• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कहिले टुंगिन्छ प्रचण्डले दर्ता गराएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ ?

विगतको नजीरले भन्छ- कम्तिमा दुई वर्ष लाग्न सक्छ
64x64
दुर्गा दुलाल मंगलबार, चैत १७, २०७७  २०:१७
1140x725

काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पुनरावलोकन निवदेन दर्ता गराएका छन्। 

फागुन २३ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको फैसला त्रुटीपूर्ण भएको प्रचण्डले निवेदनमा दाबी गरेका छन्। करिब २३ पृष्ठ लामो निवेदनमा उनले विगतका फैसलाका नजीर र कानुनी सिद्धान्तसमेत पेश गरेका छन्। 

निवेदन बुझाएर सर्वोच्चबाट बाहिरिँदै गर्दा उनले छिट्टै यसमा निर्णय गर्नुपर्ने माग गरे। पहिलोपटक अदालतमा आफू फैसलाविरुद्ध आएको उनले दाबी गरे। विगतमा पनि यस्तो फैसला पुनरावलोकन भएकाले यो पनि हुने प्रचण्डको विश्वास छ। 

देश राजनीतिक स्थायित्वको दिशामा अघि बढेको समयमा एकता भइसकेको दललाई विभाजित गर्ने राजनीतिक कदम सर्वोच्चले सच्याउने उनले विश्वास लिए। ‘निवेदकले पार्टी विभाजनको आशय राखेको थिएन। नाम मात्र सच्याउन माग गरेको थियो तर, त्यो निवेदन भन्दा बाहिर गएर गरेको फैसला पुनरावलोकन छिट्टै गर्नेछ’, उनले सर्वोच्च परिसरमा भने, ‘यसमा ढिलो गर्न हुँदैन। सर्वोच्चको निर्णयपछि छिट्टै यथार्थ बाहिर आउँछ।’  

सर्वोच्चमा निवेदन दायर गरेर फर्कँदै गर्दा प्रचण्डले अदालतप्रतिको सम्मान र भरोसा दुवै रहेको संकेत गरे।

तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको नाम आफ्नो पार्टीसँग मिलेको, एउटै नाम दुईवटा पार्टीलाई दिन नमिल्ने भन्दै ऋषिराम कट्टेलले सुरुमा निर्वाचन आयोगमा सत्तारुढ दलकाे नाम बदरकाे माग गर्दै निवेदन दर्ता गरेका थिए। तर, आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको दललाई नै नेकपा नाम दिने निर्णय गरेपछि कट्टेल त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका थिए। 

कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा दायर भएको निवेदनमा गएको फागुन २३ गते फैसला आयो। अदालतले ऋषि कट्टेलको पार्टीलाई नेकपा नाम दिँदै एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएको थियो।

नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुई समूहमा विभाजित भएर तिक्ततापूर्ण सम्बन्ध बनेको समयमा आएको फैसलाले नेकपामा मात्र नभइ बाहिर समेत तरंग सिर्जना गर्‍यो। जुन समयमा नेकपाभित्र एकले अर्कोलाई ‘सिध्याउने’ खेल चलिरहेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याएको केही दिनमा सर्वाेच्चले यो फैसला सुनाएको थियो। अदालतले फैसला चित्त नबुझे अदालतले तोकेको म्यादभित्र पुनरावलोकनका लागि निवेदन दिन सक्ने भन्दै बाटो खोलेको थियो।

पुनरावलोकनमा जान पाउने अधिकार सबै विपक्ष, निर्वाचन आयोग, अर्का अध्यक्ष केपी शर्मा ओली र नेकपालाई समेत थियो। तर, प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता भन्दा विभाजनमै फाइदा भएकाले उनी यसमा लागेनन्। निर्वाचन आयोगले पनि पुनरावलोकनको 'झन्झट'मा लाग्ने 'मूड' बनाएन।

त्यसपछि फैसलाको पुनरावलोकनमा जाने/नजानेबारे प्रचण्ड–माधव पक्षले कानुनविद्हरूसँग पटक-पटक छलफल गरे। अन्ततः कानुवद्हिरूको सुझावपछि नेकपाका दुई अध्यक्षलाई विपक्षी बनाइएको आधारलाई टेकेर प्रचण्ड आफैं फैसला पुनरावलोकनका लागि मंगलबार सर्वोच्च पुगे।  

