• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

२५ घण्टापछि सुरू भयो पठाओको सेवा

64x64
नेपाल लाइभ बुधबार, चैत ११, २०७७  १८:४२
1140x725

काठमाडौं- पछिल्लो समय ‘राइड सेयरिङ’का लागि सर्वसाधारणको रोजाइमा परेको पठाओले मंगलबार दिउँसो अचानक सेवा बन्द गर्‍यो।

सोही दिन बिहान ट्याक्सी चालकले पठाओका एक राइडरलाई कुटपिट गरेको समाचार आएको थियो। ट्याक्सी चालकबाट कुटिएको विरोधमा राइडरहरूले राजधानीमा विरोध र्‍याली नै निकाले।

मंगलबार अपरान्ह पठाओ नेपालले एक विज्ञप्ति जारी गर्‍यो। विज्ञप्तिमा राइडरहरूलाई पठाओको लोगो अंकित ‘प्रोटेक्टिभ गियर’ (ज्याकेट र ट्राउजरसहितको कपडा) नलगाउन निर्देशन दिइएको थियो। यसअघि पठाओले प्रोटेक्टिभ गियर अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो। मंगलबारबाट प्रोटेक्टिभ गियर लगाएको पाइए कारबाही गर्ने चेतावनीसमेत पठाओ नेपालले दिएको छ। कोभिड-१९ संक्रमणको जोखिम न्यूनीकरणका लागि अनिवार्य गरिएको प्रोटेक्टिभ गियर सरकारी निकायहरूसँगको सहमतिपछि प्रतिबन्ध लगाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

०००

मंगलबार पठाओको सेवा बन्द भएसँगै सामाजिक सञ्‍जालमा चर्चा हुन थाल्यो। अधिकांशले ट्याक्सीको ‘दादागिरी’ अन्त्य गर्दै सर्वसाधारणलाई सस्तो र सहज सेवा दिँदै आएको पठाओ बन्द गरेकोप्रति आक्रोश पोखे। पठाओको सेवालाई निरन्तरता दिनुपर्ने आवाज उनीहरूको थियो। कतिपयले कानुनी सवाल पनि नउठाएका होइनन्। तर, सामाजिक सञ्‍जालमा लेख्ने प्रायः सबैको एउटै मत देखिन्थ्यो- पठाओको निरन्तरता।

तर, पठाओ नेपालले प्राविधिक समस्या भएको तर आफ्नो सेवा नरोकिएको प्रतिक्रिया सञ्‍चारमाध्यमलाई दियो। सरकारी निकायका अधिकारीहरूले पनि आफूहरूले पठाओको सेवा रोक्न कुनै निर्देशन नदिइएको जानकारी दिए। यद्यपि, पठाओको एपमार्फत सेवाग्राहीले सेवा पाइरहेका थिएनन्। जसकारण सामाजिक सञ्‍जालमा चर्चाको क्रम झन् बढेको थियो।

बुधबार बिहान ट्विटरमा ‘पठाओ नेपाल’ ह्यासट्याग ट्रेन्डिङको पहिलो नम्बरमा थियो। मध्यान्हपछि फेरि ‘आइ एम विथ पठाओ’ ह्यासट्याग ट्रेन्डिङको पहिलो नम्बरमा आइपुग्यो। यसले पठाओजस्तै राइड सेयरिङ सेवा रोकिनुहुन्‍न भन्‍नेमा धेरैले समर्थन जनाएको देखाउँछ।

२५ घण्टापछि पुनः सुरू
मंगलबारबाट रोकिएको सेवा पठाओले करिब २५ घण्टापछि पुनः सुरू गरेको छ। बुधबार बिहानबाट कार र फुड डेलिभरी सेवालाई पुनः सञ्‍चालनमा ल्याएको पठाओले मोटरसाइकल सेवा भने दिउँसो ३ बजेबाट मात्र सुरू भएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हिजो (मंगलबार) दिउँसो २ बजेबाट रोकिएको मोटरसाइकलको सेवा आज ३ बजेबाट सुरू भएको छ,’ पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले नेपाल लाइभसँग भनिन्, ‘कार र फुडको सेवाचाहिँ बिहान ८ बजेबाटै सुरू भएको हो।’

सेवा रोकिनुको कारण
हमालले बाहिर चर्चामा आएजस्तो कुनै कारण सेवा नरोकिएको बताइन्। प्राविधिक कारणले अवरुद्ध बनेको सेवा पुनः सञ्‍चालनमा ल्याइएको उनले जानकारी दिइन्। 

‘हाम्रो एप्समा म्यापिङको समस्या थियो, त्यो टेक्निकल समस्या सल्भ गरेपछि सेवा नियमित गरेका हौं। अरू कुनै कारण रोकिएको होइन,’ उनले भनिन्।

मार्केटिङ प्रमुख हमालले राइडरहरूले ‘अफलाइन’ सेवा दिने समस्या बढेका कारण पठाओको लोगो अंकित प्रोटेक्टिभ गियर लगाउन नदिने निर्णय गरिएको बताइन्। ‘कोभिड-१९ बाट राइडर र प्यासेन्जरलाई सुरक्षित बनाउन प्रोटेक्टिभ गियर, मास्क र स्यानिटाइजरको व्यवस्था गरेका थियौं। अहिले अफलाइन गइदिने समस्या आएपछि सरकारी निकायसँगै समन्वय गरेर हटाएका हौं,’ उनले भनिन्, ‘अब प्रोटेक्टिभ गियर लगाएको पाइए राइडरमाथि कारबाही हुन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

०००

पठाओले राइडरलाई प्रोटेक्टिभ गियर लगाउन नदिने भनेपछि अर्को प्रश्‍न उठेको छ। यसअघि पठाओले अनिवार्य लगाउनुपर्ने भन्दै राइडरलाई प्रोटेक्टिभ गियर बेच्यो, अब त्यो पैसा फिर्ता गर्ला त?

‘कोभिड-१९ को जोखिमका कारण त्यो समय प्रोटेक्टिभ गियर अनिवार्य गरिएको थियो, त्यसको दुरूपयोग हुन थालेपछि हटाएका हौं,’ पठाओ नेपालकी मार्केटिङ प्रमुख हमाल भन्छिन्, ‘जहाँसम्म पैसा फिर्ताको सवाल उठेको छ- हामीले राइडरसँग दुई हजार रूपैयाँ लिएका थियौं। पैसा फिर्ता गर्ने भन्‍ने हुँदैन, तर एकदमै मारमा पर्ने खालका राइडरलाई के-कस्तो सुविधा दिन सकिन्छ भन्‍नेबारे छलफल भइरहेको छ।’’

नेपालमा दुई पांग्रे सवारीलाई भाडा लिएर यात्रु बोक्न दिने कानुन अहिलेसम्म बनेको छैन। यस विषयमा बहस निरन्तर चल्दै आएको हो। विशेषगरी पठाओजस्ता ‘स्टार्टअप’ व्यवसायलाई करको दायरामा ल्याउने तथा राइडर र यात्रुको दुर्घटना बिमाको सवाल उठ्दै आएका छन्। सरकारले कानुन बनाएर यस्ता सेवालाई नियमन गर्नुपर्ने र कानुनको दायरमा ल्याउनुपर्ने सरोकारवालाहरूको तर्क छ। यसमा काम भइरहेको सरकारी निकायका अधिकारीहरूले बताउँदै आएका छन्।

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १८:४२
  • #पठाओ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्