• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

४० वर्षपछि दुर्गाप्रसाद रिहा हुँदा सम्झाएको गान्धीकालीन खड्गबहादुरको गाथा

64x64
सञ्जय पन्थी बुधबार, चैत ११, २०७७  १६:१३
1140x725

इलामका दुर्गाप्रसाद तिम्सिना भारतको पश्चिम बंगालस्थित कलकत्ताको दमदम सेन्ट्रल जेलबाट शनिबार रिहा भए। रिहाईसँगै उनी ४० वर्षपछि घर फिरेका छन्। ४० वर्षदेखि भारतको जेलमा रहेका तिम्सिना कुनै निश्चित घटनाबिना नै बन्दी जीवन बिताउन बाध्य रहे। अनाहकमा बिना सुनुवाइ जेल बस्न बाध्य दुर्गाप्रसादले क्षतिपूर्ति पाउनेबारेका समाचार पनि सार्वजनिक भइरहेका छन्। 

कलकत्ता उच्च अदालतको आदेशबाट ढिलै भएपनि उनको रिहाईले न्याय मरेको छैन भन्ने आभाष परिवार र हामी नेपालीलाई अनुभूत भएको छ। अभियोग प्रमाणित नभइकनै ४० वर्ष जेलमा बस्नुको पीडा उनले व्यक्त गरे भने पुस्तकका रुपमा आउन सक्छ। आफू निर्दाेष रहँदारहँदै शक्तिशाली एवं विश्वको लोकतान्त्रिक मुलुकमा बिना सुनुवाइ ४० वर्ष बन्दी जीवन बिताउन पर्नु आफैंमा दुखःद् पक्ष हो। 

दुर्गाप्रसाद बारेको समाचार आइरहँदा सन् १९२६ मा एक नेपालीले कलकत्तामा घटाएको घटना, त्यसपछि उत्पन्न परिणाम र उनको शूरवीरतालाई स्मरण गराएको छ। ती नेपाली थिए खड्गबहादुर विष्ट। उनको गाथा भने दुर्गा तिम्सिना जस्तो हैन। मिडियामा चर्चाका हिसाबले अहिले भन्दा धेरै चर्चित रह्यो त्यो घटना। जुन घटनाले स्वतन्त्रता आन्दोलनको नेतृत्व गरिरहेका गान्धीको समेत ध्यान आकृष्ट गरेको थियो।

‘दाण्डी मार्च’का खड्गबहादुर

विष्ट सन् १९३० मा गान्धीको नेतृत्वमा भएको ‘दाण्डी मार्च’मा सहभागी एक नेपाली हुन्। उनै खड्गबहादुर (बिष्ट) गिरीका बारेमा रोचक गाथा छ। भारतको कलकत्तामा सन् १९२६ मा घटेको एक नेपाली युवती (राजकुमारी मैयाँ, नेपालको जनकपुर निवासी बबरजङ्ग राणापुत्री) माथि भएको दुर्व्यवहारको प्रतिरोध गर्ने क्रममा खड्गको शूरवीरता प्रकट भएको थियो। 

उनको साहसका बारेमा गान्धीले जानकारी पाएपछि उनलाई स्यावासी दिएका थिए। कलकत्ताका एक धनाढ्य व्यापारी हिरालाल अग्रवालले नेपाली युवतीमाथि गरेको दुर्व्यवहार सुनेर असह्य भएपछि खड्गले ती व्यापारीमाथि खुकुरी प्रहार गरेका थिए। केही समयपछि १९२७ मार्च १, सोमबारका दिन अस्पतालमा उपचाररत अवस्थामा अग्रवालको मृत्यु भएछ। त्यसअघि नै उनले अपराध स्वीकार गर्दै प्रहरीसमक्ष आत्मसमर्पण गरिसकेका थिए। त्यसपछि उनलाई कलकत्ता उच्च न्यायालयले पहिलो पटक १० वर्षे कारावासको फैसला गर्‍यो। पछि दुई वर्ष कम गर्दै ८ वर्षको कारावास कायम गरिदिएको रहेछ।  