कसरी हुन्छ पुनरावलोकन ?
प्रचण्डको निवेदनसँगै यो विवाद कहिलेसम्म टुङ्गिन्छ भन्ने आमचासो देखिएको छ। सर्वप्रथम यो विवादमा अब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तीन न्यायाधीशको इजलास तोक्नु पर्नेछ। यो विवाद अघि बढाउने कि नबढाउने निर्णय गर्नका लागि विगतको इजलासमा रहेका भन्दा धेरै न्यायाधीश तोक्नुपर्ने छ।

नेकपा विवादमा दुई न्यायाधीशको संयुक्त इजलासले फैसला सुनाएकाले अब तीन जना न्यायाधीश सम्मिलित इजलास गठन हुनेछ। उक्त इजलासले निस्सा दिएमा यो विवाद अघि बढ्ने छ। 

विगतमा पनि कैयौं मुद्दाका फैसला पुनरावलोकन भएका छन्। लोकमानसिंह कार्कीको मुद्दा एउटा उदाहारण हो। विगतमा ‘क्लिन चिट’ पाएका कार्की पुनरावलोकनवाट अयोग्य ठहर भएका थिए। त्यस्तै, रञ्जन कोइराला, गोविन्द बटाला, भ्रष्टाचारका धेरै मुद्दाहरू अहिले पुनरावलोकनका क्रममा छन्। पुनरावलोकनको निवेदन दिँदा निवेदक पक्षले केही सैद्धान्तिक आधार भने पेश गर्नुपर्छ। यसअघि सर्वोच्चबाट भएको फैसला त्रुटीपूर्ण रहेको भनेर विगतमा भएका नजीरहरू पेश गर्न सकेको अवस्थामा सर्वोच्चले निस्सा दिनेछ।

यस्ता निवेदन सुरुमा दर्ताका लागि सर्वोच्च अदालतको प्रशासनमा जान्छन्। प्रशासनले त्रुटीपूर्ण भएको जिकीर पुग्ने वा नपुग्ने हेर्छ। सर्वोच्चको मुद्दा फाँटले हेरेपछि यसलाई दर्ता गर्ने कि दरपीठ भनेर निर्णय गर्छ। प्रशासनले दर्ता गरेमा सिधै पेशी चढ्छ।  दरपिठ गरेमा त्यसविरुद्ध निवेदक सिधै इजलासमा पुग्न सक्छन्। अहिले नेकपा विवादमा प्रचण्डले दर्ता गराएको निवेदन इजलासमा पुग्ने चरणमा पुगेको छ। इजलासले दर्ता गर्न आदेश दिएमा निवेदन दर्ता हुन्छ, नदिएमा यो विषय त्यहीँ टुंगिन्छ। 

पुनरावलोकनका लागि परेका धेरै निवेदनमा निस्सा पाउन धेरै लामो समय पर्खनु परेका उदाहरण छन्। पछिल्लो पटक सशस्त्र प्रहरी बलका तत्कालीन डिजाइजी कोइराला र माओवादी केन्द्रका नेता बटालाको मुद्दामा भने छिटै निस्सा दिने आदेश भएको थियो। श्रीमती हत्याको अभियोगमा कम सजायमा छुटेका कोइरालाको मुद्दामा भएको फैसला विवादमा परेपछि सर्वोच्चले तत्कालै निस्सा दिएको थियो। 

प्रचण्डको निवेदनले निस्साको अनुमति पाएपछि यो मुद्दा बल्ल सुनुवाइको प्रक्रियामा जान्छ। यसलाई तीन सदस्यीय अर्को नयाँ इजलासमा सुनुवाइका लागि तोकिन्छ। यो इजलासमा पुनरावलोकनको अनुमति (निस्सा) दिने न्यायाधीश हुने छैनन्। उनीहरूको राय यसअघि नै आएको ठानेर नयाँ न्यायाधीश संलग्न इजलास तोकिन्छ। र, सर्वोच्चले नियमित पेशीमा राखेर सुनुवाइमा लैजान्छ।

यही बीचमा सर्वोच्चले आवश्यक कागजात, विवरण र सबै विपक्षीलाई झिकाउँछ। यी सबै प्रक्रिया पूरा भएपछि मुद्दा फैसलाका लागि तयार हुन्छ। यी प्रक्रिया पूरा हुँदा विगतको नजीरका आधारमा कम्तीमा पनि २ वर्ष लाग्न सक्ने देखिन्छ। 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग दाहालको तर्फबाट छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन स... मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्