• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

२५ घण्टापछि सुरू भयो पठाओको सेवा

64x64
नेपाल लाइभ बुधबार, चैत ११, २०७७  १८:४२
1140x725

काठमाडौं- पछिल्लो समय ‘राइड सेयरिङ’का लागि सर्वसाधारणको रोजाइमा परेको पठाओले मंगलबार दिउँसो अचानक सेवा बन्द गर्‍यो।

सोही दिन बिहान ट्याक्सी चालकले पठाओका एक राइडरलाई कुटपिट गरेको समाचार आएको थियो। ट्याक्सी चालकबाट कुटिएको विरोधमा राइडरहरूले राजधानीमा विरोध र्‍याली नै निकाले।

मंगलबार अपरान्ह पठाओ नेपालले एक विज्ञप्ति जारी गर्‍यो। विज्ञप्तिमा राइडरहरूलाई पठाओको लोगो अंकित ‘प्रोटेक्टिभ गियर’ (ज्याकेट र ट्राउजरसहितको कपडा) नलगाउन निर्देशन दिइएको थियो। यसअघि पठाओले प्रोटेक्टिभ गियर अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो। मंगलबारबाट प्रोटेक्टिभ गियर लगाएको पाइए कारबाही गर्ने चेतावनीसमेत पठाओ नेपालले दिएको छ। कोभिड-१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि अनिवार्य गरिएको प्रोटेक्टिभ गियर सरकारी निकायहरूसँगको सहमतिपछि प्रतिबन्ध लगाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

०००

मंगलबार पठाओको सेवा बन्द भएसँगै सामाजिक सञ्‍जालमा चर्चा हुन थाल्यो। अधिकांशले ट्याक्सीको ‘दादागिरी’ अन्त्य गर्दै सर्वसाधारणलाई सस्तो र सहज सेवा दिँदै आएको पठाओ बन्द गरेकोप्रति आक्रोश पोखे। पठाओको सेवालाई निरन्तरता दिनुपर्ने आवाज उनीहरूको थियो। कतिपयले कानुनी सवाल पनि नउठाएका होइनन्। तर, सामाजिक सञ्‍जालमा लेख्ने प्रायः सबैको एउटै मत देखिन्थ्यो- पठाओको निरन्तरता।

तर, पठाओ नेपालले प्राविधिक समस्या भएको तर आफ्नो सेवा नरोकिएको प्रतिक्रिया सञ्‍चारमाध्यमलाई दियो। सरकारी निकायका अधिकारीहरूले पनि आफूहरूले पठाओको सेवा रोक्न कुनै निर्देशन नदिइएको जानकारी दिए। यद्यपि, पठाओको एपमार्फत सेवाग्राहीले सेवा पाइरहेका थिएनन्। जसकारण सामाजिक सञ्‍जालमा चर्चाको क्रम झन् बढेको थियो।

बुधबार बिहान ट्विटरमा ‘पठाओ नेपाल’ ह्यासट्याग ट्रेन्डिङको पहिलो नम्बरमा थियो। मध्यान्हपछि फेरि ‘आइ एम विथ पठाओ’ ह्यासट्याग ट्रेन्डिङको पहिलो नम्बरमा आइपुग्यो। यसले पठाओजस्तै राइड सेयरिङ सेवा रोकिनुहुन्‍न भन्‍नेमा धेरैले समर्थन जनाएको देखाउँछ।

२५ घण्टापछि पुनः सुरू
मंगलबारबाट रोकिएको सेवा पठाओले करिब २५ घण्टापछि पुनः सुरू गरेको छ। बुधबार बिहानबाट कार र फुड डेलिभरी सेवालाई पुनः सञ्‍चालनमा ल्याएको पठाओले मोटरसाइकल सेवा भने दिउँसो ३ बजेबाट मात्र सुरू भएको हो। 

Ncell 2
Ncell 2

‘हिजो (मंगलबार) दिउँसो २ बजेबाट रोकिएको मोटरसाइकलको सेवा आज ३ बजेबाट सुरू भएको छ,’ पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले नेपाल लाइभसँग भनिन्, ‘कार र फुडको सेवाचाहिँ बिहान ८ बजेबाटै सुरू भएको हो।’

सेवा रोकिनुको कारण
हमालले बाहिर चर्चामा आएजस्तो कुनै कारण सेवा नरोकिएको बताइन्। प्राविधिक कारणले अवरुद्ध बनेको सेवा पुनः सञ्‍चालनमा ल्याइएको उनले जानकारी दिइन्। 

‘हाम्रो एप्समा म्यापिङको समस्या थियो, त्यो टेक्निकल समस्या सल्भ गरेपछि सेवा नियमित गरेका हौं। अरू कुनै कारण रोकिएको होइन,’ उनले भनिन्।

मार्केटिङ प्रमुख हमालले राइडरहरूले ‘अफलाइन’ सेवा दिने समस्या बढेका कारण पठाओको लोगो अंकित प्रोटेक्टिभ गियर लगाउन नदिने निर्णय गरिएको बताइन्। ‘कोभिड-१९ बाट राइडर र प्यासेन्जरलाई सुरक्षित बनाउन प्रोटेक्टिभ गियर, मास्क र स्यानिटाइजरको व्यवस्था गरेका थियौं। अहिले अफलाइन गइदिने समस्या आएपछि सरकारी निकायसँगै समन्वय गरेर हटाएका हौं,’ उनले भनिन्, ‘अब प्रोटेक्टिभ गियर लगाएको पाइए राइडरमाथि कारबाही हुन्छ।’

०००

पठाओले राइडरलाई प्रोटेक्टिभ गियर लगाउन नदिने भनेपछि अर्को प्रश्‍न उठेको छ। यसअघि पठाओले अनिवार्य लगाउनुपर्ने भन्दै राइडरलाई प्रोटेक्टिभ गियर बेच्यो, अब त्यो पैसा फिर्ता गर्ला त?

‘कोभिड-१९ को जोखिमका कारण त्यो समय प्रोटेक्टिभ गियर अनिवार्य गरिएको थियो, त्यसको दुरूपयोग हुन थालेपछि हटाएका हौं,’ पठाओ नेपालकी मार्केटिङ प्रमुख हमाल भन्छिन्, ‘जहाँसम्म पैसा फिर्ताको सवाल उठेको छ- हामीले राइडरसँग दुई हजार रूपैयाँ लिएका थियौं। पैसा फिर्ता गर्ने भन्‍ने हुँदैन, तर एकदमै मारमा पर्ने खालका राइडरलाई के-कस्तो सुविधा दिन सकिन्छ भन्‍नेबारे छलफल भइरहेको छ।’’

नेपालमा दुई पांग्रे सवारीलाई भाडा लिएर यात्रु बोक्न दिने कानुन अहिलेसम्म बनेको छैन। यस विषयमा बहस निरन्तर चल्दै आएको हो। विशेषगरी पठाओजस्ता ‘स्टार्टअप’ व्यवसायलाई करको दायरामा ल्याउने तथा राइडर र यात्रुको दुर्घटना बिमाको सवाल उठ्दै आएका छन्। सरकारले कानुन बनाएर यस्ता सेवालाई नियमन गर्नुपर्ने र कानुनको दायरमा ल्याउनुपर्ने सरोकारवालाहरूको तर्क छ। यसमा काम भइरहेको सरकारी निकायका अधिकारीहरूले बताउँदै आएका छन्।

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १८:४२
  • #पठाओ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्