Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘कर्मचारीले मनलाग्दी नीति बनाउँदा रहेछन्, अनुसन्धान हुँदो रहेनछ’

64x64
नेपाल लाइभ आइतबार, चैत २९, २०७७  १३:५९
1140x725

काठमाडाैं- नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक विष्णुराज उप्रेतीले नेपालमा अध्ययन, अनुसन्धानबिनै नीति बनाउने गरिएको बताएका छन्। कुनै एक सहसचिवको मनमा आएको कुरा लेखेर नीति बन्ने गरेको पाइएको उनले बताए। 

नेपाल लाइभसँगको कुराकानीमा उनले अनुसन्धान गरेर योजनावद्ध नीति तथा कार्यक्रम बनाउने भन्दा के मन लाग्छ त्यही लेखेर, लामो भाषण गरेर बन्ने गरेको अभ्यास देखिएको बताए। 

प्रतिष्ठानले करिब एक वर्ष लगाएर गरेको अध्ययन र अनुसन्धानमा यस्तो निष्कर्ष निस्केको उनी बताउँछन्।  ‘नेपालमा नीति बनाउनका लागि कुनै योजना वा अध्ययनको त कुरै नगरौं, कुनै एक मन्त्रालयको सहसचिवले मनमा लागेको लेखेर बन्ने गरेको रहेछ’, उनले भने ‘जसका लागि नीति वा कानुन बनाइन्छ त्यसको अपनत्व खोजी गर्ने कार्य भन्दा बन्द कोठामा बन्ने गरेको देखियो।’ 

nimb
nimb
Ncell 2
Ncell 2

नीति बन्दा जनता वा लाभान्वित वर्ग भन्दा मन्त्रालयका अधिकारी, मन्त्री र अन्य नीति निर्माणकर्ता हावी भएको उनले बताए। अहिले भर्खर नीति निर्माणका लागि अनुसन्धान हुनुपर्छ भन्ने बहस शुरु भएको उनले बताए।

अहिले प्रतिष्ठानले सरकारले बनाउने नीतिहरूका बारेमा अध्ययन थालेको पनि उनले बताए। अहिले सबै मन्त्रालयले नीति बनाउनका लागि पहिला अनुसन्धान गर्ने अभ्यासको थालनी भएको उप्रेती बताउँछन्। यसका लागि प्रतिष्ठानका लागि जिम्मेवारी दिन लागेको उनले बताए। 

कुराकानीको मुख्यअंश :

