुपैयाँको बिगो र जरिवाना मागदाबी गर्दै दायर गरिएको सो मुद्दा विशेषमा फैसलाको समय कुरेर बसेको छ। 

एकपछि अर्को  भ्रष्टाचार मुद्दा
पहिलो मुद्दा दर्ता भएको ६ महिनापछि अख्तियारले शर्माविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले २०७४ साउन १ गते शर्मासहित ३ जनाविरुद्ध कर फर्स्योट आयोगमा बसेर गैरकानुनी लाभ लिएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यस्तै, २०७४ माघ १५ मा अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर गरेको थियो। अख्तियारले अदालतमा दायर गरेको अभियोगपत्रमा शर्माले करिब ४ करोड बराबरको अकुत सम्पत्ति आर्जन गरेको दाबी गरिएको छ। 

शर्माले पत्नी कल्पना उप्रेती शर्मा र परिवारका नाममा अवैध सम्पत्ति लुकाएको अभियोगसहित अख्तियारले मुद्दा दायर गरेको थियो। अकुत सम्पत्ति आर्जनको मुद्दामा शर्मालाई फरार देखाइएको थियो। शर्मा सार्वजनिक सेवामा प्रवेश गरेयता २०७३ साल मंसिर मसान्तसम्मको चल-अचल सम्पत्ति जाँच गरिएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ। 

अन्तिम फैसलाको अवस्थामा पुगेर फेरि सुनुवाइ हुँदै दुई मुद्दा
आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक शर्माको भ्रष्टाचार मुद्दा र कर फर्स्योट विवादमा तीन जनाविरुद्ध दायर भएको मुद्दामा विशेष अदालतले फैसलाका लागि २०७६ फागुन ४ गते वहस नोट मगाएको थियो। न्यायाधीशहरु शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र रवि शर्मा अर्यालको इजलासले दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश गरेको थियो। तर, उनीहरुको सरुवा भएकाले यो मुद्दामा फेरि बहस शुरु हुनसक्ने देखिन्छ।  

सरकारी वकिल र कानुन व्यवसायीको बहस समाप्त गर्दै बहस नोट पेस गर्ने अदालतले आदेश गरेको थियो। कर फर्स्योट आयोगले कर छुट दिन सक्ने वा नसक्ने विषयमा संवैधानिक व्याख्या गर्नुपर्ने भएकाले विशेषले बहस नोट माग गर्ने आदेश गरेको थियो। 

कर फर्स्योट आयोगमार्फत उनीहरुले १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको थियो। उनीहरुविरुद्ध २०७४ साउन १ गते राजश्व अपचलन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतमा मुद्दा दायरपछि उनीहरु जनही १/१ करोड धरौटीमा रिहा भएका थिए।

सर्वोच्चको आदेशपछि अख्तियारको हिरासतबाट रिहा
अख्तियारले कुल १ हजार ६९ फाइलमध्ये पहिलो चरणमा ४५ फाइलमाथि अनुसन्धान टुंग्याउँदै मुद्दा दर्ता गरेको थियो। आयोगले शर्मा, कर फर्स्योट आयोगका अध्यक्ष महत र सदस्य ढकालसँग गुमेको राजस्व बिगोमार्फत असुल हुनुपर्ने दाबी गरेको थियो। 

अख्तियारले पटक-पटक बयान लिने अनि थुनामा राख्ने गर्न थालेपछि उनी सर्वोच्च पुगेका थिए। सर्वोच्चले अख्तियारको अनुसन्धान हिरासतमा नराखी अनुसन्धान गर्न भनेको थियो। 

कर फर्स्योट आयोगका अध्यक्ष महत, सदस्य ढकाल तथा सदस्य-सचिव शर्माले ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँमा सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख रुपैयाँ राजस्व मिनाहा गराएका थिए। सोही विषयमाथि अनुसन्धान गर्दै अख्तियारले १८ जेठमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मालाई कार्यालयबाट पक्राउ गरेको थियो। थुनामा रहेका बेला पनि शर्माले अधिकांश समय नर्भिक अस्पतालमा बसेर हिरासत समय व्यतित गरेका थिए। कांग्रेस नेता डा. रामशरण महत अर्थमन्त्री हुँदा कर फर्स्योट आयोग गठन गरिएको थियो। 

अख्तियारले शर्मा सार्वजनिक सेवामा प्रवेश गरेयता ०७३ साल मंसिर मसान्तसम्मको चल-अचल सम्पत्ति जाँच गरिएको जनाएको छ।

को हुन् चुडामणि शर्मा?
शर्मालाई धेरैजसोले ‘लोक सेवाका गुरु’ उपनामले चिन्छन्। लोक सेवा आयोगको परीक्षामा एकैपटक सात ठाउँबाट नाम निकालेको भनेर उनको चर्चा भएको थियो। लोकसेवा आयोगको तयारी गर्नेहरुले शर्माको पुस्तक ‘खोजी-खोजी’ पढ्ने गर्छन्। 

आन्तरिक राजस्व विभागका महानिर्देशक बनेका शर्माले लोक सेवा र राष्ट्रसेवक सरकारी कर्मचारीको बरियतामा कहिल्यै पछि फर्केर हेर्नु परेको थिएन। लोक सेवा आयोग अन्तर्गतका प्रतियोगिताका विद्यार्थीमाझ ख्याति कमाएका शर्माले लोक सेवा तयारीसँग सम्बन्धित १० दर्जन भन्दा बढी पुस्तक लेखेका छन्।

२०२६ सालमा स्याङ्जाको फापरथुम, बरप्प्लिेमा जन्मिएका शर्माले २०४३ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। आईकम दोस्रो बर्ष पढ्दै गर्दा सह-लेखापालको परिक्षा दिएका शर्माले १४ सय परिक्षार्थीलाई उछिन्दै २०४५ सालमा आफ्नो सरकारी सेवाको जीवन सुरुवात गरेका थिए। बीचमा उनले सह-लेखापालबाट राजीनामा दिएर फेरि लोकसेवाकै तयारी गरेका थिए। २०५० सालमा दिएको शाखा अधिकृतको परीक्षाको नतिजा २०५१ सालमा प्रकाशित हुँदा शर्मा चौथो नम्बरमा नाम निकाल्न सफल भए। 

शर्मा कास्की, ओखलढुंगा लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी भएका छन्। २०५८ सालमा उप-सचिव भएका शर्माले अर्थ मन्त्रालय हुँदै राजस्वको उप-सचिव लगायतका जिम्मेवारीमा रहेर काम गरे। 

२०६४ सालमा सहसचिव भए। सहसचिव भएपछि सामान्य प्रशासन मन्त्रालय, अर्थ, महालेखा नियन्त्रकको कार्यालय, गृह मन्त्रालयका साथै सुनसरी, ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरे।  

गृह मन्त्रालयको सहसचिव हुँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बनेका उनी निलम्वनमा रहँदा आन्तरिक राजस्व विभागमा महानिर्देशक पदमा रहेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन स... मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनर्स्थापनाका लागि सम्भावित... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्