• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानन्यायाधीश र न्यायपालिकामाथि किन उठिरहेछ प्रश्न? 

64x64
दुर्गा दुलाल शुक्रबार, चैत २०, २०७७  १४:०९
1140x725

काठमाडाैं- प्रतिनिधि सभाको हिउँदे अधिवेशन बोलाउने समय र दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गरे। सविधानमा प्रधानमन्त्रीलाई यो अधिकार नभएपनि उनले ताजा जनादेश लिने भन्दै प्रतिनिधि सभा विघटन गर्ने कदम चालेका थिए। राष्ट्रपतिले पनि सहजै विघटनलाई अनुमोदन गरेपछि यो विषय सर्वोच्च अदालतमा प्रवेश भयो। 

सर्वोच्चमा पुगेको यो विषयका धेरै रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सबभन्दा पहिले सुनुवाइका लागि आफ्नै इजलासमा पेशी तोकेका थिए। अर्थात् उनले यससम्बन्धी पहिलो सुनुवाइदेखि फागुन ११ गते अन्तिम फैसला सुनाउँदासम्म आफैं संलग्न इजलाश रोजे। यो विवाद चलिरहँदा सर्वोच्च अदालतमा जबराविरुद्द पनि रिट दायर भयो। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको र परिषद्को सो बैठकमा भाग लिएर गरिएको नियुक्तिको सिफारिस गैरसंवैधानिक भएको भन्दै प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा रिट दायर भएको थियो। त्यो विषयले अहिलेसम्म पनि सुनुवाइको मौका पाएको छैन। 

यही अवधिमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सर्वोच्च अदालतका चारजना पूर्वप्रधानन्यायाधीशहरूमाथि अवहेलनाको मुद्दा चल्यो। उनीहरूलाई अदालतमा आफैं उपस्थित हुन आदेश दिइएपछि उनीहरूले अदालत पुगेर लिखित जवाफ पेश गरे। फागुन ११ गते सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला सुनाएपछि राजनीतिक हिसाबले देश सहज रूपमा अघि बढ्ने आकलन भइरहेका बेला फागुन २३ गते सर्वोच्च अदालतबाट भएको सत्तारूढ नेकपाले मान्यता नपाएर एमाले र माओवादी केन्द्र ब्युँतिने अर्को फैसलाले राजनीतिका दिन र दशा नै अर्कैतिर मोडिदियो। र, त्यहीँबाटै अदालतप्रतिको आलोचना ह्वात्तै बढ्न पुग्यो। 

यही फैसलापछि मुलुकको सर्वोच्च न्यायालय र प्रधानन्यायाधीश जबरा राजनीतिक विषयमा प्रवेश गरेको आरोप लागेको छ। नेकपाको नामसम्बन्धी विवादास्पद फैसला पुनरावलोकनका लागि भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दर्ता गराएको निवेदनमा निस्सा नदिने बिहीबारको आदेशपछि अदालतसँगै प्रधानन्यायाधीश जबरा फेरि एकपटक आलोचनाको घेरामा परेका छन्। 

किन भइरहेछ आलोचना?
संवैधानिक इजलासमा भएका मुद्दाहरूको सुनुवाइलाई प्राथमिकता नदिएको, आफूले ‘रुचाएका’ केही न्यायाधीशलाई विवादास्पद मुद्दामा पेशी तोक्ने गरेको र तुलनात्मक रूपमा क्षमतावान मानिएका न्यायाधीशहरूलाई विज्ञता अनुसारको मुद्दाभन्दा अन्य पेशीमात्र तोक्ने गरेको भनेर सर्वोच्च अदालतमै समेत प्रधानन्यायाधीश जबराको आलोचना सुरु भएको छ। 

केही समय पहिलेदेखि नै न्यायपालिकाको नेतृत्वले न्यायाधीशहरूकै बीचमा गुट बनाउने गरेको आरोप खेप्दै आएको छ। जबराले पनि सीमित न्यायाधीशहरूलाई त्यसैगरी प्रयोग गरिरहेको सर्वोच्चकै बहालवाला एक न्यायाधीशले बताए। ‘केही चलखेल हुने आशंका गरिएका मुद्दा तिनै न्यायाधीशको इजलासमा पेशी तोकिन्छन्, अनि कार्यकारीको निर्णय विरुद्धका मुद्दामा पनि त्यस्तै तस्बिरहरू देखिन थालेका छन्’, ती न्यायाधीशले भने, ‘लामो कार्यकाल भएका प्रधानन्यायाधीशले अदालतलाई सुधार गर्ने आशा गरेका थियौं, तर अब निराश हुन थालेका छौं।’ 

पूर्वप्रधानन्यायाधीश र संविधानविद्हरूले पनि न्यायाधीशहरूको भूमिकाले गर्दा स्वतन्त्र न्यायपालिकामाथि प्रश्न उठेको भन्दै सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश, संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरूले ‘न्यायाधीशहरूको प्रवृत्ति र भूमिकाका कारण स्वतन्त्र न्यायापालिकाको क्षमतामाथि आशंका बढ्दै गएको’ टिप्पणी गरे। ‘समयमा मुद्दाको फैसाला गर्न नसक्ने, नियुक्तिमा भागबण्डा खोज्ने, राजनीतिक दलहरूको पक्ष-विपक्षमा लाग्ने प्रवृत्ति कतिपय न्यायाधीशमा देखिएको र यसमा नेतृत्वले झन् बल दिइरहेको’ उनीहरूको आरोप थियो।