  • प्रतिष्ठानले पहिलो वर्ष आन्तरिक नियम र नियमावली बनाउने काम गर्‍यो। 
  • हामीले जनशक्ति पुर्ति गर्ने काम गर्‍यो। अहिले प्रतिष्ठानमा २२ जना अनुसन्धानकर्ताहरू अहिले जोडिएका छन् भने अन्य कर्मचारीहरू पाएका छौं।
  • अब हामी सरकारले दिएको अनुसन्धानमा केन्द्रित हुन सक्ने भएको छौं। 
  • यो अवधिमा हामीले मुख्य रूपमा अहिले हामीले चार वटा अध्ययन थालेका थियौं, ती मध्ये २ वटा सम्पन्न भएको छ। 
  • सरकारले बनाउने नीति तथा कार्यक्रम, विद्युतीय मतदानको प्रभावकारिता र निर्वाचन प्रणालीमाथि केही अध्ययन सम्पन्न भएको छ। 
  • पाँच वर्षको सरकारले बनाएका नीतिहरू हामीले अनुसन्धान गर्‍यौं। यो सबै ‘रिभ्यू’ गर्दा धेरै कुरा हामीले पाएका छौं। 
  • २०० पेजको प्रतिवेदन तयार १५ पेजको सुझाव प्रधानमन्त्री कार्यालयमा पठाएका छौं। 
  • यसरी नीति बन्दा कानुन नै सुनिश्चितता नभई हुने गरेको पाइयो। 
  • बजेट समेत सुनिश्चितता खोजिएको पाइएन। 
  • नीति तथा कार्यक्रममा हालिराखौं न भनेर हाल्ने गरेको पाइयो। 
  • संस्थागत संरचना नै नभई नीतिमा राख्ने काम भएको देखियो। 
  • नीति तथा कार्यक्रम बजेटमा तालमेल नै नहुने। 
  • पहिला जे गरेको त्यही हाल्ने परम्परा रहेछ।  
  • उपलब्धी खोजी र त्यसको सूचाकांक नै पाइएन। 
  • हतारमा नीति कार्यक्रम बनाउने अनि दोहोरिने समस्या देखियो। 
  • परिणाम दिने कार्यक्रम राख्न पर्‍यो
  • कसले नीतिमा राख्यो अनि किन कार्यान्वयन भएन जिम्मेवारी तोकिनुपर्ने अनि सजाय र पुरस्कार दिने हुनुपर्‍यो। 
  • नीति तथा कार्यक्रमको अनुगमन गनुपर्ने।
  • नीति र कार्यक्रम बजेटसँग तालमेल हुनुपर्ने।
  • हालसम्मका नीतिहरूको समीक्षा गरियो। 
  • नीति निर्माणमा एकरुपता पाइएन। 
  • सीडीओको असन्तुष्टि मापनको अध्ययन पनि गरिएको छ। 
  • छिट्टै यसको प्रतिवेदन सार्वजनिक गरिने छ। 
  • अध्ययनपछि प्राप्त नतिजा अनुसार गृह मन्त्रालयलाई सिफारिस गरिन्छ। 
  • विद्युत्तीय मेसिनको प्रयोग गरेमा हामीले गरेको अध्ययनको रिपोर्ट बुझाएका छौं। 
  • मेसिन अहिले नै उपयुक्त नदेखिएको निष्कर्ष आएको छ। 
  • नेपालको सबै क्षेत्रमा पुर्‍याउन नसकिने, मतदाता शिक्षादेखि अन्य सुरक्षाको विषयमा अध्ययन गरेर प्रतिवेदनमा सुझावहरू समेत दिएका छौं। 
  • निर्वाचन प्रणाली सम्बन्धी अर्को अध्ययन पनि शुरु भएको छ। 
  • नेपालको निर्वाचन प्रणाली किन र कसरी महंगो भयो? र, यसले पार्ने प्रभावबारे यो अध्ययनले भन्नेछ। 
  • नीति निर्माण गर्नेहरूको ज्ञानको स्रोत खोजी गर्ने अध्ययन पनि शुरु भएको छ। 
  • नीति निर्माणमा सहभागीहरूले कहाँबाट जानकारी पाउँछन्, उनीहरूले कसरी अध्ययन गर्छन् जस्ता विषयमा यो अध्ययन केन्द्रित हुनेछ। 
  • पुरातन ज्ञान प्रयोग गर्नुहुन्छ कि नयाँ? वा कहाँको ज्ञानको स्रोत भनेर खोजी गर्ने काम शुरु भएको छ।
  • कोभिडले अर्थतन्त्रमा पारेको प्रभावका बारेमा पनि अध्ययन गरिरहेका छौं।
  • कोभिडले सामाजिक मनोविज्ञानमा पारेको प्रभावबारे पनि अध्ययन गरिरहेका छौं। 
  • यी अध्ययनको छिट्टै परिणाम आउँछ। 
  • प्रतिष्ठानको कानुन ढिलो भएको छ।  
  • यो संस्था गठन आदेशबाट निर्माण भएकाले कानुनको आवश्यकता भएको छ। 
  • कानुन मस्यौदा भएर माथिल्लो सदन (राष्ट्रिय सभा) पुगेको थियो। उक्त विधेयक अहिले प्रतिनिधि सभामा आइपुगेको छ।
  • यो विधेयक छिट्टै पारित हुन नसक्दा काम गर्न केही समस्या भइरहेको छ। 
  • ३ वर्ष पूरा काम गर्न सकेमा यसलाई सक्षम संस्था बनाउने उत्साहका साथ काम गरिरहेका छौं। 
  • कोभिडले गर्दा लामो समय काम गर्न नपाइएको तर, पछिल्लो समयमा यसले गति लिएको छ।
  • अब प्रतिष्ठानले अर्को वर्षको कार्यक्रम बनाइरहेको छ। उक्त समयमा हामी योजनाद्ध रूपमा काम गर्नेछौं। 
  • अहिले प्रतिष्ठानमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि विज्ञ व्यक्तिहरू जोडिएका छन्। 
  • अमेरिका, जापान र युरोपमा रहेका नेपालीहरूले प्रतिष्ठानमा आवद्ध भएर काम गर्न चाहेका छन्। 

सम्बन्धित समाचार :

-सरकारी अध्ययनको निष्कर्ष : हचुवामै बन्छ नीति तथा कार्यक्रम, बजेट सुनिश्‍चितता नहुँदा योजना बेवारिसे
-‘निर्वाचनबाट राजनीतिक व्यक्ति होइन, बिचौलिया निर्वाचित हुन थाले’

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन
विश्वकप फाइनलमा पहिलोपटक हाफटाइम शो, क-कसले दिँदैछन् प्रस्तुति ?
सम्बन्धित सामग्री
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमि... आइतबार, साउन ३, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको हो। आइतबार, साउन ३, २०८३
जलविरेमा दुई बस ठोक्किँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध आज बिहानैदेखि सञ्चालनमा आएको सडक उक्त दुर्घटनाका कारण पुनः ठप्प हुन पुगेको हो। आइतबार, साउन ३, २०८३
ताजा समाचारसबै
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड सोमबार, साउन ४, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
विश्वकप फाइनलमा पहिलोपटक हाफटाइम शो, क-कसले दिँदैछन् प्रस्तुति ? आइतबार, साउन ३, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो आइतबार, साउन ३, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार आइतबार, साउन ३, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्