उक्त घटनालाई तत्कालीन (ब्रिटिशकालीन) सञ्चार माध्यमले प्रथम पृष्ठमै स्थान दिएर करिब तीन वर्षसम्म ‘फलोअप’ गरेको जानकारी पाइन्छ। त्यसले  शासकको मात्र नभएर स्वतन्त्रता आन्दोलनको नेतृत्व गरिरहेका गान्धीको समेत ध्यान खिचेको थियो। उनको मुद्दामा पैरवी गर्ने वकिल शरतचन्द्र बोस थिए, जो सुवासचन्द्र बोसका दाजु थिए। यतिबेला दुर्गाप्रसादको घटनामा पैरवी गर्ने ५ वकिलहरूले जस्तै बोसले पनि विष्टका बारेमा निःशुल्क पैरवी गरेका थिए। महात्मा गान्धी कलकत्ता प्रवासमा निस्कँदा उनै शरतचन्द्रका घरमा बास बस्दथे। 

अध्येताका हैसियतमा उक्त घटनाको अध्ययन गर्दा, शरतचन्द्रले खड्गलाई उक्त अपराधबाट बचाउन उनलाई अदालतसमक्ष साबिती गर्दा ‘ज्यानै जाने गरी खुकुरी प्रहार नगरेको’ भन्न अनुरोध गरेका थिए। तर, उनले न्यायाधीशसमक्ष अपराध आफैंले गरेको स्वीकार गर्दै निर्भिकता प्रकट गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उनको बयानको समाचारले तत्कालीन भारतीय सञ्चारमाध्यम तरंगित भएको पाइन्छ। उनको निर्भिकताको समाचार पढेका गान्धीले उनको अपराधकर्मलाई भन्दा उनको निष्ठा र सत्यलाई मनन् गरेर निन्दा गर्न नहुने बताएका थिए। बोसले भनेका छन्, ‘अन्य वकिलले झुठलाई सत्यमा परिणत गरेर अदालतमा मुद्दा जित्छन्। तर, खड्गले कानुन विषयमा विश्वविद्यालयको परीक्षामा सारा बङ्गालमा सर्वाेच्च स्थान हासिल गरेर पनि वकालत नगरिकनै ‘स्त्री जातिको सतीत्व रक्षा गर्ने कर्तव्य पूरा गरे।’ उनले थप भनेका छन्, ‘सम्मानित उच्चस्तरको भाषामा घटनाको सरल व्याख्या गरेर सुरुदेखि अन्त्यसम्मै उनी सत्यमा अडिग रहे।’ 

सत्य बोलेर उनले ब्रिटिश सरकारले निर्माण गरेको ऐन कानुनको संरचनाको जरै हल्लाइदिए। अंग्रेज न्यायाधीश लगायत सबै वकिल, व्यारिस्टरहरू पनि आश्चर्यचकित भएको बोसले उल्लेख गरेका छन्।  उनले भनेका छन्, ‘खड्गजस्तो ‘यशस्वी’ व्यक्तिले वकिलको पेसा अंगालेको भए अपार यश, कीर्ति एवं धन कमाउन सक्ने थिए। तर, त्यसभन्दा ठूलो कुरा आज उनी समग्र नारी जातिको सतित्वको रक्षक नामले विभूषित छन्। उनले अमरत्व प्राप्त गरे।’ उनी सम्मिलत घटनालाई लिएर कलकत्ताबाट प्रकाशित हुने एक अंग्रेजी दैनिकले सन् १९२७ अगस्त ७ मा सम्पादकीय छापेको थियो। 

पत्रिकाले उनलाई अदालतले दिएको सजाय कम गराउन आग्रह समेत गरेको थियो। आठ वर्षको कारावास सजाय पाएका खड्ग पछि दुई वर्ष एक महिना कारावास बसेर (१ मार्च १९२७ देखि १ अप्रिल १९२९) रिहा भएका थिए। उनी रिहा भएपछि कलकत्ताका संघसंस्थाले उनलाई ७ अप्रिल १९२९ का दिन नेता सुवासचन्द्र बोसका बाहुलीबाट समेत सम्मानित गराएका थिए। त्यसबखत उनले आफ्नो विश्वास र आस्था गान्धीजीप्रति रहेको बताएका थिए। ‘म अब उप्रान्त बापुजीकै आज्ञा अनुसार देश सेवा र समाज सेवामा संलग्न हुन महात्मा गान्धीको साबरमती आश्रम जान लागेको छु’, उनले भनेका थिए। 