Ncell 2
Ncell 2
nimb
nimb

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरू स्वतन्त्र हुन्छन् भनिएपनि कतिपय न्यायाधीशहरू ‘जानीजानी परतन्त्रबाट प्रभावित हुने गरेको’ टिप्पणी गरिन्। ‘त्यसो हुनुको कारण राजनीतिक हस्तक्षेप हो, कतैबाट गाइडेड हुनु हो, यसको पालामा यो हुन नदिने, त्यसको पालामा त्यो हुन नदिने चक्र चलिरहेको छ’, उनले भनिन्, ‘राजनीतिक रंग दिने र आफूअनुकुल काम गराएर कार्यकारीको लाचार छायाँ बनाउने खोज्नेक्रम अहिले झन् बढेको सुनेको छु।’ 

स्वतन्त्र न्यायपालिका भनिएपनि आफैं परतन्त्र हुन जाने र नेताका बैठकमा गई सल्लाह गरेर अदालत चलाउन आउने प्रवृत्ति रहेको कार्कीको टिप्पणी छ। ‘न्यायपालिकालाई बर्बाद गराउनेमा को को हुनुहुन्छ भनेर हेर्ने हो भने भित्रैका न्यायाधीशहरू पनि हुनुहुन्छ’, उनको भनाइ थियो।

जोखिम न्यायाधीश-वकिल भेटको 
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि अदालत कार्यकारीको छायाँ जस्तो बनेको र कानुन व्यवसायीमार्फत् अदालतमा सोझै चलखेल हुन थालेको बताए। ‘वकिल र न्यायाधीश चाहिँ सितिमिति एकै ठाउँमा भेला हुँदैनन्। र, त्यसरी भेला हुनु जोखिमपूर्ण पनि हुन्छ’, उनले भने, ‘बहालवाला न्यायाधीश र सक्रिय कानुन व्यवसायी सँगै बस्नु जोखिमपूर्ण भएपनि अहिले त्यही भइरहेको सुन्न पाइन्छ।’   

श्रेष्ठले न्यायाधीश नियुक्ति आकाशबाट नहुने उल्लेख गर्दै भने, ‘तर, हामी किन खोजीखोजी पार्टीका मानिस नै अदालतमा भर्ना गर्न चाहिरहेका छौं?’ 

संविधानविद् भीमार्जुन आचार्यले संवैधानिक इजलासले आफ्नो गरिमा र औचित्यलाई कहीँकतै पनि प्रदर्शन गर्न नसकेको आरोप लगाए। संवैधानिक इजलासमा रहेका कतिपय संवेदनशिल मुद्दा लामो समयसम्म सुनुवाइ नगरिँदा प्रधानन्यायाधीश र इजलासप्रति प्रश्न उठेको उनले बताए।  आचार्यले भने, ‘कतिसम्म दुर्भाग्यपूर्ण अवस्था छ भने यति संवेदनशिल मुद्दाहरु संवैधानिक इजालासमा विचाराधीन छन् जसको पहिलो सुनुवाइका लागि पाँच/छ वर्षसम्म पर्खिनु परिरहेको छ।’ संवैधानिक परिषदसम्बन्धी अध्यादेश, संवैधानिक निकायहरूमा भएका नियुक्तिमा प्रधानन्यायाधीश नै जोडिएर उठेका प्रश्नलगायतलाई उनले यहीसँग जोडेर चर्चा गरे। 

संविधानविद् टिकाराम भट्टराईले अदालतबाट हुनै फैसलाका कारण न्यायाधीशहरूको अगाडि श्रद्धाले शिर झुकाउने ठाउँ नै नरहेको टिप्पणी गरे। प्रधानन्यायाधीशले गलत गरेको भनेर दायर भएका रिटमा पहिलो सुनुवाइ नै नहुने प्रवृत्ति रहेको भन्दै त्यसलाई नसच्याउने हो भने अदालतको औचित्य समाप्त हुने उनले बताए।

‘जुन प्रधानन्यायाधीशले गलत गरेको भनेर मुद्दा परेका छन् त्यसमा सुनुवाइ नै हुँदैन वा आफै संलग्न इजलासमा राखिन्छ, त्यो पनि महिनौंसम्म’, भट्टराईले भने, ‘अनि सर्वोच्च अदालतमा रहेका काविल न्यायाधीशहरू केवल आफ्नो इजलासमा परेका मुद्दा मात्र छिनेर बस्नु परेको छ।’

अब न्यायाधीश र अदालतको भूमिकाबारे नागरिकले प्रश्न गर्ने समय आएको टिप्पणी भट्टराईले गरे। ‘सरी टु से, तर यो अवस्था कहिलेसम्म रहन्छ भनेर सोध्न पर्ने भएको छ’, उनले भने, ‘के बाध्यताले श्रीमान भनिएको होला, के बाध्यताले फैसला मानिएको होला, अन्तरहृदयदेखि तपाईंहरूलाई श्रद्धाले शिर झुकाउने अवस्था सिर्जना कहिले हुन्छ?’

अर्का संविधानविद् चन्द्रकान्त ज्ञवालीले आफैंले दायर गरेका ६/७ वटा रिटमा डेढ वर्ष भइसक्दा पनि कारण देखाऊ आदेश हुन नसकेको र न्यायाधीश हेरेर आदेश वा फैसलाको चर्चा हुने गरेकाले अदालतप्रति सम्मानभन्दा शंका बढेको बताए। ‘यस्तो स्थितिमा संवैधानिक इजलासले संविधानवादको बाटोमा हिँडाउँछ  र नेतृत्वले सही न्यायालय बनाउँछ भनेर कसरी विश्वास गर्ने ?’, ज्ञवालीले प्रश्न गरे।  

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १४:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग दाहालको तर्फबाट छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन स... मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्