‘महात्मा गान्धीको अहिंसात्मक आन्दोलनले मलाई अहिंसाप्रति दृढ पनि बनाएको थियो। किन्तु, यस घोर राक्षसी घटनालाई म पहिले तिरस्कारको दृष्टिले देख्थेँ। दुखःद् आज विवश भई उही कार्य गर्नुपर्‍यो तर, पनि मैले चाहेर केही अपराध र हिंसा गरेको छैन भन्ने लागेको छ’, उनले साबरमती पुगेर भनेका छन्। 

गान्धीसमक्ष उनले अपराध स्वीकार गर्दै प्रायश्चितको मार्ग पहिल्याउँदै यहासम्म आइपुगेको बताएका थिए। गान्धीसमक्ष पुग्दा खड्गमा न अपराधबोध थियो न शान शौकात, आडम्बर वा अहङ्कार थियो। जसरी शनिबार रिहा हुँदा दुर्गाप्रसादमा शान्त र सौम्य त्यही भावना थियो।

मुख्य सत्याग्रहीको सूचीमा परेका थिए खड्ग

उनको लगनशीलता र कर्तव्यपरायणताका कारण गान्धीले खड्गलाई मुख्य सत्याग्रहीको सूचीमा थपेका थिए। ७९ जना मुख्य सत्याग्रही भएपनि खड्गलाई समावेश गर्नकै लागि गान्धीले त्यो संख्या ८१ पुर्‍याएका थिए। त्यसो त उक्त मार्चमा विष्टसहित महाबीर गिरी र अर्का एक नेपाली सहभागी भएका इतिहास भेटिन्छ।

गत १२ मार्चमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साबरमती पुगेर ‘दाण्डी मार्च’को स्मरण गर्दै ‘मार्च’ उद्घाटन गरे। भारतको स्वतन्त्रताको पहिलो सुरुवात भएको यात्राका रुपमा उक्त यात्रालाई स्मरण गरिन्छ। 

दुर्गाप्रसादको रिहाईको समाचारले मार्च र विष्टलाई एक पटक फेरि स्मरण गराएको छ। योजनाबद्ध त्यस ‘दाण्डी मार्च’ सन् १९३० मार्च १२ मा सुरु भएर अप्रिल ६ तारिख (२४ दिन) मा सम्पन्न भएको थियो। यस यात्रा भारतबासीको मात्र नभएर संसारका धेरै देशको ध्यान आकर्षित गर्न सफल भएको थियो।

आश्रमका दस्तावेजमा विष्टको थर गिरी उल्लेख भए पनि अध्ययनले उनी बिष्ट थरका भएको पुष्टि हुन आएको छ। अखिल भारतीय नेपाली समिति उत्तराञ्चल, देहरादुनबाट प्रकाशित पुस्तक 'ठाकुर चन्दन सिंह र उनको योगदान' अध्ययन गर्दा खड्ग, बिष्ट थरका भएको जानकारी हुन आएको छ। 

उल्लेखित दुवै घटनालाई एक नेपालीको हैसियतमा तुलनात्मक अध्ययन गर्दा भन्न सकिन्छ, दुईदेशीय मैत्री सम्बन्ध भएपनि नागरिकले न्यायका विषयमा सहज मैत्रीभाव उपभोग गर्न पाइरहेका छैनन्। अपराधको कसूर प्रमाणित भएर बन्दी जीवन बिताउनु स्वभाविक भएपनि भवितव्यमा परेर अनाहक अभियोगमा वर्षौं विदेशको जेलमा पर्नु र राज्यले त्यसबारेमा चासो नदेखाउनु सार्वभौम मुलुकका नागरिकका लागि आफैंमा दुःखद पक्ष हो।

(पन्थीको प्रकाशोन्मुख पुस्तक ‘दाण्डी मार्च’बाट।) 

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सञ्जय पन्थी
लेखकबाट थप
राष्ट्रपति ज्यू, धीरताको बाँध फुट्यो भने केले सिउने, केले टाल्ने...?
यी रिगल र नारीको अस्तित्व रक्षाका लागि अपराध गरेका ती नेपाली खड्गबहादुर!
यसरी चुक्दै छन् हाम्रा दल
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्